काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कम्पनीहरु घाटामा गएर चल्न नसक्ने अवस्थामा पुगेपछि मात्रै आईपीओ ल्याउने क्रम बढेको तथ्य सार्वजनिक गरेको छ । सरकारले लामो समयदेखि रियल सेक्टरका कम्पनीलाई आईपीओ ल्याउन प्रोत्साहनसहितको बाध्यकारी व्यवस्था गरेपनि कम्पनीहरु नाफामा रहुन्जेल आईपीओ जारी नगरेको तर घाटामा गएर बन्द हुने अवस्थामा पुग्न लागेपछि त्यसको ऋणभार जनतालाई बोकाउन आईपीओ ल्याउने […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यात्रुहरूलाई चाडपर्वको समयमा अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् । मन्त्री दाहालका अनुसार, इन्धन मूल्यअनुसार भाडा बढाउने वा घटाउने व्यवस्था भए पनि […]
काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुन लागेका शरद ओझाको अनुभव पर्याप्त नभएको निष्कर्ष छानविन समितिले सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले गठन गरेको उच्च स्तरीय छानविन समितिले ओझाको अनुभव नपुगेको प्रतिवेदन सरकारलाई बुझाएको छ। गत ३० असारमा मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो। समितिमा पूर्वसहसचिव जीवन प्रकाश सिटौला र […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन्। मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो। […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । यस बीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याजलगायतका सम्पूर्ण खर्च भने १ खर्ब २९ अर्ब ८१ करोड पुगेको हो । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ […]
काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध […]
काठमाडौं । गत आर्थिक बर्ष २०८१/८२ मा नेपाल टेलिकमको नाफा आधाभन्दा बढीले घटेको छ । टेलिकमले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा कम्पनीको खुद नाफा ३ अर्ब ५६ करोड ७३ लाख रुपैयाँले घटेको हो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ५७.२१ प्रतिशतले कम हो । अघिल्लो […]
काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि नयाँ ब्याजदर लागू गरेका छन् । केही समययता निरन्तर घटिरहेको बैंकको ब्याज अघिल्ला महिनाहरुजस्तै घटेको छ । सो अनुसार भदौ महिनाका लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको औसत ब्याजदर घटेको छ । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत मुद्दतिको औसतमा बैंकहरुको ब्याजदर ०.१८ प्रतिशत बिन्दुले घटेको हो । भदौ महिनाको लागि वाणिज्य […]
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिकउत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ुरगतदान, जीवनदानु भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि आवश्यक सटही सुविधा सहजी गरिदिएको छ । केन्द्रिय बैंकले आईतबार एकिकृत परिपत्र जारी गर्दै अब चाँदी आयातका लागि ५ लाख अमेरिकी डलरसम्मको सटही सुविधा पाइने व्यवस्था गरेको हो । यसअघि सुनचाँदी व्यवसायीहरुले गरगहना र महंगा भाँडाकुँडा निर्माणका लागि प्रतिपटक ३ लाख अमेरिकी डलरबराबरको मात्रै सटही सुविधा पाउँदै […]
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै २३ सय […]
काठमाडौं । अलास्काबाट फर्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस वा उसँग व्यापार गर्ने देशहरूमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाउन अस्वीकार गरेका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘आज जे भयो त्यसका कारण, मलाई लाग्छ कि मैले यसको बारेमा सोच्नु पर्दैन । मलाई दुई वा तीन हप्तामा यसको बारेमा सोच्नुपर्ने हुन सक्छ, तर हामीले अहिले […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् ‘नौबिसे(नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भनेका छन् । उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिएका छन्। साथै उनले संवैधानिक व्यवस्थानुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमिसम्बन्धी विधेयक सदनबाट पारित गर्ने प्रयास भएको बताएका छन्। मन्त्री अधिकारीले घर जग्गा व्यवसाय […]
काठमाडौं । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ […]
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि […]
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१र८२ को अडिट नगरिएको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार कम्पनीको सञ्चालन आय गत वर्षको सोही अवधिको तुलनामा सामान्यतः स्थिर रहे पनि कुल आय र खुद मुनाफामा भने गिरावट देखिएको छ। कम्पनीको खुद मुनाफामा ठूलो गिरावट देखिएको छ, जुन २ अर्ब ६६ करोड ८१ लाख ९२ […]
काठमाडौं । आजकल व्यस्त दिनचर्याका कारण, आफ्नो फिटनेसको ख्याल राख्नु कुनै चुनौतीभन्दा कम छैन । व्यस्तताको कारण, हामी आफ्नो फिटनेसलाई राम्रोसँग कायम राख्न सक्दैनौं, जसले गर्दा मोटोपना र अन्य धेरै शारीरिक समस्याहरू देखा पर्छन् । सेन्टर फर नी एण्ड हिप केयर क्लिनिकका प्रमुख फिजियोथेरापिस्ट तथा एचओडी डा. इन्द्रमणि उपाध्यायका अनुसार धेरै पटक यी शारीरिक समस्याहरूले […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी […]
काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने भएको छ । कारागार व्यवस्थापन विभागले लामिछानेलाई ललितपुरको नख्खुमा रहेको कारागारमा स्थानान्तरण गर्न स्वीकृति दिएको हो । लामिछानेले नै यसअघि कारागार स्थानन्तरणको लागि निवेदन दिएका थिए । उनले डिल्लीबजारको लागि भनेका थिए । […]
काठमाडौं । बैंकहरूमा ऋण लिन लामो लाइन, धेरै कागजातहरू र ‘क्रेडिट हिस्ट्री’ को बारेमा चिन्ता, यी सबै अब विगतको कुरा हुन सक्छन् । प्रविधिको नयाँ युगमा, जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बैंकिङ क्षेत्रमा यस्तो क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ कि यसले लेनदेनलाई छिटो र सजिलो बनाउने मात्र होइन, तर अहिलेसम्म परम्परागत बैंकिङबाट टाढा रहेकाहरूलाई वित्तीय सेवाहरू […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु […]
काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादेश ‘ए’ सँग भिड्दै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । यसअघि […]
काठमाडौं । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच अलास्कामा भेट भएको छ । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा उनीहरूले लगभग तीन घण्टा छलफल गरेका हुन् । त्यसपछि दुई नेताले १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यस अवधिमा उनीहरूले पत्रकारका कुनै प्रश्नको जवाफ दिएनन् । पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मलाई लाग्छ हाम्रो बैठक […]
काठमाडौँ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट प्रदान गरिने भएको हो । […]
काठमाडौं । अर्थ मन्त्रालय र त्यस अन्तर्गतका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ। २०८२ साउन ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पदस्थापन सूची सार्वजनिक गरिएको हो। निर्णयअनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा, टंक प्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा, महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखा र श्याम प्रसाद भण्डारीलाई […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको छ। यसअघि यो परियोजना युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई दिइएको थियो, तर कम्पनीको लाइसेन्स खारेज भएपछि प्राधिकरणले टेलिकमलाई हस्तान्तरण गरेको हो। शुक्रबार प्राधिकरण र टेलिकमबीच परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार टेलिकमले मूल्य अभिवृद्धि कर […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन सम्झौता भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबिच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो।
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखराको रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्भौतापत्रमा हस्ताक्षर भएको हो ।मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत राजु राना […]
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजले दुई नयाँ सेवा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा ‘स्मार्ट क्युआर साउन्डबक्स’ र ‘एससीटी हब’ नामक नयाँ सेवाहरू सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त यस संस्थाले साउन २९ गते सम्पन्न कार्यक्रममा विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराएको हो । कार्यक्रममा […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौँ देशमाथि लगाएको करका कारण हालसम्म पानामा नहरबाट कन्टेनर जहाजको आवागमनमा कुनै असर नपरेको पानामा नहरका प्रशासकले बिहीबार बताएका छन् । संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्र र विरोधीहरूले समान रूपमा निर्यातमा उच्च करको सामना गरिरहेका छन् । ट्रम्पको ‘पारस्परिक’ करहरू लामो समयदेखिको व्यापार अभ्यासहरूमा लागू हुँदै आएका छन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन् । आइसिटी फाउण्डेशनद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि […]
काठमाडौं । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले राससलाई बताउनुभयो । करिब दुई किलोमिटर क्षेत्र पहिरोले […]