Nepal



13-year-old boy reported missing in Hougang; police appeal for information

The police are appealing for information on the whereabouts of a 13-year-old boy, Riril Firdaus, who was last seen on Monday (Sept 8) at around 5pm in the vicinity of Lorong Napiri.Lorong Napiri is a street in Hougang.Checks online show that Bowen Secondary S

यस वर्षको दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ ग
BizKhabar Online » BizKhabar Online

यस वर्षको दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ। समितिका अनुसार २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुनेछ। सोही दिन घटस्थापना पर्छ। घटस्थापनाको लागि बिहान ९ बजेर १३ मिनेटको साइत उत्तम रहेको समितिले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ।

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन

काठमाडौं । गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षत
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन

काठमाडौं । गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षतिलाई सम्बोधन गर्न अर्थमन्त्री रामेश्वर खनालले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग अर्थ मन्त्रालयमा छलफल तथा अन्तरक्रिया गरेका छन्। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी तथा भाटभटेनी समूहसहितका उद्योगी व्यवसायीहरूको […]

नेपालमा नोटबन्दी किन गर्नुहुँदैन ? यस्तो छ अर्थविद् गौचनको भनाई

काठमाडौं । नेपालमा हाल सामाजिक सञ्जालहरूमा ५०० र १००० रुपैयाँका नोटहरूको नोटबन्दी (डेमोनेटाइजेस
BizKhabar Online » BizKhabar Online

नेपालमा नोटबन्दी किन गर्नुहुँदैन ? यस्तो छ अर्थविद् गौचनको भनाई

काठमाडौं । नेपालमा हाल सामाजिक सञ्जालहरूमा ५०० र १००० रुपैयाँका नोटहरूको नोटबन्दी (डेमोनेटाइजेसन) गर्नुपर्ने आवाजहरू उठिरहेका छन्। केही नेताहरूको घरमा ठूलो मात्रामा नोट जलेको अवस्थामा फेला परेपछि यो बहसले तीव्रता पाएको छ। तर, अर्थविद् विश्वास गौचनले नोटबन्दीको पक्षमा उठेका यी धारणाहरूलाई अस्वीकार गर्दै यो कदम नेपालका लागि अनुपयुक्त र असफल हुने दाबी गरेका छन्। गौचनले […]

घटस्थापनादेखि दशैं लक्षित देशभर रुट परमिट खुला, ठूला सवारीमा आंशिक प्रतिबन्ध

काठमाडौं । दशैंको यात्रालाई सहज बनाउन सरकारले घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट
BizKhabar Online » BizKhabar Online

घटस्थापनादेखि दशैं लक्षित देशभर रुट परमिट खुला, ठूला सवारीमा आंशिक प्रतिबन्ध

काठमाडौं । दशैंको यात्रालाई सहज बनाउन सरकारले घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले यस्तो जानकारी दिएको हो । विभागका अनुसार कुनै विशेष कारणले प्रतिबन्धित मार्गमा भने निषेध कायम रहनेछ । साथै, मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि […]

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालक
BizKhabar Online » BizKhabar Online

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

साउनमै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स, गत बर्षभन्दा २९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालमा १ खर्ब ७७ अर्ब बढी रेमिट्यान्स भ
BizKhabar Online » BizKhabar Online

साउनमै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स, गत बर्षभन्दा २९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालमा १ खर्ब ७७ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आवको पहिलो महिनाका मासिक विवरण सार्वजनिक गर्दै गत आवको सोही अवधिको तुलनामा चालु आवको साउनमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको भित्रिएको […]

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा
BizKhabar Online » BizKhabar Online

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा संचिति रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांकलाई आधार मान्दा गत आवको अन्तिम महिना असार मसान्तसम्म २६ खर्ब ७७अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति एक महिनामै ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तसम्म […]

कार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबु
BizKhabar Online » BizKhabar Online

कार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आयोगको संरचना र सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। ‘जुन जनधनको क्षति भयो, ज्यादती भयो, यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन […]

सेयर कर्जाको माग बढ्यो, एक महिनामै पौने ४ अर्ब कर्जा प्रवाह

काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर
BizKhabar Online » BizKhabar Online

सेयर कर्जाको माग बढ्यो, एक महिनामै पौने ४ अर्ब कर्जा प्रवाह

काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर्थिक वर्ष वर्षको साउन महिनामा मात्रै पौने ४ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउन मसान्तसम्म १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा […]

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै

काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको ब
BizKhabar Online » BizKhabar Online

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै

काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको बाक्लो भडि लागेको छ । पछिल्लो समय सृजना भएको विषम परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय मातहतका कलेजहरु र धेरैजसो विद्यालयहरु बन्द हुँदा दशैं आउनु आधा महिना अघि नै बसपार्कमा काठमाडौं छोड्नेको भीड लागेको हो । पछिल्ला करिव ४ दिनदेखि काठमाडौंको नयाँ बसपार्कमा हरेकदिन […]

नवनियुक्त गृह मन्त्री अर्यालले पूरानो परराष्ट्रको भवनबाट सम्हाल्नेछन् गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गृह मन्त्री अर्यालले पूरानो परराष्ट्रको भवनबाट सम्हाल्नेछन् गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो । हाल पुरानो […]

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आई
BizKhabar Online » BizKhabar Online

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार ५ सय […]

श्रीनगर एग्रोटेकको आईपीओ, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने म्याद भोलिसम्म थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाक
BizKhabar Online » BizKhabar Online

श्रीनगर एग्रोटेकको आईपीओ, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने म्याद भोलिसम्म थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड […]

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलन
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् । गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र […]

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आ
BizKhabar Online » BizKhabar Online

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि आयोजना हुनेछ। अहिले टेन्ट राख्ने काम भइरहेको छ। गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। स्रोतका अनुसार, […]

अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने

काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामे
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने

काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत कुनै पनि सरकारी सुविधा नलिने शर्त राखेर मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो, ‘तलबसहित अरू कुनै सुविधा लिँदिनँ र नामका अगाडि ‘माननीय’ […]

अर्थ मन्त्रीमा रामेश्वर खनालसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रीमा रामेश्वर खनालसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका […]

इतिहास बोकेर फेरि उभिनेछ आगजनीले खण्डहर बनेको सिंहदरबार !

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर, पनि शिरमा फहराइरह
BizKhabar Online » BizKhabar Online

इतिहास बोकेर फेरि उभिनेछ आगजनीले खण्डहर बनेको सिंहदरबार !

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर, पनि शिरमा फहराइरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिन्थे । तर, पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि […]

कसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको ग
BizKhabar Online » BizKhabar Online

कसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ। कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह […]

एनसेलको प्रतिज्ञा : हामी फेरि उठ्नेछौं, तपाईंहरूसँगै, नेपालकै लागि

काठमाडौं । हालैको आन्दोलन र तोडफोडका घटनाले गम्भीर क्षति बेहोरेको एनसेल नेपालले आफ्नो सेवाप्रति
BizKhabar Online » BizKhabar Online

एनसेलको प्रतिज्ञा : हामी फेरि उठ्नेछौं, तपाईंहरूसँगै, नेपालकै लागि

काठमाडौं । हालैको आन्दोलन र तोडफोडका घटनाले गम्भीर क्षति बेहोरेको एनसेल नेपालले आफ्नो सेवाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर असर परेको जनाएको छ । तर यी चुनौतीहरूका […]

सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ आजदेखि खुला, यसरी गर्नुस आवेदन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज भदौ २५३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बि
BizKhabar Online » BizKhabar Online

सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ आजदेखि खुला, यसरी गर्नुस आवेदन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज भदौ २५३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ […]

२५ लाख बढीको आवेदन परेको बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँड, २० लाख बढीको हात रित्तो हुने

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको ब
BizKhabar Online » BizKhabar Online

२५ लाख बढीको आवेदन परेको बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँड, २० लाख बढीको हात रित्तो हुने

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँड गरिने भएको हो । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख […]

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी, कहाँ कति क्षति ?

काठमाडौं । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगा
BizKhabar Online » BizKhabar Online

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी, कहाँ कति क्षति ?

काठमाडौं । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आईतबार मन्त्रालयमा बसेको बैठकले गत मङ्गबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० […]

बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल, तिव्र भुक्तानीको बन्दोवस्त गर्नुपर्नेमा जोड

काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेप
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल, तिव्र भुक्तानीको बन्दोवस्त गर्नुपर्नेमा जोड

काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेपाल बीमा प्राधिकरणले आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुखहरूले साना बीमा दाबी तत्कालै भुक्तानी गर्न सकिने भए पनि ठूलो दाबी भुक्तानीमा पुनर्बीमकले अग्रिम रकम उपलब्ध गराउनुपर्ने र […]

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्
BizKhabar Online » BizKhabar Online

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्छ। देशभर सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारका लागि कानुनी सल्लाह प्रदान गर्ने यस उच्च पदमा ७३ वर्षको इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। र, ३१ औँ महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त भएकी छन्। वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी […]

कार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंग
BizKhabar Online » BizKhabar Online

कार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल, गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ। अर्यालले गृहमन्त्रालयका साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन्। यस्तै, घिसिङलाई ऊर्जा मन्त्रालयका अतिरिक्त भौतिक पूर्वाधार […]

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि स्थगित, तोडफोडले उपकरण क्षतिग्रस्त

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ तथा वितरण सेवा अनिश्च
BizKhabar Online » BizKhabar Online

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि स्थगित, तोडफोडले उपकरण क्षतिग्रस्त

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ तथा वितरण सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। आइतबार जारी गरिएको सूचनामा विभागले अर्को सूचना नआएसम्म लाइसेन्स छपाइ, वितरण तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने स्पष्ट पारेको छ। विभागको विज्ञप्तिमा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध […]

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन ए
BizKhabar Online » BizKhabar Online

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छबुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार […]

मेड्रिड व्यापार वार्ताअघि चीनको एक्सन, अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै अनुसन्धान सुरु

काठमाडौँ । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विष
BizKhabar Online » BizKhabar Online

मेड्रिड व्यापार वार्ताअघि चीनको एक्सन, अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै अनुसन्धान सुरु

काठमाडौँ । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र […]

सरकारी भुक्तानी प्रणाली सञ्चालनमा, कर्मचारीले समयमै तलभब भत्ता पाउने

काठमाडौं । सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा
BizKhabar Online » BizKhabar Online

सरकारी भुक्तानी प्रणाली सञ्चालनमा, कर्मचारीले समयमै तलभब भत्ता पाउने

काठमाडौं । सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयले आजैदेखि भुक्तानी दिने काम सुचारु गरेको बिजखबरलाई जानकारी दिए । उनले कर्मचारीले समयमै तलभब भत्ता पाउने बताए । ‘सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरु गर्नेछ’ उनले भने । योसँगै दशैं अगाडि नै कर्मचारीहरुले तलब–भत्ता पाउने भएका छन् । […]

सुमना श्रेष्ठले छोडिन रास्वपा, भनिन-अब मनलाग्दी गर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्व
BizKhabar Online » BizKhabar Online

सुमना श्रेष्ठले छोडिन रास्वपा, भनिन-अब मनलाग्दी गर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

प्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजनीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । पद तथा गोपनीयताको सपथ लिँदै प्रधानमन्त्री कार्की जेनजीको नाममा भएको आगजनी र तोडफोडले देशलाई ठूलो क्षति पुर्‍याएको बताएकी हुन् । “जेनजीको आगजनी र तोडफोडबाट हामी शून्यमा पुगेका छौं,” उनले भनिन्, “कार्यालयका महत्त्वपूर्ण फाइलहरू जलेर […]

अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ : मनोरोग विशेषज्ञ डा. रिमाल

काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअ
BizKhabar Online » BizKhabar Online

अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ : मनोरोग विशेषज्ञ डा. रिमाल

काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक […]

जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभ
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ । त्यस्तै […]

Get more results via ClueGoal