Nepal



DAILY MAIL COMMENT: Afghans being sneaked in is nothing short of sinister

The covert airlift of thousands of Afghans was launched after the UK military lost a database of details of those who had applied for sanctuary in the UK to flee the murderous Taliban.

नेप्सेद्वारा अड लट देखिने सुविधा सुरु, लगानीकर्ताको गुनासो सम्बोधन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अड लट खरिद तथा बिक्री आदेश देखिने सुविधा सुरु गरेको छ। स
BizKhabar Online » BizKhabar Online

नेप्सेद्वारा अड लट देखिने सुविधा सुरु, लगानीकर्ताको गुनासो सम्बोधन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अड लट खरिद तथा बिक्री आदेश देखिने सुविधा सुरु गरेको छ। साउन १ गतेदेखि आफ्नो वेबसाइटको डेप्थ सेक्शनमा देखिनेगरी नेप्सेले उक्त सुविधा सुरु गरेको हो । नेप्सेको उक्त निर्णयले अड लट भएका धितोपत्र बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो समाधान हुने नेप्सेले विश्वास लिएको छ। धितोपत्र कारोबार विनियमावली, २०७५ […]

गत आवमा सेयर बजारमा रेकर्ड, २१ खर्ब नाघ्यो दोस्रो बजारको कारोबार

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको पूँजी बजारले ऐतिहासिक रेकर्ड कारोबार गरेको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

गत आवमा सेयर बजारमा रेकर्ड, २१ खर्ब नाघ्यो दोस्रो बजारको कारोबार

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको पूँजी बजारले ऐतिहासिक रेकर्ड कारोबार गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक विज्ञप्ति जारी गर्दै दोस्रो बजारमा हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गरेको बताएको हो । बजारका अन्य प्रमुख परिसूचकहरूमा पनि गत आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको नेप्सेले जनाएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ […]

मौद्रिक नीति कार्यान्वयन : अबदेखि विदेश भ्रमण जाने नेपालीले ३ हजार अमेरिकी डलर सटही सुविधा पाउने

काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुवि
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीति कार्यान्वयन : अबदेखि विदेश भ्रमण जाने नेपालीले ३ हजार अमेरिकी डलर सटही सुविधा पाउने

काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ल्याएको उक्त व्यवस्थालाई एकीकृत परिपत्र २०८१ संशोधन गर्दै कार्यान्वयनमा ल्याएको हो । भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई यो व्यवस्था लागू हुने केन्द्रीय बैंकले जनाएको […]

सहकारीका ८ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, समस्याग्रस्त सहकारीहरूबाट २९ करोड असुल

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूमा ऋण लिएका तर पटक–पटक ताकेता गर्दा पनि तिर्न आ
BizKhabar Online » BizKhabar Online

सहकारीका ८ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, समस्याग्रस्त सहकारीहरूबाट २९ करोड असुल

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूमा ऋण लिएका तर पटक–पटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेका ८ हजारभन्दा बढी ऋणीहरूको बैंक खाता र अचल सम्पत्ति रोक्का गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार, ती ऋणीहरूबाट हालसम्म २९ करोड रुपैयाँको ऋण असुल गरिएको छ। पाँच वटा सहकारी मार्ट र ४८ सेवा […]

सेयर बजारमा आकर्षण : एकै वर्षमा सेयर धितो कर्जा साढे ४१ अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाह
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा आकर्षण : एकै वर्षमा सेयर धितो कर्जा साढे ४१ अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा क्रमिक रुपमा सुधार देखिएको छ । पछिल्लो १ वर्षमा मात्रै सेयर धितो कर्जा साढे ४१ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको जेठ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा […]

अन्तरराष्ट्रिय एसएमएस सेवामा प्राधिकरणको कडाई, अनुमति नलिई सेवा नदिनु

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय आगमन एसएमएस सेवा सम्बन्धमा कडाइ गरेको छ।
BizKhabar Online » BizKhabar Online

अन्तरराष्ट्रिय एसएमएस सेवामा प्राधिकरणको कडाई, अनुमति नलिई सेवा नदिनु

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय आगमन एसएमएस सेवा सम्बन्धमा कडाइ गरेको छ। प्राधिकरणले साउन १ गते एक सार्वजनिक सूचना जारी गर्दै केवल आधारभुत दूरसञ्चार सेवा, अन्तरराष्ट्रिय ट्रंक टेलिफोन सेवा (आईएलडी) र आधारभुत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरुलाई मात्र अन्तरराष्ट्रिय एसएमएस टर्मिनेट गर्न अनुमति रहेको स्पष्ट पारेको छ। तर हाल केही संस्थाहरुले प्राधिकरणबाट स्वीकृति प्राप्त […]

उद्योगमन्त्री भण्डारीका एक वर्ष : उद्योग व्यवसायको क्षेत्रमा उत्साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्री भण्डारीका एक वर्ष : उद्योग व्यवसायको क्षेत्रमा उत्साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारदेखि आवश्यक कानुन निर्माण र संशोधन गरिएको सो प्रगति विवरणमा उल्लेख […]

आजदेखि करका दरमा परिवर्तन : केमा घट्यो, केमा बढ्यो ?

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेटमार्फत घोषणा रेका विभिन्न करका दरहरु आजदे
BizKhabar Online » BizKhabar Online

आजदेखि करका दरमा परिवर्तन : केमा घट्यो, केमा बढ्यो ?

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेटमार्फत घोषणा रेका विभिन्न करका दरहरु आजदेखि लागु भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठमा सार्वजनिक गरेको बजेटमा घोषित करका व्यवस्था आजदेखि नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै कार्यन्वयनमा आएको हो । नयाँ बजेटमा सरकारले विभिन्न शीर्षकका दरसम्बन्धी व्यवस्थामा हेरफेर गरेको थियो । नयाँ व्यवस्थाअनुसार […]

नयाँ आर्थिक बर्षसँगै सेयर बजारमा हरियाली, साढे एक बजेसम्म १० अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । कारोबार समयको सुर
BizKhabar Online » BizKhabar Online

नयाँ आर्थिक बर्षसँगै सेयर बजारमा हरियाली, साढे एक बजेसम्म १० अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो दिन सेयर बजारमा हरियाली देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज उच्च वृद्धि देखिएको हो । यसदिन दिउँसो साढे १ बजेसम्म १० अर्ब माथिको कारोबार भईसकेको छ । यस्तै यसबेलासम्म नेप्से परिसुचक ६७ अंकले बढेर २८ सय २ को विन्दुमा हिँडिरहेको […]

सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरण मैत्री अभियानलाई सशक्तबनाउने क्रम
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरण मैत्री अभियानलाई सशक्तबनाउने क्रममा काठमाडौं उपत्यकाको दुई स्थानहरू नारायणहिटी पथ र कमलादीस्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू संचालनमा ल्याएको छ । गाडी चार्ज प्राइभेट लिमिटेडसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंलगनको क्षमता ४० किलोवाट रहेको छ । बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख […]

विकासशील देशहरूमा वित्तीय पहुँच उच्च, मोबाइल मनीमार्फत बचतमा तीव्र वृद्धि

काठमाडौं । विकासशील र मध्यम आय भएका देशका वयस्क नागरिकहरूको बैंक वित्तीय संस्थामा पहुँच ऐतिहासि
BizKhabar Online » BizKhabar Online

विकासशील देशहरूमा वित्तीय पहुँच उच्च, मोबाइल मनीमार्फत बचतमा तीव्र वृद्धि

काठमाडौं । विकासशील र मध्यम आय भएका देशका वयस्क नागरिकहरूको बैंक वित्तीय संस्थामा पहुँच ऐतिहासिक रूपमा बढेको पाइएको छ । विश्व बैंक समूहले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फिन्डेक्स २०२५’ प्रतिवेदनअनुसार वित्तीय समावेशीतामा आएको यस वृद्धिले औपचारिक बचतलाई प्रवद्र्धन गर्नुका साथै नयाँ आर्थिक अवसरहरू पनि सिर्जना गरिरहेको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा विकासशील अर्थतन्त्र भएका […]

नयाँ आर्थिक बर्ष सुरु, अघिल्ला आवको आम्दानी र खर्च दुवैको लक्ष्य कार्यान्वयनमा सरकार असफल

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि प्रारम्भ भएको छ। सरकारले १५ जेठमा सार्वजनिक गरेको १९ ख
BizKhabar Online » BizKhabar Online

नयाँ आर्थिक बर्ष सुरु, अघिल्ला आवको आम्दानी र खर्च दुवैको लक्ष्य कार्यान्वयनमा सरकार असफल

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि प्रारम्भ भएको छ। सरकारले १५ जेठमा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आजदेखि कार्यान्वयनमा आएको हो। चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब विनियोजन गरिएको छ। बजेटसँगै घोषणा गरिएका कतिपय […]

केरुङमा अलपत्र १२ सय नेपाली स्वदेश फर्काउन चीनसँग अनुरोध

काठमाडौं । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई व
BizKhabar Online » BizKhabar Online

केरुङमा अलपत्र १२ सय नेपाली स्वदेश फर्काउन चीनसँग अनुरोध

काठमाडौं । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले […]

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै २२ सय ६५ रुपैयाँ कायम […]

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ ।
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । एकीकृत कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ, जसले वैदेशिक व्यापारलाई सहयोग गर्नेछ । सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको थियो। पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ […]

एक लाख लगानीबाट ७ करोड बढी आम्दानी, १० वर्षमा लगानीकर्तालाई ७५ हजार प्रतिशत बढी प्रतिफल

काठमाडौं । पछिल्लो केही दिनयता क्रिप्टोकरेन्सीको मूल्य लगातार बढिरहेको छ । बिटक्वाइनसहित धेरै क
BizKhabar Online » BizKhabar Online

एक लाख लगानीबाट ७ करोड बढी आम्दानी, १० वर्षमा लगानीकर्तालाई ७५ हजार प्रतिशत बढी प्रतिफल

काठमाडौं । पछिल्लो केही दिनयता क्रिप्टोकरेन्सीको मूल्य लगातार बढिरहेको छ । बिटक्वाइनसहित धेरै क्रिप्टोकरेन्सीहरूको मूल्य रेकर्ड स्तरमा पुगेको छ । पछिल्ला ७ दिनमा धेरैले २० प्रतिशतभन्दा बढी प्रतिफल दिएका छन् । लामो अवधिमा धेरै क्रिप्टोकरेन्सीहरूले लगानीकर्ताहरूलाई करोडपति बनाएका छन् । यी क्रिप्टोकरेन्सीहरू मध्ये एक डोगेकोइन हो । यसले लगानीकर्ताहरूको एक लाख रुपैयाँलाई ७ करोडभन्दा बढीमा […]

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्स, औपचारिक सेवा सुरु

काठमाडौं । नेपालको ढुवानी तथा वस्तु आपूर्ति क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउ
BizKhabar Online » BizKhabar Online

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्स, औपचारिक सेवा सुरु

काठमाडौं । नेपालको ढुवानी तथा वस्तु आपूर्ति क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित ‘सारथी लजिस्टिक्स प्रा लि’ ले आजदेखि देशभर सेवा सुरु गरेको छ। स्वयम्भू ठूलोभऱ्याङ, काठमाडौंमा मुख्यालय रहेको यस कम्पनीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी र धनगढीसहित १५ स्थानबाट एकसाथ सेवा विस्तार गर्दै आधुनिक लजिस्टिक्स समाधानको सुरुवात गरेको हो। कम्पनीले […]

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो, एक हजार ५५ वटा पिल्लर गाडिए

काठमाडौंं । पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि सुरु भएको पोल गाड्ने काम स
BizKhabar Online » BizKhabar Online

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो, एक हजार ५५ वटा पिल्लर गाडिए

काठमाडौंं । पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि सुरु भएको पोल गाड्ने काम सकिएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गाड्न सुरु गरिएको थियो । फेवाको तालघरमा एक हजार ५५ वटा पिल्लर गाडिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले […]

बीपी राजमार्गमा आजदेखि एक महिना राति गाडी चलाउन रोक

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आज (बिहीबार) देखि रातमा १२ घण्टा गाडी चलाउन रोक लग
BizKhabar Online » BizKhabar Online

बीपी राजमार्गमा आजदेखि एक महिना राति गाडी चलाउन रोक

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आज (बिहीबार) देखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सीमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना […]

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा : अब ‘खल्ती बाइ आइएमई’, बन्यो देशकै सबैभन्दा ठूलो डिजिटल वालेट

काठमाडौँ । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार
BizKhabar Online » BizKhabar Online

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा : अब ‘खल्ती बाइ आइएमई’, बन्यो देशकै सबैभन्दा ठूलो डिजिटल वालेट

काठमाडौँ । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।  यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ  । […]

गत वर्षभन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि, ११ खर्ब ७८ अर्ब संकलन

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थ
BizKhabar Online » BizKhabar Online

गत वर्षभन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि, ११ खर्ब ७८ अर्ब संकलन

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ […]

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ […]

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट पारित, ढिलाइप्रति उपप्रमुखको माफी

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। १७ औँ नगरसभाको दोस्
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट पारित, ढिलाइप्रति उपप्रमुखको माफी

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। १७ औँ नगरसभाको दोस्रो बैठकले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट अनुमोदन गरेको हो। नगरसभाको पहिलो बैठक २९ असारमा बसेको थियो, जहाँ उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन्। सार्वजनिक बजेटअनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ […]

क्यासिनो व्यवसायमा थप कडाइ, पूँजीदेखि सुरक्षासम्म कडा मापदण्ड

काठमाडौं । नेपालमा क्यासिनो व्यवसायमा थप कडाई गरिने भएको छ । सरकारले जारी गरेको नयाँ ‘क्यासिनो नि
BizKhabar Online » BizKhabar Online

क्यासिनो व्यवसायमा थप कडाइ, पूँजीदेखि सुरक्षासम्म कडा मापदण्ड

काठमाडौं । नेपालमा क्यासिनो व्यवसायमा थप कडाई गरिने भएको छ । सरकारले जारी गरेको नयाँ ‘क्यासिनो नियमावली, २०८२’ ले यो क्षेत्रलाई थप अनुशासित र नियमनकारी बनाउने देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार क्यासिनो खोल्न चाहनेले अब धेरै कानुनी, वित्तीय र प्रशासनिक मापदण्डहरू पार गर्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार […]

३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान, महासंघ अध्यक्ष ढकाललाई मानार्थ सम्मान प्रदान

काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम
BizKhabar Online » BizKhabar Online

३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान, महासंघ अध्यक्ष ढकाललाई मानार्थ सम्मान प्रदान

काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाािण्ज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाािण्ज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआइपी सम्मान प्रदान गरेका हुन् । सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी […]

राष्ट्र बैंकको एकिकृत निर्देशन : बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशनको समयसीमा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन ग
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको एकिकृत निर्देशन : बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशनको समयसीमा थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने समयसीमा थप गरेको छ। राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै यो व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले हरेक त्रैमासको अन्त्यपछिको १५ दिनभित्रमा प्रमुख वित्तीय परिसूचकहरू सहितको अन्तरिम (संक्षिप्त) वित्तीय प्रतिवेदन अनिवार्यरूपमा कुनै एक राष्ट्रियस्तरको […]

बिराटनगर किंग्सले हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनः सहकार्य गर्दै, हस्पिटालिटी पार्टनरको घोषणा

काठमाडौं । आगामी सिजनका लागि बिराटनगर किंग्सले राजधानीस्थित प्रख्यात होटल हायात सेन्ट्रिक सोल्
BizKhabar Online » BizKhabar Online

बिराटनगर किंग्सले हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनः सहकार्य गर्दै, हस्पिटालिटी पार्टनरको घोषणा

काठमाडौं । आगामी सिजनका लागि बिराटनगर किंग्सले राजधानीस्थित प्रख्यात होटल हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनः आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। गत वर्षको सफल सहकार्यपछि दुवै पक्षबीचको यो साझेदारी निरन्तरताको प्रतीक हो। बिराटनगर किंग्सले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपालकै एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु टिमका लागि गर्वको कुरा […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ ला
BizKhabar Online » BizKhabar Online

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकलाई […]

मुग्लिन–पोखरा सडकखण्ड : मादी नदी पुलको काम अन्तिम चरणमा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडकखण्ड : मादी नदी पुलको काम अन्तिम चरणमा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका(४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन(पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘उक्त पुलमा […]

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्ग
BizKhabar Online » BizKhabar Online

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि […]

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियान सुरु हुने

काठमाडौं । सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा, ‘हरेक शुक्रबार सफा शुक्रबार’ अभियान सुरु हुने

काठमाडौं । सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक कार्यक्रम गरी यस्तो घोषणा गरेको हो । साउनदेखि डेंगीको लामखुट्टेको वृद्धि बढ्न सुरु भई कात्तिकसम्म रहने भएकोले साउनबाटै हरेक नागरिकको तहमा सचेतना जगाउने गरी कार्यक्रम तय गरेको स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सो […]

वीरगञ्जमा खानेपानी संकट : दमकलबाट पानी आपूर्ति गर्ने निणर्य

काठमाडौं । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदे
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा खानेपानी संकट : दमकलबाट पानी आपूर्ति गर्ने निणर्य

काठमाडौं । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठ वटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए । खानेपानीको समस्या भएका […]

नेपाल-भारत सीमा नाका बन्द हुने, साउन ८ गते मात्र खुल्ने

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार
BizKhabar Online » BizKhabar Online

नेपाल-भारत सीमा नाका बन्द हुने, साउन ८ गते मात्र खुल्ने

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय […]

साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा

काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने नि
BizKhabar Online » BizKhabar Online

साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा

काठमाडौं । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले साउन १ गते, विहिबारका दिन प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा लागू हुने जानकारी दिएको हो। यस विषयमा कर्णाली प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ साल चैत १७ गतेको निर्णयका […]

Get more results via ClueGoal