काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा सेयर धितो कर्जा (मार्जिन नेचर लोन) करिब ५ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० […]
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति लगातार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको वैदेशिक मुद्रा सञ्चिति पछिल्लो दुई महिनामा मात्रै ७.६ प्रतिशतले बढ्दै भदौ मसान्तसम्म २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ […]
काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसैअवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]
काठमाडौं । जेनजी आन्दोलनपछि देशमा पूर्व प्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारले सत्ता सञ्चालन गरिरहेको छ । नयाँ सरकार बनेसँगै गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सिंहदरबारलगायत दर्जनौं सरकारी संरचनाहरु पुनर्निर्माण गर्नका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा गरेको थियो । सरकारले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान […]
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति, महाधिवेशन, निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ । केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्नेछ। आजको […]
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस आज हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा महराविरुद्धको थुनछेक बहस हुन लागेको हो । सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनलाई थुनछेक बहसपछि न्यायाधीशले धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी […]
काठमाडौं । एथर एनर्जी नेपालले यस वर्षको चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउनका लागि सबैभन्दा रोमाञ्चक अफरहरू ल्याएको छ। यस अफरअन्तर्गत, ग्राहकहरूले एथर ४५० सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्नेछन्, जसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउनेछ। विशेष चाडपर्व अफरहरू :– निःशुल्क Eight70 ब्याट्री वारेन्टी– ० प्रतिशत ब्याजदरमा […]
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१र०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल […]
काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। अभिकर्ता र कर्मचारीहरूले निरन्तर आन्दोलन गरेपछि उनले पद छाडेका हुन्। गत बुधबारदेखि अभिकर्ताहरूले सिईओको राजीनामा माग्दै आन्दोलन सुरु गरेका थिए। त्यसपछि सोमबारदेखि कम्पनीका कर्मचारीहरू पनि आन्दोलनमा सहभागी भएका थिए। उनीहरूले कार्यालय परिसरमा धर्ना दिएका थिए र सिईओसहित केही कर्मचारीलाई […]
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य रूपमा आफ्नो नियमन र सुपरीवेक्षणको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ। ‘बचत तथा ऋण सहकारी संस्था दर्ता अभिलेखीकरण मापदण्ड २०८२’ जारी गर्दै प्राधिकरणले दर्ता नगरी कारोबार गर्न नपाइने व्यवस्था गरेको छ। मापदण्ड अनुसार दर्ता नगर्ने सहकारीलाई १५ लाख रुपैयाँसम्म जरिबाना वा दर्ता खारेजसम्मको […]
काठमाडौं । सुन तस्करीको जालसाजीमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ जरिवाना र ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ। महराविरुद्ध मङ्गलबारदेखि थुनछेक बहस सुरु हुनेछ। बहसपछि अदालतले उनी धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्ने बताइएको छ। नेपाल […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरुको वर्गीकरण गर्ने भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश […]
काठमाडौ । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष सागर ढकालले पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न आग्रह गरेका छन् । अहिले नेप्से […]
काठमाडौं । एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम इभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ। नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ […]
काठमाडौं । बजार घटेपछि रोइकराईं र आन्दोलनमा उत्रने प्रवृत्ति पछिल्लो समय नेपाली सेयर बजारका लगानीकर्ताहरु माझ मौलाएको छ । बजार बढ्दासम्म बजार सुधार र विस्तारका बारेमा लगानीकर्ता एक शब्द बोल्दैनन् । जब सेयर बजार घट्न थाल्छ अनि नियामक निकायले पुँजी बजार सुधार र विस्तारको लागी काम नगरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिन्छन् । आन्दोलनकारी लगानीकर्ताहरुको मानसिकता […]
काठमाडौं । एक महिनायता इम्बोस्ड नम्बर प्लेट जडान र स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया हाल अन्यौलग्रस्त छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण इम्बोस्ड नम्बर प्लेट छपाई हुने र भण्डारण गरिएको कारखाना, स्मार्ट लाइसेन्स छाप्ने मेसिनलगायत ध्वस्त भएपछि छपाई र वितरण पुनः सुरु गर्न लामो समय लाग्ने देखिएको छ । भदौ २३–२४ […]
काठमाडौं । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२.४ प्रतिशत थियो, जुन अब […]
काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौं ल्याइएको हो । वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा […]
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन विश्वका दुई महाशक्ति राष्ट्र हुन् । पछिल्लो केही दिनयता यी दुई देशबीच व्यापार युद्ध फेरि सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १, २०२५ देखि लागू हुने गरी चीनबाट आयात हुने सबै चिनियाँ सामानहरूमा १००% कर लगाउने घोषणा गरेका छन् । मेरिकाको यो घोषणापछि चीनले पनि […]
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरु बजार घटेपछि आन्दोलनमा उत्रिने प्रवृत्ति छ । यस प्रवृत्तिले बजार झन् प्यानिक बन्दै आएको जानकारहरु बताउँछन् । केन्द्रीय बैंकले सेयर बजार त्री नीति लिएको र नियामक निकाय पनि सेयर बजार सुधारको पक्षमा रहेको बेला सेयर बजारका लगानीकर्ता भने अन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारी लगानीकर्ताका कारण सेयर बजार थप प्यानिक बन्दै […]
काठमाडौं । सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने प्रावधानले यहाँका महिला उद्यमशीलतातर्फ आकर्षण बढिरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार पछिल्ला वर्षमा महिला उद्यमी सञ्चालक भएर नयाँ उद्योग स्थापना गर्ने क्रम ह्वात्तै बढ्दै आइरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ४० हजार ४ सय रुपैयाँ कायम भएको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च […]
काठमाडौं । हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार एजेन्सी शेहाब का अनुसार यी नामहरू पहिल्यै रिपोर्ट गरिएका ती २० जना जीवित बन्धकहरूको सूचीसँग मेल खाने बीबीसीले बताएको छ। सार्वजनिक सूचीमा नेपाली बन्धक विपिन जोशीको नाम भने समावेश छैन् । यी हुन मुक्त हुन लागेका बन्धकहरू १ बार […]
काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले विपिनको परिवारलाई यस्तो जानकारी दिएको हो । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट बन्धक बनाएर लगेको थियो। उनको रिहाइको मागमा नेपाल सरकार र परिवारले […]
काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग […]
काठमाडौँ । पाँचथरको फिदिम-फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ । गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण […]
काठमाडौं । यस वर्ष जिल्लामा १ अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन […]
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पु¥याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकहरुले […]
काठमाडों । नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई मजबुत बनाउन नेशनल पेमेन्ट स्विचको विस्तृत सन्दर्भ दस्तावेज जारी गरेको छ । नेपालको भुक्तानी क्षेत्रको वर्तमान अवस्था चुनौती र भावी योजना समेटिएको उक्त दस्तावेज केन्द्रिय बैंकले आईतबार सार्वजनिक गरेको हो । उक्त दस्तावेजले एनपीएसलाई केन्द्रीय स्विचको रूपमा स्थापित गर्दै बन्द लूप प्रणालीहरूको खण्डीकरण अन्त्य गर्ने लक्ष्य राखेको […]
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा आईतबार प्रक्राउ परेका हुन् । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र […]
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाईलमा ट्याप गरी चेन्ज ईमेल गर्न सक्ने बताएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक […]