काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ। आर्थिक रूपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई शिक्षण प्रदान गरिरहेको एकेडेमीमा आयोजित कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई कापी, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिन् । बाल सारथी एकेडेमीका अध्यक्ष डा. माला […]
काठमाडौं । अबदेखि सबै सरकारी तथा सार्वजनिक निकायले गर्ने भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक निकायबाट हुने सम्पूर्ण भुक्तानीलाई डिजिटल माध्यमबाट मात्र गर्न निर्देशन दिंदै परिपत्र जारी गरेको हो । मन्त्रालयले उक्त निर्णयअनुसार सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई […]
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई आर्थिक गतिविधि बढाउने दिशामा सकारात्मक संकेतको रूपमा लिएको छ। परिसंघका अनुसार मौद्रिक नीतिले कर्जासम्बन्धी प्रावधान, ब्याजदर व्यवस्थापन, साना तथा मझौला उद्योगको प्रवर्द्धन, र निजी क्षेत्रको लगानीमा सुधार ल्याउने अपेक्षा गरिएको छ। सीएनआईले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको समयमै सम्पन्न गर्ने […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरको १७औँ नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षको विकास र सेवाप्रवाहको खाका सार्वजनिक गरे। बजेटको पूर्ण विवरण भने उपप्रमुख सुनिता डंगोलले सभामा प्रस्तुत गरिन्। उनले २५ अर्व ११ करोड ४३ लाख ४१ […]
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०८२/८३ को मौद्रिक नीतिले दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो बताएको हो । मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिनेगरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न […]
काठमाडौं । नेपालको उत्तरी सीमामा अवस्थित रसुवागढी नाका नेपालको आयात व्यापारको एक प्रमुख लाइफलाइनको रूपमा स्थापित छ । चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकलाई हेर्दा यो नाका नेपालमा धेरै आयात हुने नाकाहरूमध्ये छैटौँ स्थानमा पर्छ । यो नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ अर्ब […]
काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालका प्रयोगशाला प्रमुख डा. ग्रेता पाण्डेका अनुसार यो […]
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण जुन महिनामा भन्सार शुल्क संकलनमा ठूलो वृद्धि भएको छ । ट्रेजरी विभागले अमेरिकाको इतिहासमा पहिलो पटक एक आर्थिक वर्षमा भन्सार शुल्क संकलन १०० अर्ब डलर नाघेको बताएको छ । यसले गर्दा महिनाभरि २७ अर्ब डलरको बजेट अधिशेष भएको छ । यो ऋणमा डुबेको अमेरिकाको लागि सकारात्मक […]
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ। बाँडफाँडबाट भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन् […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा आज बस्दैछ । आइतबार बिहान ११ बजेदेखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । मेयर बालेन्द्र शाह (बालेन) ले आज दिनको २ बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए […]
काठमाडौं । बागलुङ जैमिनी नगरपालिका–४ निवासी डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो । भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन । खेतमा कालुङखोला पसेपछि खेत बगरमा परिणत भएको उनको भनाइ छ । असार २४ गते राति कालुङ्खोलाको जलविद्युत् बगाउने गरी आएको […]
काठमाडौं । विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ […]
काठमाडौं । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् । रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् । यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शंकाहरू खडा गरेको छ। रुसको यो […]
काठमाडौं । मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिन प्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन । सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुने गरेको […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली संघ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनेका छन्, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ । आइतवार बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए । आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका हुन्। आज महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ […]
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (आइतबार) अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत […]
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् । रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको उनले बताए । यस्तै […]
काठमाडौं । चीनले बैंकिङको दुनियाँमा आफ्नो प्रभुत्व कायम राखेको छ । विश्वका ४ ठूला बैंकहरू मध्ये चारवटा चीनका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका बैंकहरु सम्पत्तिको हिसाबले विश्वका १० ठूला बैंकहरूको सूचीमा अग्रस्थानमा रन सफल भएका हुन् । यस सूचीको शीर्षमा चार चिनियाँ बैंकहरू छन् । यी चार बैंकहरूको कुल सम्पत्ति लगभग २३ ट्रिलियन […]
काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर प्रदान गरेको छ। गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग गरेको हो। असार २७ गते शुक्रबार आयोजित कार्यक्रमका अवसरमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष […]
काठमाडौं । देशका केही नदी तथा खोलामा आज (शनिबार) पनि बाढीको सम्भावना छ । सात वटै प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन जस्तै आज (शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान […]
काठमाडौं । आजकल उच्च गतिको इन्टरनेट सबैको लागि आवश्यक भएको छ । सबैजना राम्रो गतिको इन्टरनेट प्रयोग गर्न चाहन्छन् र यसका लागि तिनीहरू ५जी जस्तो पछिल्लो पुस्ताको इन्टरनेट वा वाइफाई प्रयोग गर्न रुचाउँछन् । तर अझैपनि, इन्टरनेट गति ढिलो भएका कारण मानिसहरूले समस्याहरूको सामना गर्नुपर्छ । के होला यदि तपाईंले कहिल्यै बफरिङको सामना गर्नु पर्दैन […]
काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका […]
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाका असरहरु निम्नानुसार छन्। १.ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडलाई पूर्ण क्षमतामा सञ्चालन गरी व्यावसायिक एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले यस कम्पनीलाई आधारभूत औषधि उत्पादनको प्रमुख इकाइका रूपमा स्थापित गर्न स्पष्ट योजना बनाउन र आवश्यक बजेट विनियोजन गर्न अर्थ मन्त्रालयलाई समेत आग्रह गरेको छ। […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री खड््काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा कायम राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति सुनिश्चित गर्ने लक्ष्य राखेको बताए । नेपाल सरकारको […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले आज प्रस्तुत गरेकाे मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ । ‘लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी […]
काठमाडौं । झुटा विवरण तयार गरी कमसल कम्प्युटर सामग्री खरिद गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार २०७६ माघ १५ गते उच्च गति कम्प्युटिङ उपकरण खरिदको ठेक्का सम्झौताअनुसार १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार […]