Nepal



JFJ disappointed with suspended sentences for cops in Mario Deane case

Human rights lobby group Jamaicans for Justice (JFJ) says it “respectfully disagrees” with the decision of a court to impose suspended sentences on two of the three cops convicted for the beating death of Mario Deane. However, JFJ said it...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको आरोप

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओर्झा निलम्बन भएका छन् । ओझाको योग्यताको विषयमा छा
BizKhabar Online » BizKhabar Online

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको आरोप

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओर्झा निलम्बन भएका छन् । ओझाको योग्यताको विषयमा छानबिन गर्न मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समिति गठन गरेलगत्तै उनी निलम्बनमा परेका हुन् । सरकारले आफूविरूद्ध कारवाहीको तयारी थालेको सुँइको पाएका ओझा केही दिनदेखि बिदामा छन् । बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगेपनि झूठो प्रमाण पेश गरेर नियुक्ति लिएको […]

आइजीआई प्रुडेन्सियल र फ्रन्टलाइन अस्पतालबीच सम्झौता, अस्पतालमा नगदरहित सेवा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ
BizKhabar Online » BizKhabar Online

आइजीआई प्रुडेन्सियल र फ्रन्टलाइन अस्पतालबीच सम्झौता, अस्पतालमा नगदरहित सेवा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन प्रालि अन्तर्गतको फ्रन्टलाइन अस्पतालबीच नगदरहित सेवा (क्यासलेस सेवा) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब आइजीआई प्रुडेन्सियल […]

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैय
BizKhabar Online » BizKhabar Online

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्काशन गरेको हो। ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबरबाट बिक्री […]

काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, मुख्य क्षेत्रको जग्गालाई प्रतिआना ५० लाख पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रमुख सडक क्षेत्रसँग जोड
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, मुख्य क्षेत्रको जग्गालाई प्रतिआना ५० लाख पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रमुख सडक क्षेत्रसँग जोडिएका जग्गाको प्रतिआना मूल्य निर्धारण गरेको छ । महानगरले सार्वजनिक गरेको आर्थिक ऐनअनुसार दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, रत्नपार्क लगायतका क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा बढी, ५० लाख रुपैयाँ तोकिएको छ । सम्पत्ति करको आधार तय गर्नका लागि महानगरले विभिन्न स्थानका जग्गाको मूल्य तोकेको […]

ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउन ९ महिना समय थप, अब चैतसम्म पूँजी पुर्याए हुने

काठमाडौं । धितोपत्र कारोबार गरिरहेका ब्रोकर कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्‍याउन थप ९ महिन
BizKhabar Online » BizKhabar Online

ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउन ९ महिना समय थप, अब चैतसम्म पूँजी पुर्याए हुने

काठमाडौं । धितोपत्र कारोबार गरिरहेका ब्रोकर कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्‍याउन थप ९ महिना समय थपिएको छ । अर्थमन्त्रालयले धितोपत्र व्यवसायी नियमावली संशोधनको प्रस्ताव स्वीकृत गरेसँगै ब्रोकरहरुलाई न्यूनतम चुक्ता पुँजी पुर्याउने समय थप भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र व्यवसायी नियमावली’ संशोधन गर्दै पुँजी पुर्‍याउने समयसीमा बढाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । […]

कर्णालीको आर्थिक गति विस्तारोन्मुख, सेवा र पूर्वाधारमा उत्साहजनक सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार कर्
BizKhabar Online » BizKhabar Online

कर्णालीको आर्थिक गति विस्तारोन्मुख, सेवा र पूर्वाधारमा उत्साहजनक सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशको आर्थिक गतिविधिमा विस्तारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णालीको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । सेवा र पूर्वाधार क्षेत्रमा भएको विस्तारले समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको केन्द्रिय बैंकले जानकारी दिएको छ । तथापि […]

एक दिन पनि टिकेन सेयरबजारको वृद्धि, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो काराेबार दिन ‘आईतबार’ उच्च अंकले बढेको बजार दोस्रो दिन भने उच्च अंकले
BizKhabar Online » BizKhabar Online

एक दिन पनि टिकेन सेयरबजारको वृद्धि, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो काराेबार दिन ‘आईतबार’ उच्च अंकले बढेको बजार दोस्रो दिन भने उच्च अंकले घट्न पुगेको छ । आज सोमबार कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिम समयमा ३५ अंकले घट्दै बन्द भएको हो । आज सेयर बजारमा उच्च अंकको गिरावट आउँदा नेप्से विन्दु २७ सय २५ को विन्दुमा […]

नबिल बैंकले साउन ६ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुने

काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैया
BizKhabar Online » BizKhabar Online

नबिल बैंकले साउन ६ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुने

काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र […]

नेपाली श्रमिकलाई न्यूनतम १ हजार दिराम दिने युएईको प्रतिबद्धता, आवास तथा खानाको सुविधा अनिवार्य

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदारका लागि न्यूनतम १ हजार दिराम तलब अनि
BizKhabar Online » BizKhabar Online

नेपाली श्रमिकलाई न्यूनतम १ हजार दिराम दिने युएईको प्रतिबद्धता, आवास तथा खानाको सुविधा अनिवार्य

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदारका लागि न्यूनतम १ हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा गम्भीर छलफल भएको छ। सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सईद मुबारक जरवान अलशाम्सीबीच भएको भेटमा उक्त विषयमा विशेष कुराकानी भएको हो। मन्त्री भण्डारीले विगत […]

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको चरणमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयनसँग सम्बन्ध
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको चरणमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयनसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार सोमबार प्रमाणीकरण गरिएका विधेयकहरूमा संघीय सञ्चित कोषबाट सेवा तथा कार्यका लागि रकम विनियोजनसम्बन्धी विधेयक, अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र राष्ट्र ऋण उठाउने अधिकारसम्बन्धी विधेयक रहेका छन् । तीनै विधेयक अब […]

सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं बर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ । १९औं बार
BizKhabar Online » BizKhabar Online

सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं बर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ । १९औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो […]

घुस प्रकरण : आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्
BizKhabar Online » BizKhabar Online

घुस प्रकरण : आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्दै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता […]

धनीका कुरा : सम्पत्तिमा एलन मस्कलाई उछिन्न सक्ने ल्याकत, तर बाँचिरहेछन् गुमनाम जीवन

काठमाडौं । विश्वको सबैभन्दा पुरानो, ठूलो र सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य
BizKhabar Online » BizKhabar Online

धनीका कुरा : सम्पत्तिमा एलन मस्कलाई उछिन्न सक्ने ल्याकत, तर बाँचिरहेछन् गुमनाम जीवन

काठमाडौं । विश्वको सबैभन्दा पुरानो, ठूलो र सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलो पटक १२१,००० डलर नाघेको छ । अमेरिकामा घाटा खर्च संकटका कारण बिटक्वाइनले गति लिइरहेको छ । यस वर्ष यसको मूल्य ३०% ले बढेको छ । धेरै प्राइस मोडेलहरूका अनुसार, बिटक्वाइनको मूल्य २००,००० देखि १० लाख डलरसम्म पुग्न सक्छ । यदि बिटक्वाइनको मूल्य […]

मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतिर डाइभर्ट हुँदै इन्टरनेट सेवाग्राही, एनसेल र नेपाल टेलिकम भने पुरानै ढर्रामा

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको रुचि पछिल्लो समय मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डत
BizKhabar Online » BizKhabar Online

मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतिर डाइभर्ट हुँदै इन्टरनेट सेवाग्राही, एनसेल र नेपाल टेलिकम भने पुरानै ढर्रामा

काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको रुचि पछिल्लो समय मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतिर तीव्र रूपमा सर्दै गएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले सेवा विस्तारमा जोड दिँदै भरपर्दो र तीव्र गतिको इन्टरनेट उपलब्ध गराएसँगै सेवाग्राहीहरु फिक्स्ड ब्रोडब्याण्डतिर आकर्षित भएको तथ्यांकले देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांअनुसार जेठ मसान्तस नेपालमा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या ३१ लाख ६८ हजार […]

स्पेन पठाउने गिरोहमाथि छानबिन गर्न आइजीपीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई न
BizKhabar Online » BizKhabar Online

स्पेन पठाउने गिरोहमाथि छानबिन गर्न आइजीपीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् । आज (सोमबार) गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजीपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ। स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको […]

भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित स
BizKhabar Online » BizKhabar Online

भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर बिरामी […]

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले ज
BizKhabar Online » BizKhabar Online

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस […]

नेपाल लाइफको सामाजिक उत्तरदायित्व, किओचलाई बाल अस्पताल निर्माण गर्न १ करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक स
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफको सामाजिक उत्तरदायित्व, किओचलाई बाल अस्पताल निर्माण गर्न १ करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौंमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो […]

सरकारको एक वर्ष : आर्थिक सूचकांकहरू सकारात्मक रहेको दाबीसहित यस्तो छ प्रधानमन्त्रीको समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देख
BizKhabar Online » BizKhabar Online

सरकारको एक वर्ष : आर्थिक सूचकांकहरू सकारात्मक रहेको दाबीसहित यस्तो छ प्रधानमन्त्रीको समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एक वर्षमा विकासका राष्ट्रिय आयोजनाहरूको कामले समेत गति लिएको दाबी गरेका हुन् । यसअघि टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन नभए पनि अहिले त्यो शुरूआत भएको प्रधानमन्त्री ओलीको […]

४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै आज चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले बढेर […]

देशभर हालसम्म आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ, गत वर्षको तुलनामा रोपाइँमा कमी

काठमाडौं । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही अस
BizKhabar Online » BizKhabar Online

देशभर हालसम्म आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ, गत वर्षको तुलनामा रोपाइँमा कमी

काठमाडौं । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ […]

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’, प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्न सहयोग

काठमाडौं । पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानु दिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिर
BizKhabar Online » BizKhabar Online

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’, प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्न सहयोग

काठमाडौं । पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानु दिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको संख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ । रिब्दीकोट गाउँपालिका–२ का टीकाबहादुर राना तीनैमध्येका एक हुन् । उनी बजारमा […]

गुरुङ दम्पतीलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द

काठमाडौं । खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्तिक्ष
BizKhabar Online » BizKhabar Online

गुरुङ दम्पतीलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द

काठमाडौं । खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उनीहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहेका छन् । गुरुङ दम्पतीलाई कुनै बेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरुले कुरा काटेर हैरान पार्दथे । छिरिङ भन्छिन्, ‘तत्कालीन समय समय सम्झदा नमज्जा […]

प्रतिनिधिसभाको बैठक बस्दै, आज मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो प्रति
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, आज मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो प्रतिनिधिसभा बैठक बस्ने तय भएको छ । सोमबारको बैठकमा सभामुख प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै विभिन्न मन्त्रालयका सम्बन्धित मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम रहनेछ । आज सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत का
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ। आर्थिक रूपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई शिक्षण प्रदान गरिरहेको एकेडेमीमा आयोजित कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई कापी, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिन् । बाल सारथी एकेडेमीका अध्यक्ष डा. माला […]

सार्वजनिक निकायका सबै भुक्तानी अब अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

काठमाडौं । अबदेखि सबै सरकारी तथा सार्वजनिक निकायले गर्ने भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रण
BizKhabar Online » BizKhabar Online

सार्वजनिक निकायका सबै भुक्तानी अब अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

काठमाडौं । अबदेखि सबै सरकारी तथा सार्वजनिक निकायले गर्ने भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक निकायबाट हुने सम्पूर्ण भुक्तानीलाई डिजिटल माध्यमबाट मात्र गर्न निर्देशन दिंदै परिपत्र जारी गरेको हो । मन्त्रालयले उक्त निर्णयअनुसार सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई […]

मौद्रिक नीतिमा सीएनआईको प्रतिक्रिया : आर्थिक गतिविधि चलायमान हुनेगरी आयो

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिमा सीएनआईको प्रतिक्रिया : आर्थिक गतिविधि चलायमान हुनेगरी आयो

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई आर्थिक गतिविधि बढाउने दिशामा सकारात्मक संकेतको रूपमा लिएको छ। परिसंघका अनुसार मौद्रिक नीतिले कर्जासम्बन्धी प्रावधान, ब्याजदर व्यवस्थापन, साना तथा मझौला उद्योगको प्रवर्द्धन, र निजी क्षेत्रको लगानीमा सुधार ल्याउने अपेक्षा गरिएको छ। सीएनआईले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग […]

४३९ मेगावाटको बेतन कर्णाली आयोजनाले पायो विद्युत उत्पादन अनुमतिपत्र, लागत करिब ९३ अर्ब अनुमान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिम
BizKhabar Online » BizKhabar Online

४३९ मेगावाटको बेतन कर्णाली आयोजनाले पायो विद्युत उत्पादन अनुमतिपत्र, लागत करिब ९३ अर्ब अनुमान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको समयमै सम्पन्न गर्ने […]

काठमाडौं महानगरले प्रस्तुत गर्याे २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम स
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरले प्रस्तुत गर्याे २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरको १७औँ नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षको विकास र सेवाप्रवाहको खाका सार्वजनिक गरे। बजेटको पूर्ण विवरण भने उपप्रमुख सुनिता डंगोलले सभामा प्रस्तुत गरिन्। उनले २५ अर्व ११ करोड ४३ लाख ४१ […]

मौद्रिक नीतिबारे सिबिफिनको प्रतिक्रिया : दिगो र दर्बिलो अर्थतन्त्रको निर्माणका लागि स्पष्ट मार्गचित्र

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिबारे सिबिफिनको प्रतिक्रिया : दिगो र दर्बिलो अर्थतन्त्रको निर्माणका लागि स्पष्ट मार्गचित्र

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०८२/८३ को मौद्रिक नीतिले दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो बताएको हो । मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिनेगरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र […]

मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकर
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीति वित्तीय सहजिकरण उन्मुख र सकारात्मक : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न […]

नेपालको व्यापारको लाइफलाइन ‘रसुवागढी नाका’, १० दिनभित्रै पुनः संचालन गर्न सम्भव

काठमाडौं । नेपालको उत्तरी सीमामा अवस्थित रसुवागढी नाका नेपालको आयात व्यापारको एक प्रमुख लाइफलाइ
BizKhabar Online » BizKhabar Online

नेपालको व्यापारको लाइफलाइन ‘रसुवागढी नाका’, १० दिनभित्रै पुनः संचालन गर्न सम्भव

काठमाडौं । नेपालको उत्तरी सीमामा अवस्थित रसुवागढी नाका नेपालको आयात व्यापारको एक प्रमुख लाइफलाइनको रूपमा स्थापित छ । चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकलाई हेर्दा यो नाका नेपालमा धेरै आयात हुने नाकाहरूमध्ये छैटौँ स्थानमा पर्छ । यो नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ अर्ब […]

नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन, भारतलगायत अन्य देशमा नमूना पठाउनुपर्ने बाध्यता अन्त्य

काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइ
BizKhabar Online » BizKhabar Online

नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन, भारतलगायत अन्य देशमा नमूना पठाउनुपर्ने बाध्यता अन्त्य

काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रयोगशाला प्रमुख डा. ग्रेता पाण्डेका अनुसार यो […]

सुनको भाउ तोलाको ११ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९
BizKhabar Online » BizKhabar Online

सुनको भाउ तोलाको ११ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]

ट्रम्पको करले अमेरिकाको कोष भरियो, पहिलोपटक भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघ्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण जुन महिनामा भन्सार शुल्क संकलनम
BizKhabar Online » BizKhabar Online

ट्रम्पको करले अमेरिकाको कोष भरियो, पहिलोपटक भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघ्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण जुन महिनामा भन्सार शुल्क संकलनमा ठूलो वृद्धि भएको छ । ट्रेजरी विभागले अमेरिकाको इतिहासमा पहिलो पटक एक आर्थिक वर्षमा भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघेको बताएको छ । यसले गर्दा महिनाभरि २७ अर्ब डलरको बजेट अधिशेष भएको छ । यो ऋणमा डुबेको अमेरिकाको लागि सकारात्मक […]

Get more results via ClueGoal