Nepal



Fury as judge wishes 7/7 bombings mastermind 'all the best' as he prepares to walk free in Britain despite fears he's still a risk

Sir Robert Jay made the comments during a hearing involving Haroon Aswat, 50, who is due to leave a psychiatric hospital and return to live with family in Batley, West Yorkshire.

नख्खु कारागार खाली, रवि लामिछानेसहित सबै कैदी बाहिरिए

काठमाडौं । जेनजी पुस्ताको उग्र प्रदर्शनका कारण ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी बाहिरिए
BizKhabar Online » BizKhabar Online

नख्खु कारागार खाली, रवि लामिछानेसहित सबै कैदी बाहिरिए

काठमाडौं । जेनजी पुस्ताको उग्र प्रदर्शनका कारण ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी बाहिरिएका छन् । प्रदर्शन तीव्र बनेपछि रास्वपा सभापति रवि लामिछानेसहित कैदीहरू कारागारबाट बाहिरिएका हुन् । कारागारबाहिर प्रदर्शनकारीको ठूलो भिड पुग्दा प्रशासन निरीह बनेको थियो । त्यसपछि कैदीहरूले कारागार छाडेका हुन् । ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार हाल नख्खु कारागार पूर्ण रूपमा खाली […]

१० बजेदेखि देशको सुरक्षा सेनाले गर्दै

काठमाडौं । देशभर फैलिएको असामान्य अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना आज राति १० बजेदेखि देशक
BizKhabar Online » BizKhabar Online

१० बजेदेखि देशको सुरक्षा सेनाले गर्दै

काठमाडौं । देशभर फैलिएको असामान्य अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना आज राति १० बजेदेखि देशको सुरक्षाका लागि तैनाथ हुने भएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पु‍र्‍याउने, लुटपाट तथा आगजनी गर्ने गतिविधि बढेको उल्लेख गर्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, […]

चन्द्रागिरी केबलकारको स्टेसनमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले चन्द्रागिरी केबलकारको स्टेसनमा पनि आगजनी गरेका छन् । मंगलबार जेनजी यु
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरी केबलकारको स्टेसनमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले चन्द्रागिरी केबलकारको स्टेसनमा पनि आगजनी गरेका छन् । मंगलबार जेनजी युवाहरुले थानकोटमा रहेको चन्द्रागिरी केबलकारको स्टेसनमा आगजनी गरेका हुन् ।

राष्ट्रपति पौडेलले सबै पक्षलाई वार्तामा बोलाए, संयमता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा बोलाएका छन् । उनले मंगलबार एक अपिल
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलले सबै पक्षलाई वार्तामा बोलाए, संयमता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा बोलाएका छन् । उनले मंगलबार एक अपिल जारी गर्दै सबै पक्षलाई संयमित हुन र वार्तामा आउन आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी

काठमाडौं । जेनजी युवाहरुको समूहले अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी गर
BizKhabar Online » BizKhabar Online

अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी

काठमाडौं । जेनजी युवाहरुको समूहले अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे । त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए । त्यस्तै, युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको […]

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
BizKhabar Online » BizKhabar Online

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछिको परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने जेलमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहक
BizKhabar Online » BizKhabar Online

रास्वपा सभापति रवि लामिछाने जेलमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए । आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आगजनी

काठमाडौं । प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आगजनी गरेका छन् । मंगलब
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आगजनी

काठमाडौं । प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आगजनी गरेका छन् । मंगलबार दिउँसो जेनजी युवाहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तोडफोडपछि आगजनी गरेका हुन् । यसअघि युवाहरुले संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतमा आगजनी गरिसकेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आगजनी

काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।सुरक्षा स्रोतले केह
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति भवन शितल निवासमा आगजनी

काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएकाे छ ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी, ६ वटा गाडी जलाइए

काठमाडौं । प्रदर्शनकारीले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा पनि आग
BizKhabar Online » BizKhabar Online

उपप्रधानमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी, ६ वटा गाडी जलाइए

काठमाडौं । प्रदर्शनकारीले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी गरेका छन् । मंगलबार दिउँसो जेनजी युवाहरुले उपप्रधानमन्त्री सिंहको ठमेल चाक्सीबारीस्थित घरमा आगजनी गरेका हुन् । साथै, प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो मन्त्री पदबाट
BizKhabar Online » BizKhabar Online

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो मन्त्री पदबाट राजीनामा दिएका हुन् । जेनजीहरुको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म […]

देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनि
BizKhabar Online » BizKhabar Online

देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले ‘जेनजी’ समूहले हिजो गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारबाट दमन भएको र अवस्था असहज भएसँगै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ । सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र […]

कांग्रेस महामन्त्री गगन थापाको घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ । जेनजी युवाहरुले
BizKhabar Online » BizKhabar Online

कांग्रेस महामन्त्री गगन थापाको घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ । जेनजी युवाहरुले रातोपुलस्थित थापाको निवासमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार युवाहररुको समूह नेताको निवास तथा दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका छन् ।

बिहानै बूढानीलकण्ठबाट ओलीसँग भेट्न भनेर निस्किएका थिए देउवा, निवासमा आगजनीपछि कहाँ छन् भन्नेमा सबैको चासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए
BizKhabar Online » BizKhabar Online

बिहानै बूढानीलकण्ठबाट ओलीसँग भेट्न भनेर निस्किएका थिए देउवा, निवासमा आगजनीपछि कहाँ छन् भन्नेमा सबैको चासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए । बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । हाल देउवा कहाँ छन् भन्ने खुलेको छैन भने उनी […]

जेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह

काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएक
BizKhabar Online » BizKhabar Online

जेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह

काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका […]

राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली, राष्ट्रलाई सम्बोधन गर्ने कि सोझै राष्ट्रपतिलाई बुझाउने भन्ने दुविधामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीमा दिने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रध
BizKhabar Online » BizKhabar Online

राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली, राष्ट्रलाई सम्बोधन गर्ने कि सोझै राष्ट्रपतिलाई बुझाउने भन्ने दुविधामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीमा दिने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री अहिले राष्ट्रलाई सम्बोधन गर्ने कि सोझै राष्ट्रपतिलाई बुझाउने भन्ने दुविधामा रहेको र आफु निकटहरुसँग परामर्श गरिरहेका छन् । उपत्यकामा जेनजी प्रदर्शन कर्फ्यु लगाउँदा पनि नरोकिएपछि, मन्त्रीमणडलबाट मन्त्रीहरुले धमाधम राजीनामा घोषणा गर्न थालेपछि र आक्रोश बढ्दै नेताहरुको घर घरसम्म आक्रमण हुन […]

कांग्रेस सभापति देउवाको घरमा आगजनी, कहाँ छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख
BizKhabar Online » BizKhabar Online

कांग्रेस सभापति देउवाको घरमा आगजनी, कहाँ छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शनकारीले आगो लगाए

काठमाडौं । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दलका रुपम
BizKhabar Online » BizKhabar Online

एमाले केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शनकारीले आगो लगाए

काठमाडौं । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दलका रुपमा ररहेको एमालेको पार्टी कार्यालय अघि टायार बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् । सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ । त्यसक्रममा प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यायल च्यासलमा आगजनी गरेका […]

काठमाडौँमा रगतको अभाव, झापाबाट ल्याइयो ७१ पाउण्ड रगत

काठमाडौँ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड र
BizKhabar Online » BizKhabar Online

काठमाडौँमा रगतको अभाव, झापाबाट ल्याइयो ७१ पाउण्ड रगत

काठमाडौँ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७:१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेन जेड’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका […]

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो, अधिकांश छुर्पी अमेरिका निर्यात

काठमाडौँ । यस वर्ष बागलुङबाट रु. ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बि
BizKhabar Online » BizKhabar Online

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो, अधिकांश छुर्पी अमेरिका निर्यात

काठमाडौँ । यस वर्ष बागलुङबाट रु. ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले आर्थिक वर्ष २०८१/८२ मा रु. ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको संघका अध्यक्ष दीपक गौतमले बताए । अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने […]

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु, यस्तो छ आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । अर्
BizKhabar Online » BizKhabar Online

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु, यस्तो छ आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको छ ।

आज सेयर कारोबार बन्द हुने, सूचना निकाल्दै नेप्से

काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएकोे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार जेनजी आन्दोल
BizKhabar Online » BizKhabar Online

आज सेयर कारोबार बन्द हुने, सूचना निकाल्दै नेप्से

काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएकोे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार जेनजी आन्दोलपछि देखिएको विषम परिस्थितिका कारण आज सेयर बजार बन्द गर्ने निर्णय गरेको हो । हिजोको आन्दोलनमा ठूलो मानवीय क्षति भएसँगै देशभर शोकको माहोल छ भने उपत्यकाका तीनै शहरमा कर्फ्यु जारी भएको छ । यस्तो अवस्थामा नेप्से बन्द गरिन […]

ललितपुरका विभिन्न तीन क्षेत्रमा कर्फ्यू, आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यू आदेश (सूचनासहित)

काठमाडौँ । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आद
BizKhabar Online » BizKhabar Online

ललितपुरका विभिन्न तीन क्षेत्रमा कर्फ्यू, आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यू आदेश (सूचनासहित)

काठमाडौँ । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । कफ्र्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र […]

जेनजी आन्दोलनमा ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोम
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने ४०० बढी घाइेत भएका छन् । […]

व्यापार वृद्धिमा चीनको अग्रसरता, विश्व बजारमा सशक्त उपस्थिति

काठमाडौं । चीनको अगस्ट महिनाको निर्यात वार्षिक आधारमा ४.४ प्रतिशतले वृद्धि भए पनि यो वृद्धि आर्थि
BizKhabar Online » BizKhabar Online

व्यापार वृद्धिमा चीनको अग्रसरता, विश्व बजारमा सशक्त उपस्थिति

काठमाडौं । चीनको अगस्ट महिनाको निर्यात वार्षिक आधारमा ४.४ प्रतिशतले वृद्धि भए पनि यो वृद्धि आर्थिक विश्लेषकहरूले गरेका पूर्वानुमानभन्दा कम भएको देखिएको छ । अमेरिकातर्फको निर्यात घटे पनि दक्षिणपूर्वी एसिया र युरोपतर्फको निर्यातमा उल्लेखनीय सुधार देखिएको छ । यस वर्ष चीन र अमेरिकाबीचको व्यापार सम्बन्धमा चर्को उतारचढाव आएको छ, जसअन्तर्गत दुबै देशले एकअर्काको वस्तुहरूमा उच्च […]

जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर ७ जनाको मृत्यु भएको छ । प
BizKhabar Online » BizKhabar Online

जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै, मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर ७ जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर संसद् भवन गेटमै एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, बानेश्वरको सिभिल हस्पिटलमा उपचाररत २ जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइते ४ जना गरी ७ जनाको मृत्यु भएको हो ।

जेन–जी आन्दोलनमा हिंसा भड्किँदा पाँच सहरमा कर्फ्यू, मृतककाे संख्या १७ पुग्याे

काठमाडौं । भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएका जेन–जी समूहका युवाहरू र सुरक्षाकर्
BizKhabar Online » BizKhabar Online

जेन–जी आन्दोलनमा हिंसा भड्किँदा पाँच सहरमा कर्फ्यू, मृतककाे संख्या १७ पुग्याे

काठमाडौं । भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएका जेन–जी समूहका युवाहरू र सुरक्षाकर्मीबीचको झडप चर्किएपछि स्थानीय प्रशासनले विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार काठमाडौंमा भएको प्रदर्शनमा १७ जनाभन्दा बढीको मृत्यु भएको र २ सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। काठमाडौं उपत्यकासहित झापाको दमकमा अश्रुग्याँस प्रहार गरिएको छ भने केही क्षेत्रमा गोलीसमेत चलाइएको छ। […]

काठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटायो, मेयर शाहले गरे उपचार खर्च बेहोर्ने घोषणा

काठमाडौं। जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उद्धार गर्न काठमाडौँ महानगरपालिकाले १५ वट
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटायो, मेयर शाहले गरे उपचार खर्च बेहोर्ने घोषणा

काठमाडौं। जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उद्धार गर्न काठमाडौँ महानगरपालिकाले १५ वटा एम्बुलेन्स परिचालन गरेको छ। कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार घाइतेलाई छिटो अस्पताल पुर्याउन एम्बुलेन्ससँगै नगर प्रहरीसमेत खटाइएको छ। आजको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहार र लाठीचार्जपछि केही प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। घाइतेहरूको उपचार सिभिल अस्पताल, ट्रमा सेन्टर, […]

जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं । आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहे
BizKhabar Online » BizKhabar Online

जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं । आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको छ । जसका लागि अवस्था हेरेर सुरक्षाकर्मीहरु तैनाथ गरिने बोहराले नेपाल न्यु बैंकलाई […]

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित, प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित, प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (ल्ब्क्–क्ष्त्) ले गम्भीर चासो व्यक्त गरेको छ । NAS–IT का अनुसार यस्ता प्रतिबन्धले नेपालको आईटी उद्योग, सेवा प्रवाह, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पारेको छ । सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा संगठनले भनिएको […]

सरकारले चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गर्ने, उपभोक्ताको गुनासो तत्काल सम्बोधन

काठमाडौँ । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने
BizKhabar Online » BizKhabar Online

सरकारले चाडपर्वको समयमा उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गर्ने, उपभोक्ताको गुनासो तत्काल सम्बोधन

काठमाडौँ । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१ औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । […]

वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकैदिन साढे २ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप राष्ट्र बैंकम
BizKhabar Online » BizKhabar Online

वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकैदिन साढे २ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण अन्तर्गत आइतबार उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । आइतबार बैंकहरुले २ खर्ब ४८ अर्ब ६० करोड एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत […]

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार, थोरै लगानीमा धेरै उत्पादन

काठमाडौँ । कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज
BizKhabar Online » BizKhabar Online

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार, थोरै लगानीमा धेरै उत्पादन

काठमाडौँ । कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो । यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ […]

ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो, कति हुनसक्छ उत्पादन ?

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका ल
BizKhabar Online » BizKhabar Online

ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो, कति हुनसक्छ उत्पादन ?

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास […]

एभरेष्ट बैंकको सीईओमा दोहोरिए खालिङ, ४ वर्ष कार्यकाल थप

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ दोहोरिएका छन् । खालिङलाई आ
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको सीईओमा दोहोरिए खालिङ, ४ वर्ष कार्यकाल थप

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ दोहोरिएका छन् । खालिङलाई आगामी ४ वर्षका लागि पुनः नियुक्त गरिएको हो । बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको ४ वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदैछ । उनी अहिलेको कार्यकाल सकिएको भोलिपल्ट […]

Get more results via ClueGoal