काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको संयुक्त इजलासले अन्तरिम आदेश दिनुपर्ने ओझाको माग अस्वीकार गर्दै सोमबार आदेश दिएको हो । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले असार ३० गते तीन सदस्यीय छानबिन […]
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्तिले स्वीकृत गरेको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ लाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा (२) बमोजिम स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । […]
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा। लि।बीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ। सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)का कारण सेयर बजारका कुनै असर नपुर्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाल चेम्बर अफ कमर्स, इप्पानलगायतका संस्थाले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कार्यान्वयनमा ल्याउन लागेको सेयर अभौतिकीकरणमा डबल आईजीनका कारण बजारमा नकारात्मक असर परेको भन्दै अनावश्यक हल्ला फैलाएपछि बोर्डले सो विषयमा […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेर उकालो लागेको हो । आज कुल ३ सय २५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८२ […]
काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को […]
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ । सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका […]
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् । यसअघि हिजो बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए […]
काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीए सार्वजनिक गरेको छ। लक्जरी इभी सेग्मेन्टमा अग्रणी रहेको दिपल एस०७ को नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभी अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। दिपल एस०७ आईसीए अब नयाँ एक्साइटिंग कलर […]
काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबीच चालु आर्थिक वर्षको बजेट र कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आइतबार अर्थ मन्त्रालयमा सम्पन्न बैठकमा दुई महत्वपूर्ण निर्णयहरू भएका छन् — विदेशबाट आयात हुने सामग्रीमा ुनेपाल गुणस्तर चिह्नु अनिवार्य गर्ने र विशेष आर्थिक क्षेत्र […]
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामा तामाङ समुदायबाट प्रदेशको नेतृत्व गर्ने पहिलो व्यक्ति हुन्। श्रावण ९, २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेका थिए। उनले आइतबार साँझ पदत्यागको घोषणा गरेका हुन्। मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पदबाट […]
काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत कार्यरत कम्पनी तथा संस्थाहरुलाई आयकरमा छुट दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार, नेपाल सरकार र अमेरिका सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौताअनुसार परियोजनामा संलग्न निर्माण तथा सेवा प्रदायक कम्पनीहरुलाई आयकर छुट दिने व्यवस्था […]
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक […]
काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिज्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ। नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपोमा आगामी साउन २१ गते एयर रिज्टा पहिलो पटक सार्वजनिक गर्ने भएको छ। एथर रिज्टाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई […]
काठमाडौं । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ । श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीको उपस्थितिमा आज एनसिसीका तर्फबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन […]
काठमाडौं । लामो समयको रस्साकस्सीका बाबजुद नेपाल धितोपत्र बोर्डले आईपीओ पछिको सेयर अभौतिकिकरणमा डबल आइजीनसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । जलविद्युतसँगै लगानी र रियल सेक्टरका कम्पनीलाई सिंगल इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा विकृति बढेपछि डबल आइजीन कार्यान्वयनमा ल्याउन लागिएको हो । सिंगल आइजीनका कारण संस्थापक सेयरधनीले लकइन अवधि नखुल्दै गैरकानूनी रुपमा सेयर विक्री […]
काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ। भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तको नाफालगायतको प्रमुख सूचकहरुमा आकर्षक वद्धि भएको छ । यसअवधिमा खुद नाफा २०८.४४ प्रतिशतले बढेर ११ करोड ७४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो संस्थाले ३ करोड ८० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा यसको […]
काठमाडौं । खुला सीमानाकाबाट हुने अवैध चोरी पैठारी र निकासी नरोकिँदा वीरगञ्जका दुई भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा गत आवमा वार्षिक लक्ष्य घटाउँदा पनि सोहीअनुसारको लक्ष्य सङ्कलन गर्न चुकेका छन् । पर्सामा एक सय सात किलोमिटर खुला सीमानाका र सीमावर्ती वीरगञ्ज महानगरसहित पर्साका सर्वसाधारणले अत्यावश्यक सरसमान पनि सीमावर्ती भारतीय बजारबाटै खरिद गर्ने […]
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ […]
काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि […]
काठमाडौँ । उदयपुरको त्रियुगा गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ । यसैगरी, […]
काठमाडौँ । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन् । अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको मतलब बंगलादेशले […]
जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विश्वव्यापी प्रभावले व्यापार र लगानी अवरोधका कारण २०२७ सम्ममा विश्व अर्थतन्त्रबाट २ ट्रिलियन डलरको क्षति हुने ब्लूमबर्गले रिपोर्ट गरेको छ । जनवरीमा पदभार ग्रहण गरेदेखि, ट्रम्पले अमेरिकी उत्पादकहरूलाई संरक्षण गर्ने र व्यापार घाटा उल्टाउने उद्देश्यले कर अभियान सुरु गरेका छन् । अप्रिलमा, उनले सबै आयातहरूमा पूर्ण १०% […]
काठमाडौं । चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो । भण्डारण गृह बनाउन राप्ती नगरपालिका-१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि कुमारी बैङ्क लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैङ्क लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, […]
काठमाडौं । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुने गरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । ‘अब चाहिँ […]
काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै […]
काठमाडौं । प्रत्येक वर्ष छालाको क्यान्सरका ३ लाखभन्दा बढी नयाँ केसहरू रिपोर्ट हुन्छन्, यद्यपि यो रोगलाई रोक्न सकिन्छ यसको बावजुद, यी केसहरू निरन्तर बढिरहेका छन् । विशेष गरी ती क्षेत्रहरूमा जहाँ पहिले यस्ता केसहरूको संख्या कम थियो । प्रत्यक्ष घामबाट बच्न, टोपी लगाउने र पूरा शरीर ढाक्ने लुगा लगाउने बाहेक, प्रभावकारी सनस्क्रिन उत्पादनहरू वर्षौंदेखि उपलब्ध […]
काठमाडौँ । बहुउपयोगी अन्न कोदो खेतीमा यहाँका किसानको आकर्षण घट्दै गएको छ । कोदोबाट राम्रो आम्दानी नहुने भएपछि पछिल्लो समय किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । नेपालको चौथो मुख्य बालीको रूपमा रहेको कोदो यहाँका अधिकांश ठाउँमा फल्ने भएपनि कमै किसानको रोजाइँमा पर्ने गरेको छ । यहाँका किसानले आफूले खानको लागि सामान्य रूपमा खेती […]
काठमाडौँ । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ । रोजगारीमा रहेका व्यक्तिहरूको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ । बेरोजगारमध्ये […]
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ । सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ । सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]