काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका बन्द भएपछि थप नाका खोल्न माग गरेको छ । रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न संघले माग गरेको हो ।गत असार २४ गते रातिको […]
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याएको उक्त योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् । यस योजनाअनुसार हाल गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरिएको छ । यो ब्याजदर २०८२ भदौ महिनाको आधारदर […]
काठमाडौं। नाडा अटो शोमा यस वर्ष फोटोन टुनल्यान्डका तीन प्रमुख मोडलहरू आकर्षणको केन्द्र बनेका छन्। नेपालको बजारमा टुनल्यान्ड जी–७ को सफल प्रवेशपछि कम्पनीले यसपटक टुनल्यान्ड भि–९, टुनल्यान्ड जी–७ र ई–टुनल्यान्ड प्रदर्शनीमा सार्वजनिक गरेको हो। हाइब्रिड पिकअप टुनल्यान्ड भि–९ मजबुत र शक्तिशाली मोडलका रूपमा प्रस्तुत भएको छ, जसले काम, मनोरञ्जन वा लामो दूरीको साहसिक यात्रासम्मका लागि […]
काठमाडौं । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । ‘विषयगत समिति र प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भयो’, उनले भने, ‘घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणका लागि कानुनी […]
काठमाडौं । चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ । स्रोतअनुसार, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिए। चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन । यसअघि […]
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको […]
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो २०२५ र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले वार्षिक ७=१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार ग्राहकलाई सजिलै गाडी खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सीमित अवधिका लागि यो योजना ल्याइएको […]
काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ यही सेप्टेम्बर ४-५ अर्थात भाद्र १९ र २० गते ललितपुरको द प्लाजामा हुने भएको छ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो […]
काठमाडौं । नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आज भव्य रूपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शोमा नवीनतम प्रविधि, विद्युतीय सवारी र भविष्यका स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शन गरिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिलाई कसैले पनि नकार्न नसक्ने भन्दै नेपालमा समेत आगामी दिनमा नयाँ–नयाँ प्रविधिहरू प्रयोगमा आउने बताए। विद्यालयका […]
काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको बैठक पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ । ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ मुल विषयका साथ यही भदौ २ र ३ गते काठमाडौँमा भएको उक्त सम्मेलन आज सम्पन्न भएको हो । यस क्षेत्रका मुलुकका सांसद […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनु पर्नेमा जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको […]
काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उनलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका हुन्। उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव […]
काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेशकुमार पौडेल र बालकृष्ण ढकालसहित नौजनाको बृहत् पूर्ण इजलासले २०८१ असोज १३ गते गरेको फैसलाको हालै सार्वजनिक भएको […]
काठमाडौं । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका ६ कम्पनीले सवा १ अर्ब नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरुले १ अर्ब २५ करोड ५४ लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ०.७९ प्रतिशतले कम हो । अघिल्लो वर्षको […]
काठमाडौं । बैतडीको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’(जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने मुख्य योजनाका रूपमा हेरिएको ल्याण्ड पुलिङको काम अगाडि नबढ्दा कार्यालय खारेज हुने जोखिममा परेको हो । पछिल्ला केही वर्षयता नयाँ सहर आयोजनाको कार्यालयले ल्याण्ड पुलिङका लागि स्थानीयसँग सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति […]
काठमाडौं । अमेरिकाले ६ हजार बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको हो । मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने […]
काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले विधेयकमा राखिएको निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका बुँदामा सहमति जुटाएको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको दफावार छलफलका क्रममा भएका संशोधनसहितको प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिनुभयो । त्यस्तै, […]
काठमाडौं । सर्वोच्च अदालतले २०६३ सालमा रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन आदेश दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार सुनुवाइ गर्दै सरकारी वकिलको कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो। माओवादी कार्यकर्ता त्रिभुवन साहले दायर गरेको रिटमा गौर घटनामा तत्कालीन मधेशी जनअधिकार […]
काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको नाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीले आफ्ना मोडेलहरूमा विशेष छुट, उपहार र अफर सार्वजनिक गरेका छन्। फोटोनका टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान र टीएम–१ तथा सोकोन ईभी भ्यान ६ दिनसम्म चल्ने अटो शोमा प्रदर्शित हुनेछन्। कम्पनीका अनुसार यी मोडेलहरूमा आकर्षक मूल्य छुट, सर्भिस प्याकेज र उपहार […]
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘दशैं तिहार १० गुणा उपहार’ अफर सार्वजनिक गरेको छ । दशैं सुरु हुन १ महिनाभन्दा बढी समय हुँदा कम्पनीले यो फेस्टिबल अफर ल्याएको हो । सो नयाँ अफर अन्तर्गत हुन्डाईको कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउनेछन् । त्यसैगरी, स्क्र्याच […]
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि थपिएको छ । सो योजनाको इकाई खरिदका लागि अब भदौ १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने […]
काठमाडौं । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए […]
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२र८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता भएको हो । उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष २०८२÷८३ मा गरिने कार्य सम्पादनलाई […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको आज भएको उद्घाटन समारोहमा उनले विशेषगरी विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न उक्त सम्झौता पालना गर्न आग्रह गरेका हुन् । नेपालमा पहिलोपटक आयोजित हिन्दुकुश–हिमालय सांसदहरूको सम्मेलनमा उनले विश्व तापमान […]
काठमाडौं । एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो, ललितपुरमा नयाँ अधिकृत डिलरशिपको उद्घाटन गरेको छ। एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको विक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो । यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ । प्यारामाउन्ट मोटर्स प्रा. […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । यस अवधिमा नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरुले समग्रमा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसै अवधिमा समग्रमा फाइनान्स कम्पनीहरुले ९ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा व्यहोरेका थिए । यस अवधिमा […]
काठमाडौं । इजरायलको केन्द्रीय तथ्यांक ब्युरोले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार, देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ को दोस्रो त्रैमासिकमा वार्षिक दरमा ३.५ प्रतिशतले घटेको छ। व्यवसाय क्षेत्र सबैभन्दा प्रभावित भएको देखिएको छ, जसले दोस्रो त्रैमासिकमा ६.२ प्रतिशतले गिरावट भोग्यो। पहिलो त्रैमासिकमा यो क्षेत्रमा ४.४ प्रतिशतको वृद्धि भएको थियो। निजी उपभोग खर्च लगातार दोस्रो […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । यस अवधिमा नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरुले समग्रमा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसै अवधिमा समग्रमा फाइनान्स कम्पनीहरुले ९ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा व्यहोरेका थिए । यस अवधिमा […]
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै […]
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १४ करोड ९३ लाख […]
काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाली टोली सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको […]
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँग सम्बन्धित ७४ बुँदा पहिचान गरेको छ। ‘सीएनआई बजेट वाच’ पहल अन्तर्गत ती बुँदालाई सात क्षेत्रगत भागमा वर्गीकरण गरी छुट्टाछुट्टै संवादमार्फत कार्यान्वयनमा जोड दिइने परिसंघले जनाएको छ। सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा, विगतमा बजेटमा निजी […]
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ।रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए । […]
काठमाडौं । जस्मिन पेन्ट्सले “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” ग्राहक उपहार योजना–२०८२ सञ्चालनमा ल्याएको छ । पेन्ट्सले आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो । यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको […]
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेको बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई बीमांक रकम हस्तान्तरण गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोलेको सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बीमा बापतको रकम उपलब्ध गराइएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक […]