Nepal



पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्त

४६ अर्ब बराबरको सहायता रकम बजेट बाहिरबाट खर्च

काठमाडौं । संघीय मन्त्रालय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामार्फत सञ्चालन भएका परियोजनाहरूम
BizKhabar Online » BizKhabar Online

४६ अर्ब बराबरको सहायता रकम बजेट बाहिरबाट खर्च

काठमाडौं । संघीय मन्त्रालय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामार्फत सञ्चालन भएका परियोजनाहरूमा प्राप्त ४६ अर्ब १९ करोड ५२ लाखभन्दा बढी बराबरको प्राविधिक सहायता रकम लेखापरीक्षणबिना खर्च भएको खुलेको छ । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार, १५ संघीय मन्त्रालय तथा निकायमार्फत १३१ परियोजनामा २१ अर्ब ८४ करोड, र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट १६८ परियोजनामा २४ अर्ब ३४ करोड […]

कर्जा प्रवाह उत्पादनमुखी छैन, कृषिमा न्यून लगानी : महालेखा परिक्षक

काठमाडौं । महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार, बैंकिङ प्रणालीले कर्जा प्रवाह त गरिरहेको छ, त
BizKhabar Online » BizKhabar Online

कर्जा प्रवाह उत्पादनमुखी छैन, कृषिमा न्यून लगानी : महालेखा परिक्षक

काठमाडौं । महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार, बैंकिङ प्रणालीले कर्जा प्रवाह त गरिरहेको छ, तर उत्पादनमुखी क्षेत्रतर्फ अपेक्षित लगानी भएको छैन। २०८१ असार मसान्तसम्म, बैंकिङ प्रणालीमा रहेको निक्षेप कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११३.११ प्रतिशत पुगेको छ भने कर्जा प्रवाह ११६.०७ प्रतिशत रहेको देखिन्छ। तर, कुल कर्जा प्रवाहमध्ये कृषि क्षेत्रमा जम्मा १३.१२ प्रतिशत मात्र कर्जा लगानी भएको […]

हिमालयन डिस्टीलरीलाई अबैध रुपमा २३ करोड करछुट, असुल गर्नुपर्ने महालेखाको ठहर

काठमाडौं । उत्पादनमूलक उद्योगलाई दिइने कर छुटको प्रावधानको दुरुपयोग गर्दै हिमालयन डिस्ट्रीलरी
BizKhabar Online » BizKhabar Online

हिमालयन डिस्टीलरीलाई अबैध रुपमा २३ करोड करछुट, असुल गर्नुपर्ने महालेखाको ठहर

काठमाडौं । उत्पादनमूलक उद्योगलाई दिइने कर छुटको प्रावधानको दुरुपयोग गर्दै हिमालयन डिस्ट्रीलरीले आयकरमा कर छुट लिएको खुलासा भएको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले दिएको विवरण अनुसार, धितोपत्र बजारमा सूचीकृत उक्त कम्पनीले गैरकानुनी रूपमा कर छुट पाएको पाइएको हो। आयकर ऐन, २०५८ को दफा ११(३छ) अनुसार, धितोपत्र बजारमा सूचीकृत उत्पादनमूलक उद्योगलाई १५ प्रतिशत कर छुट हुने व्यवस्था […]

सरकारी निकायले ४ खर्ब बढी बक्यौता उठाउन बाँकी, विद्युत प्राधिकरणले मात्रै १ खर्ब २४ अर्ब उठाउनुपर्ने

काठमाडौं । अर्थ मन्त्रालय र मातहतका निकायहरूले ४ खर्ब ३५ अर्ब २२ करोड बराबरको राजस्व तथा भाखा नाघ
BizKhabar Online » BizKhabar Online

सरकारी निकायले ४ खर्ब बढी बक्यौता उठाउन बाँकी, विद्युत प्राधिकरणले मात्रै १ खर्ब २४ अर्ब उठाउनुपर्ने

काठमाडौं । अर्थ मन्त्रालय र मातहतका निकायहरूले ४ खर्ब ३५ अर्ब २२ करोड बराबरको राजस्व तथा भाखा नाघेको ऋण असुल्न बाँकी रहेको तथ्य खुलेको छ। महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदन अनुसार २ खर्ब ५४ अर्ब ४ करोड रुपैयाँ बराबरको बक्यौता रहेकोमा, करिब १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ करदाता न्यायिक पुनरावलोकन […]

सहुलियत कर्जामा २४ अर्बभन्दा बढी ब्याज अनुदानको विवरण अस्पष्ट

काठमाडौं । सहुलियतपूर्ण कर्जाका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा २४ अर्ब ८९ करोड १० लाख बराबरको ब
BizKhabar Online » BizKhabar Online

सहुलियत कर्जामा २४ अर्बभन्दा बढी ब्याज अनुदानको विवरण अस्पष्ट

काठमाडौं । सहुलियतपूर्ण कर्जाका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा २४ अर्ब ८९ करोड १० लाख बराबरको ब्याज अनुदान उपलब्ध गराए पनि त्यसको स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। महालेखोपरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं लेखापरिक्षण प्रतिवेदन अनुसार २०७५ सालको एकीकृत कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०७८ असार मसान्तसम्म १ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ […]

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’ का प्रमुखको भेट, नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोर
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’ का प्रमुखको भेट, नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेसन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा १२६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ […]

विद्युत प्राधिकरणले ५ हजार बढी क्षमताका आयोजनासँग पीपीए गर्दै, ३० दिनभित्र आवेदन दिन आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ हजार ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग विद्युत खर
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणले ५ हजार बढी क्षमताका आयोजनासँग पीपीए गर्दै, ३० दिनभित्र आवेदन दिन आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ हजार ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । बुधबार सूचना जारी गर्दै प्राधिकरणले अर्धजलाशययुक्त (आरओर) र बहावमा आधारित आयोजना (पीआरओआर)लाई पीपीए प्रक्रिया अघि बढाउन आह्वान गरेको हो। यस अन्तर्गत १ हजार ८ सय ५९ मेगावाट आरओआर र ३ हजार १ सय ७ मेगावाट […]

अर्थको बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा संघीय मन्त्रालयहरुमध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा ब
BizKhabar Online » BizKhabar Online

अर्थको बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा संघीय मन्त्रालयहरुमध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो बैसट्ठीऔं बार्षिक प्रतिवेदन अनुसार अर्थमन्त्रालयको मात्रै बेरुजु ३३ अर्ब ७१ करोड माथि छ । यस अवधिमा सबै मन्त्रालयहरुको बेरुजु नै ४७ अर्ब ७४ करोड हुँदा अर्थमन्त्रालयले मात्रै झण्डै ९० प्रतिशत माथि हिस्सा ओगटेको […]

८० अर्ब भन्सार छुटको अभिलेख गायब

काठमाडौं । सरकारले आर्थिक ऐन, २०८० अनुसार दिएको करिब ८० अर्ब रुपैयाँ बराबरको भन्सार छुटको अभिलेख
BizKhabar Online » BizKhabar Online

८० अर्ब भन्सार छुटको अभिलेख गायब

काठमाडौं । सरकारले आर्थिक ऐन, २०८० अनुसार दिएको करिब ८० अर्ब रुपैयाँ बराबरको भन्सार छुटको अभिलेख सरकारी निकायमै हराएको देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनअनुसार भन्सार विभागको तथ्याङ्क प्रणाली ‘आसिकुडा’ अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्ब ८७ करोड ३९ लाख बराबरको भन्सार राजस्व छुट दिइएको छ । तर, आन्तरिक राजस्वसमेत […]

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने द
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले परम्परागत रूपमै व्यवसायीहरू आफ्नो नाफाको लागि मात्रै कुरा गर्छन् भन्ने दृष्टिकोण रहेको भन्दै उक्त धारणा गलत भएको बताए […]

फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह : नेपालको जलविद्युतमा लगानी गर्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ज
BizKhabar Online » BizKhabar Online

फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह : नेपालको जलविद्युतमा लगानी गर्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्वपूर्ण भूमिका रहने भन्दै बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका […]

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता, भने-मेरो यो कदम क्रिकेट वा राष्ट्रबाट टाढा जान होइन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। आज (बुध
BizKhabar Online » BizKhabar Online

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता, भने-मेरो यो कदम क्रिकेट वा राष्ट्रबाट टाढा जान होइन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमार्फत आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन्। ‘धेरै सोच विचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । मेरो यो कदम क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा जान […]

एनआरएनको वर्तमान अध्यक्ष डा. बद्री केसीको वैधानिक कार्यकाल अझै कायम : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र
BizKhabar Online » BizKhabar Online

एनआरएनको वर्तमान अध्यक्ष डा. बद्री केसीको वैधानिक कार्यकाल अझै कायम : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गरेका छन्। संघद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे । ‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने […]

महालेखाको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश, सबै निकाय पारदर्शी हुनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प
BizKhabar Online » BizKhabar Online

महालेखाको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश, सबै निकाय पारदर्शी हुनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परिक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र […]

घुम्टोमा घण्टाघर : मर्मत–सम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग

काठमाडौं । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागे
BizKhabar Online » BizKhabar Online

घुम्टोमा घण्टाघर : मर्मत–सम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग

काठमाडौं । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिन मात्र बाँकी छ तर मर्मत–सम्भार पूरा भएको छैन । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मत सम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन्। वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आर्कषण घण्टाघर घुम्टोमा छ । […]

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता, दुई पाङ्ग्रेले २५ र चार पाङ्ग्रेले ५० हजार इजाजत शूल्क तिर्नुपर्ने

काठमाडौं । गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदे
BizKhabar Online » BizKhabar Online

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता, दुई पाङ्ग्रेले २५ र चार पाङ्ग्रेले ५० हजार इजाजत शूल्क तिर्नुपर्ने

काठमाडौं । गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए । मङ्गलबारको मन्त्रिपरिषद् […]

प्रधानमन्त्री कप भलिबलको स्ट्रेन्थ पार्टनरमा शिवम् सिमेन्ट, सहकार्य सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खे
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कप भलिबलको स्ट्रेन्थ पार्टनरमा शिवम् सिमेन्ट, सहकार्य सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको ९औं प्रधानमन्त्री कप एनभीए महिला/पुरुष भलिबल लिग–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य […]

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्स्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो […]

हिमालयन रि इन्स्योरेन्सको ४ अर्ब ४६ करोड ५६ लाख बीमाशुल्क आर्जन, नाफा ९८ करोड ९३ लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्ती
BizKhabar Online » BizKhabar Online

हिमालयन रि इन्स्योरेन्सको ४ अर्ब ४६ करोड ५६ लाख बीमाशुल्क आर्जन, नाफा ९८ करोड ९३ लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको […]

बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर, औसत ब्याज ५.९४ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरूको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्
BizKhabar Online » BizKhabar Online

बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर, औसत ब्याज ५.९४ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरूको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्यक्तिगत मुद्धती निक्षेपका लागि जेठ महिनाको औसत ब्याजदर ५.९४ प्रतिशत कायम भएको छ । वैशाखमा यो दर ५.९८ प्रतिशत रहेको थियो। यो कमीले औसतमा २० वटा बैंकहरूको ब्याजदर ०.०४ प्रतिशतले घटेको देखिन्छ। एक महिनाको अवधिमा ३ बैंकले ब्याजदर घटाएका छन्, […]

काठमाडौँको मखन गल्लीमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौँ । काठमाडौँको मखन गल्लीमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी
BizKhabar Online » BizKhabar Online

काठमाडौँको मखन गल्लीमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौँ । काठमाडौँको मखन गल्लीमा आगलागी भएको छ । बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास अहिले पनि जारी छ । अहिले स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहारी र नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीमा एक जना परेको बताइए पनि पुष्टि हुन बाँकी रहेको छ । आगो निभाउन विभिन्न […]

विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिने उरुग्वेका पूर्वराष्ट्रपति मुजिकाको निधन

काठमाडौँ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भ
BizKhabar Online » BizKhabar Online

विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिने उरुग्वेका पूर्वराष्ट्रपति मुजिकाको निधन

काठमाडौँ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । जोसे मुजिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व छापामार नेता मुजिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर समेत चिनिन्थ्यो । पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै […]

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा, विराटनगरका आलमले जिते एक लाख

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ल
BizKhabar Online » BizKhabar Online

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा, विराटनगरका आलमले जिते एक लाख

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीहरु मध्येबाट, लक्की ड्र […]

आजको मौसम : पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्र
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, […]

अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा, बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा, बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना संचालन गरिने

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र ललितपुर गोदावरी नगरपा
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना संचालन गरिने

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र ललितपुर गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट ५ सय रुपैयाँ र नगरपालिकाका शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।सम्झौतामा […]

अब सीए पढ्न नयाँ पाठ्यक्रम, डिसेम्बर १ देखि लागू हुँदै

काठमाडौं । नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षालाई थप सान्दर्भिक र अन्तरराष्ट्रिय स्तरमा
BizKhabar Online » BizKhabar Online

अब सीए पढ्न नयाँ पाठ्यक्रम, डिसेम्बर १ देखि लागू हुँदै

काठमाडौं । नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षालाई थप सान्दर्भिक र अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नयाँ पाठ्यक्रम लागू गरिने भएको छ। लेखा व्यवसायको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट्स इन इंग्ल्याण्ड एन्ड वेल्स (आईसीएईडब्ल्यू) सँगको प्राविधिक सहयोगमा यो पाठ्यक्रम विकास गरेको हो। आइक्यानका अनुसार, प्राविधिक ज्ञानमा आधारित यो पाठ्यक्रम सीए […]

बीमा क्षेत्रको वित्तीय विवरण : जीवन बीमा कम्पनीको नाफा बढ्दा निर्जीवनको नाफामा गिरावट

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको नाफामा वृद्धि हुँदा निर्
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रको वित्तीय विवरण : जीवन बीमा कम्पनीको नाफा बढ्दा निर्जीवनको नाफामा गिरावट

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको नाफामा वृद्धि हुँदा निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९३ प्रतिशतले बढेको देखिन्छ । जीवन बीमा कम्पनीहरूको वित्तीय विवरणलाई हेर्दा धेरैजसो कम्पनीले उल्लेख्य […]

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच
BizKhabar Online » BizKhabar Online

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतामा […]

गभर्नर बन्ने तयारीमा रहेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरका रुपमा चर्चा भइरहेका अर्थशास्त्री डा. विश्व पौडेलव
BizKhabar Online » BizKhabar Online

गभर्नर बन्ने तयारीमा रहेका डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट, यस्तो छ कारण

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरका रुपमा चर्चा भइरहेका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन्। रिट दायर भए पनि दर्ता बाँकी नै रहेको जनाइएको छ। यसअघि उनीहरूले नै […]

अमेरिकी भन्सार शुल्कले मध्य युरोप, बाल्कन क्षेत्रको वृद्धिमा असर पार्‍यो : युरोपेली बैंक

काठमाडौं । मध्य युरोप र बाल्कनको आर्थिक वृद्धि यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्स
BizKhabar Online » BizKhabar Online

अमेरिकी भन्सार शुल्कले मध्य युरोप, बाल्कन क्षेत्रको वृद्धिमा असर पार्‍यो : युरोपेली बैंक

काठमाडौं । मध्य युरोप र बाल्कनको आर्थिक वृद्धि यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिहरूद्वारा तनावग्रस्त हुने अपेक्षा गरिएको युरोपको विकास बैंकले मंगलबार पूर्वानुमान गरेको छ । लन्डनस्थित युरोपेली पुनर्निर्माण तथा विकास बैंक (इबिआरडी) ले जर्मनीको संघर्षरत अर्थतन्त्रमा उनीहरूको गहन निर्भरताका कारण भन्सार शुल्कको प्रभाव पर्ने अनुमान गर्दै क्षेत्रहरूको वृद्धि प्रक्षेपणलाई घटाएको छ । […]

आर्थिक अपराध न्यूनीकरणका लागि नेपाल प्रहरीको नयाँ महाशाखा, होबिन्द्र बोगटी प्रमुख तोकिए

काठमाडौं । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धानका लागि नयाँ महाशाखा गठन गरेको छ । वरिष्ठ प्रहरी
BizKhabar Online » BizKhabar Online

आर्थिक अपराध न्यूनीकरणका लागि नेपाल प्रहरीको नयाँ महाशाखा, होबिन्द्र बोगटी प्रमुख तोकिए

काठमाडौं । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धानका लागि नयाँ महाशाखा गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले नेतृत्व गर्नेगरी नेपाल प्रहरीले नयाँ महाशाखा गठन गरेको हो । आर्थिक अपराध, गैरकानूनी कारोबार र अवैध आर्थिक गतिविधिमा भईरहेको वृद्धिलाई नियन्त्रण गर्न नयाँ महाशाखा स्थापना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए। ‘जटिल […]

संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने, दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथ
BizKhabar Online » BizKhabar Online

संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने, दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२÷८३ […]

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु, उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिने

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको ए
BizKhabar Online » BizKhabar Online

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु, उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिने

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मत सम्भार गरी आज साँझदेखि विद्युत उत्पादन सुरु गरिएको छ । विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केहीदिन अघिदेखि विद्युत गृह बन्द गरिएको थियो । कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी […]

यस्तो छ कतारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उपहारस्वरूप दिन लागेको ५५ अर्बको लक्जरी बोइङ जेट (फोटोफिचर)

कतार । कतारले डोनाल्ड ट्रम्पलाई लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ। तर यो योजनाल
BizKhabar Online » BizKhabar Online

यस्तो छ कतारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उपहारस्वरूप दिन लागेको ५५ अर्बको लक्जरी बोइङ जेट (फोटोफिचर)

कतार । कतारले डोनाल्ड ट्रम्पलाई लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ। तर यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ, किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ। करिब ४०० मिलियन डलर अर्थात […]

Get more results via ClueGoal