Nepal



Man arrested for drink driving after crashing car into traffic light pole

A 44-year-old man was arrested on Saturday (Sept 13) for drink driving and driving under disqualification after his car crashed into a traffic light pole.Footage posted to the Singapore Road Accident Facebook page showed the aftermath of the incident, which o

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ, विदेशी स्याउ विस्थापित

काठमाडौं । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेल
BizKhabar Online » BizKhabar Online

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ, विदेशी स्याउ विस्थापित

काठमाडौं । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक–चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ । नेपालगञ्जमा चार दशकदेखि कर्णालीको स्याउ थोक बिक्री गर्दै आएका प्रेमलाल साहु तेलीले विषादी प्रयोग नहुने र गुणस्तर पनि […]

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत, लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देख
BizKhabar Online » BizKhabar Online

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत, लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कूल १९ खर्ब ६४ अर्ब […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात पूर्ण बन्द

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको
BizKhabar Online » BizKhabar Online

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात पूर्ण बन्द

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका(८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए । पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालन ठप्प भएका छन् । ठूलो पहिरोका […]

अमेरिकी कर नीतिको प्रभाव : जापानी निर्यातमा १४ प्रतिशतका गिरावट

काठमाडौं । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्
BizKhabar Online » BizKhabar Online

अमेरिकी कर नीतिको प्रभाव : जापानी निर्यातमा १४ प्रतिशतका गिरावट

काठमाडौं । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्याङ्क बुधबार सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो […]

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै यस वर्षको दशैं असोज ६ गते सोमबार घटस्थापनाबाट औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा तोकिएको […]

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरि
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिमा डिजि बटुवा’ बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्ड मार्फत ग्राहकले […]

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, कलकारखानालाई विशेष रुपमा सजाएर पूजाआजा गरिदैं

काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मना
BizKhabar Online » BizKhabar Online

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, कलकारखानालाई विशेष रुपमा सजाएर पूजाआजा गरिदैं

काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी […]

यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, […]

यस वर्षको दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ ग
BizKhabar Online » BizKhabar Online

यस वर्षको दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ। समितिका अनुसार २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुनेछ। सोही दिन घटस्थापना पर्छ। घटस्थापनाको लागि बिहान ९ बजेर १३ मिनेटको साइत उत्तम रहेको समितिले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ।

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन

काठमाडौं । गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षत
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन

काठमाडौं । गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षतिलाई सम्बोधन गर्न अर्थमन्त्री रामेश्वर खनालले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग अर्थ मन्त्रालयमा छलफल तथा अन्तरक्रिया गरेका छन्। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी तथा भाटभटेनी समूहसहितका उद्योगी व्यवसायीहरूको […]

नेपालमा नोटबन्दी किन गर्नुहुँदैन ? यस्तो छ अर्थविद् गौचनको भनाई

काठमाडौं । नेपालमा हाल सामाजिक सञ्जालहरूमा ५०० र १००० रुपैयाँका नोटहरूको नोटबन्दी (डेमोनेटाइजेस
BizKhabar Online » BizKhabar Online

नेपालमा नोटबन्दी किन गर्नुहुँदैन ? यस्तो छ अर्थविद् गौचनको भनाई

काठमाडौं । नेपालमा हाल सामाजिक सञ्जालहरूमा ५०० र १००० रुपैयाँका नोटहरूको नोटबन्दी (डेमोनेटाइजेसन) गर्नुपर्ने आवाजहरू उठिरहेका छन्। केही नेताहरूको घरमा ठूलो मात्रामा नोट जलेको अवस्थामा फेला परेपछि यो बहसले तीव्रता पाएको छ। तर, अर्थविद् विश्वास गौचनले नोटबन्दीको पक्षमा उठेका यी धारणाहरूलाई अस्वीकार गर्दै यो कदम नेपालका लागि अनुपयुक्त र असफल हुने दाबी गरेका छन्। गौचनले […]

घटस्थापनादेखि दशैं लक्षित देशभर रुट परमिट खुला, ठूला सवारीमा आंशिक प्रतिबन्ध

काठमाडौं । दशैंको यात्रालाई सहज बनाउन सरकारले घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट
BizKhabar Online » BizKhabar Online

घटस्थापनादेखि दशैं लक्षित देशभर रुट परमिट खुला, ठूला सवारीमा आंशिक प्रतिबन्ध

काठमाडौं । दशैंको यात्रालाई सहज बनाउन सरकारले घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले यस्तो जानकारी दिएको हो । विभागका अनुसार कुनै विशेष कारणले प्रतिबन्धित मार्गमा भने निषेध कायम रहनेछ । साथै, मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि […]

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालक
BizKhabar Online » BizKhabar Online

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

साउनमै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स, गत बर्षभन्दा २९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालमा १ खर्ब ७७ अर्ब बढी रेमिट्यान्स भ
BizKhabar Online » BizKhabar Online

साउनमै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स, गत बर्षभन्दा २९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालमा १ खर्ब ७७ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आवको पहिलो महिनाका मासिक विवरण सार्वजनिक गर्दै गत आवको सोही अवधिको तुलनामा चालु आवको साउनमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको भित्रिएको […]

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा
BizKhabar Online » BizKhabar Online

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा संचिति रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांकलाई आधार मान्दा गत आवको अन्तिम महिना असार मसान्तसम्म २६ खर्ब ७७अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति एक महिनामै ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तसम्म […]

कार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबु
BizKhabar Online » BizKhabar Online

कार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आयोगको संरचना र सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। ‘जुन जनधनको क्षति भयो, ज्यादती भयो, यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन […]

सेयर कर्जाको माग बढ्यो, एक महिनामै पौने ४ अर्ब कर्जा प्रवाह

काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर
BizKhabar Online » BizKhabar Online

सेयर कर्जाको माग बढ्यो, एक महिनामै पौने ४ अर्ब कर्जा प्रवाह

काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर्थिक वर्ष वर्षको साउन महिनामा मात्रै पौने ४ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउन मसान्तसम्म १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा […]

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै

काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको ब
BizKhabar Online » BizKhabar Online

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै

काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको बाक्लो भडि लागेको छ । पछिल्लो समय सृजना भएको विषम परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय मातहतका कलेजहरु र धेरैजसो विद्यालयहरु बन्द हुँदा दशैं आउनु आधा महिना अघि नै बसपार्कमा काठमाडौं छोड्नेको भीड लागेको हो । पछिल्ला करिव ४ दिनदेखि काठमाडौंको नयाँ बसपार्कमा हरेकदिन […]

नवनियुक्त गृह मन्त्री अर्यालले पूरानो परराष्ट्रको भवनबाट सम्हाल्नेछन् गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गृह मन्त्री अर्यालले पूरानो परराष्ट्रको भवनबाट सम्हाल्नेछन् गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो । हाल पुरानो […]

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आई
BizKhabar Online » BizKhabar Online

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार ५ सय […]

श्रीनगर एग्रोटेकको आईपीओ, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने म्याद भोलिसम्म थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाक
BizKhabar Online » BizKhabar Online

श्रीनगर एग्रोटेकको आईपीओ, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने म्याद भोलिसम्म थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड […]

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलन
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् । गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र […]

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आ
BizKhabar Online » BizKhabar Online

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि आयोजना हुनेछ। अहिले टेन्ट राख्ने काम भइरहेको छ। गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। स्रोतका अनुसार, […]

अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने

काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामे
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने

काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत कुनै पनि सरकारी सुविधा नलिने शर्त राखेर मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो, ‘तलबसहित अरू कुनै सुविधा लिँदिनँ र नामका अगाडि ‘माननीय’ […]

अर्थ मन्त्रीमा रामेश्वर खनालसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रीमा रामेश्वर खनालसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका […]

इतिहास बोकेर फेरि उभिनेछ आगजनीले खण्डहर बनेको सिंहदरबार !

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर, पनि शिरमा फहराइरह
BizKhabar Online » BizKhabar Online

इतिहास बोकेर फेरि उभिनेछ आगजनीले खण्डहर बनेको सिंहदरबार !

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर, पनि शिरमा फहराइरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिन्थे । तर, पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि […]

कसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको ग
BizKhabar Online » BizKhabar Online

कसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ। कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह […]

एनसेलको प्रतिज्ञा : हामी फेरि उठ्नेछौं, तपाईंहरूसँगै, नेपालकै लागि

काठमाडौं । हालैको आन्दोलन र तोडफोडका घटनाले गम्भीर क्षति बेहोरेको एनसेल नेपालले आफ्नो सेवाप्रति
BizKhabar Online » BizKhabar Online

एनसेलको प्रतिज्ञा : हामी फेरि उठ्नेछौं, तपाईंहरूसँगै, नेपालकै लागि

काठमाडौं । हालैको आन्दोलन र तोडफोडका घटनाले गम्भीर क्षति बेहोरेको एनसेल नेपालले आफ्नो सेवाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर असर परेको जनाएको छ । तर यी चुनौतीहरूका […]

सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ आजदेखि खुला, यसरी गर्नुस आवेदन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज भदौ २५३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बि
BizKhabar Online » BizKhabar Online

सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ आजदेखि खुला, यसरी गर्नुस आवेदन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज भदौ २५३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ […]

२५ लाख बढीको आवेदन परेको बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँड, २० लाख बढीको हात रित्तो हुने

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको ब
BizKhabar Online » BizKhabar Online

२५ लाख बढीको आवेदन परेको बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँड, २० लाख बढीको हात रित्तो हुने

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँड गरिने भएको हो । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख […]

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी, कहाँ कति क्षति ?

काठमाडौं । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगा
BizKhabar Online » BizKhabar Online

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी, कहाँ कति क्षति ?

काठमाडौं । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आईतबार मन्त्रालयमा बसेको बैठकले गत मङ्गबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० […]

बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल, तिव्र भुक्तानीको बन्दोवस्त गर्नुपर्नेमा जोड

काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेप
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल, तिव्र भुक्तानीको बन्दोवस्त गर्नुपर्नेमा जोड

काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेपाल बीमा प्राधिकरणले आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुखहरूले साना बीमा दाबी तत्कालै भुक्तानी गर्न सकिने भए पनि ठूलो दाबी भुक्तानीमा पुनर्बीमकले अग्रिम रकम उपलब्ध गराउनुपर्ने र […]

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्
BizKhabar Online » BizKhabar Online

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्छ। देशभर सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारका लागि कानुनी सल्लाह प्रदान गर्ने यस उच्च पदमा ७३ वर्षको इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। र, ३१ औँ महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त भएकी छन्। वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी […]

कार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंग
BizKhabar Online » BizKhabar Online

कार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल, गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ। अर्यालले गृहमन्त्रालयका साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन्। यस्तै, घिसिङलाई ऊर्जा मन्त्रालयका अतिरिक्त भौतिक पूर्वाधार […]

Get more results via ClueGoal