Nepal



नेपालमा सार्वजनिक हुँदै फोटोन टुनल्यान्ड जी७ : हिमाली भूपरिवेशमा उच्च प्रदर्शन गर्ने पिकअप गाडी

काठमाडौं । चीनको नम्बर १ व्यावसायिक गाडी निर्माता कम्पनी फोटोनले अत्याधुनिक प्रविधिसहितको नयाँ

देशभर पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन
BizKhabar Online » BizKhabar Online

देशभर पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने तीन राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण बागमती प्रदेशस्थित सिन्धुपाल्चोककको भोटेकोशी गाउँपालिका–२ कोदारी, भोटेकाशी गाउँपालिका–३ लार्चा, भोटेकोशी गाउँपालिका–२ कोप्लाडमा पर्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी, कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी […]

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । एनसीएचएलको एनपीएस एनसीएस तथा डो
BizKhabar Online » BizKhabar Online

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । एनसीएचएलको एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्यूआरमा अन्तरदेशिय भुक्तानीका लागि दुई निकायबीच सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह […]

पुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?

काठमाडौं । अदालतले धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पक्षमा आदेश जारी गर्दै संचा
BizKhabar Online » BizKhabar Online

पुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?

काठमाडौं । अदालतले धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पक्षमा आदेश जारी गर्दै संचारमाध्यमलाई अवहेलना मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौं जिल्ला अदालतले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको माग बमोजिम बिजमाण्डु प्रालिलाई अदालतको अबहेलनामा किन कारबाही नगर्ने भन्दै बाटोको म्याद बाहेक ७ दिनभित्र प्रमाणसहित स्वयं उपस्थित हुन निर्देशन जारी गरेको छ । ‘अबहेलना […]

सामान्य अंकले घट्यो नेप्से, ९ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले उकालो लाग
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घट्यो नेप्से, ९ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १.०७ अंकले घट्दै २६ सय ५३ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच […]

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, झन अन्यौलता थपिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाक
BizKhabar Online » BizKhabar Online

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण, झन अन्यौलता थपिएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष निलकण्ठ चौलागाँई सहितको चेम्बर पदाधिकारी र अन्य व्यवसायी टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो […]

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द

काठमाडौं । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौ
BizKhabar Online » BizKhabar Online

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, बालीका दर्जनौँ उडान रद्द

काठमाडौं । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडानहरू बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् । पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका […]

उकालो लाग्यो सुनको मूल्य, बुधबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

उकालो लाग्यो सुनको मूल्य, बुधबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढ्दै २ हजार […]

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा बजारबाट तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ […]

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा थालियो कालोपत्र

काठमाडौं । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हा
BizKhabar Online » BizKhabar Online

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा थालियो कालोपत्र

काठमाडौं । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकही खण्ड कालोपत्र गर्न सुरु भएको छ। आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो। निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ। एसियाली राजमार्ग नम्बर २ अन्तर्गत […]

भारतमा एलन मस्कको स्टारलिंकले पायो लाइसेन्स

काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गर
BizKhabar Online » BizKhabar Online

भारतमा एलन मस्कको स्टारलिंकले पायो लाइसेन्स

काठमाडौं । नयाँदिल्लीले एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् । पृथ्वीको निम्न कक्षाका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्कको सुरुआतले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ । सञ्चारमन्त्री […]

जापानमा चामल किन यति महँगो ? कृषि मन्त्रीले नै राजीनामा दिनुपर्ने ‘चामल संकट’ कसरी उत्पन्न भयो ?

काठमाडौं । जापानमा चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ । यो समस्या यति ठूलो छ कि यसलाई राष
BizKhabar Online » BizKhabar Online

जापानमा चामल किन यति महँगो ? कृषि मन्त्रीले नै राजीनामा दिनुपर्ने ‘चामल संकट’ कसरी उत्पन्न भयो ?

काठमाडौं । जापानमा चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ । यो समस्या यति ठूलो छ कि यसलाई राष्ट्रिय संकट भनिएको छ । सरकार र आम जनता दुवैको निद्रा हराइरहेको छ । चामलको मूल्य बढ्नुको कारण के हो ? जापानमा, चामललाई पवित्र खानाको दर्जा दिइएको छ जुन देशको संस्कृति, भाषा र परम्परामा गहिरो रूपमा […]

सुक्खा बन्दरगाहले आर्जन गर्यो ४५ अर्ब ६१ करोड राजस्व, हरेक महिना ४ अर्ब बढी संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिना
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाहले आर्जन गर्यो ४५ अर्ब ६१ करोड राजस्व, हरेक महिना ४ अर्ब बढी संकलन

काठमाडौं । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए । उनले साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा […]

सुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्री, कर लगाउने निर्णय पुनर्विचार गर्न माग

काठमाडौं । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँद
BizKhabar Online » BizKhabar Online

सुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्री, कर लगाउने निर्णय पुनर्विचार गर्न माग

काठमाडौं । सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सम्बन्धित व्यवसायी संघसंस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गर्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली, र नेपाल रत्न तथा आभूषण […]

आज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं । असार ३ गते मंगलबार राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको ग्र
BizKhabar Online » BizKhabar Online

आज राती एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं । असार ३ गते मंगलबार राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको ग्राहक सेवा प्रणाली मर्मत गरिने भएकाले एक घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ । राति ११ः५५ देखि एक घण्टासम्म रिचार्ज, ब्यालेन्स, क्यूरी, प्याकेज लगायतका सेवाहरु अवरुद्ध हुने टेलिकमले जनाएको छ । तर, भोइस, एसएमएस, डाटा र आईपीटीभी […]

१० जिल्लाका सीडीओ सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित मन्त्रालयका केही
BizKhabar Online » BizKhabar Online

१० जिल्लाका सीडीओ सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित मन्त्रालयका केही सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । सरुवा हुनेहरुमा प्रमुख जिल्ला अधिकारीहरु बढि रहेका छन् । मन्त्रालयले गोरखा, गुल्मी, इलाम, रोल्पा, सिन्धुली र जुम्ला लगायतक विभन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । त्यसैगरी, केही सीडीओलाई मन्त्रालय वा अन्तर्गत ल्याइएको छ । […]

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थालाई कडा कारबाही हुन्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्र
BizKhabar Online » BizKhabar Online

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थालाई कडा कारबाही हुन्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग बोल्दै गभर्नर पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकिङ सेवा सबै […]

एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १
BizKhabar Online » BizKhabar Online

एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजीले एससीटी युपीआई कार्डबाहक ग्राहकलाई मौलाकालि केबल कारमा १० प्रतिशत छुट दिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको एससीटी युपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको हो । समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा […]

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड, १२ किलोमिटर खण्ड अझै अलपत्र

काठमाडौं । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ
BizKhabar Online » BizKhabar Online

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड, १२ किलोमिटर खण्ड अझै अलपत्र

काठमाडौं । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ । बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर […]

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा एकैदिन २५ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबरा भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै […]

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखो
BizKhabar Online » BizKhabar Online

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युत्गृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित […]

नेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक

काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वाय
BizKhabar Online » BizKhabar Online

नेपालीको स्वास्थ्य र अर्थतन्त्रमा वायु प्रदूषणको गम्भीर असर : विश्व बैंक

काठमाडौं । नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको मुख्य कारण बनेको विश्व बैंकले बताएको छ । वायू शुद्धीकरणका लागि एकै क्षेत्रको प्रयासले नपुग्ने भन्दै विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा बहुआयामिक नीति र लगानीमार्फत प्रभावकारी समाधान आवश्यक रहेको उल्लेख छ । ‘सफा हावा नेपालमा : लाभ, स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले नेपाल र इन्डो–ग्याङ्गेटिक […]

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अव
BizKhabar Online » BizKhabar Online

तुइनखोलामा पहिरो, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । मुग्लिङ(नारायणगढ सडक खण्डको तुइन खोलामा ठुलो पहिरो खसेको हो । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको छ ।

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार

काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल
BizKhabar Online » BizKhabar Online

रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार

काठमाडौँ । अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको प्रतिष्ठित नाम लुभ्र होटल समूहले नेपालको पहिलो रोयल टुलिप होटल काठमाडौँमा सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा अवस्थित यो सुविधा सम्पन्न होटलको उद्घाटनसँगै लुभ्र समूहले दक्षिण एसियामा आफ्नो सशक्त उपस्थिति विस्तार गरेको छ । नेपालकै सबैभन्दा ठूलो होटल दाबी गरिएको रोयल टुलिप काठमाडौँमा ३०८ भव्य कोठा र सुइटहरू रहेका छन्। […]

सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटल एण्ड रिर्सोटमा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटल एण्ड रिर्सोटमा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द सोल्टी होटल एण्ड रिर्सोटको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यो […]

प्रधानमन्त्री असार १४ गते स्पेन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सोमबार
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री असार १४ गते स्पेन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। आउँदो असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन्। […]

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन ख
BizKhabar Online » BizKhabar Online

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान

काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोर किशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ । ग्लोकल टीन हिरो, ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो । जुन केवल अवार्ड वा पुरस्कार मात्र […]

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका क
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा […]

मटरकोसा प्रतिकिलो रु १६० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

मटरकोसा प्रतिकिलो रु १६० : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता छुट

काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ अफर सार्वजनिक गर
BizKhabar Online » BizKhabar Online

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता छुट

काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ अफर सार्वजनिक गरेको छ । निश्चित समयका लागि जारी गरिएको उक्त स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने […]

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, अप्रिलमै मात्रै ३१ हजार बढी इभी विक्री

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिल
BizKhabar Online » BizKhabar Online

सेरेसको बिक्रीमा उल्लेखनीय वृद्धि, अप्रिलमै मात्रै ३१ हजार बढी इभी विक्री

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) को बिक्री वृद्धिको उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले उक्त महिना ३१ हजार ४ सय ८८ वटा एनईभी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो। चोंगकिंग […]

हीरा–रत्नमा भ्याट र सुनमा विलासिता कर हटाउन व्यवसायीको आग्रह, व्यवसाय बन्द हुने चेतावनी

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तावित कर संरचनाका कारण सुन
BizKhabar Online » BizKhabar Online

हीरा–रत्नमा भ्याट र सुनमा विलासिता कर हटाउन व्यवसायीको आग्रह, व्यवसाय बन्द हुने चेतावनी

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तावित कर संरचनाका कारण सुन, चाँदी, हीरा तथा बहुमूल्य रत्न व्यवसाय संकटमा पर्ने चेतावनी दिएको छ। संघले हीरा र रत्नमा मूल्य अभिवृद्धि कर (भ्याट) तथा सुनमा दुई प्रतिशत विलासिता कर लागू गर्ने प्रस्तावको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ। संघले आज […]

रास्वपाको अवरोधबीच विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विच
BizKhabar Online » BizKhabar Online

रास्वपाको अवरोधबीच विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस […]

लस एन्जलसमा नवौँ दिनको प्रदर्शन, कर्फ्यू ‘केही दिन’ जारी रहने

अमेरिका । लस एन्जलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएक छन्
BizKhabar Online » BizKhabar Online

लस एन्जलसमा नवौँ दिनको प्रदर्शन, कर्फ्यू ‘केही दिन’ जारी रहने

अमेरिका । लस एन्जलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताएक छन् । यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ । डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको […]

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

काठमाडौँ । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य
BizKhabar Online » BizKhabar Online

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

काठमाडौँ । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपालले (सोलिड नेपाल) आयोजना गरेकाे कार्यक्रममा ‘यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण-२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता […]

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजन
BizKhabar Online » BizKhabar Online

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा आज एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलुु उद्योगको प्रवर्द्र्धनबाट समाधान गर्नुपर्ने बताए । ‘हामी मेड […]

Get more results via ClueGoal