काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहकाबीच होपफुल हराईजन नेपाल प्रालिका मानसिक स्वास्थ्य विशेषज्ञ डा. प्रकृति प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त […]
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले हस्ताक्षर गरेका हुन् । कोषको यस […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने […]
काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले नेपालमा उच्च वृृद्धि सम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ । कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको वृृद्धि विकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने […]
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाडौं महानगरपालिका–७, कुमारीगाल स्थित सर्बोत्कृष्ट श्री श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग गरेको छ । सो सहयोथ मंगलबार ३१ गते हस्तान्तरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका छन् । सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गरे र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिए । ‘हामी निकै दुःखी छौँ, […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३४ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३४.४६ अंकले बढ्दै २७ सय ६० को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय १७ कम्पनीका २ करोड ६५ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हँुदा […]
काठमाडौं । एलन मस्कको विद्युतीय वाहन कम्पनीले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बीचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा टेस्लाले मङ्गलबार भारतमा आफ्नो पहिलो शोरूमको अनावरण गरेको छ । भारतको आर्थिक राजधानी मुम्बईमा महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीसद्वारा यसको उद्घाटन गरेपछि सञ्चालनमा आएको छ । टेस्लाले वर्षौंदेखि भारतमा आफ्नो चासोको सङ्केत गर्दै आएको छ तर […]
काठमाडौं । गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शनिबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान भरेको केही समयपछि स्विचहरू रन पोजिसनबाट कटअफमा फ्लिप भएको पत्ता लगाएको छ । प्रतिवेदनले जुन १२ […]
काठमाडौं । नेपालमा इकमर्श व्यवसाय सञ्चालन गर्न कम्पनीहरुको रुचि उत्साहजनक देखिएको छ । तर, इकमर्शलाई नियमन गर्न ल्याइएको नयाँ कानुन कार्यान्वयनमा आएको तीन महिना बित्न लाग्दा पनि सूचीकरण प्रक्रिया भने सुस्त देखिएको छ । वाणिज्य विभागका अनुसार, हालसम्म साढे ३ सयभन्दा बढी इकमर्श कम्पनीले सूचीकरणका लागि आवेदन दिएका छन्, तर सबै कागजात र प्रक्रिया पूरा […]
काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता स्वयंले आज बिहान पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । आज सामाजिक सञ्जालमार्फत मन्त्री गुप्ताले राजीनामा घोषणा गरेका हुन् । उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । यही असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित […]
काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा. आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उनको कूटनीतिक सक्रियताबाट परराष्ट्रनीति थप सुदृढ बन्न पुगेको मन्त्रालयले जनाएको छ । यो एक वर्षमा मन्त्रालयबाट नेपालको परराष्ट्र सम्बन्धलाई थप सबल बनाउने पक्षमा महत्वपूर्ण काम भएका छन् । […]
काठमाडौं । एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले ई-स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । […]
काठमाडौं । भारतको बहुराष्ट्रिय औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालका लागि चौधरी ग्रुपसँग सहकार्य गर्दै चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ को उत्पादन सुरु गरेको छ। उपभोक्ताबीच नमीठो प्रतिस्पर्धामा चलिरहेको पेय पदार्थ बजारमा यस सहकार्यले नयाँ तरंग ल्याउने विश्वास गरिएको छ। क्याम्पा कोला रिलायन्स इन्डस्ट्रीजको फास्ट–मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) इकाई रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) अन्तर्गतको […]
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सोमबार राजधानीको अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा सफलता पूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिबाट पारित गरेको छ। साथै, संचालक समितिको वार्षिक प्रतिवेदन तथा सभामा पेश गरिएका सबै सामान्य तथा विशेष […]
काठमाडौं । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओर्झा निलम्बन भएका छन् । ओझाको योग्यताको विषयमा छानबिन गर्न मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समिति गठन गरेलगत्तै उनी निलम्बनमा परेका हुन् । सरकारले आफूविरूद्ध कारवाहीको तयारी थालेको सुँइको पाएका ओझा केही दिनदेखि बिदामा छन् । बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगेपनि झूठो प्रमाण पेश गरेर नियुक्ति लिएको […]
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन प्रालि अन्तर्गतको फ्रन्टलाइन अस्पतालबीच नगदरहित सेवा (क्यासलेस सेवा) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब आइजीआई प्रुडेन्सियल […]
काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आजबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्काशन गरेको हो। ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबरबाट बिक्री […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि प्रमुख सडक क्षेत्रसँग जोडिएका जग्गाको प्रतिआना मूल्य निर्धारण गरेको छ । महानगरले सार्वजनिक गरेको आर्थिक ऐनअनुसार दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, रत्नपार्क लगायतका क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा बढी, ५० लाख रुपैयाँ तोकिएको छ । सम्पत्ति करको आधार तय गर्नका लागि महानगरले विभिन्न स्थानका जग्गाको मूल्य तोकेको […]
काठमाडौं । धितोपत्र कारोबार गरिरहेका ब्रोकर कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन थप ९ महिना समय थपिएको छ । अर्थमन्त्रालयले धितोपत्र व्यवसायी नियमावली संशोधनको प्रस्ताव स्वीकृत गरेसँगै ब्रोकरहरुलाई न्यूनतम चुक्ता पुँजी पुर्याउने समय थप भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र व्यवसायी नियमावली’ संशोधन गर्दै पुँजी पुर्याउने समयसीमा बढाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशको आर्थिक गतिविधिमा विस्तारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णालीको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । सेवा र पूर्वाधार क्षेत्रमा भएको विस्तारले समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको केन्द्रिय बैंकले जानकारी दिएको छ । तथापि […]
काठमाडौं । साताको पहिलो काराेबार दिन ‘आईतबार’ उच्च अंकले बढेको बजार दोस्रो दिन भने उच्च अंकले घट्न पुगेको छ । आज सोमबार कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिम समयमा ३५ अंकले घट्दै बन्द भएको हो । आज सेयर बजारमा उच्च अंकको गिरावट आउँदा नेप्से विन्दु २७ सय २५ को विन्दुमा […]
काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र […]
काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदारका लागि न्यूनतम १ हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा गम्भीर छलफल भएको छ। सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सईद मुबारक जरवान अलशाम्सीबीच भएको भेटमा उक्त विषयमा विशेष कुराकानी भएको हो। मन्त्री भण्डारीले विगत […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयनसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार सोमबार प्रमाणीकरण गरिएका विधेयकहरूमा संघीय सञ्चित कोषबाट सेवा तथा कार्यका लागि रकम विनियोजनसम्बन्धी विधेयक, अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र राष्ट्र ऋण उठाउने अधिकारसम्बन्धी विधेयक रहेका छन् । तीनै विधेयक अब […]
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ । १९औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो […]
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्दै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता […]
काठमाडौं । विश्वको सबैभन्दा पुरानो, ठूलो र सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलो पटक १२१,००० डलर नाघेको छ । अमेरिकामा घाटा खर्च संकटका कारण बिटक्वाइनले गति लिइरहेको छ । यस वर्ष यसको मूल्य ३०% ले बढेको छ । धेरै प्राइस मोडेलहरूका अनुसार, बिटक्वाइनको मूल्य २००,००० देखि १० लाख डलरसम्म पुग्न सक्छ । यदि बिटक्वाइनको मूल्य […]
काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको रुचि पछिल्लो समय मोबाइलबाट फिक्स्ड ब्रोडब्याण्डतिर तीव्र रूपमा सर्दै गएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले सेवा विस्तारमा जोड दिँदै भरपर्दो र तीव्र गतिको इन्टरनेट उपलब्ध गराएसँगै सेवाग्राहीहरु फिक्स्ड ब्रोडब्याण्डतिर आकर्षित भएको तथ्यांकले देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांअनुसार जेठ मसान्तस नेपालमा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या ३१ लाख ६८ हजार […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् । आज (सोमबार) गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजीपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ। स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर बिरामी […]
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस […]
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौंमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो […]