काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वित्तीय प्रगति हासिल गर्दै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा ४० करोड ३ लाख पुगेको छ भने लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ। सोही अवधिसम्म बैंकले ५६.२२ अर्ब निक्षेप संकलन गर्दै ४५.८५ […]
काठमाडौं । पोखरास्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच सम्झौता भएको छ । दुई निकायबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५% देखी २०% सम्म छुट पाउने भएका छन । सो छुट सेवा […]
काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष थ्रि एक्स अफर सार्वजनिक गरेको छ। प्रदर्शनी अवधिभर लागू हुनेगरी कम्पनीले ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार थ्रिएक्स अफरमा तीन प्रमुख सुविधा समेटिएका छन्। यस अन्तर्गत ३ वर्षसम्मको सम्पूर्ण बीमा कभरेज, खरिदमा […]
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.७० अंकले घट्दै २७ सय ६७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २३ कम्पनीका १ करोड ५२ लाख ६६ हजार बढी कित्ता सेयर […]
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ । प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतद्वारा आयोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निवार्ह गरिरहेको बताए । उनका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा […]
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससिटि–युनियनपे कार्डमार्फत अब विभिन्न मोबाइल वालेटहरूमा रकम लोड गर्न सकिने भएको छ। यसअन्तर्गत इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो सिटि–युनियनपे कार्ड प्रयोग गरी रकम लोड गर्न सक्ने सुविधा सुरु भएको हो। नविल बैंकको इलेक्ट्रोनिक भुक्तानी गेटवेमा आबद्ध […]
काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सो क्षेत्रमा करिब साढे २५ बिघा क्षेत्रफलमा नयाँ डिपो निर्माण गर्न लागिएको हो […]
काठमाडौं । अमेरिकी वाणिज्य विभागले मंगलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयात शुल्क लागू गरिएको छ । नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने ‘सेक्सन २३२’ अन्तर्गतको कर विस्तार गरिएको छ, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादनहरू समेट्नेछ । निर्णय […]
काठमाडौं । ह्वाइट हाउसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समयसीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ । यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै […]
काठमाडौं । विश्वका सबैभन्दा धनीहरुको सम्पत्तिमा निकै फेरबदल आएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार टेस्ला र स्पेसएक्सलगायत धेरै कम्पनीहरू चलाउने एलोन मस्क अब ३०० अर्ब डलरको क्लबमा एक्लै छन् । उनी ३७१ अर्ब डलरका साथ विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । यस वर्ष उनको कुल सम्पत्ति ६१.४ अर्ब डलरले घटेको छ । मंगलबार, विश्वका […]
काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरेपछि चौतर्फी आलोचना भइरहेको छ । अघिल्लो हप्ता मात्रै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले आगामी २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको थियो । सोलगत्तै संघीय सरकार […]
काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न कम्पनीका संस्थापक समूहका ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । क्यापिटलले बिक्रीमा ल्याएको सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ र न्यूनतम ५ हजार कित्ता आवेदन, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ […]
काठमाडौं । झापाको विर्तामोडमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्यमा उद्योगी व्यवसायीहरूका लागि मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो । उद्योग व्यवसाय क्षेत्रमा सफलता कसरी हासिल गर्ने ? उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई कसरी अंगिकार गर्ने ? […]
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली […]
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यस बाहेकका काम पनि जारी छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो […]
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका बन्द भएपछि थप नाका खोल्न माग गरेको छ । रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न संघले माग गरेको हो ।गत असार २४ गते रातिको […]
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याएको उक्त योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् । यस योजनाअनुसार हाल गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरिएको छ । यो ब्याजदर २०८२ भदौ महिनाको आधारदर […]
काठमाडौं। नाडा अटो शोमा यस वर्ष फोटोन टुनल्यान्डका तीन प्रमुख मोडलहरू आकर्षणको केन्द्र बनेका छन्। नेपालको बजारमा टुनल्यान्ड जी–७ को सफल प्रवेशपछि कम्पनीले यसपटक टुनल्यान्ड भि–९, टुनल्यान्ड जी–७ र ई–टुनल्यान्ड प्रदर्शनीमा सार्वजनिक गरेको हो। हाइब्रिड पिकअप टुनल्यान्ड भि–९ मजबुत र शक्तिशाली मोडलका रूपमा प्रस्तुत भएको छ, जसले काम, मनोरञ्जन वा लामो दूरीको साहसिक यात्रासम्मका लागि […]
काठमाडौं । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । ‘विषयगत समिति र प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भयो’, उनले भने, ‘घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणका लागि कानुनी […]
काठमाडौं । चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिनको आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ । स्रोतअनुसार, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिए। चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन । यसअघि […]
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको […]
काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो २०२५ र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले वार्षिक ७=१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार ग्राहकलाई सजिलै गाडी खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सीमित अवधिका लागि यो योजना ल्याइएको […]
काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ यही सेप्टेम्बर ४-५ अर्थात भाद्र १९ र २० गते ललितपुरको द प्लाजामा हुने भएको छ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो […]
काठमाडौं । नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आज भव्य रूपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शोमा नवीनतम प्रविधि, विद्युतीय सवारी र भविष्यका स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शन गरिएको छ। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिलाई कसैले पनि नकार्न नसक्ने भन्दै नेपालमा समेत आगामी दिनमा नयाँ–नयाँ प्रविधिहरू प्रयोगमा आउने बताए। विद्यालयका […]
काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको बैठक पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ । ‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ मुल विषयका साथ यही भदौ २ र ३ गते काठमाडौँमा भएको उक्त सम्मेलन आज सम्पन्न भएको हो । यस क्षेत्रका मुलुकका सांसद […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनु पर्नेमा जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको […]
काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उनलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका हुन्। उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव […]
काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेशकुमार पौडेल र बालकृष्ण ढकालसहित नौजनाको बृहत् पूर्ण इजलासले २०८१ असोज १३ गते गरेको फैसलाको हालै सार्वजनिक भएको […]
काठमाडौं । नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका ६ कम्पनीले सवा १ अर्ब नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरुले १ अर्ब २५ करोड ५४ लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ०.७९ प्रतिशतले कम हो । अघिल्लो वर्षको […]
काठमाडौं । बैतडीको पाटनमा रहेको नयाँ सहर आयोजनाको ‘ल्याण्ड पुलिङ’(जग्गा एकीकरण) अघि नबढ्दा कार्यालय खारेज हुने जोखिम बढेको छ । बसाइँसराइ रोक्ने मुख्य योजनाका रूपमा हेरिएको ल्याण्ड पुलिङको काम अगाडि नबढ्दा कार्यालय खारेज हुने जोखिममा परेको हो । पछिल्ला केही वर्षयता नयाँ सहर आयोजनाको कार्यालयले ल्याण्ड पुलिङका लागि स्थानीयसँग सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति […]
काठमाडौं । अमेरिकाले ६ हजार बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको हो । मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने […]
काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले विधेयकमा राखिएको निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका बुँदामा सहमति जुटाएको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको दफावार छलफलका क्रममा भएका संशोधनसहितको प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिनुभयो । त्यस्तै, […]
काठमाडौं । सर्वोच्च अदालतले २०६३ सालमा रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन आदेश दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार सुनुवाइ गर्दै सरकारी वकिलको कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो। माओवादी कार्यकर्ता त्रिभुवन साहले दायर गरेको रिटमा गौर घटनामा तत्कालीन मधेशी जनअधिकार […]