काठमाडौं । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ। शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो। नेपालले सन् २०२५ फेब्रुअरीमा […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको […]
काठमाडौँ । आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन् । मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले गत साउन महिनामा तोकेको भए पनि त्यसअनुसारको मूल्य पाउन नसकिरहेको किसानको गुनासो छ । “सरकारले धानको न्यूनतम मूल्य तोकिदिन्छ, तर यो मूल्यमा व्यापारीले धान किन्न […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, […]
काठमाडौँ । चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ । अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् । यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ […]
काठमाडौँ । सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कूल […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ६८, आलु रातो (भारतीय) प्रतिकिलो रु […]
काठमाडौं । तीन कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एफपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिनेमा मातृभूमि लघुवित्त, नेशनल लघुवित्त र विजय लघुवित्त रहेका छन् । तीन कम्पनीले २२ करोड ८६ लाख ६९ हजार रुपैयाँ बराबरको झण्डै्र २३ लाख कित्ता एफपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका […]
काठमाडौं । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । ‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ’, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज […]
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। पछिल्लो समय कोषमा सूचिकरण, योगदान रकम संकलन र सहभागितामा उल्लेखनीय वृद्धि भएको कोषले जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएका थिए। हालसम्म देशभरका २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति क्यानडासँग भइरहेका सबै व्यापार वार्ता तत्काल समाप्त गर्ने घोषणा गरेका छन्। उनको भनाइमा, क्यानडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको वक्तव्यलाई ‘धोका दिने’ तरिकाले विज्ञापनमा प्रयोग गरेको छ। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै उनले, ‘क्यानडाले ठगीपूर्ण रूपमा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भिडियो विज्ञापन प्रयोग गरेको छ। शुल्क (ट्यारिफ) अमेरिकी […]
काठमाडौं । सन् २०२६ को विश्व अर्थतन्त्रबारे अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अक्टोबरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आगामी वर्ष विश्व अर्थतन्त्र सतर्क दृष्टिकोणका साथ अघि बढ्ने देखिएको छ। आइएमएफले विश्व आर्थिक वृद्धि विखण्डन र बढ्दो संरक्षणवादका कारण सुस्त भइरहेको बताएको छ । सम्भावित टेक स्टक मूल्य समायोजनदेखि लिएर संस्थागत स्वतन्त्रता कमजोर हुने जोखिमहरू नीति निर्माणमा असर पार्न […]
काठमाडौं । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ । नेपाली उद्यमी डा समीर मास्केले स्थापना गरेका बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो । कम्पनीका […]
काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका […]
काठमाडौं । विश्वकै दोस्रो ठूलो रोजगारदाता कम्पनी अमेजनले विश्व श्रम बजारमा अर्को ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। कम्पनीले आगामी वर्षहरूमा आफ्ना गोदाम र वितरण प्रणालीमा आधाभन्दा बढी काम रोबोटमार्फत गराउने रणनीति अघि सारेको छ। गत दुई दशकमा श्रम बजारमा सबैभन्दा ठूलो प्रभाव पार्ने कम्पनी मानिने अमेजनले अहिले करिब १२ लाख जनालाई रोजगारी दिएको छ। […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण मंगलबार बिहान विभिन्न उद्योगहरुमा लाइन काटेसँगै नेपाल सिमेन्ट उद्योग संघले सरकारको कदमलाई विश्वासको संकट भनेको छ । संघद्धारा जारी विज्ञप्तिमा नेपालका प्रमुख उद्योगीहरूको सामूहिक समूहले आज नेपाल विद्युत प्राधिकरणद्वारा माग गरिएको विवादित डेडिकेटेड/ट्रंक लाइन महसुलको किस्ता बुझाउन अस्वीकार गर्ने कठोर निर्णय सार्वजनिक गरेको उल्लेख गरेको छ । संघले यो अडान […]
एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस शतप्रतिशत ०.८ ले बढ्दै ४९ हजार पाँच सय पञ्चानब्बे काठमाडौँ । दशमलव बहत्तर अंकमा पुगेको छ। यो सूचकाङ्कले पहिलो पटक ५० हजारको नजिक पुग्दै ऐतिहासिक स्तरमा छुन लागेको हो। यसको मुख्य कारण जापानकी सानाए टाकाइची पहिलो महिला प्रधानमन्त्री […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौँ । तिहार सुरु भएसँगै धरानका सडक पेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका-२ का बिक्की दास बिहान ५:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मुख्य बजार भानु चोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै […]
काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ । जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको […]
काठमाडौँ । चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा रू ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा […]
काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् । गृहमन्त्री ओम प्रकाश अर्यालले खड्का अमेरिका भागिसकेको आरोप लगाएका थिए । पूर्व गृहमन्त्रीको आरोपलाई खण्डण गर्दैै खड्का आज सर्वाजनिक भएका हुन् । उनी आफ्नो क्षतिग्रस्त घरबाटै फेसबुक लाइभमा आएका हुन् । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, […]
काठमाडौँ । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किन् । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरुसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा […]
काठमाडौं । सोमबार लक्ष्मी पुजाको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको […]
काठमाडौं । विगत दुई महिनामा, युवा विरोध प्रदर्शनहरूले दक्षिण र दक्षिणपूर्वी एसियाको राजनीतिक परिदृश्यलाई हल्लाएको छ । यसको प्रभाव काठमाडौंदेखि जकार्ता र दिल्लीदेखि मनिलासम्म जताततै महसुस गरिएको छ । हालैका युवा विरोध प्रदर्शनहरूले नेपालमा सरकारलाई ढालेका छन् , जबकि धेरै दक्षिणपूर्वी एसियाली देशहरूका सरकारहरूलाई राजनीतिज्ञहरूलाई प्रदान गरिएका विशेषाधिकारहरूमाथि कारबाही गर्न बाध्य पारेका छन् । विरोध […]
काठमाडौं । अन्तरिम सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई कात्तिक २० गतेभित्र फर्किन निर्देशन दिएको थियो। […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आईतबार प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा […]
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म छ करोड १० लाख संकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा छ करोड १० लाख संकलन भएको हो । […]
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १६.६७ अंकले बढ्दै २५ सय ३ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २३ कम्पनीका ६१ लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ […]
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत गरी १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुउपर स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री […]
काठमाडौं। शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । ‘यसपटक दसैँका समयमा […]
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म […]