Nepal



नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीले लिइन सपथ

काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताक
BizKhabar Online » BizKhabar Online

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीले लिइन सपथ

काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ लाई आधार मानी उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न नियुक्त गरेका हुन्। कार्कीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । जेन–जीको मागअनुसार अन्तरिम सरकारको व्यवस्था गर्ने क्रममा कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको […]

आगामी ६ महिनाभित्र नयाँ निर्वाचन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधान
BizKhabar Online » BizKhabar Online

आगामी ६ महिनाभित्र नयाँ निर्वाचन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्। उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ गठित सरकारले फागुन महिनाभित्रै नयाँ जनादेशका लागि निर्वाचन गराउनुपर्नेछ। यसै उद्देश्यका लागि कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ। यससँगै नेपालको नेतृत्व पहिलोपटक महिलाले सम्हाल्ने भएको छ […]

माओवादी केन्द्रले भन्यो : संसद विघटनप्रति गम्भिर असहमति छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने न
BizKhabar Online » BizKhabar Online

माओवादी केन्द्रले भन्यो : संसद विघटनप्रति गम्भिर असहमति छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएका छन् । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति […]

प्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा खटाइए

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा प्रहरी न
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा खटाइए

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान थापा खटाइएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई जिम्मेवारी दिने निर्णय गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको मागअनुसार संविधानको धारा ६१ को व्यवस्था प्रयोग गर्दै कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। उनले शितल निवासमा पद […]

नयाँ प्रधानमन्त्री कार्कीको आजै शपथ, संसद विघटनको सहमति

काठमाडौं । अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छिन् । राष्ट्रप
BizKhabar Online » BizKhabar Online

नयाँ प्रधानमन्त्री कार्कीको आजै शपथ, संसद विघटनको सहमति

काठमाडौं । अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छिन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने भएका छन् । कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ । त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ । […]

कार्कीसँगै तीन मन्त्रीले पनि शपथ लिँदै, फागुन २१ गते आम निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति
BizKhabar Online » BizKhabar Online

कार्कीसँगै तीन मन्त्रीले पनि शपथ लिँदै, फागुन २१ गते आम निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भएको भएको छ । यस्तै फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको स्रोतले बताएकोे छ। स्रोतका अनुसार आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको छ । तर यसबारेमा औपचारिक निर्णय नभएको […]

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्ण : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्ण : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन्। शीतल निवासमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ। उक्त सहमतिलाई महासचिव पोखरेलले विडम्बनापूर्ण भनेका हुन्। ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं […]

फेरि कारागार नै फर्किने भए रवि लामिछाने, कारागार प्रमुखसँग सहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी प्रक्रिया पूरा गरे
BizKhabar Online » BizKhabar Online

फेरि कारागार नै फर्किने भए रवि लामिछाने, कारागार प्रमुखसँग सहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी प्रक्रिया पूरा गरेर कारागार फर्कन सहमत भएका छन् । शुक्रबार अपरान्ह कार्यवाहक सभापति डिपी अर्याल, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्तापछि यस्तो सहमति बनेको हो । भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले भने, ‘प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी खबर गरेपश्चात अध्यक्षज्यू […]

असोज २ गतेसम्म सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दोस्रो बजार कारोबार अस्थायी रूपमा स्थगित गर्न
BizKhabar Online » BizKhabar Online

असोज २ गतेसम्म सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दोस्रो बजार कारोबार अस्थायी रूपमा स्थगित गर्ने भएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० र ९१ बमोजिम तथा नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि नेप्सेले मिति २०८२ भदौ २९ गतेदेखि असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय गरेको हो। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले शुक्रबार जारी गरेको […]

प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो, गोपनियता कायम राखिने

काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्
BizKhabar Online » BizKhabar Online

प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो, गोपनियता कायम राखिने

काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरु उपलब्ध गराउन माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास र्सिजना हुने किसिमका […]

आपूर्ति शृंखला खल्बलिन नदिन निकासी पैठारी संघको आग्रह, अत्यावश्यक वस्तु सहज आपूर्तिका लागि आह्वान

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले हालैका आन्दोलनका क्रममा भएको अकल्पनीय जनधनको क्ष
BizKhabar Online » BizKhabar Online

आपूर्ति शृंखला खल्बलिन नदिन निकासी पैठारी संघको आग्रह, अत्यावश्यक वस्तु सहज आपूर्तिका लागि आह्वान

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले हालैका आन्दोलनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । संघले आन्दोलनमा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा भएका तोडफोड र आगजनी घटनाले निजी क्षेत्र भयभीत भएको भन्दै यसले दीर्घकालमा स्वदेशी तथा विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा […]

गभर्नर पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग गरे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्
BizKhabar Online » BizKhabar Online

गभर्नर पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग गरे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । उनले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । जेनजीको आन्दोलनका कारण उद्योग व्यवसायमा परेको असर र बैंक तथा वित्तीय संस्था कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले छलफल गरेका हुन् । […]

जेनजी प्रदर्शन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर : अर्थविद्हरु

काठमाडौं । जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा ठूलो क्षति बेहोरे पनि अर्थतन्त्रका लागि नय
BizKhabar Online » BizKhabar Online

जेनजी प्रदर्शन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर : अर्थविद्हरु

काठमाडौं । जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा ठूलो क्षति बेहोरे पनि अर्थतन्त्रका लागि नयाँ अवसर समेत सिर्जना भएको अर्थविद्हरूले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा पूर्वअर्थसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा. समर खतिवडाले जेनजी आन्दोलनलाई सुधारको मोडको रुपमा लिनुपर्नेमा […]

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्याे

काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै गएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्याे

काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै गएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्मका घटनामा तीन प्रहरी र एक भारतीय महिलासहित ५१ जनाको ज्यान गएको जानकारी दिए । आन्दोलन तीव्र बन्दै गएसँगै मृतक संख्या अझै बढ्न सक्ने आशंका सुरक्षा निकायले गरेको छ ।

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ । आयोगले आ
BizKhabar Online » BizKhabar Online

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ । आयोगले आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ । ‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, […]

संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं : सभामुख र राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार अघि
BizKhabar Online » BizKhabar Online

संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं : सभामुख र राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको उनीहरुले उल्लेख गरेका हुन् । देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै […]

सुनको मूल्यमा १६ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा १६ सयको वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० […]

आज बैंकका यी शाखा खुला रहने, कुन बैंकका शाखा कति बजेसम्म खुल्छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा हिजो बिहीबारदेखि वाणिज्य बैंकका आंशिक शाखाहरु खुला भएका छन् । बैं
BizKhabar Online » BizKhabar Online

आज बैंकका यी शाखा खुला रहने, कुन बैंकका शाखा कति बजेसम्म खुल्छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा हिजो बिहीबारदेखि वाणिज्य बैंकका आंशिक शाखाहरु खुला भएका छन् । बैंकर्स संघले आंशिक शाखा खुला राख्ने निर्णय गरेसँगै बैंकका केही शाखा खुला भएका छन् । बैंकहरुले सीमित शाखा सीमित अवधिका लागि मात्रै खुला गर्ने निर्णय गरेका छन् । योसँगै बैंकहरुले आफ्नो वेवसाइट तथा समाजिक संजालमार्फ आज शुक्रबार कुन बैंकको कुनकुन शाखा […]

व्यवसायको सुरक्षासँगै अर्थतन्त्रलाई चलायमान बनाऔं : महासंघ

काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्
BizKhabar Online » BizKhabar Online

व्यवसायको सुरक्षासँगै अर्थतन्त्रलाई चलायमान बनाऔं : महासंघ

काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख प्रकट गरेको छ। आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोगजस्ता विषयमा […]

जेनजी आन्दोलनले होटल क्षेत्रमा २५ अर्ब बढीको क्षति, दुई दर्जन होटलमा तोडफोड

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर दुई दर्जनभन्दा बढी होटेलमा ठूलो क्षति पुगेको होटेल संघ न
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनले होटल क्षेत्रमा २५ अर्ब बढीको क्षति, दुई दर्जन होटलमा तोडफोड

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर दुई दर्जनभन्दा बढी होटेलमा ठूलो क्षति पुगेको होटेल संघ नेपालले जनाएको छ। संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा रहेका स्वदेशी र विदेशी ब्रान्डका प्रतिष्ठित होटेल तोडफोड, आगजनी र लुटपाटको चपेटामा परेका छन्। काठमाडौंस्थित हिल्टन होटेलमा मात्र आठ अर्ब रुपैयाँभन्दा बढीको […]

नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्, हामी अझै सशक्त भएर उठ्नेछौं : शेखर गोल्छा

काठमाडौं । गोल्छा अर्गनाइजेसनका कार्यकारी अध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित
BizKhabar Online » BizKhabar Online

नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्, हामी अझै सशक्त भएर उठ्नेछौं : शेखर गोल्छा

काठमाडौं । गोल्छा अर्गनाइजेसनका कार्यकारी अध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्ने आकांक्षा व्यक्त गरेका छन् । हालै केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफ्नै परिवार पनि प्रभावित भएको स्मरण गर्दै उनले आफू र आफ्नो परिवार निराश वा विचलित नभएको बताएका छन् । गोल्छाले भनेका छन्, ‘आजको सुनौलो […]

झुट्टा प्रचारमा नपर्न सेनाको आग्रह, आधिकारिक सूचना मात्र विश्वास गर्न अनुरोध

काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमार्फत हालै सेनासम्बन्धी फैलाइएका हल्ला र भ्रामक प्रचार
BizKhabar Online » BizKhabar Online

झुट्टा प्रचारमा नपर्न सेनाको आग्रह, आधिकारिक सूचना मात्र विश्वास गर्न अनुरोध

काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमार्फत हालै सेनासम्बन्धी फैलाइएका हल्ला र भ्रामक प्रचारप्रति आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। शुक्रबार बिहान जारी गरिएको विज्ञप्तिमा सेनाले स्पष्ट पारेको छ कि विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सार्वजनिक भइरहेका छन् तर सेनाले आफ्ना गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र […]

काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कर्फ्यु जारी, सर्वसाधारणको सहजताका लागि बिहान र बेलुकी छुट

काठमाडौं । नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जि
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कर्फ्यु जारी, सर्वसाधारणको सहजताका लागि बिहान र बेलुकी छुट

काठमाडौं । नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा र कफ्र्यू आदेशलाई निरन्तरता दिने भएको छ । एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । यस्तै बेलुकी ७ बजे देखि भाद्र २८ गते विहान ६ बजे […]

अन्तरिम सरकार गठनबारे आज पनि निर्णायक छलफल,  सुशीला कार्कीको नेतृत्वमा सहमति नजिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबा
BizKhabar Online » BizKhabar Online

अन्तरिम सरकार गठनबारे आज पनि निर्णायक छलफल,  सुशीला कार्कीको नेतृत्वमा सहमति नजिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर लामो बैठक गरेका थिए। तर संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नजुटेपछि छलफल निष्कर्षमा पुग्न सकेन । आज […]

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखा
BizKhabar Online » BizKhabar Online

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी […]

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने

काठमाडौं । आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधी
BizKhabar Online » BizKhabar Online

आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने

काठमाडौं । आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौं । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोल
BizKhabar Online » BizKhabar Online

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौं । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोले आज यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयका कर्मचारी सागर अधिकारीले भने, ‘पोखराबाट यस मार्ग हुँदै मोटरसाइकलमा लमजुङ बेँसीसहर आउँदै थिए, तर […]

युवा संगठनहरूद्वारा संयुक्त वक्तव्य जारी, आन्दोलनको नाममा हिंसा गर्नेमाथि कडा कारबाहीको माग

काठमाडौं । हालै जेन जीको आह्वानमा भएको आन्दोलनका क्रममा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
BizKhabar Online » BizKhabar Online

युवा संगठनहरूद्वारा संयुक्त वक्तव्य जारी, आन्दोलनको नाममा हिंसा गर्नेमाथि कडा कारबाहीको माग

काठमाडौं । हालै जेन जीको आह्वानमा भएको आन्दोलनका क्रममा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएपछि प्रमुख युवा संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै गहिरो दुख प्रकट गरेका छन् । नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसीएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघले संयुक्त वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण […]

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग, यस्तो छ विज्ञप्ति

काठमाडौं । पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबा
BizKhabar Online » BizKhabar Online

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग, यस्तो छ विज्ञप्ति

काठमाडौं । पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्न माग गरेका छन् । संगठनहरुले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बजार केही समयका लागि बन्द गर्ने अनुरोध गरेका हुन् । ‘यही विषम परिस्थितिलाई मध्यनजर गर्दै आम लगानीकर्ताहरुको भावना र पूँजीबजारको बृहत्तर हितका लागि यो पत्र लेख्न हामी बाध्य भएका […]

संवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निका
BizKhabar Online » BizKhabar Online

संवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निकास खोज्न सबै पक्षलाई अपिल गरेका छन् । बुधबार जारी वक्तव्यमा उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर विचार–विमर्श र प्रयास भइरहेको बताएका छन् । राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानतर्फ सरकार लागिपरेको विश्वास दिलाए । उनले संयमित […]

बालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले ब
BizKhabar Online » BizKhabar Online

बालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले बालेनमाथि संकटको बेलामा लुकेको र सडकमा आउन नसक्ने डरपोकको आरोप लगाएका छन् । जेनजीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्कपनि काठमाडौं आएका छन् । उनले हिजो जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट […]

हालैको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति चेम्बरद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति
BizKhabar Online » BizKhabar Online

हालैको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति चेम्बरद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आन्दोलनका क्रममा औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भिर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान […]

सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख
BizKhabar Online » BizKhabar Online

सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट आवश्यकताअनुसार आवतजावतमा छुट दिन थालेसँगै अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु सञ्चालन भएका छन् ।  जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ […]

जेनजी प्रर्दशनमा लुटिएका हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक सा
BizKhabar Online » BizKhabar Online

जेनजी प्रर्दशनमा लुटिएका हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले आफुले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ । साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ ।

Get more results via ClueGoal