Air raid alert issued in six regions of Ukraine
newsare.net
The air raid sirens also went off in the Kiev regionAir raid alert issued in six regions of Ukraine
The air raid sirens also went off in the Kiev region Read more
The air raid sirens also went off in the Kiev region Read more
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवालिई डिजिटल भुक्तानीगर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट […]
काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न नदिने भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको सिसडोल बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साईटमा स्थानीयले बुधबारबाट फोहोर फाल्न नदिने तयारी गरेका हुन् । ३ वर्ष अगाडी काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएपछि बाध्य भएर फोहोर फाल्न बन्द गर्नुपर्ने अवस्थामा पुगेको स्थानीय निरञ्जन सञ्जेलले बताए । २०७९ साल जेठ […]
काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर २ हजार ५७१ दशमलव ३४ अंकमा आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि आइतबार २ अर्ब ६६ करोड १३ […]
काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावले पुनः मौसम प्रतिकूल हुने भएको हो । अरब […]
काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने निर्णय गरेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासमार्फत सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार अब नेपालबाट मलेसिया पठाइने कामदारको भर्ना तथा छनोट कार्य केवल निश्चित संख्या र मापदण्ड पूरा गर्ने रोजगार एजेन्सीमार्फत मात्र गरिनेछ । उक्त प्रक्रिया मलेसियाको मानव […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र […]
काठमाडौँ । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण […]
काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र […]
काठमाडौं । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । “सडक र […]
काठमाडौं । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि आज तपाईंले दैनिक कामका लागि प्रयोग गर्ने चीजहरूलाई एक दिन प्रविधिले नै प्रतिस्थापन गर्नेछ वा प्रविधिले कब्जा गर्नेछ ? आउनुहोस् यसलाई विस्तृत रूपमा अन्वेषण गरौं । प्रविधिको दुनियाँमा परिवर्तन यति छिटो हुन्छ कि आज हाम्रो जीवनको महत्त्वपूर्ण भाग जस्तो देखिने कुराहरू भोलि हामीलाई थाहा नदिई इतिहास […]
काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ । […]
काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको छ ।
काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको […]
काठमाडौं । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो । करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर […]
काठमाडौं । यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए । उनका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै […]
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले पूजा स्थलमा […]
काठमाडौं । अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ । यो सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा थप […]
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा १६ लाख ९१ […]
काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांकअनसुार ठूलो संख्यामा एसेम्बल नगरिएका मोटरसाइकल भित्रिएका छन् । नेपालमै मोटरसाइकल एसेम्बल हुन थालेको करिब ५ बर्ष बितिसकेको छ । यस अवधिसम्म नेपालमा मोटरसाइकल बिक्रेताहरुले विभिन्न देशहरुबाट पार्टपूर्जाहरु ल्याएर नेपालमा जडान गरी विक्री गर्ने गरेका छन् । यसैअनुरुप चालु आर्थिक बर्षको पहिलो […]
काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूह भित्र चलिरहेको आन्तरिक कलह अहिले बाहिरसम्म सुनिन थालेको छ । स्वर्गीय रतन टाटाका नजिकका मानिने नोशिर सूनावालाल योे बारेमा आफ्नो मौनता तोडेका छन् । टाटा समूहको होल्डिंग कम्पनी टाटा सन्समा बहुमत हिस्सेदारी राख्ने टाटा ट्रस्ट भित्र मतभेदका धेरै रिपोर्टहरू हालै बाहिर आएका छन् र यो मामिला […]
काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको हो । यससँगै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घट्दै […]
काठमाडौं । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस […]
काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दती निक्षेपको हिस्सा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ४७.६० प्रतिशतमा आएको छ । जबकी २०८१ को भदौमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा ५६.३५ प्रतिशत […]
काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यको आराधना गरी विधिपूर्वक अर्घ्य दिने परम्परा छ। चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। महाभारतका अनुसार द्रौपदी र पाँच […]
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । जेनजी आन्दोलनका क्रममा होटलमा […]
काठमाडौँ । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको […]
काठमाडौँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् । सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर […]
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ । यही कात्तिक ११ गतेदेखि पुनःट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । […]
काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ । उप–आयोजना निर्देशक […]
काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५.१९ अंकले बढेर २ हजार ५०९ दशमलब ०४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १४६ कम्पनीको सेयर भाउ घटेको छ भने ९८ कम्पनीको बढेको छ । यता, कारोबार रकम भने सामान्य घटेको छ । यसदिन २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँ […]
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरूको क्रमिक रूपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरूले पनि पालुवा हाल्न थालेसँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ । आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रूप बनेको सिंहदरबारमा विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय तथा […]
काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिएका हुन् । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ […]
काठमाडौं । थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो। थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले […]