काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४४, […]
काठमाडौं । भारतमा नेपालको सबैभन्दा नजिकको छिमेकी देश हो । जहाँ हिजोआज ७ सिटर कारहरूको माग द्रुत गतिमा बढिरहेको छ । ठूलो परिवार भएका मानिसहरूले ह्याचब्याक वा सेडानको सट्टा ७ सिटर एसयूभी वा एमपीभी किन्न जोड दिन्छन्, ताकि सबैजना एउटै कारमा बाहिर जान सकून् । भारतमा ७ सिटर कारको मूल्य निकै सुलभ रहेको छ । […]
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकामा मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने जोखिम बढेको छ । टेस्लाको अटोपायलट प्रणालीको कारणले गर्दा एक महिलाको मृत्युको मुद्दा अर्को महिनाको लागि अदालतमा प्रकिया अगाडी जान सक्ने भए पछि मस्कको टेन्सन बढेको हो । सो मुद्दा दर्ता भए पछि कम्पनीले यसलाई खारेज गर्ने […]
काठमाडौं । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नुपर्ने माग उठेको छ । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द […]
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही […]
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स|) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्। मनोनयन महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार गरिएको हो। राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१९ अंकले बढ्दै २६ सय ३१ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय १८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी छन् । उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार १२ देखि १४ सम्म स्विट्जरल्यान्डको बार्नमा सम्पन्न ‘इन्डरनेशनल सेटलमेन्ट्स (बीआईएस)’ को १२औँ वार्षिक बैठकमा सहभागिता जनाएका छन् । सन् १९३० मा स्थापना भएको उक्त संस्था विश्वभरका ६२ केन्द्रीय बैंकहरूको साझा मञ्च हो, जसले मौद्रिक तथा वित्तीय स्थायित्व कायम गर्न सहकार्य गर्दछ। बैठकका क्रममा गभर्नर पौडेल […]
काठमाडौं । चीनले युरोपेली सङ्घ (इयु), बेलायत, दक्षिण कोरिया र इन्डोनेसियाका केही स्टिल उत्पादनहरूमा शुल्क कायम राख्ने वाणिज्य मन्त्रालयले सोमबार बताएको छ । बेइजिङले सन् २०१९ मा पहिलो पटक लगाएको स्टेनलेस स्टिल बिलेट र हट–रोल्ड प्लेटहरूमा शुल्क इन्डोनेसियाली आयातका लागि २० दशमलव दुई प्रतिशतदेखि इयुका लागि ४३ प्रतिशतसम्म रहेको छ । चीनको वाणिज्य मन्त्रालयले आन्तरिक […]
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति गर्दै यस्तो चेतावनी दिएको हो । महासंघले छिटो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गराएर सदनबाट जारी हुनुपर्ने माग राखेको छ । ‘२०८२ वैशाख […]
काठमाडौं । नेपालमा गाडी आयात प्रक्रिया कडाइ गर्न सरकारले नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ को मस्यौदामा अब गाडी आयात गर्दा कडाभन्दा कडा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । मस्यौदाअनुसार अब उत्पादन मितिबाट एक वर्षभित्रै गाडी आयात गर्नुपर्नेछ । […]
काठमाडौं । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ।सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो । […]
काठमाडौं । पहिले मानिसहरूले सेयर बजारमा लगानीलाई जुवाको खेल ठान्थे । अब यो पुरानो कुरा हो । अहिले जनतामा वित्तीय साक्षरता बढ्दै गएपछि मानिसहरु मुद्दती निक्षेपबाहेक लगानीका धेरै विकल्पहरु खोजिरहेका छन् । यस्तै पछिल्लो समय नयाँ–नयाँ आइपीओहरू बजारमा आइरहेका कारण लाखौं नयाँ मानिसहरू बजारमा जोडिएका छन् र बजारमा आफ्नो सहभागिता निरन्तर बढाउँदैछन् । तर, साधारण […]
काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यही असार १५ मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो […]
काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो । सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले […]
काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ। उनी यसअघि उपाध्यक्ष रहेका मार्टिन राइजरको स्थानमा आउँदै छन्। जटको कार्यकाल सन् २०२५ जुलाई १ (२०८२ असार १७) देखि लागू हुनेछ। दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको भूमिकामा रहँदा जटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको सम्बन्ध व्यवस्थापन गर्नेछन्। साथै […]
काठमाडौं । अर्थ मन्त्रालयले अनौपचारिक क्षेत्रमा ठूलो अर्थतन्त्र रहेको ठहर गरेको छ । मन्त्रालयले सो विषयमा अध्ययन गरिदिन भन्दै नीति अनुसन्धान प्रतिष्ठानलाई पत्राचारसमेत गरेको छ । मन्त्रालयले विविध ६ विषयमा अध्ययन गरिदिन आइतबार प्रतिष्ठानलाई पत्र लेखेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार अनौपचारिक क्षेत्रमा रहेको ठूलो अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा कसरी ल्याउन सकिन्छ भन्ने मुख्य विषय […]
काठमाडौँ । सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालु वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । गत वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ । […]
काठमाडौँ । जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ। सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ। निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार […]
काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जीसेभनले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि […]
काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् । साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सुन र सुनका गहनामा लगाईएको करमा पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन र सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा रत्न जडित गहनामा लागु गरिएको १३ प्रतिशत भ्याटको विषय पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष ध्यानाकर्षण गराएको हो । […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसंग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । शनिबार भएको भेटमा आब ०८२/८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँदै आएका व्यवस्थाहरु समेटिएकोमा धन्यवाद ज्ञापन गर्दै बजेटका केही प्रावधान र हालै […]
काठमाडौं । संघीय निजामती सेवा विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। संविधान २०७२ अनुसार संघीयता कार्यान्वयनलाई संस्थागत गर्न ल्याइएको यो विधेयक १५ महिनाको छलफलपछि पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा आइपुग्नेछ र त्यसपछि सभामुखको प्रमाणीकरणमार्फत राष्ट्रपति कार्यालय हुँदै राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। यस […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, […]
काठमाडौं । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् । बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्याण्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको […]
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे । नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले […]
काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षामा भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले पनि अवसर पाउने सहमति जुटाएको हो । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक […]
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा २६.५३ अंकले बढ्दै २६ सय २२ को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका १ करोड ६६ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ […]
काठमाडौं । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका(१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी […]