काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे आज संसद्लाई अवगत गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैँ विष्लेषण गर्न पनि सांसदहरुलाई आग्रह गरे ।सोसम्बन्धी प्रधानमन्त्री ओलीको सम्बोधनको […]
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ। प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहरू मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। प्याब्सनका अनुसार आगामी कार्यक्रमअनुसार साउन २९ गते […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् । हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ […]
काठमाडौं । शिवम सिमेन्टको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन कमाएको छ। अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २०५.८५ प्रतिशतले […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा १० अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २१ कम्पनीका १ करोड ५८ लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ […]
काठमाडौं । एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच सेयर निष्कासन सम्बन्धमा निष्कासन तथा बिक्री प्रबन्ध सम्झौता भएको छ । सम्झौता हस्ताक्षरमा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) ले प्रतिनिधित्व गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी […]
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन्। नेरुडे लघुवित्तमा करिब १ हजार १ सय जना कर्मचारी कार्यरत छन् भने उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी रहेका छन्। कोषको यस योजनामा संगठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीहरू […]
काठमाडौं । संसारको सबैभन्दा प्रसिद्ध वेब ब्राउजर क्रोम अब अरू कसैको हातमा जान सक्छ । गुगलको पहिचान बनेको यो ब्राउजर किन्नको लागि कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) खोज कम्पनी पर्प्लेक्सिटीले सिधै ३४.५ अर्ब डलरको प्रस्ताव गरेको छ । यो बोली गुगलको मातृ कम्पनी अल्फाबेटलाई कुनै पूर्व छलफल बिना नै पठाइएको छ । यो खबर टेक उद्योगमा […]
काठमाडौं । सेयर लगानीकर्ताका संघसंस्थाले सेयर बजारमा देखिएको विकृति रोक्नका लागि सेयर अभौतिकरणमा तत्काल दुईथरी आइजीन कार्यान्वयमा ल्याउन माग गरेका छन् । अहिले जलविद्युत तथा कतिपय लगानी कम्पनीलाइ कर्मचारी र सम्बन्धित सूचीकृत कम्पनीको आपसी मिलेपत्तोमा एकल इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजीनं) दिँदा गैरकानूनी क्रियाकलाप बढेको भन्दै लगानीकर्तासम्बन्धी संघसंस्थाले तत्काल सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बनाएर पठाएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका […]
काठमाडौं । भारतीय निर्यातकर्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र विरुद्ध कर वृद्धिको धम्कीको परिणामलाई कम गर्न विकल्पहरूको खोजी गरिरहेका छन्। यदि भारतले रुसी तेल किन्न जारी राख्यो भने, युक्रेनमा रुसको सैन्य आक्रमणका लागि मस्कोको आम्दानी बन्द गर्ने उद्देश्यले ट्रम्पले नयाँ आयात भन्सार २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्याउने भनेपछि […]
काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । “एकाउन्न रोपनीमा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भएको छ । वितरणयोग्य नाफा ९६१.६० प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ५० करोड रुपैयाँ थियो । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १४.११ प्रतिशत छ । बैंकले यो अवधिमा ६ अर्ब […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ५१, आलु […]
काठमाडौं । एक दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफालगायतका प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । धेरै बैंकको वितरणयोग्य नाफा बढेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमतामा पनि आकर्षक वृद्धि भएको छ । वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खुद […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताएकी छन् । संसद्को आजको आकश्मिक समयमा (माओवादी केन्द्र)की सांसद माझीले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र क्षतिपूर्ति […]
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न लगाई सेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने भनी भ्रामक सूचना फैलाइरहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। उक्त एप इन्स्टल गरेपछि रिमोट सेसन खोली प्रयोगकर्ताको बैंक खातामा रहेको रकम अन्यत्र सार्ने तथा मोबाइलमा रहेको सम्पूर्ण […]
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ । पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका […]
काठमाडौं । अन्ततः राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । कुलिङ अफ पिरियड प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजीनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई लक्षित गर्दै ‘मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा उक्त सेमिनार सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा दोहोरो अंकसहित घटेको हो ।आज कुल ३ सय २३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९१ करोड […]
काठमाडौं । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको संक्रमण भएको […]
काठमाडौँ । विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले यसरी बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न […]
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । […]
काठमाडौं । सवारीचालक अनुमतिपत्रको म्याद १० वर्ष हुनेगरि कार्यान्वयन भएको भनिएपनि हालसम्म सो व्उवस्था लागू नभएको पाइएको छ । यसअघि साउन १६ गते नै सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर भएको व्यवस्था कार्यान्वयनमा आई लागू भएको थियो । तर, हालसम्म पनि नेपालभरका यातायात व्यवस्था कार्यालयहरुले सेवाग्राहीलाई लाइसेन्स […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएका छन् । किसानलाई […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० […]
काठमाडौं । भोपालका बासिन्दा अमित निगमले छोटो समयमा नै सफल व्यावसायिक साम्राज्य निर्माण गरेका छन् । उनले केही नयाँ गर्ने निर्णय गरे । केवल १० लाख भारतीय रुपैयाँको प्रारम्भिक लगानीमा, अमित निगमले २०१७ मा ‘बैंकइट’ नामक डिजिटल भुक्तानी कम्पनीको जग बसाले । यसको उद्देश्य समाजको सबैभन्दा तल्लो वर्गलाई वित्तीय सेवा प्रदान गर्नु थियो । यो […]
काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति Samsung नेपालले Samsung Monsoon Camp सुरु गरेको छ.जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो। यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत Samsung प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक नपारी, […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई लक्षित गरी वित्तीय प्रतिबन्ध सम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ। सोमबार सार्वजनिक गरिएको नयाँ मार्गदर्शनले आतंकवाद र हतियार प्रसार वित्तपोषण रोक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद र नेपालको आन्तरिक आतंकवादी सूचीमा रहेका व्यक्ति वा संस्थाको सम्पत्ति तुरुन्त रोक्का गर्न र वित्तीय सेवा प्रदान गर्न निषेध गर्न निर्देशन दिएको […]
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उनले […]
काठमाडौं । सोमबारदेखि सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला भएको छ। ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने उद्देश्यले योग्य उम्मेदवार छनोट गर्न आवेदन प्रक्रिया सुरु गरिएको हो। शाखाका अनुसार उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रका लागि आवेदन दिन सकिनेछ। […]
काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ यो निर्णय गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए […]
काठमाडौं । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अन्य विपक्षी नेताहरुलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उनकी बहिनी तथा कांग्रेस नेतृ प्रियङ्का गान्धी वाड्रासमेत छिन्। भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा भोट चोरी गरेर भारतीय जनता पार्टी (भाजपा) लाई जिताएको आरोप लगाउँदै विपक्षी दलहरुले प्रदर्शन गरेका थिए। […]