Nepal



अरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान ५ ब

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइँदै, भैरहवा र पोखरामा नियमित उडानको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निज
BizKhabar Online » BizKhabar Online

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइँदै, भैरहवा र पोखरामा नियमित उडानको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । ‘निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा […]

माछापुच्छ्रे क्यापिटलले गर्याे ५ प्रतिशत लाभांस घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे क्यापिटलले गर्याे ५ प्रतिशत लाभांस घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले […]

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची लागू : पेट्रोल सस्तो, डिजेल–मट्टीतेल महँगो

काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। न
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची लागू : पेट्रोल सस्तो, डिजेल–मट्टीतेल महँगो

काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। नेपाल आयल निगमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ घटाएको तथा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाएको जानकारी दिएको हो। नयाँ मूल्य भारतीय आयल कर्पोरेशन (आइओसी) ले बिहीबार पठाएको नयाँ खरिद मूल्यको आधारमा निर्धारण […]

वैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजा
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजार १८० नेपालीको शव नेपाल ल्याएको छ । बोर्डका अनुसार सो अवधिमा मृत्यु भएका १ हजार २५० जना कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यस्तै, रोजगारीका क्रममा गम्भीर घाइते वा बिरामी परेका ६९८ श्रमिकलाई समेत आर्थिक सहायता प्रदान […]

होण्डा डिओ १२५ स्कूटर बन्यो ५३०० मिटर उचाइमा पुग्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं । नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (
BizKhabar Online » BizKhabar Online

होण्डा डिओ १२५ स्कूटर बन्यो ५३०० मिटर उचाइमा पुग्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं । नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको दुर्गम यात्रा सफलतापूर्वक पूरा गरेको छ। नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा।लि। को सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत यो कीर्तिमानी यात्रा सम्पन्न गरेको हो। शहरी यात्राका लागि निर्माण गरिएको स्कूटरले हिमाली भूपरिधिमा देखाएको प्रदर्शनले […]

रिभर फल्स पावरको हकप्रद सेयरका लागि साउन २५ सम्म कायम हुनुपर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप साउन २६ गते बुक क्लोज गर्
BizKhabar Online » BizKhabar Online

रिभर फल्स पावरको हकप्रद सेयरका लागि साउन २५ सम्म कायम हुनुपर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप साउन २६ गते बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार, कम्पनीको हकप्रद सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरी सेयरधनीको रूपमा नाम दर्ता गराइसक्नुपर्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। यस योजना अनुसार, कम्पनीले प्रतिकित्ता १०० […]

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चा
BizKhabar Online » BizKhabar Online

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। कम्पनीले भोलि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा आज (साउन १५) सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रदमा सहभागी हुन पाउनेछन्। कम्पनीले हालको चुक्ता पूँजीको १स्१ अनुपातमा […]

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने
BizKhabar Online » BizKhabar Online

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन्। साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताए। साथै सोही दिन अन्य भन्सार वृद्धिहरू– जसमा केही ५० प्रतिशतसम्म हुनेछन्– पनि […]

‘क्यारी’ ईभी नेपाली बजारमा आउँदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्यु
BizKhabar Online » BizKhabar Online

‘क्यारी’ ईभी नेपाली बजारमा आउँदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा ल्याउने आधिकारिक घोषणा गरेको छ । साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटोमोबाइल ईपोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ मार्फत ‘क्यारी’ ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका हुन् । हुन्डाई […]

गभर्नर पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल, यी हुन् प्राथमिकतामा परेका बिषयहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएको
BizKhabar Online » BizKhabar Online

गभर्नर पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल, यी हुन् प्राथमिकतामा परेका बिषयहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएको छ । बुधबार भएको छलफलमा मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयले प्राथमिकता पाएको छ । छलफलका क्रममा बैंकका अध्यक्षहरुले बैंकर र व्यवसायी छुट्याउन आवश्यक नभएको बताएका छन् । […]

कालीगण्डकी सडक अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौं । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरग
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी सडक अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौं । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छाउने प्रयास […]

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घट्दै २२ […]

नेपालको जनसंख्याभन्दा बैंकमा २६ प्रतिशत बढी बचत खाता सक्रिय, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा २६.०९ प्रतिशत बढी बचत खाता सक्रिय रहेका छन् । नेपाल राष्ट्र
BizKhabar Online » BizKhabar Online

नेपालको जनसंख्याभन्दा बैंकमा २६ प्रतिशत बढी बचत खाता सक्रिय, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा २६.०९ प्रतिशत बढी बचत खाता सक्रिय रहेका छन् । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार ३ करोड ६६ लाख ५५ हजार बचत खाता सक्रिय रहेका छन् । नेपालको कुल जनसंख्या २ करोड ९० लाख ७२ हजार जना रहेको छ । जसअनुसार जनसंख्याभन्दा सक्रिय बचत खाताको संख्या ७५ लाख ८३ हजार […]

कागतीले बजार नपाउँदा निराश : न बजार, न त मूल्य

काठमाडौं । नेतनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश
BizKhabar Online » BizKhabar Online

कागतीले बजार नपाउँदा निराश : न बजार, न त मूल्य

काठमाडौं । नेतनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागती खेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन् । मल्लले २० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, […]

एकै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी, वार्षिक एक करोड मुनाफा

काठमाडौं । झापाको विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टि
BizKhabar Online » BizKhabar Online

एकै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी, वार्षिक एक करोड मुनाफा

काठमाडौं । झापाको विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’ बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको […]

चेम्बरद्धारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न, १ सय बढी महिलाले गराए स्वास्थ्य परिक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्
BizKhabar Online » BizKhabar Online

चेम्बरद्धारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न, १ सय बढी महिलाले गराए स्वास्थ्य परिक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षणअन्तरगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको […]

जापानमा सबैभन्दा धेरै गर्मीको रेकर्ड, १६ को मृत्यु

काठमाडौं । जापानले आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको छ । जलवायु परिवर्तनमा ध्यान केन्द्रित गर
BizKhabar Online » BizKhabar Online

जापानमा सबैभन्दा धेरै गर्मीको रेकर्ड, १६ को मृत्यु

काठमाडौं । जापानले आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको छ । जलवायु परिवर्तनमा ध्यान केन्द्रित गर्न चरम मौसमको पछिल्लो उदाहरणको रूपमा जापानको बढदो तापक्रमलाई हेर्न सकिन्छ । बुधबार टोकियोबाट करिब ५६० किलोमिटर दक्षिणपश्चिममा रहेको ताम्बा सहरमा ४१.२ डिग्री सेल्सियस (१०६.१६ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको हो । जुन अघिल्लो उच्च ४१.१ डिग्री सेल्सियस (१०५.९८ डिग्री […]

बजेट अनुशासन सुदृढ गर्ने कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। का
BizKhabar Online » BizKhabar Online

बजेट अनुशासन सुदृढ गर्ने कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलमा अर्थ मन्त्रालयका अधिकारीहरु र विज्ञहरु रहेका छन्। कार्यदलले सार्वजनिक वित्तको प्रभावकारिता बढाउने र बजेट अनुशासन कायम गर्नेछ। काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्ने कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय […]

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

काठमाडौं । तराई मधेसमा सिंचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ । पानी नपरेर सिँचाइ
BizKhabar Online » BizKhabar Online

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

काठमाडौं । तराई मधेसमा सिंचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ । पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो आकस्मिक निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याइसकेको जानकारी दिएका छन् । ‘तराईमा ५०० वटा डिप […]

प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्दै, यस्तो छ सम्बोधनको विषय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्। प्र
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्दै, यस्तो छ सम्बोधनको विषय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्नेछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरे पछि प्रधानमन्त्रीको सम्बोधन हुनेछ […]

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो, एयरोस्पेस र अटो उद्योगको योगदान

काठमाडौं । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस बर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आ
BizKhabar Online » BizKhabar Online

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो, एयरोस्पेस र अटो उद्योगको योगदान

काठमाडौं । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस बर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आर्थिक वृद्धिले गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । युरोक्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन अप्रिल र जुनको बीचमा पहिलो त्रैमासिकको ०.१ प्रतिशतको तुलनामा ०.३ प्रतिशतले वृद्धि भएको छ । यो ०.२ प्रतिशतको वृद्धिको अनुमानभन्दा केही बढी हो। संयुक्त राज्य अमेरिकाले अप्रिलमा सुरु […]

नेपालमै पहिलोपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टा ईएमआई’ सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्द
BizKhabar Online » BizKhabar Online

नेपालमै पहिलोपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टा ईएमआई’ सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’सुविधा ल्याएको छ । जसअनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन्। यो सुविधा ग्राहकवर्गहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली […]

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल व्यक्तित्व परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक सम
BizKhabar Online » BizKhabar Online

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल व्यक्तित्व परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ। बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आवद्ध भएका हुन्। क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट […]

गैंडाकोटको अत्यधिक सुविधासम्पन्न बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

काठमाडौं । गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ । अत्यधिक सु
BizKhabar Online » BizKhabar Online

गैंडाकोटको अत्यधिक सुविधासम्पन्न बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

काठमाडौं । गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ । अत्यधिक सुविधासम्पन्न यो रिसोर्टमा बुधबार बिहान आगलागी भएको हो । प्रारम्भिक अनुमानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगलागीको कारण […]

वीरगञ्जबाट भित्रिए ६८,७४३ सवारीसाधन, इन्धनबाट चल्ने सवारीबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व

वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार क
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट भित्रिए ६८,७४३ सवारीसाधन, इन्धनबाट चल्ने सवारीबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व

वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट […]

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने, न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिने

काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप २५ अर्ब रुपैयाँको तरलता तान्
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने, न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्न सकिने

काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार थप २५ अर्ब रुपैयाँको तरलता तान्ने भएको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ४२ दिन अवधिका लागि तरलता संकलन गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार बोलकबोल प्रक्रियामार्फत हुने उक्त निष्कर्षणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी […]

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्दै, साउन २८ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं, साउन १४ । झापा इनर्जी लिमिटेडले आगामी बुधबार (आज) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्क
BizKhabar Online » BizKhabar Online

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्दै, साउन २८ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं, साउन १४ । झापा इनर्जी लिमिटेडले आगामी बुधबार (आज) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सुरु गर्दैछ। कम्पनीले सौर्य विद्युत् आयोजना सञ्चालन क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक रुपमा शेयर खुला गर्न लागेको हो। आयोजना प्रभावितका लागि ३ लाख ८० हजार कित्ता शेयरकम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड १ […]

एक वर्षमा नै बैंकहरुको बेस रेट २.०३ प्रतिशत विन्दुले घट्यो, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर घट्दै आएको
BizKhabar Online » BizKhabar Online

एक वर्षमा नै बैंकहरुको बेस रेट २.०३ प्रतिशत विन्दुले घट्यो, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तय संस्थाहरुको आधार दर (बेस रेट) निरन्तर घट्दै आएको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको छ । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको औसत आधार दर २.०३ प्रतिशत विन्दुले घटेको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो […]

चीनमा बच्चा जन्माउनेलाई १५ सय डलर, ३० दिन तलबसहित बिदाको अफर

काठमाडौं । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ । सरकारले अब ब
BizKhabar Online » BizKhabar Online

चीनमा बच्चा जन्माउनेलाई १५ सय डलर, ३० दिन तलबसहित बिदाको अफर

काठमाडौं । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ । सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ । यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास छ। चीनमा प्रजनन दरको […]

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज […]

ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालन, डिजिटल सेवा प्रवर्द्धन

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहक
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालन, डिजिटल सेवा प्रवर्द्धन

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै इन्टरबैंक टेलर क्यूआर पेमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपको प्रयोगबाट ज्योति विकास बैंकका जुनसुकै शाखामा गई नगद […]

सिंगल आईजीनको नाममा सेयर बजारका लगानीकर्ता ठग्न नपाउने भएपछि इप्पानको रोईलो, डबल आईजीन भएपछि यसरी हुन्छ शुद्धिकरण

काठमाडौं । आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडे
BizKhabar Online » BizKhabar Online

सिंगल आईजीनको नाममा सेयर बजारका लगानीकर्ता ठग्न नपाउने भएपछि इप्पानको रोईलो, डबल आईजीन भएपछि यसरी हुन्छ शुद्धिकरण

काठमाडौं । आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) लाई दुरुपयोग गर्दै सेयर बजारमा हुने ठगी रोकिने भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) त्यसको विरोधमा उत्रिएको छ । यसअघि हाइड्रो प्रबद्र्धकहरुले आफुले लाखौं कित्ता सेयर होल्ड गर्ने र आईपीओमा आएपछि सिंगल आईजीनको नाममा लकइन अबधि नसकिँदै गैरकानूनी रुपमा […]

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा न
BizKhabar Online » BizKhabar Online

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी दिए । ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत […]

प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताएका छन् । ‘‘नेपाल फ्रेट फरवार्डस् एसोसिएसन’ले ३१औँ कार्गो दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेगरी मन्त्रालयको […]

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन, तेस्रो चरणको काम सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, ज
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन, तेस्रो चरणको काम सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका छन् । कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण […]

Get more results via ClueGoal