Nepal



India-US relations: Akhilesh Yadav urges Centre to improve ties; bats for students going abroad

Samajwadi chief Akhilesh Yadav has urged the government to prioritize stronger relations with the United States, emphasizing its dominance in wealth creation and global innovation. This comes after the US imposed a 50% import tariff on Indian goods and warne

जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं । आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहे
BizKhabar Online » BizKhabar Online

जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं । आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको छ । जसका लागि अवस्था हेरेर सुरक्षाकर्मीहरु तैनाथ गरिने बोहराले नेपाल न्यु बैंकलाई […]

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित, प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित, प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (ल्ब्क्–क्ष्त्) ले गम्भीर चासो व्यक्त गरेको छ । NAS–IT का अनुसार यस्ता प्रतिबन्धले नेपालको आईटी उद्योग, सेवा प्रवाह, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पारेको छ । सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा संगठनले भनिएको […]

सरकारले चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गर्ने, उपभोक्ताको गुनासो तत्काल सम्बोधन

काठमाडौँ । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने
BizKhabar Online » BizKhabar Online

सरकारले चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गर्ने, उपभोक्ताको गुनासो तत्काल सम्बोधन

काठमाडौँ । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१ औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । […]

वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकैदिन साढे २ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप राष्ट्र बैंकम
BizKhabar Online » BizKhabar Online

वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकैदिन साढे २ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण अन्तर्गत आइतबार उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । आइतबार बैंकहरुले २ खर्ब ४८ अर्ब ६० करोड एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत […]

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार, थोरै लगानीमा धेरै उत्पादन

काठमाडौँ । कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज
BizKhabar Online » BizKhabar Online

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार, थोरै लगानीमा धेरै उत्पादन

काठमाडौँ । कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो । यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ […]

ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो, कति हुनसक्छ उत्पादन ?

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका ल
BizKhabar Online » BizKhabar Online

ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो, कति हुनसक्छ उत्पादन ?

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास […]

एभरेष्ट बैंकको सीईओमा दोहोरिए खालिङ, ४ वर्ष कार्यकाल थप

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ दोहोरिएका छन् । खालिङलाई आ
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको सीईओमा दोहोरिए खालिङ, ४ वर्ष कार्यकाल थप

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ दोहोरिएका छन् । खालिङलाई आगामी ४ वर्षका लागि पुनः नियुक्त गरिएको हो । बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको ४ वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदैछ । उनी अहिलेको कार्यकाल सकिएको भोलिपल्ट […]

लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

काठमाडौं । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अव
BizKhabar Online » BizKhabar Online

लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

काठमाडौं । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबलहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब […]

जय नेपाल हलमा यामाहा ब्लु फेस्ट सुरु, एक्सचेन्ज अफर, फाइनान्स र आकर्षक योजनाको अवसर

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ हत्तिसारस
BizKhabar Online » BizKhabar Online

जय नेपाल हलमा यामाहा ब्लु फेस्ट सुरु, एक्सचेन्ज अफर, फाइनान्स र आकर्षक योजनाको अवसर

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहसहित सुरु भएको छ। भदौ २२ देखि २७ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा बाइक तथा स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने विशेष अवसर पाउनेछन्। उक्त फेस्टमा ग्राहकले कुनै पनि ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज […]

भीपीएन प्रयोग नगर्न सरकारको अनुरोध, सूचीकरण नभएका सामाजिक सञ्जालमा कडाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर
BizKhabar Online » BizKhabar Online

भीपीएन प्रयोग नगर्न सरकारको अनुरोध, सूचीकरण नभएका सामाजिक सञ्जालमा कडाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्ममा पहुँच बनाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई ती सञ्जालहरूको पहुँच अवरुद्ध गराउन निर्देशन दिइसकिएको जानकारी दिएको हो । त्यस्ता अवरुद्ध प्ल्याटफर्ममा […]

सार्वजनिक सेवाको मूल्य प्रवर्द्धनमा निजामती सेवा र जवाफदेहिता

काठमाडौं । खासगरी बेलायत, भारत र नेपालको सार्वजनिक सेवालाई निजामती सेवा अर्थात सिभिल सर्भिस भनेर
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सेवाको मूल्य प्रवर्द्धनमा निजामती सेवा र जवाफदेहिता

काठमाडौं । खासगरी बेलायत, भारत र नेपालको सार्वजनिक सेवालाई निजामती सेवा अर्थात सिभिल सर्भिस भनेर चिनिन्छ । सबै देशमा कुनै न कुनै नाममा सार्वजनिक सेवा त हुन्छ नै । कर्मचारीतन्त्र अर्थात अड्डातन्त्र भनेर चिनिने सरकारको स्थायी संरचना जसले सेवा प्रवाहको अलावा राजनैतिक पदाधिकारीहरूले अघि सारेको ‘भिजन’लाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्दछ, त्यसको मियो नै निजामती […]

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबम
BizKhabar Online » BizKhabar Online

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा करिब १३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ […]

निजामती सेवा पुरस्कारद्वारा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक बराल सम्मानित

काठमाडौँ । जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा सिँचाइ विभागक
BizKhabar Online » BizKhabar Online

निजामती सेवा पुरस्कारद्वारा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक बराल सम्मानित

काठमाडौँ । जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८२ का आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरे । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती […]

चिनियाँ अर्थतन्त्र नै हल्लाएको ‘एभरग्रान्डे’ प्रकरण : ३०० अर्ब डलरको ऋण, कम्पनी बन्द, अब के हुन्छ ?

काठमाडौं । चीनको सबैभन्दा ठूलो प्रोपर्टी कम्पनी एभरग्रान्डेको अन्त्य भएको छ । एक समय थियो जब यो क
BizKhabar Online » BizKhabar Online

चिनियाँ अर्थतन्त्र नै हल्लाएको ‘एभरग्रान्डे’ प्रकरण : ३०० अर्ब डलरको ऋण, कम्पनी बन्द, अब के हुन्छ ?

काठमाडौं । चीनको सबैभन्दा ठूलो प्रोपर्टी कम्पनी एभरग्रान्डेको अन्त्य भएको छ । एक समय थियो जब यो कम्पनी चीनको आर्थिक शक्तिको प्रतीक थियो । अब यो इतिहास बनेको छ । एभरेग्रान्डलाई सोमबार हङकङ स्टक एक्सचेन्जबाट हटाइएको थियो । यो खबर कुनै हल्ला बिना आयो । यो कम्पनीले १६ वर्षअघि हङकङमा व्यवसाय सुरु गरेको थियो । […]

बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन, अघि बढ्यो छनोट प्रक्रिया

काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन, अघि बढ्यो छनोट प्रक्रिया

काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले १४ उम्मेदवारको नाम सार्वजनिक गरेको छ। भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत आएका विवरणहरूको अध्ययन गरी योग्य ठहरिएका उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो। नामावलीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङसहितका जिल्लाका उम्मेदवार परेका छन्। सार्वजनिक सूचीमा […]

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त, ३ वर्षे कार्यकाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नयाँ अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । अर्थ म
BizKhabar Online » BizKhabar Online

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त, ३ वर्षे कार्यकाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नयाँ अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले बिहीवार मन्त्रीस्तरीय निर्णय गर्दै बस्याललाई ३ वर्षका लागि नेप्सेको अध्यक्ष नियुक्त गरेको हो । उनले आज आइतबार पदभार ग्रहण गर्दै छन् । बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । केही दिनअघि मात्र व्यक्तिगत कारण […]

प्रतितोला १६ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला १६ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले […]

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, स्थानीयलाई रोजगार

काठमाडौं । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका
BizKhabar Online » BizKhabar Online

एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, स्थानीयलाई रोजगार

काठमाडौं । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन् । उनीहरु दुवै स्नाकोत्तर उत्तीर्ण छन्। उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प […]

नागरिकलाई सेवा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सह्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृ
BizKhabar Online » BizKhabar Online

नागरिकलाई सेवा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सह्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा लेखेका छन, ‘सामान्य कामका […]

आज राति खग्रास चन्द्रग्रहण लाग्दै : नेपालबाट सहजै देख्न सकिने, खुला आँखाले हेर्दा कुनै असर नगर्ने

काठमाडौं । आज (भदौ २२ गते) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ ब
BizKhabar Online » BizKhabar Online

आज राति खग्रास चन्द्रग्रहण लाग्दै : नेपालबाट सहजै देख्न सकिने, खुला आँखाले हेर्दा कुनै असर नगर्ने

काठमाडौं । आज (भदौ २२ गते) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण […]

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक, एक करोड ५२ लाख लागत

काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्
BizKhabar Online » BizKhabar Online

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र थप आकर्षक, एक करोड ५२ लाख लागत

काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब रु एक करोड ५२ लाख लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमा उत्पादित रैथाने ‘तेल्या’ […]

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर १०२ रुपैयाँ १६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर १०२ रुपैयाँ १६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन, १० टन क्षमता

काठमाडौँ । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स
BizKhabar Online » BizKhabar Online

बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन, १० टन क्षमता

काठमाडौँ । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामा किसानको दूधको संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दुग्ध सहकारी संघले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान […]

देशमा सम्भावना छ भन्दा गाली खाने दिन आयो : बैंकर मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका सीईओ मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भन्दा गाली खाने दिन आएको बताएका
BizKhabar Online » BizKhabar Online

देशमा सम्भावना छ भन्दा गाली खाने दिन आयो : बैंकर मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका सीईओ मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भन्दा गाली खाने दिन आएको बताएका छन्। शैक्षिक धारको ‘द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सीईओ ज्ञवालीले समाज नकारात्मकतातर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। सीईओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले […]

हुन्डाईको आधुनिक शोरूम वीरगंजमा, ग्राहक सेवा थप सुलभ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्जमा हुण्डाईको नयाँ शोरुम खोलेको छ । नेपालमा हुन्डा
BizKhabar Online » BizKhabar Online

हुन्डाईको आधुनिक शोरूम वीरगंजमा, ग्राहक सेवा थप सुलभ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्जमा हुण्डाईको नयाँ शोरुम खोलेको छ । नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक हो । उसले वीरगञ्जको श्रीपुर, मुर्लीमा आफ्नो नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ । यसले वीरगंज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउन महत्वपूर्ण कदम लिएको छ । […]

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने

काठमाडौं । दिपलले कोशी प्रदेशको इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । दिपलको आधिका
BizKhabar Online » BizKhabar Online

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने

काठमाडौं । दिपलले कोशी प्रदेशको इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक कार्यक्रमको आयोजना गर्दै उक्त शोरुमको उद्घाटन गरेको हो । कम्पनीले सोरुम उद्घाटन गरेसँगै विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन […]

धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने, वाणिज्य बैंकलाई अवसर

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्द
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने, वाणिज्य बैंकलाई अवसर

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै ‘क’ वर्गका वाणिज्य बैंकलाई आज शुक्रबार भदौ २० गते देखि ५ दिन भित्र आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आवेदन पेश गर्ने अनुरोध गरेको छ । बैंकहरुले भदौ २५ गते कार्यालय समय भन्दा १ घन्टा अगाडि शिलबन्दी प्रस्ताव […]

रास्वपाले पठायो मेटा र युट्युबलाई पत्र, राख्याे जिज्ञासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्र
BizKhabar Online » BizKhabar Online

रास्वपाले पठायो मेटा र युट्युबलाई पत्र, राख्याे जिज्ञासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ता प्रक्रियाबारे जिज्ञासा व्यक्त गरेको छ। नेपाल सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालहरू दर्ता नभएको भन्दै सञ्चालनमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएका सञ्जालहरूमध्ये सर्वाधिक प्रयोगकर्ता भएका मेटा र युट्युबलाई रास्वपाले पत्राचार गरी दर्ता प्रक्रियाबारे जानकारी मागेको हो। रास्वपाका सहमहामन्त्री विपीनकुमार […]

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । सन् १९९२ मा युरो मनी […]

काठमाडौंको फोहर व्यवस्थापन थप सकस, ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त गर्न नसक्दा क्षेत
BizKhabar Online » BizKhabar Online

काठमाडौंको फोहर व्यवस्थापन थप सकस, ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप ‘ट्रान्फरस्टेसन’का लागि जग्गा प्राप्त गर्न नसक्दा क्षेत्रगत रूपमा गरिने भनिएको फोहर व्यवस्थापन कार्य अघि बढ्न सकेको छैन । फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन र हाल फोहर व्यवस्थापन भइरहेको बञ्चरेडाँडाको आयु बढाउन फोहर वर्र्गीकरण गर्ने भने पनि हालसम्म उक्त कार्य सुरु हुन नसकेको महानगर वातावरण विभागले जनाएको छ । विभाग […]

सुनको मूल्य २ लाख १० हजार माथि, एकैदिन २५ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य २ लाख १० हजार माथि, एकैदिन २५ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लचख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज […]

निफ्राले गर्यो लाभांश घोषणा, नगदमात्रै दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहर
BizKhabar Online » BizKhabar Online

निफ्राले गर्यो लाभांश घोषणा, नगदमात्रै दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । यस बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस बैंकको भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त […]

अटेर इन्टरनेट सेवाप्रदायक, टेरेनन् मन्त्रिपरिषदकै निर्णय

काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सरकारी निर्देशनको पालनामा अटेर सावि
BizKhabar Online » BizKhabar Online

अटेर इन्टरनेट सेवाप्रदायक, टेरेनन् मन्त्रिपरिषदकै निर्णय

काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सरकारी निर्देशनको पालनामा अटेर सावित भएका छन् । भदौ ११ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुरुप नेपाल दूरसंचार प्राधिकरणले नेपालमा फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्म निष्क्रिय गर्न निर्देशन दिएपनि हालसम्म प्राय इन्टरनेट सेवाप्रदायकले त्यो निर्देशन लत्याएका छन् ।टेलिकम सेवाप्रदायक कम्पनीहरु नेपाल टेलिकम र एनसेलले प्राधिकरणको पत्र पाउनेवित्तीकै आफ्नो सर्भरमा […]

औषधि उद्योगमा उदाउँदै अकोर्ड फर्मास्युटिकल्स, १०४ प्रकारका औषधि बजारमा

काठमाडौं। नेपालमा स्वदेशी औषधि उद्योगको योगदान बढ्दो क्रममा छ। छोटो अवधिमै आफ्नो उपस्थितिलाई मज
BizKhabar Online » BizKhabar Online

औषधि उद्योगमा उदाउँदै अकोर्ड फर्मास्युटिकल्स, १०४ प्रकारका औषधि बजारमा

काठमाडौं। नेपालमा स्वदेशी औषधि उद्योगको योगदान बढ्दो क्रममा छ। छोटो अवधिमै आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफल अकोर्ड फार्मास्युटिकल्स लिमिटेड हाल स्वास्थ्य क्षेत्रमा उल्लेखनीय नाम बनेको छ। आर्थिक वर्ष २०७९÷८० मा ११ करोड रुपैयाँको कारोबारबाट सुरुवात गरेको अकोर्डले २०८१÷८२ सम्म आइपुग्दा कारोबार ३८ करोड २४ लाख पुर्‍याउँदै औषधि बजारमा तीव्र छलाङ मारेको छ। कम्पनीका महाप्रबन्धक रमेशमान […]

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक
BizKhabar Online » BizKhabar Online

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू […]

Get more results via ClueGoal