काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम आधा घण्टामा उच्च उकालो लाग्दा आज दोहोरो अंकको वृद्धि देखिएको हो । आज कुल ३ सय ११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]
काठमाडौँ, ५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने बताएका छन् । पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास मार्गचित्रअनुसारको लक्ष्यप्राप्तिमा […]
काठमाडौं । कर्णाली ‘करिडोर’का नौ वटा पुल निर्माणको काम अझै सुरु भएको छैन । करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुल अझै बन्न सकेका छैनन् । विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझैं सुरु नभएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए । ‘करिडोरका नौ […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलोपटक ठूलो परिमाणमा प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रलाई सहभागी गराउने तयारी गरेको छ। बुट (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडेलमा चारवटा उच्च भोल्टेज प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले निजी क्षेत्रसँग सहकार्य गर्न आशय पत्र माग गरेको छ। देशभरको प्रसारण संरचना बलियो बनाउन लक्ष्य राखिएको यस योजनामा निजी कम्पनीहरूको प्रतिस्पर्धात्मक […]
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ । असार ३२ गतेदेखि श्रावण ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो । करीब १० हजारभन्दा बढी आगन्तुकहरूको उपस्थिति, ५० […]
काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले सोमबार टोखाबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अग्रवालले करिब २२ करोड रुपैयाँ बराबरको ठगी गरेको आरोप लागेको छ। उनी सेयर कारोबारमार्फत विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीलाई ठगी गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। नेपाल […]
काठमाडौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए । “लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीनदिने तालिमपश्चात […]
काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु २२ अर्ब १६ करोड ११ लाख ७२ हजार बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । गत आवमा सबैभन्दा धेरै चिया […]
काठमाडौँ । एनआईसी एसिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौँ ग्राहकहरूसँग जोडिन सफल भएको हो । बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको […]
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार खानीपानी पठाउनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले अब चाँडै सो क्षेत्रमा मेलम्चीको खानेपानी पुग्नेछ । खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा आज बालुवाटार क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतको ‘पाइपलाइन’ बिछ्याइएको क्षेत्रमा […]
काठमाडौं । पछिल्लो समय बैंकहरुको क्रेडिट टु डिपोजिट (सीडी) रेसियो निकै तल आएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको चाप बढ्दै गएकाले सीडी रेसियो न्यून बिन्दुमा आएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुमध्ये एउटा बैंकको सीडी रेसियो ६२.५९ प्रतिशतसम्म आएको छ । सीडी रेसियो ६२.५९ प्रतिशत हुनेमा राष्ट्रिय वाणिज्य […]
काठमाडौं । अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जारी गरेको सुझाबअनुसार आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ । एयरलाइन्सले स्थानीय समयअनुसार आइतबार एएफपीसँग भनेको छ, “सूचना प्रविधिको अवरूद्धताको अनुभव गरिएको र यसले हाम्रो उडान सञ्चालनलाई असर गरिरहेको छ । कम्पनीले ‘समस्या समाधान नभएसम्म’ अलास्का र होराइजन एयरको उडानसम्बन्धी […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । […]
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेदेखि नै विश्व अर्थतन्त्र हल्लाएको छ । कहिले उनी करको हतियार चलाउँछन् त कहिले आदेशपछि आदेश दिइरहेका हुन्छन् । आफूलाई संसारको मालिक ठान्ने डोनाल्ड ट्रम्प राजनीतिज्ञ भन्दा बढी व्यापारी हुन्, जो अन्य देशहरूलाई करको यातना दिएर अमेरिकाको कोष भर्न चाहन्छन् । ट्रम्पले विश्वमा चलिरहेको युद्ध अन्त्य गर्ने दाबी गरिरहेका […]
काठमाडौँ । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर […]
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए। उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा […]
काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् । यस्तै, रसुवास्थित […]
काठमाडौं । सीडीएस एण्ड क्लियरिङको संचालक समितिका कारण आईपीओ निष्कासन गरेका कम्पनीहरुको सेयर अभौतिकिकरणमा समस्या सिर्जना भएको छ । यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउसको मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटै मात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेपछि त्यसले विवाद निम्त्याएको थियो । उक्त विवादसँगै नेपाल धितोपत्र […]
काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा ४.४३ गुणा बढी आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन्। बैंकले असार ३२ गतेबाट प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ताका लागि एफपीओ जारी […]
काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए। सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण चीनको अवस्था झनै खराब हुँदै गइरहेको छ । ब्लूमबर्ग इकोनोमिक्सको नयाँ रिपोर्टले चीनका अधिकांश उद्योगहरू अमेरिकी करको हालको स्तरमा टिक्न सक्ने छैनन् भनी उल्लेख गरेको छ । हाल कर लगभग ४०% छ । जबकि २०२४ मा उद्योगहरूको औसत नाफा लगभग १४.८% छ । विश्लेषकहरू चाङ शु, […]
काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ । यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ […]
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । बजारमा आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुन १ लाख ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यसैगरी, चाँदी प्रतितोला २२ सय […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेष […]
काठमाडौं । भारी बर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ । बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज (आइतबार) बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिद्धिचरण लोकमार्ग अवरुद्ध […]
काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो । विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने […]
काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०÷८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व […]
काठमाडौं । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी […]
काठमाडौं । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको […]
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको […]
काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरि रहेकोमा २०८२ को असार सकिँदा २८ सय पुगेको उल्लेख गरेका छन् । यस्तै आजभन्दा ६ वर्ष अगाडि आफ्नो सरकार हुँदा भौतिक पूर्वाधार विकासको […]
काठमाडौं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३-२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२-२३ मा पनि […]
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल तीन लाख इकाइहरू प्रत्येक एक हजार रुपैयाँको अङ्कित मूल्यमा जम्मा तीन अर्ब बराबरको यो निष्कासनमा १.२ करोडभन्दा बढी इकाइहरूका लागि आवेदन परेको थियो । २०८२ असार ३० देखि साउन १ गतेसम्म खुला रहेको यो […]