Nepal



आज राति १० बजेदेखि भोलि बिहानसम्म अतिभारी वर्षा हुने, बागमती र पूर्वी राप्ती नदीले खतराको तह पार गर्ने अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जनाएको छ

भीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु

काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिक
BizKhabar Online » BizKhabar Online

भीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु

काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो । प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्। […]

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

काठमाडौँ । गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बद
BizKhabar Online » BizKhabar Online

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

काठमाडौँ । गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गरिसकेको छ । कोशी […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान नियमित, रोकिएका यात्रु गन्तव्यतर्फ

काठमाडौँ । अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका
BizKhabar Online » BizKhabar Online

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान नियमित, रोकिएका यात्रु गन्तव्यतर्फ

काठमाडौँ । अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन् । प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । उनले भने, “बिहानदेखि मौसममा सुधार आएको छ, अहिले […]

बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवा
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ– मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ । काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको […]

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

काठमाडौँ । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछि
BizKhabar Online » BizKhabar Online

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

काठमाडौँ । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा यहाँ २२३।६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा […]

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ । शुक्रवार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जा
BizKhabar Online » BizKhabar Online

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ । शुक्रवार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा, आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा, आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० […]

काठमाडौंमा रोकियो वर्षा, कोसी र मधेस प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा रोकियो वर्षा, कोसी र मधेस प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा रोकिएको छ । तर, मौसमविद्का अनुसार पानी पर्ने सम्भवाना कायमै छ । आज दिउँसो र राति पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । मधेश र कोसी प्रदेशमा राति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)

काठमाडौं । अविरल वर्षाको कारण देशभरिको जनजीवन प्रभावित भएपछि सरकारले भोलि (आइतबार) र पर्सी (सोमबा
BizKhabar Online » BizKhabar Online

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)

काठमाडौं । अविरल वर्षाको कारण देशभरिको जनजीवन प्रभावित भएपछि सरकारले भोलि (आइतबार) र पर्सी (सोमबार) सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयको सिफारिशमा सरकारले यस्तो निर्णय लिएको हो । दशैं बिदापछि भोलिबाट सरकारी कार्यालयहरु सुचारु हुने भनिएको थियो । तर, अविरल वर्षाको कारण सवारी आवागमन र जनजीन कष्टकर बनेपछि गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक […]

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा, काठमाडौँभित्र नैकापमा सबैभन्दा धेरै वर्षा

काठमाडौँ । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमा
BizKhabar Online » BizKhabar Online

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा, काठमाडौँभित्र नैकापमा सबैभन्दा धेरै वर्षा

काठमाडौँ । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा […]

अर्थ मन्त्रालयको अनुरोध–पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नु

काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयको अनुरोध–पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नु

काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं.– १९६०१००१०२०७०००४ मा मात्र […]

काठमाडौंसहित यी २० जिल्लामा ‘रेड अलर्ट’ जारी, डुबान र बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेक
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित यी २० जिल्लामा ‘रेड अलर्ट’ जारी, डुबान र बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। शुक्रबार साँझबाट निरन्तर वर्षा भइरहेकोले डुबान र बाढीको जोखिम भएका २० जिल्ला पहिचान गरी रेड अलर्ट जारी गरेको हो । बाढी महाशाखाले काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, […]

नागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्र
BizKhabar Online » BizKhabar Online

नागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङसहित आग्रह गर्न थालेको छ । आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ […]

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका यातायात तीन दिनका लागि बन्द (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन द
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका यातायात तीन दिनका लागि बन्द (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण […]

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान प्रभावित, विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भ
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान प्रभावित, विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्। शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७स्२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र […]

रातो बन्दा प्रतिकिलो रु १८०, यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रातो बन्दा प्रतिकिलो रु १८०, यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, […]

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उ
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित […]

आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज द
BizKhabar Online » BizKhabar Online

आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको […]

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह, उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावन
BizKhabar Online » BizKhabar Online

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह, उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल […]

नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ
BizKhabar Online » BizKhabar Online

नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा सडक आवागमन रोकिएको हो। अहिले दुवै सडकखण्ड दुईतर्फी नै बन्द रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, राति करिब २ बजे बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द […]

२० गतेसम्म अतिआवश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह, यी सडक राति बन्द

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चा
BizKhabar Online » BizKhabar Online

२० गतेसम्म अतिआवश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह, यी सडक राति बन्द

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौंडा–भैंसे–काठमाडौं सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । […]

दशैँको टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आजपनि टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गा
BizKhabar Online » BizKhabar Online

दशैँको टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आजपनि टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जाने गरिन्छ । दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद लगाएपछि दशैँको पूर्णिमासम्म आफन्तकामा टीका थाप्न जाने चलन रहेको छ […]

सडक डाइभर्सन नहुँदा भन्सारमै थन्किए मालबाहक ट्रली

काठमाडौं । यहाँको लोघेकर दामोदरकुण्ड-२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयम
BizKhabar Online » BizKhabar Online

सडक डाइभर्सन नहुँदा भन्सारमै थन्किए मालबाहक ट्रली

काठमाडौं । यहाँको लोघेकर दामोदरकुण्ड-२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् । कोरलानाकाबाट ढुवानी […]

प्रधानमन्त्री कार्कीले टीका नलगाउने, यस्तो छ राष्ट्रपतिको दशैं सन्देश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन्। बडाद
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीले टीका नलगाउने, यस्तो छ राष्ट्रपतिको दशैं सन्देश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन्। बडादसैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।राष्ट्रपतिको सन्देशराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र […]

क्यानले सार्वजनिक गर्‍यो सन्दीपले वेस्ट इन्डिजविरुद्ध नखेल्नुको कारण, टी-२० विश्वकप छनोटमा खेल्छन कि खेल्दैनन् ?

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट
BizKhabar Online » BizKhabar Online

क्यानले सार्वजनिक गर्‍यो सन्दीपले वेस्ट इन्डिजविरुद्ध नखेल्नुको कारण, टी-२० विश्वकप छनोटमा खेल्छन कि खेल्दैनन् ?

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन् । सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम […]

आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना

काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छ
BizKhabar Online » BizKhabar Online

आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना

काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण गरेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, बागमती […]

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५२, […]

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही […]

वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले जित्यो टी–२० शृङ्खलाको उपाधि

काठमाडौं । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको
BizKhabar Online » BizKhabar Online

वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले जित्यो टी–२० शृङ्खलाको उपाधि

काठमाडौं । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । […]

नवरात्रको नवौँ दिन : आज आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना

काठमाडौँ । बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी दे
BizKhabar Online » BizKhabar Online

नवरात्रको नवौँ दिन : आज आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना

काठमाडौँ । बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको आराधना गरिन्छ। यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन महागौरीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि […]

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा, आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा, आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० […]

दशैं विशेष : कस्तो मासु खाने, मासु खानुअघि ध्यान दिनुपर्ने मुख्य १० सुझावहरु

काठमाडौं । दशैंमा नेपाली समाजमा मासुको परिकार अपरिहार्य जस्तै छ । शाकाहारी भोजन गर्नेबाहेक हरेक
BizKhabar Online » BizKhabar Online

दशैं विशेष : कस्तो मासु खाने, मासु खानुअघि ध्यान दिनुपर्ने मुख्य १० सुझावहरु

काठमाडौं । दशैंमा नेपाली समाजमा मासुको परिकार अपरिहार्य जस्तै छ । शाकाहारी भोजन गर्नेबाहेक हरेक घरमा मासुका विभिन्न परिकारहरु पाक्छन् । अझ दशैंलाई मासुकै चाड मान्नेहरु पनि उत्तिकै छन् । तर मासुकै चाड भन्दै यसका परिकारहरु सेवन गर्दा सावधानी नअपनाईँदा भने यसले सकारात्मकको तुलनामा नकारात्मक असर बढी पार्न सक्छ । बजारमा मासुको गुणस्तर, भण्डारण र […]

दशैं बिदामा बढाउनुहोस सेयर बजारसम्बन्धी ज्ञान, हेर्नुहोस सेयर बजारसम्बन्धी १० उत्कृष्ट सिनेमा

काठमाडौं । दशैंको लामो विदा र फुर्सदलाई उपयोगी बनाउँदै केही ज्ञान हासिल गर्ने हो भने सेयर बजारसम्
BizKhabar Online » BizKhabar Online

दशैं बिदामा बढाउनुहोस सेयर बजारसम्बन्धी ज्ञान, हेर्नुहोस सेयर बजारसम्बन्धी १० उत्कृष्ट सिनेमा

काठमाडौं । दशैंको लामो विदा र फुर्सदलाई उपयोगी बनाउँदै केही ज्ञान हासिल गर्ने हो भने सेयर बजारसम्बन्धी रोमाञ्चक सिनेमाहरू हेर्न सकिन्छ । यी सिनेमाहरूले वित्तीय बजारमा हुनेगरेका विभिन्न पक्ष देखाउँछन् । यी सिनेमामा बजारमा हुने लोभ, संकट, नैतिक द्वन्द्व र बजारको जटिलता समावेश गरिएका छन् । दशैंमा घरमै बस्दा वा यात्रामा यी सिनेमाहरू हेरेर लगानीका […]

बालबालिकाको दशैं दक्षिणा : भविष्यका लागि गरिदिनुस बचत, हेर्नुहोस् कुन बैंकले कति दिन्छन् ब्याजदर

काठमाडौं । नेपालीको महान् चार्ड दशैं भित्रिसकेको छ । दशैंमा राम्रो नाना र मिठो खानाले विशेष महत्
BizKhabar Online » BizKhabar Online

बालबालिकाको दशैं दक्षिणा : भविष्यका लागि गरिदिनुस बचत, हेर्नुहोस् कुन बैंकले कति दिन्छन् ब्याजदर

काठमाडौं । नेपालीको महान् चार्ड दशैं भित्रिसकेको छ । दशैंमा राम्रो नाना र मिठो खानाले विशेष महत्व राख्दै आएको छ । योसँगै बालबालिकाहरुलाई दशैंमा मान्यजनको हातबाट टीका लगाएर आशीर्वादसँगै पाइने दक्षिणाले पनि विशेष महत्व पाउँदै आएको छ । दक्षिणालाई फजुल खर्चमा सक्नभन्दा बचत गर्न बालबालिकालाई प्रोत्साहन गर्नुपर्छ । आफ्ना बालबच्चालाई बचत गर्ने बानीको विकास गर्नु […]

जेनजी आन्दोलनमा घाइतेलाई भैपरी खर्च दिने सरकारको निर्णय, परिचयपत्र वितरणसँगै २० हजार वितरण सुरु

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिच
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा घाइतेलाई भैपरी खर्च दिने सरकारको निर्णय, परिचयपत्र वितरणसँगै २० हजार वितरण सुरु

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिचयपत्र वितरण सुरु गरेको छ। भदौ २३ र २४ गते जेनजी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको पहिचान र उपचार व्यवस्थापनका लागि मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो। गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यका […]

Get more results via ClueGoal