काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् । आज बिहानदेखि नै पूरानो […]
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरु, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो । अहिले यी निकायहरुले क्षतिको विवरण सङ्कलन गर्ने र क्रमशः सेवा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् । राष्ट्रपति […]
काठमाडौं । २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो । २०२५ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गर्दा उनी १६ बर्षकी मात्र थिएन् । एसएलसीपछि उनी महेन्द्र मोरङ क्याम्पसमा प्रवीणता प्रमाण पत्र तह(आइए)मा भर्ना भएकी थिइन् । आइए पढ्दा खुल्ला राजनीतिको केन्द्र मानिने महेन्द्र मोरङमा विद्यार्थी राजनीतिमा लागेर […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाएको छ । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै […]
काठमाडौं । सबैमा नमस्कार, जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिउँ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही […]
काठमाडौँ । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो […]
काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । मोदीले शनिबार सामाजिक सञ्जालमार्फत नेपाली भाषामै बधाई दिदै भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नु भएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति […]
काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते […]
काठमाडौँ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ । साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ७.४ रेक्टर स्केल र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ । यो […]
काठमाडौं । सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ । कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनः प्रभावित भएको छ । जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन् । चाडपर्वको मौसम घुमघामका लागि उपयुक्त हुने भएकाले हिमाल चढ्न र ट्रेकिङमा जाने विदेशी […]
काठमाडौँ । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न […]
काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनले वर्तमान संसद विघटन गरेका हुन् ।शुक्रबार राति नै प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय लिएकी थिइन्। राष्ट्रपति कार्यालयका अनुसार संसद विघटन गर्ने विषयमा राष्ट्रपतिसहित प्रमुख राजनीतिक पक्षहरूबीच पूर्व सहमति भएको थियो। […]
काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ लाई आधार मानी उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न नियुक्त गरेका हुन्। कार्कीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । जेन–जीको मागअनुसार अन्तरिम सरकारको व्यवस्था गर्ने क्रममा कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्। उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ गठित सरकारले फागुन महिनाभित्रै नयाँ जनादेशका लागि निर्वाचन गराउनुपर्नेछ। यसै उद्देश्यका लागि कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ। यससँगै नेपालको नेतृत्व पहिलोपटक महिलाले सम्हाल्ने भएको छ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएका छन् । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति […]
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान थापा खटाइएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई जिम्मेवारी दिने निर्णय गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको मागअनुसार संविधानको धारा ६१ को व्यवस्था प्रयोग गर्दै कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। उनले शितल निवासमा पद […]
काठमाडौं । अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएकी छिन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने भएका छन् । कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ । त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ । […]
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भएको भएको छ । यस्तै फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको स्रोतले बताएकोे छ। स्रोतका अनुसार आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको छ । तर यसबारेमा औपचारिक निर्णय नभएको […]
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन्। शीतल निवासमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ। उक्त सहमतिलाई महासचिव पोखरेलले विडम्बनापूर्ण भनेका हुन्। ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी प्रक्रिया पूरा गरेर कारागार फर्कन सहमत भएका छन् । शुक्रबार अपरान्ह कार्यवाहक सभापति डिपी अर्याल, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्तापछि यस्तो सहमति बनेको हो । भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले भने, ‘प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी खबर गरेपश्चात अध्यक्षज्यू […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दोस्रो बजार कारोबार अस्थायी रूपमा स्थगित गर्ने भएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० र ९१ बमोजिम तथा नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि नेप्सेले मिति २०८२ भदौ २९ गतेदेखि असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय गरेको हो। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले शुक्रबार जारी गरेको […]
काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरु उपलब्ध गराउन माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास र्सिजना हुने किसिमका […]
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले हालैका आन्दोलनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । संघले आन्दोलनमा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा भएका तोडफोड र आगजनी घटनाले निजी क्षेत्र भयभीत भएको भन्दै यसले दीर्घकालमा स्वदेशी तथा विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । उनले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । जेनजीको आन्दोलनका कारण उद्योग व्यवसायमा परेको असर र बैंक तथा वित्तीय संस्था कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले छलफल गरेका हुन् । […]
काठमाडौं । जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा ठूलो क्षति बेहोरे पनि अर्थतन्त्रका लागि नयाँ अवसर समेत सिर्जना भएको अर्थविद्हरूले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा पूर्वअर्थसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा. समर खतिवडाले जेनजी आन्दोलनलाई सुधारको मोडको रुपमा लिनुपर्नेमा […]
काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै गएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्मका घटनामा तीन प्रहरी र एक भारतीय महिलासहित ५१ जनाको ज्यान गएको जानकारी दिए । आन्दोलन तीव्र बन्दै गएसँगै मृतक संख्या अझै बढ्न सक्ने आशंका सुरक्षा निकायले गरेको छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ । आयोगले आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ । ‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, […]
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको उनीहरुले उल्लेख गरेका हुन् । देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै […]
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० […]
काठमाडौं । काठमाडौं उपत्यकामा हिजो बिहीबारदेखि वाणिज्य बैंकका आंशिक शाखाहरु खुला भएका छन् । बैंकर्स संघले आंशिक शाखा खुला राख्ने निर्णय गरेसँगै बैंकका केही शाखा खुला भएका छन् । बैंकहरुले सीमित शाखा सीमित अवधिका लागि मात्रै खुला गर्ने निर्णय गरेका छन् । योसँगै बैंकहरुले आफ्नो वेवसाइट तथा समाजिक संजालमार्फ आज शुक्रबार कुन बैंकको कुनकुन शाखा […]
काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख प्रकट गरेको छ। आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोगजस्ता विषयमा […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर दुई दर्जनभन्दा बढी होटेलमा ठूलो क्षति पुगेको होटेल संघ नेपालले जनाएको छ। संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा रहेका स्वदेशी र विदेशी ब्रान्डका प्रतिष्ठित होटेल तोडफोड, आगजनी र लुटपाटको चपेटामा परेका छन्। काठमाडौंस्थित हिल्टन होटेलमा मात्र आठ अर्ब रुपैयाँभन्दा बढीको […]