Death toll in violence in Syria’s Swaida reaches 940 — TV
newsare.net
Earlier reports put the death toll at 718Death toll in violence in Syria’s Swaida reaches 940 — TV
Earlier reports put the death toll at 718 Read more
Earlier reports put the death toll at 718 Read more
काठमाडौं । अमेरिकाले झण्डै एक दशकपछि पहिलोपटक ठूलो तामाखानी खोल्ने तयारी गरिरहेको छ । अमेरिका र मेक्सिकोको सीमाबाट केही घण्टाको दूरीमा रहेको एरिजोनाको मरुभूमिमा रहेको विशाल तामाखानीले पर्यटकहरूलाई समेत आकर्षित गरेको छ । सोही क्षेत्रमा अब अर्को नयाँ खानी थपिने सम्भावना देखिएको छ । यो सम्भावनालाई थप बल दिँदै, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बजारमा आयात […]
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले हालको चुक्ता पुँजी ७० करोड रुपैयाँको आधारमा १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो। बोर्डको स्वीकृतिपछि कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७० लाख कित्ता सेयर जारी गर्नेछ। यस योजनाअन्तर्गत हालका सेयरधनीले बराबरी […]
काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसिभी) ले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ को उपाधि प्राप्त गरेको छ। मलेसियामा साउन १ देखि ५ गतेसम्म सम्पन्न सम्मेलनमा बीएमसिभीले यो प्रतिष्ठित सम्मान हात पारेको हो। उक्त अवार्ड भोल्भो आइसरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विनोद […]
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका […]
काठमाडौं । सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिको नयाँ अध्याय सुरू गर्दै ‘अन्तर बैंक टेलर क्युआर कारोबार सेवा’ सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवा फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरेको हो। नयाँ सेवाको माध्यमबाट ग्राहकले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको जुनसुकै शाखाबाट सहजै रकम झिक्न सक्नेछन्। बैंकका […]
काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गरेका हुन् । विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार […]
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा जुटेको छ। कम्पनीले हालको चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक सेयरस्वरूप जारी गर्ने योजना बनाएको हो। हाल फोन पेको चुक्ता पुँजी ५१ करोड रुपैयाँ रहेको छ। यदि कम्पनीले अंकित मूल्यमै सेयर जारी गरेमा १० करोड २० लाख रुपैयाँ बराबरको आईपीओ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै केन्द्रीय बैंकले नोटहरू सुरक्षित तरिकाले छपाइ गर्न इच्छुक कम्पनीहरूलाई टेन्डर पेश गर्न आग्रह गरेको हो। यो टेन्डर ‘सिंगल स्टेज टू इन्भेलोप’ विधिबाट हुनेछ, जसअनुसार प्रस्तावदाताले […]
काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ ३१ गतेसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सबै ऋणीहरूलाई तोकिएको समयसीमा भित्र ऋण भुक्तानी गर्न अनुरोध गरेको हो। सूचनामा उल्लेख भएअनुसार ती […]
काठमाडौं । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ ।चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए । उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका […]
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम ती निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा […]
काठमाडौँ। नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा संघको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेस प्रदेशअन्तर्गत भूमि […]
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु ४६, आलु […]
कठमाडौं । साना तथा मझौला संगठित संस्था (एसएमई) कम्पनीको कारोबारको लागि नेप्सेले तयार गरेको कारोबार विनियमावलीको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । नेप्सेले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली मस्यौदा तयार गरेर सञ्चालक समितिमा दुई चरणको छलफल गरिसकेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजखबरसँग भने, ‘विनियमावलीको मस्यौदा माथि नेप्से […]
काठमाडौं । सारथी केबुल इन्डस्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) व्यवस्थापनका लागि सम्झौता गरेको छ। सम्झौतापत्रमा सारथी केबुलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ भित्रै आफ्ना जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने लक्ष्य राखेको […]
काठमाडौं । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गरेका छन् ।विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका हुन् । महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । कारबाही पर्नेमा सटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एसिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्स रहेका छन् । यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै कारबाही गरेको हो । […]
काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर राहदानीमध्ये एकमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा रहेको छ। ९९ वटा देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल लिवियासँग संयुक्त रूपमा ९५औँ स्थानमा परेको हो। नेपालभन्दा तल क्रमशः यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्त्यमा अफगानिस्तान […]
काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो । आदेशमा ऐन निर्माण भई जारी भएको हाल […]
काठमाडौँ । नेपाल आयल निगमले ६ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो । […]
काठमाडौँ । करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ । अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै बाँचेकाको सङ्केत नदेखिएको बताएका छन् । अङ्गारा एयरलाइन्सले सञ्चालन गरेको यो दुई प्रोपेलर भएको एन्टोनोभ–२४ विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा सहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ः०० बजे (०४०० जिएमटी) […]
काठमाडौं । आईपीओ आएपछि सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) तथा नेप्सेले प्रदान गर्ने कोडका नाममा हुने कमाउधन्दा बन्द हुने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्स)का कर्मचारीहरु त्यसलाई रोक्न दौडधुपमा लागेका छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार सीडीएस एण्ड क्लियरिङले सेयर अभौतिकिकरण गर्दा प्रदान गर्ने आईजीन सम्बन्धमा कार्यविधि बनाउन लागेपछि सीडीएससीकै अध्यक्ष रहेका […]
काठमाडौं । गत आर्थिक वर्षमा सेयर लगानीकर्ताबाट सरकारले हालसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो । सरकारले सेयर बजारबाट पाएको यो लाभकर हालसम्मकै उच्च हो । अघिल्ला आर्थिक वर्ष २०८०/८१ मा भने सरकारले ५ अर्ब […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् । आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गभर्नरको नियुक्ति नियम कानूनविपरित गरिएकाले छानबिन गरिपाऊँ भन्दै अख्तियारमा उजुरी परेको हो । यससँगै गभर्नर डा. पौडेलको पदसमेत धरापमा परेको छ । केही समयअघिमात्रै योग्यता विवादमै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । गभर्नरका […]
काठमाडौं । नेपालले वैदेशिक लगानीलाई प्रोत्साहन गर्न प्रविधि हस्तान्तरण र सेयर खरिद सम्झौताका लागि स्पष्ट र सरल दिशानिर्देशहरू लागू गरेको छ । उद्योग विभागले प्रकाशित गरेको ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता मार्गदर्शन २०२५’ प्रतिवेदमा यी नीतिहरूले विद्यमान नेपाली उद्योगहरूमा विदेशी लगानीलाई सहज र पारदर्शी बनाउने लक्ष्य राख्छन् । यी प्रक्रियाहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याउने, […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै २३ सय ३५ रुपैयाँमा झरेको […]
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०र८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत आवमा यो नाका […]
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो । बैंकको खुद नाफा सामान्य बढेपनि वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा […]
काठमाडौं । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द […]
काठमाडौं । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी दुईदेखि चार सय रुपैयाँसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताइन् […]
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्नेछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, […]
काठमाडौं । बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायतामा बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न लाग्दा बंगलादेशी फर्मलाई छनोट गरेको हो। लेखापरीक्षण गरेबापत हाउलादार युनुस एन्ड कम्पनीले ६२ लाख ५४ हजार रुपैयाँ र २ लाख ७१ हजार अमेरिकी डलर […]