Nepal



जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट १८ किलो सुन र

बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय, कति दिन लम्बिएला ?

काठमाडौँ । औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ
BizKhabar Online » BizKhabar Online

बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय, कति दिन लम्बिएला ?

काठमाडौँ । औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ । महाशाखाका […]

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद थप, अब असोज ५ सम्म जम्मा गरे हुने

काठमाडौं । साउन महिनामा सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ । बुधबार को
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद थप, अब असोज ५ सम्म जम्मा गरे हुने

काठमाडौं । साउन महिनामा सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ । बुधबार कोषले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । कोषका अनुसार देशमा विद्यमान असहज परिस्थितिका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान वापतको रकम जम्मा गर्ने अवधि ५ असोजसम्म लम्ब्याउने निर्णय भएको छ । सोही अनुसार रोजगारदाता […]

पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्छ : राजेन्द्र मल्ल

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम
BizKhabar Online » BizKhabar Online

पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्छ : राजेन्द्र मल्ल

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निर्माणमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए । मल्लले भने ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका […]

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजना गरिएको विशेष कार्यक्रममा आफ्ना नौवटा न
BizKhabar Online » BizKhabar Online

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजना गरिएको विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ‘पूर्वी हावा, असीमित संसार भन्ने थिममा इजिप्ट इन्टरनेशनल प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममार्फत कम्पनीले नयाँ गाडीहरू प्रस्तुत गरेको हो। कार्यक्रममा इजिप्टको बजारलाई लक्षित गर्दै कम्प्याक्ट स्पोर्ट्स युटिलिटी वाहन, सेडानसहित अत्याधुनिक विद्युतीय र हाइब्रिड गाडीहरू प्रदर्शनीमा राखिएका […]

जलवायु परिवर्तनका कारण युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु

काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा कर
BizKhabar Online » BizKhabar Online

जलवायु परिवर्तनका कारण युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु

काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् । यो निष्कर्ष आधिकारिक तथ्याङ्क आउनुअघि मोडलिङमार्फत निकालिएको हो । जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले छिटो तयार पारेको अध्ययनले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । अनुमानित मृत्युहरू प्रत्यक्ष […]

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै, गर्यो वैकल्पिक व्यवस्था

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बन
BizKhabar Online » BizKhabar Online

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै, गर्यो वैकल्पिक व्यवस्था

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो । आज प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याइने महानगरका प्रवक्ता मोती […]

दशैंको रौनक शुरु : नयाँ बसपार्कमा काठमाडौंबाट घर फर्किने यात्रुको घुइँचो

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान
BizKhabar Online » BizKhabar Online

दशैंको रौनक शुरु : नयाँ बसपार्कमा काठमाडौंबाट घर फर्किने यात्रुको घुइँचो

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् । नयाँ बसपार्कमा […]

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ, विदेशी स्याउ विस्थापित

काठमाडौं । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेल
BizKhabar Online » BizKhabar Online

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ, विदेशी स्याउ विस्थापित

काठमाडौं । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक–चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ । नेपालगञ्जमा चार दशकदेखि कर्णालीको स्याउ थोक बिक्री गर्दै आएका प्रेमलाल साहु तेलीले विषादी प्रयोग नहुने र गुणस्तर पनि […]

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत, लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देख
BizKhabar Online » BizKhabar Online

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत, लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कूल १९ खर्ब ६४ अर्ब […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात पूर्ण बन्द

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको
BizKhabar Online » BizKhabar Online

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातायात पूर्ण बन्द

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका(८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए । पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालन ठप्प भएका छन् । ठूलो पहिरोका […]

अमेरिकी कर नीतिको प्रभाव : जापानी निर्यातमा १४ प्रतिशतका गिरावट

काठमाडौं । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्
BizKhabar Online » BizKhabar Online

अमेरिकी कर नीतिको प्रभाव : जापानी निर्यातमा १४ प्रतिशतका गिरावट

काठमाडौं । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्याङ्क बुधबार सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो […]

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै यस वर्षको दशैं असोज ६ गते सोमबार घटस्थापनाबाट औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा तोकिएको […]

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरि
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिमा डिजि बटुवा’ बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्ड मार्फत ग्राहकले […]

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, कलकारखानालाई विशेष रुपमा सजाएर पूजाआजा गरिदैं

काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मना
BizKhabar Online » BizKhabar Online

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, कलकारखानालाई विशेष रुपमा सजाएर पूजाआजा गरिदैं

काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी […]

यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, […]

यस वर्षको दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ ग
BizKhabar Online » BizKhabar Online

यस वर्षको दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ। समितिका अनुसार २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुनेछ। सोही दिन घटस्थापना पर्छ। घटस्थापनाको लागि बिहान ९ बजेर १३ मिनेटको साइत उत्तम रहेको समितिले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ।

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन

काठमाडौं । गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षत
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन

काठमाडौं । गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षतिलाई सम्बोधन गर्न अर्थमन्त्री रामेश्वर खनालले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग अर्थ मन्त्रालयमा छलफल तथा अन्तरक्रिया गरेका छन्। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी तथा भाटभटेनी समूहसहितका उद्योगी व्यवसायीहरूको […]

नेपालमा नोटबन्दी किन गर्नुहुँदैन ? यस्तो छ अर्थविद् गौचनको भनाई

काठमाडौं । नेपालमा हाल सामाजिक सञ्जालहरूमा ५०० र १००० रुपैयाँका नोटहरूको नोटबन्दी (डेमोनेटाइजेस
BizKhabar Online » BizKhabar Online

नेपालमा नोटबन्दी किन गर्नुहुँदैन ? यस्तो छ अर्थविद् गौचनको भनाई

काठमाडौं । नेपालमा हाल सामाजिक सञ्जालहरूमा ५०० र १००० रुपैयाँका नोटहरूको नोटबन्दी (डेमोनेटाइजेसन) गर्नुपर्ने आवाजहरू उठिरहेका छन्। केही नेताहरूको घरमा ठूलो मात्रामा नोट जलेको अवस्थामा फेला परेपछि यो बहसले तीव्रता पाएको छ। तर, अर्थविद् विश्वास गौचनले नोटबन्दीको पक्षमा उठेका यी धारणाहरूलाई अस्वीकार गर्दै यो कदम नेपालका लागि अनुपयुक्त र असफल हुने दाबी गरेका छन्। गौचनले […]

घटस्थापनादेखि दशैं लक्षित देशभर रुट परमिट खुला, ठूला सवारीमा आंशिक प्रतिबन्ध

काठमाडौं । दशैंको यात्रालाई सहज बनाउन सरकारले घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट
BizKhabar Online » BizKhabar Online

घटस्थापनादेखि दशैं लक्षित देशभर रुट परमिट खुला, ठूला सवारीमा आंशिक प्रतिबन्ध

काठमाडौं । दशैंको यात्रालाई सहज बनाउन सरकारले घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले यस्तो जानकारी दिएको हो । विभागका अनुसार कुनै विशेष कारणले प्रतिबन्धित मार्गमा भने निषेध कायम रहनेछ । साथै, मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि […]

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालक
BizKhabar Online » BizKhabar Online

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

साउनमै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स, गत बर्षभन्दा २९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालमा १ खर्ब ७७ अर्ब बढी रेमिट्यान्स भ
BizKhabar Online » BizKhabar Online

साउनमै भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स, गत बर्षभन्दा २९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालमा १ खर्ब ७७ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आवको पहिलो महिनाका मासिक विवरण सार्वजनिक गर्दै गत आवको सोही अवधिको तुलनामा चालु आवको साउनमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको भित्रिएको […]

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा
BizKhabar Online » BizKhabar Online

वैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा संचिति रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांकलाई आधार मान्दा गत आवको अन्तिम महिना असार मसान्तसम्म २६ खर्ब ७७अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति एक महिनामै ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तसम्म […]

कार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबु
BizKhabar Online » BizKhabar Online

कार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आयोगको संरचना र सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। ‘जुन जनधनको क्षति भयो, ज्यादती भयो, यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन […]

सेयर कर्जाको माग बढ्यो, एक महिनामै पौने ४ अर्ब कर्जा प्रवाह

काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर
BizKhabar Online » BizKhabar Online

सेयर कर्जाको माग बढ्यो, एक महिनामै पौने ४ अर्ब कर्जा प्रवाह

काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर्थिक वर्ष वर्षको साउन महिनामा मात्रै पौने ४ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउन मसान्तसम्म १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा […]

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै

काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको ब
BizKhabar Online » BizKhabar Online

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै

काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको बाक्लो भडि लागेको छ । पछिल्लो समय सृजना भएको विषम परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय मातहतका कलेजहरु र धेरैजसो विद्यालयहरु बन्द हुँदा दशैं आउनु आधा महिना अघि नै बसपार्कमा काठमाडौं छोड्नेको भीड लागेको हो । पछिल्ला करिव ४ दिनदेखि काठमाडौंको नयाँ बसपार्कमा हरेकदिन […]

नवनियुक्त गृह मन्त्री अर्यालले पूरानो परराष्ट्रको भवनबाट सम्हाल्नेछन् गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ
BizKhabar Online » BizKhabar Online

नवनियुक्त गृह मन्त्री अर्यालले पूरानो परराष्ट्रको भवनबाट सम्हाल्नेछन् गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो । हाल पुरानो […]

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आई
BizKhabar Online » BizKhabar Online

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार ५ सय […]

श्रीनगर एग्रोटेकको आईपीओ, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने म्याद भोलिसम्म थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाक
BizKhabar Online » BizKhabar Online

श्रीनगर एग्रोटेकको आईपीओ, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने म्याद भोलिसम्म थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड […]

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलन
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् । गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र […]

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आ
BizKhabar Online » BizKhabar Online

सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि आयोजना हुनेछ। अहिले टेन्ट राख्ने काम भइरहेको छ। गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। स्रोतका अनुसार, […]

अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने

काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामे
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने

काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत कुनै पनि सरकारी सुविधा नलिने शर्त राखेर मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो, ‘तलबसहित अरू कुनै सुविधा लिँदिनँ र नामका अगाडि ‘माननीय’ […]

अर्थ मन्त्रीमा रामेश्वर खनालसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रीमा रामेश्वर खनालसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका […]

इतिहास बोकेर फेरि उभिनेछ आगजनीले खण्डहर बनेको सिंहदरबार !

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर, पनि शिरमा फहराइरह
BizKhabar Online » BizKhabar Online

इतिहास बोकेर फेरि उभिनेछ आगजनीले खण्डहर बनेको सिंहदरबार !

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर, पनि शिरमा फहराइरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिन्थे । तर, पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि […]

कसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको ग
BizKhabar Online » BizKhabar Online

कसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ। कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह […]

Get more results via ClueGoal