Nepal



सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल

आवश्यक रासायनिक मल मौज्दात रहेको सरकारी दावी, किसानलाई चिन्ता नलिन कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्
BizKhabar Online » BizKhabar Online

आवश्यक रासायनिक मल मौज्दात रहेको सरकारी दावी, किसानलाई चिन्ता नलिन कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गरेका छन् । विनियोजन विधेयक २०८२ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकहरूमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले गत वर्षको र यो वर्ष आयात हुने मलबाट माग पूरा हुने बताए । उनका […]

नेपाल बैंक र स्लाभिका आइभीएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टर प्र
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र स्लाभिका आइभीएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टर प्रालिबीच सम्झौता भएको छ । उपचार सेवामा विशेष छुट दिने गरी दुई निकायबीछ सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्। […]

बजेट पास गर्न एमालेको ‘ह्वीप’, मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयार
BizKhabar Online » BizKhabar Online

बजेट पास गर्न एमालेको ‘ह्वीप’, मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ । बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकिएर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेको संघीय संसद सचिवालयले जनाएको छ। बजेटबारे सत्तापक्षकै सांसदहरू सन्तुष्ट छैनन्। यसैबीच सरकारको […]

इजराइलबाट फर्कन ८८५ नेपालीले नाम टिपाए, इरानमा रहेका ११ नेपाली भोलिसम्म भारत आइपुग्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जन
BizKhabar Online » BizKhabar Online

इजराइलबाट फर्कन ८८५ नेपालीले नाम टिपाए, इरानमा रहेका ११ नेपाली भोलिसम्म भारत आइपुग्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन शुरू गरेको जानकारी दिइन्। त्यसमा ८८५ जनाले विवरण भरेको उनले बताइन्। मन्त्री राणाले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकार सञ्चालन र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने जनाएको छ।

इरानले हर्मुज जलमार्ग बन्द गर्न लागेपछि अमेरिकी विदेशमन्त्रीले गुहारे चीन

काठमाडौं । इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ। तर यसको कार्यान्वय
BizKhabar Online » BizKhabar Online

इरानले हर्मुज जलमार्ग बन्द गर्न लागेपछि अमेरिकी विदेशमन्त्रीले गुहारे चीन

काठमाडौं । इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ। तर यसको कार्यान्वयनको निर्णय भने देशको सर्वोच्च राष्ट्रिय परिषद् र नेता आयतोल्लाह अली खामेनेईको हातमा छ। तत्काल यो मार्ग बन्द हुने सम्भावना कम रहे पनि विश्व अर्थतन्त्रमा त्रास फैलिएको छ। हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने […]

विश्वास र शङ्काको घेराबीच संयुक्त राष्ट्र संघले ८०औ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । आफ्नो प्रभाव बदनाम भएको र बजेट चकनाचुर भएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आफ्नो ८०औ
BizKhabar Online » BizKhabar Online

विश्वास र शङ्काको घेराबीच संयुक्त राष्ट्र संघले ८०औ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । आफ्नो प्रभाव बदनाम भएको र बजेट चकनाचुर भएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा आलोचनाको आँधीको सामना गरिरहेको छ । साथै यसले ध्रुवीकृत तथा द्वन्द्वग्रस्त संसारलाई यो पहिले भन्दा बढी महत्त्वपूर्ण छ भनी विश्वस्त पार्ने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका एक सय ९३ सदस्य राष्ट्रले बिहीबार सङ्गठनको आधारभूत सन्धि, संयुक्त […]

अर्थ समितिको बैठक : सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरग
BizKhabar Online » BizKhabar Online

अर्थ समितिको बैठक : सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेको छ ।प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सुनचाँदी व्यवसायीले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यकपर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिए । महासङ्घका अध्यक्ष […]

फोटोनको टुनल्याण्ड जी–७ सार्वजनिक, विभिन्न ५ भेरियन्टमा उपलब्ध

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणको रूपमा फोटोन टुनल्यान्ड जी–७ पिकअप गाड
BizKhabar Online » BizKhabar Online

फोटोनको टुनल्याण्ड जी–७ सार्वजनिक, विभिन्न ५ भेरियन्टमा उपलब्ध

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणको रूपमा फोटोन टुनल्यान्ड जी–७ पिकअप गाडी आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ। पुलचोकस्थित द प्लाजामा आयोजित भव्य समारोहबीच एमएडब्लू वृद्धि कमर्सियलले गाडी सार्वजनिक गरेको हो। यसअघि टुनल्यान्ड जी–७ले २३ दिनमै ८ वटा अग्ला र कठिन अफ–रोड ट्रेलहरू पार गरी विश्वकै पहिलो पिकअपको रूपमा कीर्तिमान कायम गरिसकेको […]

प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी, स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटब
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी, स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एउटा महत्वपूर्ण रणनीतिक साझेदारी भएको छ । यो रणनीतिक साझेदारीका लागि सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र चिरायु हस्पिटलका अपरेसन निर्देशक चन्द्रेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका छन्। […]

वीरगञ्ज नाका हुँदै ११ महिनामा १५ अर्ब ९२ करोडका ५९,४७४ इन्धन सवारी भित्रिए

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने साना
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका हुँदै ११ महिनामा १५ अर्ब ९२ करोडका ५९,४७४ इन्धन सवारी भित्रिए

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ […]

टेस्लाको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु, एक पटकको शुल्क ४.२० डलर

काठमाडौँ । टेस्ला कम्पनीको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा टेक्सासको अस्टिनमा सुरु भएको छ। यसम
BizKhabar Online » BizKhabar Online

टेस्लाको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु, एक पटकको शुल्क ४.२० डलर

काठमाडौँ । टेस्ला कम्पनीको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा टेक्सासको अस्टिनमा सुरु भएको छ। यसमा ग्राहकहरूलाई एक पटकको शुल्क ४.२० डलर लगाइने छ । यसलाई टेस्लालाई स्वचालित ड्राइभिङ प्रविधिको दौडमा अग्रणी बनाउने प्रयास मानिएको छ । यो विकल्पलाई विद्युतीय कार कम्पनीको भविष्यको रूपमा पनि हेरिएको छ । मस्कले टेस्लाको रोबोट्याक्सी सेवालाई उनको विद्युतीय कार कम्पनीको भविष्यको रूपमा […]

मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व संकलन, लक्ष्यको ७७.५६ प्रतिशत

काठमाडौँ । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हज
BizKhabar Online » BizKhabar Online

मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व संकलन, लक्ष्यको ७७.५६ प्रतिशत

काठमाडौँ । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व संकलन गरेको छ। जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार आव २०८१/८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व संकलनको लक्ष्य […]

पशुपतिको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार, १४ जनाविरुद्ध १० करोड ३३ लाख बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गर
BizKhabar Online » BizKhabar Online

पशुपतिको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार, १४ जनाविरुद्ध १० करोड ३३ लाख बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। विद्युतीय शवदाह गृहको उपकरण खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको विशेष […]

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी, एक अर्ब ४७ करोड लागत

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका छ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ
BizKhabar Online » BizKhabar Online

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी, एक अर्ब ४७ करोड लागत

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका छ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ । पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि यहाँका ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन्। आयोजनाले गत शनिबार बिहानदेखि औपचारिक रूपमा एकै पटक छ हजार परिवारको घरघरमा स्वच्छ पिउने पानी वितरण गरेको हो । निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९९ […]

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

काठमाडौं । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–र
BizKhabar Online » BizKhabar Online

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

काठमाडौं । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो। तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने […]

इन्भेष्टमेन्ट कम्पनीका लागि सेबोनको नयाँ नीति : दायरा बढ्यो, घाटामा गएका कम्पनीमा लगानी गर्न रोक

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानी कम्पनीको धितोपत्र सार्वजनिक निष्काशन सम्बन्धी न
BizKhabar Online » BizKhabar Online

इन्भेष्टमेन्ट कम्पनीका लागि सेबोनको नयाँ नीति : दायरा बढ्यो, घाटामा गएका कम्पनीमा लगानी गर्न रोक

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानी कम्पनीको धितोपत्र सार्वजनिक निष्काशन सम्बन्धी नयाँ नीतिगत व्यवस्था गरेको छ । बोर्डले आइतबार एक सूचना जारी गर्दै सञ्चालन अनुमति पाएका तथा ५० करोडको चुक्तापुँजी भएका इन्भेष्टमेन्ट कम्पनीहरूले आईपीओ निष्काशन गर्न पाउने नयाँ नीति लिएको बोर्डले जानकारी दिएको हो । बोर्डले सङ्गठित संस्था र लगानी कम्पनीले आईपीओ निष्काशन […]

नागरिक लगानी कोष र हिमालयन बैंकबीच एफपिओ सेयरको प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूत
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र हिमालयन बैंकबीच एफपिओ सेयरको प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति […]

बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री प्रयोग

काठमाडौं ।  नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.
BizKhabar Online » BizKhabar Online

बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री प्रयोग

काठमाडौं ।  नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ। अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन्। सबैभन्दा प्रमुख रूपमा, यसमा ईभी उद्योगमै पहिलो पटक […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत -CEO) अन्जु श्रे
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत -CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, “यो सम्मान […]

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र कन्सुलर कर्पबीच सहकार्य, निजी क्षेत्रलाई सहयोग होइन सम्मान : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्
BizKhabar Online » BizKhabar Online

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र कन्सुलर कर्पबीच सहकार्य, निजी क्षेत्रलाई सहयोग होइन सम्मान : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल ९एचसीसीएन० बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन्परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार : अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै […]

प्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने

काठमाडौं । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बै
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र वेगनास लेक फ्रन्ट रेष्टुरेण्टबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने

काठमाडौं । पोखरा महानगरपालिका–३१ स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो छुट वेगनासतालको मनोरम दृश्य अवलोकनसँगै खाना […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार (आज) बजार ३२.१६
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार (आज) बजार ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा झरेकको हो । आज नेप्सेमा कारोबार भएको कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई अर्ब ७४ करोड बजेट पारित, दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि र
BizKhabar Online » BizKhabar Online

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई अर्ब ७४ करोड बजेट पारित, दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्या ९बेड०को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित […]

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

काठमाडौँ । मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भए
BizKhabar Online » BizKhabar Online

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

काठमाडौँ । मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम […]

अमरेश कुमार सिंहले ‘७२ जिल्ला अन्य देशलाई लिजमा दिऊ’ भनेपछि संसदमा हंगामा

काठमाडौँ । प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्ति विवादमा परेको छ
BizKhabar Online » BizKhabar Online

अमरेश कुमार सिंहले ‘७२ जिल्ला अन्य देशलाई लिजमा दिऊ’ भनेपछि संसदमा हंगामा

काठमाडौँ । प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्ति विवादमा परेको छ । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्नेक्रममा सांसद सिंहले केहि जिल्ला बाहेक देशको भाग अमेरिकालाई लिजमा दिनुपर्ने बताएपछि नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका थिए । उनले भनेका थिए- ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो चार पाँच जिल्ला जुन भाग्यमानी जिल्ला छन्, […]

दोस्रोपटक भाँचियो निर्माणाधीन साढे २२ करोडको पक्की पुल

काठमाडौँ । रामेछापमा बन्दा बन्दै गरेको साढे २२ करोडको पक्की पुल भाँचिएको छ। जिल्लाको मन्थली नगरप
BizKhabar Online » BizKhabar Online

दोस्रोपटक भाँचियो निर्माणाधीन साढे २२ करोडको पक्की पुल

काठमाडौँ । रामेछापमा बन्दा बन्दै गरेको साढे २२ करोडको पक्की पुल भाँचिएको छ। जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो। यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । त्यसपछि सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको थियो। तर आइतबार बिहान सोही […]

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, ११ महिनामा जम्मा ९९ अर्ब प्राप्ति

काठमाडौं । चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकार
BizKhabar Online » BizKhabar Online

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, ११ महिनामा जम्मा ९९ अर्ब प्राप्ति

काठमाडौं । चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ […]

तोलामा ५०० रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामा
BizKhabar Online » BizKhabar Online

तोलामा ५०० रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै आइतबार छापावाल सुन […]

वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो। समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक […]

आयातमा पेट्रोल र एलपी ग्याँसलाई उछिन्यो कच्चा भटमास तेलले, ११ महिनामा झण्डै १ खर्बको आयात

काठमाडौं । नेपालबाट पछिल्लो समय अत्यधिक मात्रामा निर्यात भईरहेको भटमास तेलले आयातमा पनि उत्तिक
BizKhabar Online » BizKhabar Online

आयातमा पेट्रोल र एलपी ग्याँसलाई उछिन्यो कच्चा भटमास तेलले, ११ महिनामा झण्डै १ खर्बको आयात

काठमाडौं । नेपालबाट पछिल्लो समय अत्यधिक मात्रामा निर्यात भईरहेको भटमास तेलले आयातमा पनि उत्तिकै छलाङ मारेको छ । एक वर्ष अघिसम्म मात्रै नेपालको आयात व्यापारको सूचीमा पुछारमा हुने भटमासको कच्चा तेल यसपटक शीर्ष दुईभित्रै पर्न सफल भएको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म विभिन्न राष्ट्रहरुबाट १६ खर्ब […]

प्रतिनिधिसभामा विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ, रास्वपाको विरोध र राप्रपाको बहिस्कार कायमै

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र प
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभामा विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ, रास्वपाको विरोध र राप्रपाको बहिस्कार कायमै

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिस्कारका बीच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रयलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट […]

इप्पानविरुद्ध आन्दोलनमा उत्रने लगानीकर्ताको उद्घोष, १ सय कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ र हकप्रद नदिन माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले हाईड्रो प्रवर्द्धकविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्
BizKhabar Online » BizKhabar Online

इप्पानविरुद्ध आन्दोलनमा उत्रने लगानीकर्ताको उद्घोष, १ सय कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ र हकप्रद नदिन माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले हाईड्रो प्रवर्द्धकविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । पछिल्लो समय स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नेगेटिभ नेटवर्थ रहेका तथा जस्तोसुकै कम्पनीलाई समेत आईपीओ अनुमति दिन माग गर्दै विभिन्न राजनीतिक दलका ढोका चाहर्दै नेपाल धितोपत्र बोर्डमाथि दबाब सिर्जना गर्न थालेपछि लगानीकर्ताहरुले सो कुरा बताएका हुन् । हाईड्रो प्रवर्द्धकरुले बत्ती नबली […]

सेयर बजारमा उथलपुथल : धनीहरूको सूचीमा ठूलो फेरबदल, ८० वर्षीय एलिसन बने विश्वकै दोश्रो धनी

काठमाडौं । विश्वका धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । यो एउटा ठूलो परिवर्तनमा ओरेकलका सह–संस्थ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उथलपुथल : धनीहरूको सूचीमा ठूलो फेरबदल, ८० वर्षीय एलिसन बने विश्वकै दोश्रो धनी

काठमाडौं । विश्वका धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । यो एउटा ठूलो परिवर्तनमा ओरेकलका सह–संस्थापक ल्यारी एलिसन जेफ बेजोस र मार्क जुकरबर्गलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । उनको कम्पनीको शेयरमा तीव्र वृद्धि भएसँगै उनको सम्पत्तिमा वृद्धि हुँदा उनले सूचीमा छलाङ मारेका हुन् । फोब्र्सको रिपोर्टअनुसार, ल्यारी एलिसनको सम्पत्ति अब २५०.९ […]

एसीसी यु–१६ कप क्रिकेट : नेपालले आज सिंगापुरसँग पहिलो खेल खेल्दै

काठमाडौं । मलेसियामा आज (आइतबार) देखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुर
BizKhabar Online » BizKhabar Online

एसीसी यु–१६ कप क्रिकेट : नेपालले आज सिंगापुरसँग पहिलो खेल खेल्दै

काठमाडौं । मलेसियामा आज (आइतबार) देखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो। नेपालले आफ्नो पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ। मलेसियाको युकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन्। नेपाली […]

Get more results via ClueGoal