काठमाडौं । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् । रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् । यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शंकाहरू खडा गरेको छ। रुसको यो […]
काठमाडौं । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिन प्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन । सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुने गरेको […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनेका छन्, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ । आइतवार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए । आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका हुन्। आज महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ […]
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (आइतबार) अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत […]
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् । रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको उनले बताए । यस्तै […]
काठमाडौं । चीनले बैंकिङको दुनियाँमा आफ्नो प्रभुत्व कायम राखेको छ । विश्वका ४ ठूला बैंकहरू मध्ये चारवटा चीनका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका बैंकहरु सम्पत्तिको हिसाबले विश्वका १० ठूला बैंकहरूको सूचीमा अग्रस्थानमा रन सफल भएका हुन् । यस सूचीको शीर्षमा चार चिनियाँ बैंकहरू छन् । यी चार बैंकहरूको कुल सम्पत्ति लगभग २३ ट्रिलियन […]
काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर प्रदान गरेको छ। गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग गरेको हो। असार २७ गते शुक्रबार आयोजित कार्यक्रमका अवसरमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष […]
काठमाडौं । देशका केही नदी तथा खोलामा आज (शनिबार) पनि बाढीको सम्भावना छ । सात वटै प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज (शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान […]
काठमाडौं । आजकल उच्च गतिको इन्टरनेट सबैको लागि आवश्यक भएको छ । सबैजना राम्रो गतिको इन्टरनेट प्रयोग गर्न चाहन्छन् र यसका लागि तिनीहरू ५जी जस्तो पछिल्लो पुस्ताको इन्टरनेट वा वाइफाई प्रयोग गर्न रुचाउँछन् । तर अझैपनि, इन्टरनेट गति ढिलो भएका कारण मानिसहरूले समस्याहरूको सामना गर्नुपर्छ । के होला यदि तपाईंले कहिल्यै बफरिङको सामना गर्नु पर्दैन […]
काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका […]
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाका असरहरु निम्नानुसार छन्। १.ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडलाई पूर्ण क्षमतामा सञ्चालन गरी व्यावसायिक एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले यस कम्पनीलाई आधारभूत औषधि उत्पादनको प्रमुख इकाइका रूपमा स्थापित गर्न स्पष्ट योजना बनाउन र आवश्यक बजेट विनियोजन गर्न अर्थ मन्त्रालयलाई समेत आग्रह गरेको छ। […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री खड््काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा कायम राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति सुनिश्चित गर्ने लक्ष्य राखेको बताए । नेपाल सरकारको […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले आज प्रस्तुत गरेकाे मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ । ‘लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी […]
काठमाडौं । झुटा विवरण तयार गरी कमसल कम्प्युटर सामग्री खरिद गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार २०७६ माघ १५ गते उच्च गति कम्प्युटिङ उपकरण खरिदको ठेक्का सम्झौताअनुसार १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार […]
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्स ः एलिभेट २०२५’ को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ । कलेजकै परिसरमा असार ३२ देखि साउन ३ गतेसम्म चार दिनसम्म चल्ने यो विशेष कार्यक्रममा सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको विविध आयाम प्रस्तुत गरिनेछ । आयोजकका अनुसार यसपटकको संस्करण अघिल्लाभन्दा अझ व्यापक, […]
काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना […]
काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। प्रतिकित्ता मूल्य १०० तोकिएको यस आइपीओमा साउन ९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको कुल २ लाख ३१ हजार कित्ता आइपीओमध्ये १०५ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि […]
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा सर्वसाधारणबाट अपेक्षाभन्दा बढी आवेदन प्राप्त भएपछि इकाई बिक्री बन्द गरिएको छ। प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा कुल १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड इकाई निर्धारण गरिएकोमा योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले १८ लाख इकाई (१.५ प्रतिशत) र कोष […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताएका छन् । यो सोमबारदेखि ट्रम्पले जारी गरेका २० भन्दा बढी पत्रमध्ये पछिल्लो हो, जसमा उनले दर्जनौँ अर्थतन्त्रविरुद्ध व्यापारिक युद्धको धम्की जारी राखेका छन् । क्यानाडा र अमेरिका जुलाई २१ सम्म […]
काठमाडौं । गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ । तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छभने मितेरी पुल बगाएको छ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार […]
काठमाडौं । एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो । छ वर्ष अगाडि निर्माण सुरू भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । […]
काठमाडौं । आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् । कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० […]
काठमाडौं । तीन दशक लगाएर एक ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले पछिल्ला दुई वर्षमै आफूलाई चार ट्रिलियन डलरको मूल्यमा पुर्याएको छ। बिहीबार कम्पनीको सेयर मूल्य १ सय ६४ डलर नाघेपछि यसको बजार मूल्य ४ ट्रिलियन डलर पुगेको हो । यससँगै एनभिडिया विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ जसले चार ट्रिलियन डलरको आँकडा छोएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै चेक अनादरसम्बन्धी व्यवस्था कडा बनाएको छ। अब खातामा रकम मौज्दात नभएको वा पर्याप्त नभएको अवस्थामा चेक फिर्ता भएमा सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्था कालोसूचीमा समावेश हुनेछन्। यस्तै, विवरण मिलेको देखाउन सकिने अवस्थाबाहेक अन्य जुनसुकै कारणले चेक फिर्ता भएमा पनि कालोसूचीमा राख्ने प्रावधान गरिएको […]
काठमाडौं । अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरुमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्यांक प्राप्त गर्ने व्यवस्था नै नभएकाले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि कर्जामा ब्याजदर निर्धारणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मिति २०८२ साउन १ गतेदेखि प्रवाह हुने कर्जामा आफ्नो आधारदरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार लघुवित्तहरुले […]
काठमाडौं । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्सस संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकका नीति, प्रक्रिया तथा कानूनी प्रावधानअनुसार ऋण प्रवाह र […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.८९ अंकले बढ्दै २७ सय ३१ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १२ कम्पनीका २ करोड ६४ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन् । बजेट र मौद्रिक नीतिको प्रभावकारी […]