Magnitude 5.8 earthquake strikes off Indonesia’s coast
newsare.net
There were no reports of casualties or damageMagnitude 5.8 earthquake strikes off Indonesia’s coast
There were no reports of casualties or damage Read more
There were no reports of casualties or damage Read more
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। दूरसञ्चार सेवामा पहुँच विस्तार गर्दै सेवालाई सर्वसुलभ बनाउने उद्देश्यसहित प्रकाशित सूचनामा प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा टेलिफोन सेवा को अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाईफाईमार्फत निरन्तर जडान रोमिङ तथा चलायमान सेवा प्रदान गर्न बताएको छ । […]
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ । सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । समितिले उक्त उजुरीमाथि […]
काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्य रुपमा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमलाई कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी सहित करिब २०० जना कर्मचारीहरूको सहभागिता गराएर भव्य बनाएको हो । कम्पनीका अध्यक्ष केशव […]
काठमाडौँ । कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा भएको यो प्रगतिले प्रदेश संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको सरकारले जनाएको छ । कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ […]
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा उच्च उकालो लागेर ३ हजार विन्दु नाघेको सेयर बजार दिउँसो १ बजेयता लगातार ओरालो लाग्दा दोहोरो अंकले घट्न पुगेको हो । आज कुल ३ सय २३ कम्पनीका ५ करोड ८३ लाख ७० हजार बढी […]
काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर्गत संचालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका दशकौंदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकाबासीका घरघरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले […]
काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३।१५ मिटर उचाइ, तीनवटा प्यानल र […]
काठमाडौं । नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, वि प्लाजा, पुलचोकमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो अवसरमा अध्यक्ष विनु श्रेष्ठबाट अप्टिस रविलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेको हो । साधारण सभामा मञ्चका सदस्य, साझेदार, शुभेच्छुक तथा उद्यमशीलता क्षेत्रमा सक्रिय प्रमुख व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अघिल्लो कार्यकालका उपलब्धिहरूको समिक्षा गरिएको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आज (आइतबार) बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए। दरबार […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी परेको छ। युवराज पौडेल ९सफल०ले आयोगमै उपस्थित भएर प्रमुख राईविरुद्ध आधिकारिक रूपमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा प्रमुख राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार, र नक्कली भुटानी शरणार्थी काण्डजस्ता गम्भीर घोटालामा संलग्न रहेको आरोप लगाइएको छ। यिनै विषयमा […]
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ हजार अंकमाथि अघि बढिरहेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से आज ३ हजार अंक माथि क्रस भएको हो । यस अवधिसम्म सेयर बजारमा कारोबार रकम १२ अर्ब २८ करोड रुपैयाँ नाघेको छ । यस अवधिसम्म १ […]
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनाले बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको बताए । ‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने भएको […]
काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट […]
काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर्ष २०८१–८२ सम्म) मा एकै वर्षमा ५३ हजार ५ सय ७१ व्यक्ति तथा संस्था कालो सूचीमा परेका छन् । आर्थिक वर्ष २०८०–८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालो सूचीमा परेका थिए । एक वर्षको अवधिमा कालो […]
काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना (एक्सन प्लान) तयार पारेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले जिल्लामा देखिएको सुक्खाग्रस्त संकट सम्बोधन गर्न १४ बुँदे कार्यान्वयन कार्ययोजना समेत स्वीकृत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल […]
काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । तर भारत, चीन र अमेरिका विश्वका ती १० देशहरूमा पर्दैनन् जहाँ धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । युबीएस ग्लोबल वेल्थ रिपोर्ट, २०२४ अनुसार, ताइवान यस सूचीमा पहिलो नम्बरमा छ […]
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता भने लगातार प्रत्येकदिन घटिरहेको देख्न सकिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आईतबार पनि गत शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार १ सय रुपैयाँको गिरावट आएको छ […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भातरीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]
काठमाडौं । एलन मस्क यी दिनहरूमा समस्याको चक्रव्यूहमा फसेका छन् । यसको पछाडि धेरै कारणहरू छन् । उनको कम्पनी टेस्लाको व्यापारमा तीव्र गिरावट आएको छ । हालै सार्वजनिक गरिएको दोस्रो त्रैमासिकको नतिजाले कम्पनीको लागि गम्भीर वित्तीय संकटको संकेत गरेको छ । जसमा एक दशकभन्दा बढी समयको नाफा र राजस्वमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संकेत राख्ने तयारी गरेको छ । यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक संकेतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान […]
काठमाडौं । यस वर्ष विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको कुल सम्पत्तिमा सबैभन्दा ठूलो गिरावट आएको छ भने ल्यारी एलिसनले सबैभन्दा धेरै कमाएका छन् । अब दुवैको कुल सम्पत्तिमा केवल केही भिन्नता छ । यदि एलिसनको सम्पत्ति यही गतिमा बढ्यो भने मस्कको कुर्सी खतरामा पर्न सक्छ । यस वर्ष मस्कको कुल सम्पत्ति ७०.९ अर्ब डलरले […]
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ । ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुन:निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु […]
काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी(दुई लेन) […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ । पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् । पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख […]
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मङ्सिरदेखि सङ्कलन भएको दूधको भुक्तानी गर्न नसकेको हो । संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त […]
काठमाडौं । अमेरिकाले झण्डै एक दशकपछि पहिलोपटक ठूलो तामाखानी खोल्ने तयारी गरिरहेको छ । अमेरिका र मेक्सिकोको सीमाबाट केही घण्टाको दूरीमा रहेको एरिजोनाको मरुभूमिमा रहेको विशाल तामाखानीले पर्यटकहरूलाई समेत आकर्षित गरेको छ । सोही क्षेत्रमा अब अर्को नयाँ खानी थपिने सम्भावना देखिएको छ । यो सम्भावनालाई थप बल दिँदै, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बजारमा आयात […]
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले हालको चुक्ता पुँजी ७० करोड रुपैयाँको आधारमा १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो। बोर्डको स्वीकृतिपछि कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७० लाख कित्ता सेयर जारी गर्नेछ। यस योजनाअन्तर्गत हालका सेयरधनीले बराबरी […]
काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसिभी) ले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ को उपाधि प्राप्त गरेको छ। मलेसियामा साउन १ देखि ५ गतेसम्म सम्पन्न सम्मेलनमा बीएमसिभीले यो प्रतिष्ठित सम्मान हात पारेको हो। उक्त अवार्ड भोल्भो आइसरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विनोद […]
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका […]
काठमाडौं । सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिको नयाँ अध्याय सुरू गर्दै ‘अन्तर बैंक टेलर क्युआर कारोबार सेवा’ सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवा फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरेको हो। नयाँ सेवाको माध्यमबाट ग्राहकले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको जुनसुकै शाखाबाट सहजै रकम झिक्न सक्नेछन्। बैंकका […]
काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गरेका हुन् । विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार […]
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा जुटेको छ। कम्पनीले हालको चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक सेयरस्वरूप जारी गर्ने योजना बनाएको हो। हाल फोन पेको चुक्ता पुँजी ५१ करोड रुपैयाँ रहेको छ। यदि कम्पनीले अंकित मूल्यमै सेयर जारी गरेमा १० करोड २० लाख रुपैयाँ बराबरको आईपीओ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै केन्द्रीय बैंकले नोटहरू सुरक्षित तरिकाले छपाइ गर्न इच्छुक कम्पनीहरूलाई टेन्डर पेश गर्न आग्रह गरेको हो। यो टेन्डर ‘सिंगल स्टेज टू इन्भेलोप’ विधिबाट हुनेछ, जसअनुसार प्रस्तावदाताले […]