काठमाडौं । एसएमएल इसुजुले नेपालका लागी आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधान हरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । एसएमएल […]
काठमाडौं । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल १ खर्ब ८८ अर्ब १९ करोड […]
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्। बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरूको निरन्तर सडक आन्दोलनका बीच उनले यो कदम चालेकी हुन्। शिक्षक महासंघसँग पटक-पटक भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मन्त्री भट्टराई दबाबमा परेकी थिइन्। उनको राजीनामा आजै बस्ने मन्त्रिपरिषद् बैठकमा स्वीकृत हुने सम्भावना छ।
काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल […]
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव २ […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ । शिक्षकहरु आज २० दिनदेखि जारी छ। उनीहरु माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षहरुसँग वार्तासमेत गरिसकेका छन् । बैशाख ५ […]
काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । कर नबुझाएका करदाताबाट करिब […]
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.७५ अंकले घट्दै २६ सय ९८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १९ कम्पनीका २ करोड १२ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब […]
काठमाडौं । भारतीय विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउन लागेका हुन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा […]
काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको […]
काठमाडौं । सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक […]
काठमाडौं । गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी चढेको छ। अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेसी चढेको हो । रिट पेसीसूचीको ‘ड’ नम्बरमा छ । यो रिटको पेसी आइतबार न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा चढेपनि हेर्न नभ्याइने हुँदै […]
काठमाडौं । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी सञ्चालनमा रहेका इभी चार्जिङ स्टेशनहरू पार गरेर वास्तवमै एउटा कोशेढुंगा पार गरेको छ। यो उपलब्धि मनाउन, एमएडब्लू वृद्धिले इभी उद्योगका प्रमुख व्यक्तिहरू, मूल्यवान साझेदारहरू र इभी प्रयोगकर्ताहरूलाई एकसाथ ल्याएको विशेष कार्यक्रम आयोजना गर्यो। उत्सवमा केक काट्ने कार्यक्रम पनि समावेश थियो, जसले यस अवसरलाई रमाइलो स्पर्श थप्यो। यस […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य संगठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो । ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ, प्रादेशिक अस्पताल मुस्ताङ […]
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमबार पनि काठमाडौंमा विहान ९ बजेदेखि नै प्रदर्शन सुरु भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु भएको जानकारी दिएका छन् […]
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई स्थानीय कानुनअनुसार सूचीकरण (रजिष्ट्रेसन) गर्न पटक–पटक आग्रह गर्दापनि विश्वका ठूला टेक कम्पनीहरूले त्यसलाई बेवास्ता गर्दै आएका छन् । विशेषगरी विश्वकैम सबैभन्दा बृहत सञ्जाल भएको मेटा कम्पनीअन्तर्गतका प्लेटफर्महरू–फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामलगायतले नेपाल सरकारको निर्देशिकालाई नै खुलेरै गिज्याएको देखिएको छ । सरकारले पछिल्लो पटक ३० दिनको अल्टिमेटम दिएरै नेपालमा सूचीकरण […]
काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको […]
काठमाडौ, बैशाख ०८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ आज तेश्रोदिन पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि […]
काठमाडौं । विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ। र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ । साथै, सोलोमन टापु नजिकैको […]
काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० […]
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादीमा सार्वजनिक गरेको छ । एक समारोहमा प्रमुख मिडियाहरू र प्रभावशाली व्यक्तिहरूको उपस्थितिमा कम्पनीले उक्त फोन नेपालका लागि आधिकारिक रूपमा सार्वजनिक गरेको हो। यो फोनको मुख्य आकर्षण यसको ६५०० एमएएच क्षमताको ब्याट्री हो, जुन भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित छ र लामो समयसम्म […]
काठमाडौं । दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने( दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यस् आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक […]
काठमाडौं । चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो। राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, […]
काठमाडौं । अघिल्लो हप्ता एकाएक उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) याे साताको पहिलो कारोबार दिन नै घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १६.६८ अंकले घट्दै २७ सय ६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका २ करोड १३ लाख २३ हजार बढी कित्ता […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्मको ९ महिनामा नेपालमा आयात भएका विद्युतीय चारपांग्रे सवारीसाधनबाट ११ अर्ब ४७ करोड ३९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा ७ हजार ९ सय ५८ वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन्, जसको कुल मूल्य १८ अर्ब ६१ करोड ५३ […]
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सुशिला रोकालाई प्रोडक्ट एम्बासडर (सद्भावना दूत) घोषणा गरेको छ । कम्पनीले आइतबार कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको हो । रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि सद्भावनादुत हुन सफल भएकी हुन्। […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नुपर्ने बैंकले जारी […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई सिंहदरबार परिसरबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ हुनुअघि राप्रपाको संसदीय दलको कार्यालयमा लिङ्देन र अन्य नेताहरूलाई प्रहरीले रोक्न खोजेको थियो। तर, उनीहरू सिंहदरबारबाहिर निस्कन खोज्दा प्रहरीले लिङ्देनलाई नियन्त्रणमा लिएको छ। यसैबीच, अन्य नेताहरूले प्रदर्शन जारी राखेका छन्। लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्र […]
काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । […]
काठमाडौं । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई […]
काठमाडौं । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील […]