Nepal



FCB, Umodzi Park partner to celebrate and empower women

First Capital Bank (FCB) says is it committed to empowering women in Malawi by supporting initiatives that promote their health and business growth, which are key areas that significantly impact women’s lives and development. The Bank’s position was made

यमपञ्चकको दोस्रो दिन : मनाइयो काग तिहार

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई पूजा
BizKhabar Online » BizKhabar Online

यमपञ्चकको दोस्रो दिन : मनाइयो काग तिहार

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म […]

यदि भारत र चीनले रूसी तेल किन्न बन्द गरे भने के हुन्छ ? विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वास गर्छन् कि भारतले चाँडै नै रूसी तेलमाथिको आ
BizKhabar Online » BizKhabar Online

यदि भारत र चीनले रूसी तेल किन्न बन्द गरे भने के हुन्छ ? विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वास गर्छन् कि भारतले चाँडै नै रूसी तेलमाथिको आफ्नो निर्भरता घटाउनेछ । र चीनले पनि । यदि यस्तो भयो भने, रूसी तेलमाथि प्रतिबन्ध लगाउँदा विश्व बजार र एसियाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ? ट्रम्पको प्रतिबन्ध बढाउने धम्कीका बाबजुद पनि भारत र चीनले रुसी तेल कम्पनीहरूसँग व्यापार जारी राखेका छन् […]

नर्सका माग सम्बोधन गर्न सरकारले प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा बनायो समिति, पहिलो बैठक आजै

काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ग
BizKhabar Online » BizKhabar Online

नर्सका माग सम्बोधन गर्न सरकारले प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा बनायो समिति, पहिलो बैठक आजै

काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल […]

उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन क
BizKhabar Online » BizKhabar Online

उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ। प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए । सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी हुन् । योसँगै […]

कस्तो रहला तिहारमा मौसम ?, यस्तो छ तिहारका मुख्य दिनको मौसम पूर्वानुमान

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण द
BizKhabar Online » BizKhabar Online

कस्तो रहला तिहारमा मौसम ?, यस्तो छ तिहारका मुख्य दिनको मौसम पूर्वानुमान

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ । तिहारको समयमा पहाडी भू-भागका एकदुई […]

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

काठमाडौं । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सन् २
BizKhabar Online » BizKhabar Online

चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर

काठमाडौं । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार, पछिल्ला ६ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन्। सन् २०२४ को […]

‘स्वच्छ खानाः उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह, अटेर गरे कानुनबमोजिम कारबाही

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुग
BizKhabar Online » BizKhabar Online

‘स्वच्छ खानाः उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह, अटेर गरे कानुनबमोजिम कारबाही

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो । कामपाको ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्नुस् कामपाको कृषि […]

तीन महिनामा सरकारको खर्च तीन खर्ब ६४ अर्ब, आम्दानी दुई खर्ब ५३ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । म
BizKhabar Online » BizKhabar Online

तीन महिनामा सरकारको खर्च तीन खर्ब ६४ अर्ब, आम्दानी दुई खर्ब ५३ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब […]

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्स
BizKhabar Online » BizKhabar Online

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । […]

सानिमा बैंकका ग्राहकका लागि चाडपर्व विशेष योजना सार्वजनिक, क्यासव्याक तथा छुटको व्यवस्था

काठमाडौँ । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकका ग्राहकका लागि चाडपर्व विशेष योजना सार्वजनिक, क्यासव्याक तथा छुटको व्यवस्था

काठमाडौँ । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक र थप १०% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । […]

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, देशको ७० प्रतिशत माग पाइपलाइबाटै पूर्ति

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, देशको ७० प्रतिशत माग पाइपलाइबाटै पूर्ति

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, […]

समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक मखमली

काठमाडौँ । आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल ज
BizKhabar Online » BizKhabar Online

समुद्रपारि दाजुभाइ, आँगनभरि ढकमक मखमली

काठमाडौँ । आँगनभरि ढकमक्क मखमली । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना । तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ । बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ । उनी भन्छिन्, “दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभारी पहिरीदिन्थे ।” ‘सम्बन्ध […]

उज्यालोको पर्व तिहार सुरु : आज धनतेरस, यमदीप दान पनि आजैदेखि

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ ।
BizKhabar Online » BizKhabar Online

उज्यालोको पर्व तिहार सुरु : आज धनतेरस, यमदीप दान पनि आजैदेखि

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १:२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १:२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६६, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, […]

राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबारलगायत क्षेत्रमा दुई महिनासम्म धर्ना-जुलुस निषेध

काठमाडौं । सरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरब
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबारलगायत क्षेत्रमा दुई महिनासम्म धर्ना-जुलुस निषेध

काठमाडौं । सरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबार लगायतका क्षेत्रमा दुई महिनासम्म जुलुस, धर्ना, प्रदर्शन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी […]

भदौ महिनासम्म बैंकले कमाए साढे १६ अर्ब नाफा: धेरै कमाउनेमा ग्लोबल आइएमई, कुनको अवस्था कस्तो ?

काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले साढे १६ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्
BizKhabar Online » BizKhabar Online

भदौ महिनासम्म बैंकले कमाए साढे १६ अर्ब नाफा: धेरै कमाउनेमा ग्लोबल आइएमई, कुनको अवस्था कस्तो ?

काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले साढे १६ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६.१८ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ […]

बैंकको सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ४२ अर्ब बढ्यो, कुनले कति गरे लगानी ?

काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षमा साढे ४२ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । बै
BizKhabar Online » BizKhabar Online

बैंकको सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ४२ अर्ब बढ्यो, कुनले कति गरे लगानी ?

काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षमा साढे ४२ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले १ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ५३.७९ प्रतिशत अर्थात् ४२ अर्ब ५६ करोड रुपैयाँले बढी हो । […]

उद्योगीहरूले मागे विद्युत् बक्यौताको प्रमाण, प्रधानमन्त्रीलाई सामूहिक निवेदन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन कटौती गर्ने चेतावनी दिएपछि २६ उ
BizKhabar Online » BizKhabar Online

उद्योगीहरूले मागे विद्युत् बक्यौताको प्रमाण, प्रधानमन्त्रीलाई सामूहिक निवेदन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन कटौती गर्ने चेतावनी दिएपछि २६ उद्योगीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र लेखेर डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतासम्बन्धी प्रमाणको माग गरेका छन्। उद्योगीहरूले विद्युत् आपूर्तिको तथ्यगत प्रमाण उपलब्ध गराइदिएमा ४० अर्ब रुपैयाँसम्मको बक्यौता पूर्ण रूपमा तिर्न तयार रहेको बताएका छन्। उद्योगीहरूले प्राधिकरणको धम्कीपूर्ण पत्राचारलाई उद्योग सञ्चालनको वातावरणमा बाधक ठानेका छन्। […]

अख्तियारको सक्रियतापछि नेप्सेबाट बाहिरिँदै फुयाल, रोजगारीको जोहो गर्न अन्तर्वार्ताका लागि पुगे एनआरएन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतापछि निरन्जन फुयाल नेप्से बाट बाहिरिन लाग
BizKhabar Online » BizKhabar Online

अख्तियारको सक्रियतापछि नेप्सेबाट बाहिरिँदै फुयाल, रोजगारीको जोहो गर्न अन्तर्वार्ताका लागि पुगे एनआरएन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतापछि निरन्जन फुयाल नेप्से बाट बाहिरिन लागेका छन् । आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दमा पर्ने भएपछि उनी रोजगारीको लागि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा अन्तर्वार्ता दिन पुगेका हुन् । उच्च स्रोतका अनुसार उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टमा सिइओको लागि अन्तर्वार्ता दिन आज दिउँसो एनआरएन कार्यालय कमलादी पुगेका थिए […]

वीरगञ्जमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले भरिएको दिपल एस०५

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता ए
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले भरिएको दिपल एस०५

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश प्रदेशको महत्वपूर्ण बजार विरगञ्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको इलेक्ट्रिक एसयुभी दिपल एस०५ सार्वजनिक गरेको छ । बुधबार आयोजना गरिएको भव्य समारोहमा विरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक […]

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास, २७ वर्षपछिको सञ्चालन पनि भएको थियो असफल

काठमाडौं । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्
BizKhabar Online » BizKhabar Online

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास, २७ वर्षपछिको सञ्चालन पनि भएको थियो असफल

काठमाडौं । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् । विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान […]

नेप्सेमा १८.४० अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो

काठमाडौं । साताको अन्तिम करोबारको दिन नेप्से परिसूचक १८.४० अंकले घटेर २ हजार ४ सय ८७ दशमालब १७ को ब
BizKhabar Online » BizKhabar Online

नेप्सेमा १८.४० अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो

काठमाडौं । साताको अन्तिम करोबारको दिन नेप्से परिसूचक १८.४० अंकले घटेर २ हजार ४ सय ८७ दशमालब १७ को बिन्दुमा आएको छ । बिहीबार करोबारमा आएकामध्ये १९७ कम्पनीको सेयर भाउ घटेको छ भने ४५ कम्पनीको बढेको छ । यता, बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने सामान्य बढेको छ । यसदिन ३ अर्ब २७ करोड ५४ […]

क्रिकेटमा नयाँ इतिहास : तेस्रोपटक विश्वकपमा नेपाल, विश्वभरभरका सञ्चार माध्यममा स्थान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको रुप
BizKhabar Online » BizKhabar Online

क्रिकेटमा नयाँ इतिहास : तेस्रोपटक विश्वकपमा नेपाल, विश्वभरभरका सञ्चार माध्यममा स्थान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको रुपमा परिचय दिलाएको छ । मुलुकभित्रको विषम राजनैतिक परिस्थितिका साथै अन्योलपूर्ण अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीहरूले निरन्तर विश्वकपमा प्रवेशको सपना देख्नुका साथै यथोचित सङ्घर्ष गर्दै सफलता हात पारेर मुलुकको शीर उँचो बनाइदिएका छन् । वेष्ट इण्डिज जस्तो टेष्ट प्रतियोगिता खेल्ने मुलुकलाई क्रिकेट […]

तीन महिनामा ३२.२७ करोड वटा स्मार्टफोन ढुवानी, यी हुन् विश्वका शीर्ष ५ कम्पनी

काठमाडौं । स्मार्टफोन ढुवानीको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय डेटा निगम अर्
BizKhabar Online » BizKhabar Online

तीन महिनामा ३२.२७ करोड वटा स्मार्टफोन ढुवानी, यी हुन् विश्वका शीर्ष ५ कम्पनी

काठमाडौं । स्मार्टफोन ढुवानीको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय डेटा निगम अर्थात् आइडिसीले यस वर्षको तेस्रो त्रैमासिकमा स्मार्टफोन ढुवानीको बारेमा जानकारी दिएको छ । ढुवानी भनेको एक ठाउँबाट अर्को ठाउँमा सामान ढुवानी गर्नु हो । यसले स्मार्टफोन ढुवानीमा हरेक वर्ष २.६% ले वृद्धि भएको देखाउँछ । यस वर्षको तेस्रो त्रैमासिकमा विश्वभर ३२२.७ मिलियन […]

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छिन् । नेप
BizKhabar Online » BizKhabar Online

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छिन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको थियो । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन […]

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आज
BizKhabar Online » BizKhabar Online

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध […]

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, नगदमात्रै दिने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्
BizKhabar Online » BizKhabar Online

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, नगदमात्रै दिने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख […]

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६वटा ठेक्का तोडिंदै

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका
BizKhabar Online » BizKhabar Online

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६वटा ठेक्का तोडिंदै

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष […]

सरकारले राख्यो यी १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सरकराले समयमा काम नगर्ने१७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरि
BizKhabar Online » BizKhabar Online

सरकारले राख्यो यी १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सरकराले समयमा काम नगर्ने१७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीहरूले सम्झौता उल्लंघन गरेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।

सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, एकैदिन २ हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, एकैदिन २ हजारको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च अर्थात २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको हो । यो अघिल्लो दिन बुधबारको तुलनामा २ हजार रुपैयाँले बढी हो । बुधबार नेपालमा सुन प्रतितोला २ लाख […]

बैंक तथा वित्तीय संस्थामा साढे ११ खर्ब रुपैयाँ अधिक तरलता, बढेन कर्जाको माग

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहको गति नबढ्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थामा साढे ११ खर्ब रुपैयाँ अधिक तरलता, बढेन कर्जाको माग

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहको गति नबढ्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको असोज २६ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट ५६ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ […]

जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री कुलमान घिसिङको

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिस
BizKhabar Online » BizKhabar Online

जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री कुलमान घिसिङको

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन […]

हलेसी डेकोरद्वारा डिजिटल बिलिङ प्रणाली लागू : व्यापारमा इमानदारी र पारदर्शितालाई मजबुत बनाउने प्रतिबद्धता

काठमाडौं । घर तथा कार्यालय सजावटका सामग्रीहरूको आपूर्ति सेवा दिँदै आएको हलेसी डेकोरले व्यापारि
BizKhabar Online » BizKhabar Online

हलेसी डेकोरद्वारा डिजिटल बिलिङ प्रणाली लागू : व्यापारमा इमानदारी र पारदर्शितालाई मजबुत बनाउने प्रतिबद्धता

काठमाडौं । घर तथा कार्यालय सजावटका सामग्रीहरूको आपूर्ति सेवा दिँदै आएको हलेसी डेकोरले व्यापारिक इमानदारी र पारदर्शितालाई थप मजबुत बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणालीको औपचारिक सुरुवात गरेको छ। कम्पनीले ग्राहकहरूलाई सुरक्षित र प्रमाणित कारोबारको अनुभव प्रदान गर्ने गरी नयाँ प्रविधिसहितको सेवा सुरु गरेको हो । कम्पनीले ‘व्यापारमा इमानदारीता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित यो अभियान […]

सुन तस्करी काण्डमा पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठ
BizKhabar Online » BizKhabar Online

सुन तस्करी काण्डमा पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। मङ्गलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि न्यायाधीशको इजलासले यो निर्णय गरेको हो। महरा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख हुन्। उनीमाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर तस्करी गरिएको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

कामना सेवाले सार्वजनिक गर्याे नेपालकै पहिलो डोर स्टेप बैंकिङ, फुर्सद नहुनेलाई घरमै सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले डोर स्टेप बैंकिङ सेवा सुरु गरेको छ । बैंकले विशिष्ट वचत खाता अन
BizKhabar Online » BizKhabar Online

कामना सेवाले सार्वजनिक गर्याे नेपालकै पहिलो डोर स्टेप बैंकिङ, फुर्सद नहुनेलाई घरमै सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले डोर स्टेप बैंकिङ सेवा सुरु गरेको छ । बैंकले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो उक्त सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको बताएको हो । उक्त सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ […]

Get more results via ClueGoal