Nepal



एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पिय

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

काठमाडौं । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गत
BizKhabar Online » BizKhabar Online

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

काठमाडौं । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्दरओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो । विसं […]

पर्यटकको नयाँ गन्तव्य : सिरहाको भालटार डाँडा, आन्तरिक पर्यटकले भरिभराउ

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्
BizKhabar Online » BizKhabar Online

पर्यटकको नयाँ गन्तव्य : सिरहाको भालटार डाँडा, आन्तरिक पर्यटकले भरिभराउ

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई– १३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा […]

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

काठमाडौँ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आ
BizKhabar Online » BizKhabar Online

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

काठमाडौँ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत […]

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासि
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै, थुप्रिएको तरलतालाई चलायमान बनाउने चुनौती

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले आज सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुने जानकारी दिए । ‘नियामकीय प्रावधानभित्र रहेर नै मंसिर १५ गतेभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुन्छ’ उनले भने । मौद्रिक नीतिको […]

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु १२००, यस्तो छ आज कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विश्राम दिइए
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज विश्राम, भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स […]

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक(कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज लम्साल निय
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक(कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज लम्साल नियुक्त भएका छन् । आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि यस्तो निर्णय भएको हो । वरिष्ठताका […]

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ ।नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्य
BizKhabar Online » BizKhabar Online

डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ ।नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल÷मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, […]

विजय लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, ४ लाख ६६ हजार कित्ता जारी गर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कास
BizKhabar Online » BizKhabar Online

विजय लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, ४ लाख ६६ हजार कित्ता जारी गर्ने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्ने अनुमति पाएको हो । जसअनुसार यस संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्नेछ […]

आइक्यान र मणिपाल विश्वविद्यालय जयपुरबीच सम्झौता, सदस्यले एमकम डिग्री एक वर्षमै हासिल गर्न सक्ने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको मणिपाल विश्वविद्यालय जयपुर (एम
BizKhabar Online » BizKhabar Online

आइक्यान र मणिपाल विश्वविद्यालय जयपुरबीच सम्झौता, सदस्यले एमकम डिग्री एक वर्षमै हासिल गर्न सक्ने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच शैक्षिक तथा पेसागत सहकार्य विस्तारका लागि द्विपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। ललितपुर, सातदोबाटोस्थित आइक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर र एमयूजेका अध्यक्ष डा नीति निपुण शर्माले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सहकार्यले लेखा, लेखापरीक्षण, […]

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई आज केन्द्रीय अनुसन्धान ब्यु
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ। उनीमाथि ९८ करोड रुपैयाँ ठगी प्रकरणमा संलग्नता रहेको आशंकामा अनुसन्धान जारी छ। यसअघि कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। यही प्रकरणमा सीआईबीले कात्तिक ११ मा […]

एनएमबि बैंकद्वारा पेमेन्ट गेटवे सेवा सुरु, ‘डिजिटल नेपाल’ अभियानलाई टेवा

काठमाडौं। एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गर्दै देशभर डिजिटल कारोबारलाई स
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्वारा पेमेन्ट गेटवे सेवा सुरु, ‘डिजिटल नेपाल’ अभियानलाई टेवा

काठमाडौं। एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सहकार्य गर्दै देशभर डिजिटल कारोबारलाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ। नयाँ सेवा भौतिक तथा अनलाइन दुवै प्रकारका व्यापार व्यवसाय चलाउने व्यवसायीका लागि उपयोगी हुने बैंकले जनाएको छ। उक्त गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी तथा विदेशी बैंकले जारी गरेका भिसा […]

बोर्डका संचालक भट्टराईका कारण अन्योलमा पुँजी बजार, आईजीन निर्देशिका अड्काएर राख्दा लगानीकर्ताको सम्पत्ति बन्धक

काठमाडौं । नेपाल धितोपत्र बोर्डका संचालक विनोदकुमार भट्टराईका कारण नेपाली पुँजी बजारमा थप अन्यौ
BizKhabar Online » BizKhabar Online

बोर्डका संचालक भट्टराईका कारण अन्योलमा पुँजी बजार, आईजीन निर्देशिका अड्काएर राख्दा लगानीकर्ताको सम्पत्ति बन्धक

काठमाडौं । नेपाल धितोपत्र बोर्डका संचालक विनोदकुमार भट्टराईका कारण नेपाली पुँजी बजारमा थप अन्यौलता सिर्जना भएको छ । पुँजी बजारको विषयमा नीतिगत स्पष्टता ल्याउन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले पुँजी बजारमा देखिएको अन्यौलता हटाएर इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) निर्देशिका २०८२ पारित गरी स्वीकृति लागि धितोपत्र बोर्डमा पठाएको थियो । सीडीएससीले उक्त निर्देशिका १५ वर्षपछि […]

नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

काठमाडौँ । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन
BizKhabar Online » BizKhabar Online

नेपालमा ७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

काठमाडौँ । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा […]

कार्तिकमा मात्रै नेपाल प्रहरीले उठायो २४ करोड ८५ लाख राजस्व, सबैभन्दा बढी अवैध मालसामानबाट

काठमाडौं । नेपाल प्रहरीले कार्तिक महिनामा मात्रै पौने २५ करोड रुपैयाँ बढी राजस्व असुल गरी सरकारल
BizKhabar Online » BizKhabar Online

कार्तिकमा मात्रै नेपाल प्रहरीले उठायो २४ करोड ८५ लाख राजस्व, सबैभन्दा बढी अवैध मालसामानबाट

काठमाडौं । नेपाल प्रहरीले कार्तिक महिनामा मात्रै पौने २५ करोड रुपैयाँ बढी राजस्व असुल गरी सरकारलाई बुझाएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा कार्तिकमा मात्रै २४ करोड ८५ लाख १४ हजार ५ सय ६४ रुपैयाँ राजस्व संकलन भएको हो । यस अवधिमा सबैभन्दा बढी राजस्व भने अवैध मालवस्तु बरामदबाट भएको देखिन्छ । […]

नेकपा एमालेको आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक भएको छ । पार्टीको महाधिवेशन प्र
BizKhabar Online » BizKhabar Online

नेकपा एमालेको आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनको लोगो सार्वजनिक भएको छ । पार्टीको महाधिवेशन प्रचार समितिद्वारा आज (आइतबा।) पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । एमालेको महाधिवेशन यही मंसिर २७ […]

नेप्सेमा २६.५१ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक २६.५१ अंकले घ
BizKhabar Online » BizKhabar Online

नेप्सेमा २६.५१ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक २६.५१ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ५२ को बिन्दुमा आएको छ । अघिल्लो साता पाँच वटै कारोबारको दिन नेप्से परिसूचक बढेको थियो । आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ८ […]

नेपालमा वैदेशिक लगानीको अवस्था ‘निरश’ : लगानी भित्रिनेभन्दा फिर्ता जाने क्रम बढ्दो

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था निरश देखिएको छ । पछिल्लो समयका सरका
BizKhabar Online » BizKhabar Online

नेपालमा वैदेशिक लगानीको अवस्था ‘निरश’ : लगानी भित्रिनेभन्दा फिर्ता जाने क्रम बढ्दो

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था निरश देखिएको छ । पछिल्लो समयका सरकारहरुले देशमा ठूलो वैदेशिक लगानी भित्र्याउने घोषणासहित विभिन्न सुधार गरेपनि लगानीको अवस्थामा भने सुधार आउन सकेको छैन् । अझ पछिल्लो समय त नेपालमा एफडीआई आउनेभन्दा जाने बढीजस्तो देखिन थालेको छ । पछिल्लो समय नेपालमा देखिएको राजनीतिक अस्थिरता, आन्तरिक द्वन्दलगायतका कारण […]

‘शृंकफ्लेशन’ को शिकार बनिरहेका छन् नेपाली उपभोक्ता, शिकारीलाई किन कारवाही गर्दैन सरकार ?

काठमाडौं । नेपाली बजारमा ‘शृंकफ्लेशन’को समस्या पछिल्लो समय थप बढ्दै गएको छ । कमजोर कानून, नाममात्
BizKhabar Online » BizKhabar Online

‘शृंकफ्लेशन’ को शिकार बनिरहेका छन् नेपाली उपभोक्ता, शिकारीलाई किन कारवाही गर्दैन सरकार ?

काठमाडौं । नेपाली बजारमा ‘शृंकफ्लेशन’को समस्या पछिल्लो समय थप बढ्दै गएको छ । कमजोर कानून, नाममात्रको अनुगमन र दण्डहीनताका कारण उपभोक्तामाथि ‘शृंकफ्लेशन’को रुपमा भइरहेको ठगी थप व्यापक बन्दै गइरहेको छ । बजार गुणस्तर कायम राख्न असफल रहेको नेपालको राज्य संयन्त्रले ‘शृंकफ्लेशन’ लाई रोक्न अहिलेसम्म कुनै उपयुक्त कदम नचाल्दा उपभोक्ताहरु बजारमा पलपल ठगिनु परिरहेको अवस्था छ […]

बैंकहरुको बेस रेट किन निरन्तर ओरालो बाटोमा छ ? कुन बैंकको कतिमा झर्यो ?

काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको पछिल्लो तथ्या
BizKhabar Online » BizKhabar Online

बैंकहरुको बेस रेट किन निरन्तर ओरालो बाटोमा छ ? कुन बैंकको कतिमा झर्यो ?

काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा ११ खर्बभन्दा धेरै अधिक तरलताको अवस्था रहेको छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तो भएको छ । ब्याज सस्तो हुँदापनि अहिले बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ । र्बैंकहरुसँग ऋण दिन पर्याप्त पैसा हुँदाहुँदै पनि […]

सेयर हो कि पैसा छाप्ने मेसिन ?, यो स्टकले दियो १२ वर्षमा लगानीकर्तालाई ३३ हजार प्रतिशत प्रतिफल

काठमाडौं । भिटु रिटेलको स्टकले लगानीकर्ताहरूलाई आशचर्यजनकरुपमा धनी बनाएको छ । विगत १२ वर्षमा, कम
BizKhabar Online » BizKhabar Online

सेयर हो कि पैसा छाप्ने मेसिन ?, यो स्टकले दियो १२ वर्षमा लगानीकर्तालाई ३३ हजार प्रतिशत प्रतिफल

काठमाडौं । भिटु रिटेलको स्टकले लगानीकर्ताहरूलाई आशचर्यजनकरुपमा धनी बनाएको छ । विगत १२ वर्षमा, कम्पनीको स्टकले लगभग ३३,०००% को आश्चर्यजनक प्रतिफल दिएको छ । सन २०१३ मा केवल ७.३५ भारुको मूल्य भएको यो स्टक आज २,४४२ भारु पुगेको छ । १२ वर्ष पहिले यो स्टकमा १ लाख भारु लगानी गर्ने व्यक्तिसँग अहिले ३.३० करोड भारु […]

गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै, दुई समूहबीच एकता घोषणा

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै छ । आइतबार आइतबा
BizKhabar Online » BizKhabar Online

गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै, दुई समूहबीच एकता घोषणा

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै छ । आइतबार आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा वृहत एकता घोषणा कार्यक्रम हुने डा. बद्री केसी नेतृत्वको एनआरएनएका उपमहासचिव एवम् वार्ता समिति सदस्य सोम सापकोटाले जानकारी दिए । करिब चार वर्षदेखि विभाजनमा रहेको संघमा डा बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गरिरहेका छन्। […]

घोराही सिमेन्टको १०.५३ प्रतिशत लाभांश घोषणा, बोलायो साधारण सभा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५३ प्रतिशत ला
BizKhabar Online » BizKhabar Online

घोराही सिमेन्टको १०.५३ प्रतिशत लाभांश घोषणा, बोलायो साधारण सभा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसअनुसार कम्पनीले १० प्रतिशत बोनस सेयर र उक्त बोनसको करसहित ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पाँचौ वार्षिक […]

स्कुस प्रतिकिलो रु ३० कायम, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

स्कुस प्रतिकिलो रु ३० कायम, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १३०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ५५, […]

रास्वपा र विवेकशील साझाबीच आज एकता हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता हुदैछ । रास्वप
BizKhabar Online » BizKhabar Online

रास्वपा र विवेकशील साझाबीच आज एकता हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता हुदैछ । रास्वपा र विवेकशील साझाबीच आज दिउसो २ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा एकताको घोषणा हुने कार्यक्रम रहेको छ । शुक्रबार राती बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो भने […]

अपर अरुणमा १३ अर्बको सेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने
BizKhabar Online » BizKhabar Online

अपर अरुणमा १३ अर्बको सेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर […]

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बिक्री आजदेखि खुला, लगानीकर्तालाई नयाँ विकल्प प्रदान

काठमाडौं । एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई ब
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बिक्री आजदेखि खुला, लगानीकर्तालाई नयाँ विकल्प प्रदान

काठमाडौं । एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ । पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल […]

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना, ४५ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जल
BizKhabar Online » BizKhabar Online

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना, ४५ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा […]

अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ
BizKhabar Online » BizKhabar Online

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै, प्लेअफको यात्रामा रहिरहन कर्णालीलाई जित्नैपर्ने बाध्यता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर ल
BizKhabar Online » BizKhabar Online

एनपिएलमा आज कर्णाली र काठमाडौँ भिड्दै, प्लेअफको यात्रामा रहिरहन कर्णालीलाई जित्नैपर्ने बाध्यता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता […]

महासंघ र राष्ट्रिय कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल, अध्यक्ष ढकालले भने-यो प्रतिस्पर्धा होइन मित्रता र सहकार्य हो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरन्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रि
BizKhabar Online » BizKhabar Online

महासंघ र राष्ट्रिय कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल, अध्यक्ष ढकालले भने-यो प्रतिस्पर्धा होइन मित्रता र सहकार्य हो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरन्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारहरु बीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।बालुवाटारस्थित ढुकु फुटसल मैदानमा आयोजना गरिएको सो खेल महासंघको टोलीले कलाकारको टोलीलाई चार गोलका विरुद्ध सात गोल गरेको थियो । खेलको उद्घाटन महासंघका अध्यक्ष चन्द्र ढकालले रिबन काटेर गरेलगतै महासंघ कार्यसमिति पधाधिकारी र […]

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा एघार पुल निर्माण

काठमाडौं । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्म
BizKhabar Online » BizKhabar Online

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा एघार पुल निर्माण

काठमाडौं । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् । सडक आयोजना कार्यालयका अनुसार म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । हालसम्म उक्त सडकको भौतिक प्रगति […]

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट, मलेसिया ९ विकेटले पराजित

काठमाडौँ । नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विक
BizKhabar Online » BizKhabar Online

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट, मलेसिया ९ विकेटले पराजित

काठमाडौँ । नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल […]

तेल मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक कदम, अनपेक्षित घटनाले माग बढायो

काठमाडौं । ‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रहरूले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा
BizKhabar Online » BizKhabar Online

तेल मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक कदम, अनपेक्षित घटनाले माग बढायो

काठमाडौं । ‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रहरूले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ । अप्रिलदेखि साउदी अरब, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानले करिब २.९ लाख ब्यारेल प्रतिदिन उत्पादन बढाउँदै प्रतिस्पर्धी मुलुकहरूसँगको बजार हिस्सेदारी विस्तार गर्ने प्रयास गरेका थिए । उत्पादन वृद्धि भएपनि बजारमा आपूर्ति […]

Get more results via ClueGoal