काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पेमेन्ड कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड काउन्सील (पीसीआइ एसएससी)को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । विश्वका प्रतिष्ठित भुक्तानी सेवाप्रदायक कम्पनीहरु आवद्ध भएको उक्त काउन्सीलमा नेपालबाट प्रतिनिधित्व गर्नका लागि एससीटी चयन भएको हो । उक्त बोर्डमा एससीटीका अतिरिक्त गुगल इंक, भारतको एनपीसीआई, अमेरिकाको युरोनेटलगायतको […]
काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् । विदेशी पत्रकारलाई २४० दिनको मात्र बसाइमा सीमित गरिनेछ, यद्यपि उनीहरूले थप २४० दिनको समयावधि […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्ति समयमा ३० अंक बढीले घट्न पुगेको हो । आज कुल ३ सय २२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने हिजोको तुलनामा […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३३, […]
काठमाडौं । लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२’ मार्फत यस्तो व्यवस्था गरेको हो । यस व्यवस्थासँगै संस्थापक सेयरधनीले लाभांश प्राप्त […]
काठमाडौं । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए । सडक खुलाउन आवश्यक […]
काठमाडौं । देशमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा.अभियान गौतमका अनुसार हाल १ सय ३ जनामा जापानिज सङ्क्रमित पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । डा.गौतमले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । ७० प्रतिशतभन्दा बढी […]
काठमाण्डौं । ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने छ ।कार्यक्रम ग्लोबल कन्सल्टको नयाँ बानेश्वर, आलोकनगर स्थित कार्यालयमा हुनेछ । उक्त अवसरमा भिसा , डकुमेन्ट र […]
काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन आनाकानी गरिरहेका फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्मलाई पुनः ७ दिने अल्टिमेटम दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक संजाल प्लेटफर्महरुलाई ७ दिनभित्र नेपालमा सूचीकरण नभए नेपालमा चल्न नै नपाउने गरी रोक लगाउने निर्णय गरेको हो । यसअघि सरकारले पटकपटक फेसबुकलगायतका प्लेटफर्मको माउ कम्पनी मेटालाई नेपालमा सूचीकरण हुन आग्रह गर्र्दै […]
काठमाडौं । अब सहुलियतपूर्ण कर्जामा सरकारले ३ प्रतिशत मात्रै ब्याज अनुदान दिने भएको छ । सरकारले यसअघि बैंक तथा वित्तीय संस्थाहरूले दिने यस्तो कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिँदै आएकोमा अबदेखि भने उक्त अनुदान घटाईएको हो । केन्द्रिय बैंकले सहुलियतपूर्ण कर्जाको ब्याजसम्बन्धि कार्यविधि २०८२ जारी गर्दै नयाँ व्यवस्था गरेको हो । यता, सरकारले ब्याज अनुदान […]
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ५० अंक आसपास वृद्धि हुँदा नेप्से विन्दु २८ सय माथि पुगेको छ । आज धेरैजसो लगानीकर्ताहरु विकास बैंक समुहमा झुम्मिँदा सेयरबजारमा उछाल आएको देखिन्छ । आज विकास बैंक […]
काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन गरेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक […]
काठमाडौं । यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवरद्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको […]
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९९ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघका […]
काठमाडौं । मंगलबार भारतीय सेयर बजारमा ठूलो गिरावट आयो । यसका बाबजुद पनि, धेरै सेयरहरूमा अप्पर सर्किट लागेको थियो । यी मध्ये केही मल्टिब्यागर सेयरहरू छन् जसले लगानीकर्ताहरूलाई ठूलो प्रतिफल दिइरहेका छन् । यस्तै एउटा सेयरले सेयर बजारमा उछाल ल्याइरहेको छ । यसले एक वर्षभन्दा कम समयमा लगानीकर्ताहरूलाई करोडपति बनाएको छ । यो सेयरको नाम […]
काठमाडौँ । दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब नौ बजे भीमेश्वर नगरपालिका-६ स्थित रमिते डाँडामा बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल […]
काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनर्स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसंघीय प्रणालीमा आबद्ध संस्था, अन्य […]
काठमाडौँ । अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ । अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९ः३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए । ट्रम्पले अगस्ट ७ बाट भारतमा […]
काठमाडौँ । सरकारले उखु किसानहरूलाई प्रोत्साहन, अनुदान बापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यस पटक […]
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ […]
काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु. एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । […]
काठमाडौं । गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो । यसले मूल्यवृद्धिमा […]
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् । यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले आजै सो पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएकी […]
काठमाडौं, १० भदौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा इन्टरनेश्नल फ्लाईट गर्नेबारे छलफल गरेका छन् । छलफलमा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे र उद्योगमन्त्री दामोदर भण्डारी सामेल छन् । सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा भएको छलफलमा ती दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउनको लागि कार्ययोजना बनाईएको छ ।दुवै विमानस्थल नेपालको […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा चर्चा भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । भेटवार्तामा आगामी सेप्टेम्बर १६-१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो। राजदूत योङले […]
काठमाडौं । गएको आर्थिक बर्ष २०८१/८२ मा मात्रै विभिन्न विद्युतीय प्रणालीमार्फत ९ सय ८४ खर्ब रूपैयाँ बढीको विद्युतीय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा उक्त आर्थिक बर्षभरी ९ सय ८४ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको हो । खासगरी पछिल्लो समय विद्युतीय प्रणालीको प्रयोग गर्दै […]
काठमाडौं । एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को आगमनपछि, हरेक दिन नयाँ रिपोर्टहरू बाहिर आइरहेका छन्, जसले एआईले कति हानि गर्न सक्छ भनेर बताउँदैछ । विशेष गरी, श्रमिक वर्गमा डरको वातावरण छ, किनभने एआईलाई कर्मचारीहरूको प्रतिस्थापनको रूपमा पनि हेरिएको छ । यद्यपि, एआईका बेफाइदाहरू मात्र होइन, धेरै फाइदाहरू पनि छन्, जसले भविष्यमा तपाईंको जीवनलाई […]
काठमाडौं ।अमेरिका र दक्षिण कोरियाबिच भएको व्यापारिक भेटवार्तामा कोरियन एयरले अमेरिकी विमान निर्माता बोइङसँग ठूलो सम्झौता गरेको छ। सम्झौताअनुसार कोरियन एयरले ५० वटा बोइङ ७३७-१० यात्रुवाहक विमान, ४५ वटा लामो दूरीका जेट र ८ वटा ७७७-८ फ्रेटर मालवाहक विमान खरिद गर्नेछ। बोइङले यस सम्झौताले अमेरिकाभर करिब १ लाख ३५ हजार रोजगारीलाई सहयोग गर्ने जनाएको छ। […]
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । ‘यो दशैं वेष्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना मिति २०८२ भदौ ७ गतेदेखि २०८२ कार्तिक १४ गतेसम्म […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]
काठमाडौं । बैंकको रोजगारी पहिलेदेखि नै आकर्षक रोजगारीको रुपमा स्थापित हुँदै आएको छ । यो आकर्षण हालसम्म पनि कायम रहेको छ । पछिल्लो समय पनि बैंकहरुले रोजगारीको लागि आवेदन खुला गर्दा मागभन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । यसको मुख्य कारण भने बैंकले कर्मचारीहरुलाई दिने तलब भत्ताका साथै अकर्षक बोनस प्रमुख कारण मानिएको […]
काठमाडौं । श्री एयरलाइन्सले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। साढे दुई दशकदेखि आन्तरिक हवाई सेवामा संलग्न श्री एयरलाइन्सले हाल १६ प्रतिशत बजार हिस्सा ओगट्दै तेस्रो स्थान कायम गरेको छ। कम्पनीमा मित्तल परिवारको मात्रै ९९.८९ प्रतिशत सेयर लगानी रहेको छ। कम्पनीले आईपीओ जारी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बोक्न कडाई गरेको छ । केन्द्रिय बैंकले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै अब विदेशबाट नेपाल आउने नेपालीले ५ हजार डलरभन्दा बढी रकम भन्सार घोषणा नगरी ल्याउन नपाउने बताएको छ । यस्तै नेपालबाट विदेश लैजानका लागि पनि ५ हजार डलरसम्म मात्रै बोक्न पाइने व्यवस्था गरिएको छ । विदेशी […]