काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो । आदेशमा ऐन निर्माण भई जारी भएको हाल […]
काठमाडौँ । नेपाल आयल निगमले ६ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो । […]
काठमाडौँ । करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ । अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै बाँचेकाको सङ्केत नदेखिएको बताएका छन् । अङ्गारा एयरलाइन्सले सञ्चालन गरेको यो दुई प्रोपेलर भएको एन्टोनोभ–२४ विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डा सहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ः०० बजे (०४०० जिएमटी) […]
काठमाडौं । आईपीओ आएपछि सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) तथा नेप्सेले प्रदान गर्ने कोडका नाममा हुने कमाउधन्दा बन्द हुने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्स)का कर्मचारीहरु त्यसलाई रोक्न दौडधुपमा लागेका छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार सीडीएस एण्ड क्लियरिङले सेयर अभौतिकिकरण गर्दा प्रदान गर्ने आईजीन सम्बन्धमा कार्यविधि बनाउन लागेपछि सीडीएससीकै अध्यक्ष रहेका […]
काठमाडौं । गत आर्थिक वर्षमा सेयर लगानीकर्ताबाट सरकारले हालसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो । सरकारले सेयर बजारबाट पाएको यो लाभकर हालसम्मकै उच्च हो । अघिल्ला आर्थिक वर्ष २०८०/८१ मा भने सरकारले ५ अर्ब […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका छन् । आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गभर्नरको नियुक्ति नियम कानूनविपरित गरिएकाले छानबिन गरिपाऊँ भन्दै अख्तियारमा उजुरी परेको हो । यससँगै गभर्नर डा. पौडेलको पदसमेत धरापमा परेको छ । केही समयअघिमात्रै योग्यता विवादमै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । गभर्नरका […]
काठमाडौं । नेपालले वैदेशिक लगानीलाई प्रोत्साहन गर्न प्रविधि हस्तान्तरण र सेयर खरिद सम्झौताका लागि स्पष्ट र सरल दिशानिर्देशहरू लागू गरेको छ । उद्योग विभागले प्रकाशित गरेको ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता मार्गदर्शन २०२५’ प्रतिवेदमा यी नीतिहरूले विद्यमान नेपाली उद्योगहरूमा विदेशी लगानीलाई सहज र पारदर्शी बनाउने लक्ष्य राख्छन् । यी प्रक्रियाहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याउने, […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै २३ सय ३५ रुपैयाँमा झरेको […]
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०र८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत आवमा यो नाका […]
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो । बैंकको खुद नाफा सामान्य बढेपनि वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा […]
काठमाडौं । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द […]
काठमाडौं । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी दुईदेखि चार सय रुपैयाँसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताइन् […]
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्नेछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, […]
काठमाडौं । बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायतामा बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न लाग्दा बंगलादेशी फर्मलाई छनोट गरेको हो। लेखापरीक्षण गरेबापत हाउलादार युनुस एन्ड कम्पनीले ६२ लाख ५४ हजार रुपैयाँ र २ लाख ७१ हजार अमेरिकी डलर […]
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ । कोषले सञ्चालन गर्दै आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उल्लेखनीय प्रगति भएको जनाएको छ । कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएको जानकारी […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मुल्य एमआरपी कार्यान्व्यनमा देखिएको समस्याबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितीमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसंग वृहत अन्तरक्रिया गरेको छ । एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता एवं पर्याप्त जनचेतना नहु“दा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा […]
काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारकालागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन् । काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित […]
काठमाडौं । चितवनमा अवस्थित होटल सिराइचुली लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त […]
काठमाडौं । हिमालयन मोट्रक्सले नाइमा मोबिलिटी एक्स्पोबाट मेक्सस ब्राण्डको सिंगल चार्जमा ६३० किलोमिटर रेन्ज दिने एमपीभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले लग्जरी मल्टी पर्पस भ्यान (एमपीभी) मिफा–सेभेन बिक्रीको लागि उपलब्ध गराउने भएको छ । मिफा–सेभेनमा ९० किलोवाट आवरको हाइ इनर्जी डेन्सिट भएको ब्याट्री दिएको छ । सहरी क्षेत्रमा यसको डब्लूएलटीपी रेन्ज ६३० किलोमिटर […]
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ पनि नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकको उकालो यात्रा कायमै छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा उकालो लाग्दै बन्द भएको हो । आज कुल ३ सय १९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ५७ […]
काठमाडौँ । अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ । पुँजी बजारमा सिनो घोडा बोकेरै भए पनि पहिलो भएर […]
काठमाडौं । गत आर्थिक वर्र्ष २०८१÷८२ मा नेपालले आयात र निर्यात व्यापार दुवैमा रेकर्ड कायम गर्याे । हरेक वर्षजसो बढ्ने आयात र निर्यातको व्यापार यसवर्र्ष पनि उल्लेख्य बढ्यो । भन्सार विभागको तथ्यांकलााई आधार मान्दा गत आर्थिक वर्र्ष आयातभन्दा पनि निर्यातमा हालसम्मकै उच्च अर्थात ८१ प्रतिशतको वृद्धि देखियो । यो अवधिमा निर्यात परिमाण पनि हालसम्मकै उच्च […]
काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । गएका महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उनले […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिए ।
काठमाडौं । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट(डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन् । यसैगरी, वर्षाका कारण अवरुद्ध भएका […]
काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ । यस पहल अन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्यो । साथै, यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा मंगलबार आयोजित एनटिसी र एनटीएको २०८२र८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर–जी विस्तार व्यापाक बनाउँदै फाइभ–जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । […]
काठमाडौं । चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ शहरी रोजगारी सिर्जना गरेको छ । यो सङ्ख्या वार्षिक रोजगारी लक्ष्यको ५८ प्रतिशत हो, जुन चीनले वर्षभरि पूरा गर्ने लक्ष्य राखेको छ । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता छुई पेंगछेङका अनुसार, जुन महिनामा शहरी बेरोजगारी दर पाँच प्रतिशत रहेको […]
काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता, टैमी ब्रुसले विज्ञप्ति जारी गर्दै युनेस्कोको हालको कार्यप्रवृत्ति […]
काठमाडौं । तमोर नदीको बाढीले पाँच करोड लागतमा निर्मित बेलिब्रिज बगाएको छ। गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने तमोर नदीमाथि बेलिब्रिज बगाएको हो। ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिएका छ। आजको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको उत्तर दिँदै उनले पाँचवटा पुल दुई वर्षमा सकिने गरी काम अगाडि बढाइएको जानकारी दिए । मन्त्री दाहालका अनुसार सो […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले विद्युतीय सवारीसाधन (ईभी) को आयातमा नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार विभागका पछिल्ला तथ्यांकअनुसार, सो अवधिमा १३ हजार ५ सय ७८ युनिट ईभी कार, जीप र भ्यान नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो। त्यस वर्ष ११ हजार […]