काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु. एक खर्ब बराबरको अधिकृत पुँजी र रु. २५ अर्बको चुक्तापुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न संसदमा विधेयक दर्ता भएको छ । मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधारलगायतका क्षेत्रको विकास गर्न अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले रियल स्टेट क्षेत्रसम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायीकै भएको बताए । “विश्वका कतिपय मुलुकमा रियल स्टेटलाई प्रतिष्ठित उद्योगका […]
काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ । सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा गराउने तयारी गरेपछि महासंघले यस्तो बताएको हो । महासंघले आन्दोलन स्थलबाटै हाल शैक्षिक हडतालको समयमा सामुदायिक विद्यालयका सम्पुर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि किसिमको सहयोग […]
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या […]
काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फिरेन्समा प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ । नेपालभित्र ग्राहक सेवालाई प्रत्याभुत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रुपमा प्रबद्र्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्वपूर्ण उपलब्धी […]
नेपालमा विभिन्न वर्गका होटल सञ्चालित छन् । गुणस्तरको कुरा गर्दा मूल्य सस्तो होस या महँगो सबै होटलको आ–आफ्नो ग्रेड हुन्छ । मध्यमको र उच्चको निश्चित गुणस्तर हुन्छ । जुन ग्रेडको पैसा लिन्छौँ, सोही अनुसारको गुणस्तरीय सेवा प्रदान गर्नु अनिवार्य छ । अब तीनतारे होटलको मान्यता लिने अनि प्रतिस्पर्धा छ, नाफा छैन भन्दैमा एकतारे स्तरको सुविधा […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्। महानगरबाट फोहर संकलन […]
काठमाडौं । दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ । मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्ने गरी शहीद धर्भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम […]
काठमाडौं । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मंगलबार विहान ९ बजे काठमाडौँ आइपुगेका हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत स्वागत गरेका थिए । दुईदिने […]
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ। प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए। उनका अनुसार चालु आव […]
काठमाडौं । कम्पनी खरिदबिक्री, कर छली लगायत विवादका कारण लामो समयसम्म गिजोलिएको एनसेल परिछल्लो समय सेवा विस्तारमा आक्रामक देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चैत्र २०८१ सम्मको तथ्याङ्कअनुसार, एनसेलले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पार्दै बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । यो परिवर्तनले नेपालको टेलिकम क्षेत्रमा नयाँ प्रतिस्पर्धाको युग सुरु […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ६ हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य […]
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे । आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले […]
काठमाडौं । सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो । नेपाल मौरीपालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि […]
काठमाडौं । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल संघ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो । टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलवार (आज) बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । आजको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे छलफल हुनेछ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका […]
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय आठ विदेशी […]
काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र […]
काठमाडौं । एसएमएल इसुजुले नेपालका लागी आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधान हरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । एसएमएल […]
काठमाडौं । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल १ खर्ब ८८ अर्ब १९ करोड […]
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्। बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरूको निरन्तर सडक आन्दोलनका बीच उनले यो कदम चालेकी हुन्। शिक्षक महासंघसँग पटक-पटक भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मन्त्री भट्टराई दबाबमा परेकी थिइन्। उनको राजीनामा आजै बस्ने मन्त्रिपरिषद् बैठकमा स्वीकृत हुने सम्भावना छ।
काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल […]
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव २ […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ । शिक्षकहरु आज २० दिनदेखि जारी छ। उनीहरु माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षहरुसँग वार्तासमेत गरिसकेका छन् । बैशाख ५ […]
काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । कर नबुझाएका करदाताबाट करिब […]
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.७५ अंकले घट्दै २६ सय ९८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १९ कम्पनीका २ करोड १२ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब […]
काठमाडौं । भारतीय विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउन लागेका हुन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा […]
काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको […]
काठमाडौं । सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक […]
काठमाडौं । गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी चढेको छ। अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेसी चढेको हो । रिट पेसीसूचीको ‘ड’ नम्बरमा छ । यो रिटको पेसी आइतबार न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा चढेपनि हेर्न नभ्याइने हुँदै […]
काठमाडौं । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी सञ्चालनमा रहेका इभी चार्जिङ स्टेशनहरू पार गरेर वास्तवमै एउटा कोशेढुंगा पार गरेको छ। यो उपलब्धि मनाउन, एमएडब्लू वृद्धिले इभी उद्योगका प्रमुख व्यक्तिहरू, मूल्यवान साझेदारहरू र इभी प्रयोगकर्ताहरूलाई एकसाथ ल्याएको विशेष कार्यक्रम आयोजना गर्यो। उत्सवमा केक काट्ने कार्यक्रम पनि समावेश थियो, जसले यस अवसरलाई रमाइलो स्पर्श थप्यो। यस […]