Nepal



चार महिनामै साढे ३६ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा साढे ३६ अर्ब बढीको वैदेशिक लगानी

विप्लव नेतृत्वको दललाई मान्यता, नाम नेकपा माओवादी, चुनाव चिह्न गुलाव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन
BizKhabar Online » BizKhabar Online

विप्लव नेतृत्वको दललाई मान्यता, नाम नेकपा माओवादी, चुनाव चिह्न गुलाव

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। सो दलले गुलाब निर्वाचन चिह्न पाएको छ । गत कात्तिक ११ गते आयोगको कार्यालय पुगेर ‘कम्युनिष्ट पार्टी नेपाल’का नाममा सो […]

जेनजी घाइतेहरुलाई जनही १५ हजार राहत दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ । मंगलबार बस
BizKhabar Online » BizKhabar Online

जेनजी घाइतेहरुलाई जनही १५ हजार राहत दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २ हजार ४२९ जना घाइते भएका थिए ।

नेप्से पुनर्संरचनासम्बन्धी अध्ययन गर्न समिति गठन, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गर्ने निर्णय ग
BizKhabar Online » BizKhabar Online

नेप्से पुनर्संरचनासम्बन्धी अध्ययन गर्न समिति गठन, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेप्सेको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरेको हो । बैठकले प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले […]

१ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको पञ्जीकरण विभागको वेबसाइट ह्याक

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीक
BizKhabar Online » BizKhabar Online

१ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको पञ्जीकरण विभागको वेबसाइट ह्याक

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । योसँगै वेबसाइट खुल्न बन्द भएको छ । केही घन्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको र समस्या समाधान नभएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । विभागका इञ्जिनियरले सिस्टमको समस्या पत्ता […]

अग्नि फाउण्डेशनको ३५ औं वार्षिकोत्सव, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्राका दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण

काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फ
BizKhabar Online » BizKhabar Online

अग्नि फाउण्डेशनको ३५ औं वार्षिकोत्सव, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्राका दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण

काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५ औं वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु¥याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको […]

नेपाल औषधि लिमिटेडले थप नौ प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौँ । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको ती
BizKhabar Online » BizKhabar Online

नेपाल औषधि लिमिटेडले थप नौ प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौँ । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को […]

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान, जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना-२०८२ को मस्यौदा

काठमाडौँ । सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई/मधेसमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक
BizKhabar Online » BizKhabar Online

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान, जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना-२०८२ को मस्यौदा

काठमाडौँ । सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई/मधेसमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिम रुप दिएको हो । केही समयअघि गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहरबाट हुन […]

सीटीईभीटीका शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्य
BizKhabar Online » BizKhabar Online

सीटीईभीटीका शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ। क्यूआर कोड सोमबारदेखि लागू भएको सीटीईभीटीले मंगलबार जारी गरेको एक सूचनामार्फत जनाएको छ । परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रिडिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको सूचनामा उल्लेख छ । […]

जेनजी आन्दोलनको असर होटल तथा पर्यटनमा, अधिकांश कम्पनी नोक्सानमा (विवरणसहित)

काठमाडौं । जेनजी आन्दोलनको प्रत्यक्ष असर नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहअन्र्तगतका कम्पन
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनको असर होटल तथा पर्यटनमा, अधिकांश कम्पनी नोक्सानमा (विवरणसहित)

काठमाडौं । जेनजी आन्दोलनको प्रत्यक्ष असर नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहअन्र्तगतका कम्पनीहरुमा परेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा सोल्टी होटलबाहेक अरु सबै कम्पनीहरु नोक्सानमा छन् । विगत केही वर्षदेखि नै पर्यटन क्षेत्रमा सुस्तता छाउँदै आएपनि पछिल्लो समय भएको जेनजी आन्दोलनपछि यो क्षेत्रमा झनै असर परेको देखिन्छ । जेनजी आन्दोलनका क्रममा यो […]

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब, उद्योगको औसत क्षमता उपयोग ३४ प्रतिशत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान ग
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब, उद्योगको औसत क्षमता उपयोग ३४ प्रतिशत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल […]

फर्किएको रैथाने खान्कीको रौनक, होटल तथा रेष्टुरेन्टको मेनुमा ढिंडो र मार्सीको भात

काठमाडौं । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्
BizKhabar Online » BizKhabar Online

फर्किएको रैथाने खान्कीको रौनक, होटल तथा रेष्टुरेन्टको मेनुमा ढिंडो र मार्सीको भात

काठमाडौं । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने […]

मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग

काठमाडौं । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा र
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने, यी हुन् वैकल्पिक मार्ग

काठमाडौं । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ। यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो। आजदेखि दैनिक बिहान छ बजेदेखि आठ […]

मौलाकाली केबलकार पुन:सञ्चालन, यात्रुहरू ढुक्क भएर यात्रा गर्न सक्ने

काठमाडौं । भदौ २४ मा भएको जेन जेड आन्दोलन क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुन:
BizKhabar Online » BizKhabar Online

मौलाकाली केबलकार पुन:सञ्चालन, यात्रुहरू ढुक्क भएर यात्रा गर्न सक्ने

काठमाडौं । भदौ २४ मा भएको जेन जेड आन्दोलन क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुन:सञ्चालनमा आएको छ । जेन जेड आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित […]

राष्ट्र बैंकले ३ अर्ब ५३ करोड लगानी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट आवेदन आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले ३ अर्ब ५३ करोड लगानी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट आवेदन आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मंगलबार साँझ ७:०० बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त […]

क्रिकेटको महाकुम्भ एनपिएलको शानदार सुरुआत, उद्घाटन खेलमा काठमाडौँ गुर्खाजको जीत

काठमाडौँ । ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनप
BizKhabar Online » BizKhabar Online

क्रिकेटको महाकुम्भ एनपिएलको शानदार सुरुआत, उद्घाटन खेलमा काठमाडौँ गुर्खाजको जीत

काठमाडौँ । ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि सुरु भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु […]

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न महासंघको माग, आयोग अध्यक्ष कार्कीलाई अध्यक्ष ढकालले दिए यस्ता सुझाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र शान्तिपूर्ण तथा सुरक्षित
BizKhabar Online » BizKhabar Online

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न महासंघको माग, आयोग अध्यक्ष कार्कीलाई अध्यक्ष ढकालले दिए यस्ता सुझाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग गरेको छ । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र निजी क्षेत्रमाथि भएका विभिन्न […]

आइएमई खल्ती लिमिटेडको नयाँ सीईओमा प्रवीन रेग्मी नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीन रेग्मी नियुक्त भएका छन्
BizKhabar Online » BizKhabar Online

आइएमई खल्ती लिमिटेडको नयाँ सीईओमा प्रवीन रेग्मी नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीन रेग्मी नियुक्त भएका छन्। चार वर्षे कार्यकाल पूरा गरेसँगै विनय खड्का पदमुक्त भएपछि कम्पनीले रेग्मीलाई जिम्मेवारी दिएको हो। रेग्मीले सोमबारदेखि नै कार्यभार सम्हालेका छन्। खल्ती–आईएमई पे मर्जअघि उनी आईएमई पेको सीईओ थिए। मर्जरसँगै उनी कम्पनीमा निर्देशक बनेका थिए। हालसालै उनी भारतको यूपीआईलाई क्रस–बोर्डर पेमेन्टका […]

अग्नि समुहको सामाजिक उत्तरदायित्व, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दुई एसयूभी ४०० प्रदान

काठमाडौं । अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरम
BizKhabar Online » BizKhabar Online

अग्नि समुहको सामाजिक उत्तरदायित्व, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दुई एसयूभी ४०० प्रदान

काठमाडौं । अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ। बुढानीलकण्ठमा आयोजित समारोहमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सवारी साधन हस्तान्तरण गरेको हो । सो अवसरमा अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले ३५ वर्षको यात्रामा समुदायसँग […]

बुटवलमा सीजी डिजिटलको नयाँ शोरुम सञ्चालन, शोरुम संख्या २१ पुग्यो

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ इलेक्ट्रोनिक्स ब्रान्ड शोरूम ‘सीजी डिजिटल’ बुटवलक
BizKhabar Online » BizKhabar Online

बुटवलमा सीजी डिजिटलको नयाँ शोरुम सञ्चालन, शोरुम संख्या २१ पुग्यो

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ इलेक्ट्रोनिक्स ब्रान्ड शोरूम ‘सीजी डिजिटल’ बुटवलको आदर्शनगर पाल्पा रोड, ट्राफिक चोकमा शुक्रबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीका देशभरका शो–रूमको संख्या २१ पुगेको छ। अत्याधुनिक रिटेल मोडेलमा आधारित यस स्टोरमार्फत एलजी, सीजी, मिडिया, गोदरेज, क्रोम्पटन, बेको, सेन्सेई, टीसीएल, बर्ली, केन्ट, ब्ल्याकंडेकर, मोटोरोलादेखि नथिङसम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका होम […]

विकास खर्चमा सरकार नाजुक, पहिलो चौमासिकमा ६ प्रतिशत मात्रै खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ । म
BizKhabar Online » BizKhabar Online

विकास खर्चमा सरकार नाजुक, पहिलो चौमासिकमा ६ प्रतिशत मात्रै खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको ६ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो । चालु आवका लागि पुँजीगत शीर्षकमा ४ खर्ब सात अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब […]

सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठम
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ […]

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी, ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी ५ वर्षमा देशमा अभूतपूर
BizKhabar Online » BizKhabar Online

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी, ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी ५ वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो । ह्युन्डाइले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’ को रूपमा वर्णन गरेको छ । कम्पनीले प्रेस विज्ञप्तिमा भनेको […]

काठमाडौँ महानगरमा एक वर्षको अवधिमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौं । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेक
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरमा एक वर्षको अवधिमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौं । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमार्फत ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी भएको हो । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमा गत वर्ष २३ हजार ८६३ र यस […]

‘नगरकोट भ्रमण वर्ष–२०८२’ : दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर । बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर
BizKhabar Online » BizKhabar Online

‘नगरकोट भ्रमण वर्ष–२०८२’ : दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर । बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् । सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको […]

मध्यम स्तरीय करदातामा सीडीएससी सबैभन्दा उत्कृष्ट, सरकारले गर्यो सम्मान

काठमाडौं । सरकारले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवश २०८२ को अवस
BizKhabar Online » BizKhabar Online

मध्यम स्तरीय करदातामा सीडीएससी सबैभन्दा उत्कृष्ट, सरकारले गर्यो सम्मान

काठमाडौं । सरकारले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवश २०८२ को अवसरमा मध्यमस्तरीय करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सरकारले सम्मान गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार वार्षिक ५० करोड देखि १ अर्बको कारोबार गर्ने संस्थाको रुपमा सरकारले सीडीएससीलाई सम्मान गरेको हो । सीडीएससीलाई सरकारले आर्थिक वर्ष २०८०/८१ […]

बाला चतुर्दशी मेलालाई व्यवस्थित बनाउन पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्ती
BizKhabar Online » BizKhabar Online

बाला चतुर्दशी मेलालाई व्यवस्थित बनाउन पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ । बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन […]

निर्जीवन बीमा कम्पनीको नाफामा जेनजी आन्दोलनको प्रभाव, दुईबाहेक सबै घाटामा (विवरणसहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको पहिलो
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीको नाफामा जेनजी आन्दोलनको प्रभाव, दुईबाहेक सबै घाटामा (विवरणसहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरु नोक्सानमा गएका छन् । यसका साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर घट्दै गएको छ । त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखिएको छ । बीमा कम्पनीको ठूलो लगानीको हिस्सा बैंक तथा वित्तीय […]

व्यवसायीलाई मीनबहादुरको सन्देश : हामी जेन्जीको ‘स्वीट पेन’बाट गुज्रिएका छौ, तर सरकारलाई राजस्व तिर्न सानो मन नगरौं

काठमाडौं । हाम्रो कम्पनी भाटभटेनीलाई आर्थिक बर्ष २०६४÷६५ देखि २०६७÷६८ सम्मको आयकर विवरण पेश गर्द
BizKhabar Online » BizKhabar Online

व्यवसायीलाई मीनबहादुरको सन्देश : हामी जेन्जीको ‘स्वीट पेन’बाट गुज्रिएका छौ, तर सरकारलाई राजस्व तिर्न सानो मन नगरौं

काठमाडौं । हाम्रो कम्पनी भाटभटेनीलाई आर्थिक बर्ष २०६४÷६५ देखि २०६७÷६८ सम्मको आयकर विवरण पेश गर्दा नक्कली विवरण पेश गरी राजस्व ठगी गरेको आरोप लगाइयो । वस्तु आपुर्ति गर्ने कम्पनीबाट वस्तु लिएको र त्यो बेचेर त्यसमा लाग्ने भ्याट पूरा गर्दागर्दै पनि हाम्रो कम्पनीलाई नक्कली भ्याट बिलको ठूलो बिल्ला भिराइयो । त्यो हामीले पूर्णरुपमा चुक्ता गरिसकेपनि हामी […]

उच्च कर तिर्ने १७ करदाता सम्मानित : व्यक्तिगततर्फ राजबहादुर, वस्तु व्यापारतर्फ भाटभटेनी र रेमिट्यान्सतर्फ आइएमई उत्कृष्ट

काठमाडौं । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारले विभिन्न श्रेणीका उत्कृष्ट १७ करदातालाई सम्म
BizKhabar Online » BizKhabar Online

उच्च कर तिर्ने १७ करदाता सम्मानित : व्यक्तिगततर्फ राजबहादुर, वस्तु व्यापारतर्फ भाटभटेनी र रेमिट्यान्सतर्फ आइएमई उत्कृष्ट

काठमाडौं । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारले विभिन्न श्रेणीका उत्कृष्ट १७ करदातालाई सम्मान प्रदान गरेको छ। २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको सम्झनामा हरेक वर्ष मनाइने कर दिवसमा यसपटक पनि आन्तरिक राजस्व विभागले विशेष कार्यक्रममार्फत अव्वल करदाताहरूलाई सार्वजनिक रूपमा सम्मान गरेको हो । सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर […]

कात्तिक महिनासम्म ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्य पूरा गर्न सरकार असफल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा लक्ष्यअनुसार राजस्व संकलन गर
BizKhabar Online » BizKhabar Online

कात्तिक महिनासम्म ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्य पूरा गर्न सरकार असफल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । कात्तिक मसान्तसम्म आइपुग्दा सरकारले जम्मा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७७.४९ प्रतिशत मात्रै हो । कात्तिक मसान्तसम्म सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने […]

अर्थमन्त्री खनालले भने–शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक छ

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि प
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री खनालले भने–शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक छ

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उनले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताए । अर्थमन्त्री खनालका अनुसार […]

पूर्वसचिव अर्जुन कार्की पक्राउ, नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्झौतामा गैरकानुनी लाभको अभियोग

काठमाडा । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन
BizKhabar Online » BizKhabar Online

पूर्वसचिव अर्जुन कार्की पक्राउ, नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्झौतामा गैरकानुनी लाभको अभियोग

काठमाडा । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आइतबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ […]

चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव, नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको माग

काठमाडौं । नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका
BizKhabar Online » BizKhabar Online

चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव, नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको माग

काठमाडौं । नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका मागसहित नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष ३३ बुँदे सुझाव पेस गरेको छ । चेम्बरले आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आफ्नो मागपत्र पेस गरेको हो । गत भदौ २३ र २४ गते सरकारविरुद्ध ‘जेनजी’ प्रदर्शनका क्रममा भएको मानवीय क्षतिलाई चेम्बरले ‘ऐतिहासिक त्रासदी’का रूपमा चित्रण […]

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्
BizKhabar Online » BizKhabar Online

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट आगामी तीन वर्षका लागि दिलिप कुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको महासंघले जानकारी दिएको छ। विद्युतीय व्यवसायसँग प्रत्यक्ष–परोक्ष रुपमा आवद्ध पेशागत समूहहरूको समग्र विकासका लागि क्रियाशील महासंघमा देशभर रहेका जिल्ला र नगर संघहरू तथा एसोसिएट सदस्यहरूको […]

एनपीएल र भिभोबीच दोस्रो पटक साझेदारी, स्मार्टफोन पार्टनर बन्यो भिभो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेद
BizKhabar Online » BizKhabar Online

एनपीएल र भिभोबीच दोस्रो पटक साझेदारी, स्मार्टफोन पार्टनर बन्यो भिभो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यसैबीच, विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड ‘भिभो’ पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्यमा जुट्दै यस संस्करणका लागि आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ। भिभोले आफ्नो र एनपीएलको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम प्लेटफर्ममार्फत साझेदारी सार्वजनिक […]

Get more results via ClueGoal