Nepal



2 taken to hospital after car overturns in accident near Yishun Dam

Two female car passengers were taken to the hospital after an accident involving two cars along a road near Yishun Dam on Friday (Dec 12) night.The accident happened at about 9.30pm along Seletar West Link towards Seletar Road North Link, before the left tur

यु–१९ एसिया कप : नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्
BizKhabar Online » BizKhabar Online

यु–१९ एसिया कप : नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको […]

नाइमाको पहिलो वार्षिक साधारणसभा सम्पन्न, दोस्रो नेपाल मोबिलिटी एक्स्पोको मिति तय

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले २०८३ साउन २६ ग
BizKhabar Online » BizKhabar Online

नाइमाको पहिलो वार्षिक साधारणसभा सम्पन्न, दोस्रो नेपाल मोबिलिटी एक्स्पोको मिति तय

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले २०८३ साउन २६ गते देखि ३१ गते सम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने भएको छ । संस्थाको पहिलो वार्षिक साधारणसभाले आउँदो साउन २६ देखि ३१ सम्म एक्स्पो आयोजना गर्ने तालिका पारित गरेको हो । नाइमाले गत साउनमा पहिलोपटक नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गरेको […]

हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित, २०२६ को योजना र सन् २०२५ को समीक्षा

काठमाडौं । सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको व
BizKhabar Online » BizKhabar Online

हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित, २०२६ को योजना र सन् २०२५ को समीक्षा

काठमाडौं । सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ । नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिद्वारा चितवनमा आयोजित ‘वार्षिक वितरक भेला २०२५’ मा सम्मानित एवं पुरस्कृत हुने सर्वोत्कृष्ट १० कम्पनीमा क्रमशः अर्किड इन्टरनेसनल प्राइभेट लिमिटेड (काठमाडौं), जे फोर टिच […]

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउ
BizKhabar Online » BizKhabar Online

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे । उनले महानगरको कार्यसम्पादन […]

एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन, भोलि निर्वाचन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो
BizKhabar Online » BizKhabar Online

एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन, भोलि निर्वाचन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर […]

विसं २०८३ को पात्रो : गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कु
BizKhabar Online » BizKhabar Online

विसं २०८३ को पात्रो : गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार आयोजना गरेको नयाँ पदाधिकारीहरुको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित […]

गोल्छा ग्रुपद्धारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल हस्तान्तरण

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले प
BizKhabar Online » BizKhabar Online

गोल्छा ग्रुपद्धारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल हस्तान्तरण

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्रदान गरेको हो । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी […]

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स३०० प्रो नेपालमा सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक र
BizKhabar Online » BizKhabar Online

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स३०० प्रो नेपालमा सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ । भिभो एक्स३०० […]

एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन : नेपालगञ्जमा डिपल एसओ५ र नामी भिगो सार्वजनिक

काठमाडौं । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपा
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धिको नयाँ माइलस्टोन : नेपालगञ्जमा डिपल एसओ५ र नामी भिगो सार्वजनिक

काठमाडौं । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल एसओ५ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ। यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा […]

देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक

काठमाडौँ । देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भूउपयो
BizKhabar Online » BizKhabar Online

देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक

काठमाडौँ । देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी कित्तागत विवरण […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारि
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ […]

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी, कतै डढेलो त कतै ग्याँस लिक हुँदा आगो

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजे
BizKhabar Online » BizKhabar Online

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी, कतै डढेलो त कतै ग्याँस लिक हुँदा आगो

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन् । कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट भएर, असावधानी […]

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग
BizKhabar Online » BizKhabar Online

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । […]

बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग, कारवाहीमा तीव्रता

काठमाडौँ । बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण वि
BizKhabar Online » BizKhabar Online

बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग, कारवाहीमा तीव्रता

काठमाडौँ । बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, […]

मदिरा नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक, यस्तो छ विज्ञहरुको सुझाव

काठमाडौं । नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा
BizKhabar Online » BizKhabar Online

मदिरा नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक, यस्तो छ विज्ञहरुको सुझाव

काठमाडौं । नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् । नेपाल मदिरा नीति सञ्जाल (नापा)को आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा ‘नेपालमा मदिरा प्रयोगको अवस्थाः नीतिगत चुनौती, लत तथा मानसिक स्वास्थ्य’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले मदिराजन्य […]

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु, गोली चलाउने २ जना पक्राउ

काठमाडौं । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय स
BizKhabar Online » BizKhabar Online

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु, गोली चलाउने २ जना पक्राउ

काठमाडौं । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ। यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का […]

सेबोनको सञ्चालक समितिमा भण्डारी नियुक्त, बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । अर
BizKhabar Online » BizKhabar Online

सेबोनको सञ्चालक समितिमा भण्डारी नियुक्त, बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । अर्थमन्त्री रामेश्वर खनालले विज्ञ सदस्यका रुपमा भण्डारीलाई सेबोनको सञ्चालक नियुक्त गरेका हुन् । भण्डारी तीन वर्षका लागि विज्ञ सदस्यका रुपमा सेबोनमा नियुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भण्डारीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा दशक लामो काम […]

चिसो अत्यधिक बढेसँगै घट्यो विद्युत् उत्पादन, माग धान्न पर्नसक्छ अप्ठ्यारो

काठमाडौं । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प
BizKhabar Online » BizKhabar Online

चिसो अत्यधिक बढेसँगै घट्यो विद्युत् उत्पादन, माग धान्न पर्नसक्छ अप्ठ्यारो

काठमाडौं । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो । पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे […]

पाहुनाको रोजाइमा ‘कोदोको सेलरोटी’ र भाँगो राखेको आलुको अचार

काठमाडौं । पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेख
BizKhabar Online » BizKhabar Online

पाहुनाको रोजाइमा ‘कोदोको सेलरोटी’ र भाँगो राखेको आलुको अचार

काठमाडौं । पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् । घरबास पुगेका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताए । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार […]

सुनको मूल्यमा प्रतितोला २२ सयको वृद्धि, चाँदीको मूल्य भने घट्याे

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला २२ सयको वृद्धि, चाँदीको मूल्य भने घट्याे

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्यमा भने गिरावट […]

एचआईडिसिएलको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले ग
BizKhabar Online » BizKhabar Online

एचआईडिसिएलको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्न लागेको […]

‘वाई-फाई’ विकासको रोचक कथा : ‘हलिउड अभिनेत्री’को योगदानदेखि ‘ब्ल्याक होल’ खोजको परिणामसम्म

काठमाडौं । आजको डिजिटल युगमा, वाई–फाई स्मार्टफोन र ल्यापटप प्रयोगकर्ताहरूले प्रयोग गर्ने एक साम
BizKhabar Online » BizKhabar Online

‘वाई-फाई’ विकासको रोचक कथा : ‘हलिउड अभिनेत्री’को योगदानदेखि ‘ब्ल्याक होल’ खोजको परिणामसम्म

काठमाडौं । आजको डिजिटल युगमा, वाई–फाई स्मार्टफोन र ल्यापटप प्रयोगकर्ताहरूले प्रयोग गर्ने एक सामान्य उपकरण हुन् । बिहान उठ्नेदेखि लिएर महत्वपूर्ण कार्यालयको काममा लाग्ने रातमा चलचित्र हेर्नेसम्म, हामी सबै कुराको लागि यो वायरलेस इन्टरनेट जडानमा भर पर्छौं । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हाम्रो घरदेखि ठूला कार्यालयहरूसम्म सबै कुरामा रहेको यो अद्भुत प्रविधिको […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

जेन-जी आन्दोलनमा जल्यो अभिलेख, अस्थायी संरचनाबाट यातायात कार्यालयको कामकाज

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति
BizKhabar Online » BizKhabar Online

जेन-जी आन्दोलनमा जल्यो अभिलेख, अस्थायी संरचनाबाट यातायात कार्यालयको कामकाज

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगन्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् । हाल कार्यालयले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै […]

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बो
BizKhabar Online » BizKhabar Online

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित […]

एनआइएमबी एस क्यापिटलद्वारा रितु प्रधान मल्ल एनआइबिएल इक्विटी पार्टनर्सको सह–प्रमुख नियुक्त

काठमाडौँ । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्सले रित
BizKhabar Online » BizKhabar Online

एनआइएमबी एस क्यापिटलद्वारा रितु प्रधान मल्ल एनआइबिएल इक्विटी पार्टनर्सको सह–प्रमुख नियुक्त

काठमाडौँ । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई सह–प्रमुख (को–हेड) पदमा नियुक्त गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड एंकर लगानीकर्ता रहेको यस निजी इक्विटी पहलमा मल्लको नियुक्तिसँगै लगानी नेतृत्व र दिगो वृद्धिको रणनीति थप सुदृढ हुने विश्वास लिइएको छ। एनआइबिएल इक्विटी पार्टनर्सको नेतृत्व टोलीमा आबद्ध भएपछि मल्लले निजी […]

लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि, हात पार्यो १ करोड १० लाख रुपैयाँ पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । उपाधि ज
BizKhabar Online » BizKhabar Online

लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि, हात पार्यो १ करोड १० लाख रुपैयाँ पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा […]

एनपिएलको फाइनलमा टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स, पहिलो ओभरमै भण्डारी आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिए) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरप
BizKhabar Online » BizKhabar Online

एनपिएलको फाइनलमा टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स, पहिलो ओभरमै भण्डारी आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिए) को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् । यो संस्करणको लिगमा उत्कृष्ट […]

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

मेलबर्न । अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक स
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

मेलबर्न । अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका […]

राजधानी काठमाडौँमा मोक्सी होटेल्सको आगमन: नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै

काठमाडौं । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक
BizKhabar Online » BizKhabar Online

राजधानी काठमाडौँमा मोक्सी होटेल्सको आगमन: नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै

काठमाडौं । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाडौंमा मोक्सी काठमाडौँको उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ। परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाडौँको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण यो शहर मोक्सीका लागि उपयुक्त थलो बनेको छ। नेपालको हस्पिटालिटी क्षेत्रमा […]

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन, थ्री एसको सुविधा

बुटवल, २०८२ मंसिर २५ – यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन, थ्री एसको सुविधा

बुटवल, २०८२ मंसिर २५ – यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रा.लि.ले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने छ । […]

युरोपेली सङ्घद्वारा रूसको केन्द्रीय बैंकविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू

ब्रसेल्स । युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस
BizKhabar Online » BizKhabar Online

युरोपेली सङ्घद्वारा रूसको केन्द्रीय बैंकविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू

ब्रसेल्स । युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।” निर्णय […]

जेन-जी पुस्ताले बदल्दैछ जागिरको अर्थ : पैसा र पदमात्र होइन, खोजिरहेको छ शान्ति र उद्देश्य

काठमाडौं । हाम्रा अधिकांश युवाहरू आफ्नो करियरमा प्रसिद्धि र सफलताको चाहना राख्छन्, राम्रो पैसा क
BizKhabar Online » BizKhabar Online

जेन-जी पुस्ताले बदल्दैछ जागिरको अर्थ : पैसा र पदमात्र होइन, खोजिरहेको छ शान्ति र उद्देश्य

काठमाडौं । हाम्रा अधिकांश युवाहरू आफ्नो करियरमा प्रसिद्धि र सफलताको चाहना राख्छन्, राम्रो पैसा कमाउन चाहन्छन् र राम्रो जीवन बिताउन चाहन्छन्, तर यो कसरी सम्भव हुन सक्छ थप पढ्नुहोस् : एक महिलाले हालै इन्टरनेटमा पोस्ट गरिन् कि कसरी उनको म्यानेजरले बिहान ३ः४५ बजे पठाएको सन्देशको जवाफ नदिएपछि आफ्नो रिस देखाएकोे थियो, यद्यपि उनले त्यस दिन […]

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा
BizKhabar Online » BizKhabar Online

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छिन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन् । उनले भनिन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै […]

भूँडी घटाउने र तौल नियन्त्रण गर्ने चाहना छ ? नियमित ‘साधारण वाक’ छाड्नुस, ‘जापानी वाक’ प्रयास गर्नुस

काठमाडौं । के तपाईंलाई थाहा छ जापानी वाक तपाईंको स्वास्थ्यको लागि कति फाइदाजनक हुन सक्छ ? हो, दैनि
BizKhabar Online » BizKhabar Online

भूँडी घटाउने र तौल नियन्त्रण गर्ने चाहना छ ? नियमित ‘साधारण वाक’ छाड्नुस, ‘जापानी वाक’ प्रयास गर्नुस

काठमाडौं । के तपाईंलाई थाहा छ जापानी वाक तपाईंको स्वास्थ्यको लागि कति फाइदाजनक हुन सक्छ ? हो, दैनिक ३० मिनेट जापानी वाकले …थप पढ्नुहोस् : तपाईंलाई पहिले नै जानकारी छ कि हिँड्नु तपाईंको स्वास्थ्यको लागि कति फाइदाजनक छ । तर के तपाईंलाई थाहा छ कि यी फाइदाहरू तपाईंको हिँड्ने तरिकामा पनि निर्भर गर्दछ ? हो, […]

Get more results via ClueGoal