काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन गरिएको छ। यो अभियान २०८२ साल पुस महिनाभरि लागू हुनेछ। अभियान अवधिमा रु. २०० वा सोभन्दा बढी रकमको […]
काठमाडौँ । नेपाल बैंकिङ, वित्त तथा बीमा प्रतिष्ठान (बीएफआईएन) र पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अन्तर्गतको भारत–नेपाल केन्द्रको सहकार्यमा ‘नेपाल बीएफएसआई शिखर सम्मेलन २०२५’ यही शुक्रबार, १९ डिसेम्बर २०२५ मा काठमाडौँको र्याडिसन होटलमा आयोजना हुने भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘आकांक्षी नेपालको लागि आर्थिक रूपान्तरणको मार्गचित्र’ तय गरिएको छ । सम्मेलनको सुरुआत ‘नेपालको […]
काठमाडौं । सहकारी ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो । उच्च अदालतले बिगो बराबर धरौटी माग गर्ने आदेश दिएको हो । उच्च अदालतले धरौटी […]
काठमाडौं । सरकारले भदौ २३ र भदौ ३४ गतेको जेनजी आन्दोलनका घट्नासम्बन्धी अनुसन्धान गर्न बनाएको जाँचुबझ आयोगको म्याद एक महिना थपेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थपेको हो । हिजोमात्रै आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर म्याद थपको लागि आग्रह गरेका थिए। त्यसको भोलिपल्टै आज सरकारले एक महिना म्याद […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गरेका छन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदाहुँदै पनि ऋण लगानी विस्तार हुन नसकेपछि गभर्नरले बैंक तथा वित्तीय संस्थाका सीईओहरुसँग बुधबार छलफल गरेका हुन् । छलफलका क्रममा गभर्नर पौडेलले धितोमाभन्दा परियोजना बेसमा कर्जा प्रवाह […]
काठमाडौं । भारतको राजधानी दिल्लीमा, मानिसहरू प्रदूषित हावाबाट बच्न नयाँ तरिकाहरू खोजिरहेका छन् । तिनीहरू अब केवल खान वा कफी पिउन बाहिर निस्कँदैनन्, बरु, तिनीहरू त्यस्ता ठाउँहरू खोजिरहेका छन् जहाँ तिनीहरूले स्वतन्त्र रूपमा सास फेर्न सकून् । शहरको व्यस्त छिमेकहरूमा एउटा नयाँ प्रवृत्ति देखा पर्दैछ । दिल्ली र वरपरका क्षेत्रहरूमा ‘ग्रीन क्याफेहरू’ लोकप्रिय हुँदै गइरहेका […]
काठमाडौं । आज पुस ३ गते नेप्सेमा सूचीकृत चार इन्स्योरेन्स कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । बिहीबार लाभांश घोषणा गर्नेमा तीन जीवन बीमा कम्पनी रहेका छन् भने एक निर्जीवन बीमा कम्पनी रहेको छ । आज लाभांश घोषणा गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र […]
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ […]
काठमाडौं । वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ । सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् । सिकार […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए । उनले […]
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]
काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिवापत परेको बीमा दावीमध्ये ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ । बीमा प्राधिकरणले बुधबार एक सूचना सार्वजनिक गर्दै हालसम्म उक्त रकम बराबरका बीमा दावी रकम भुक्तानी भएको बताएको हो । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार […]
काठमाडौं । जुम्लामा यो वर्ष करिब १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको […]
काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ । उच्च मूल्यवृद्धिसँग जुधिरहेको अर्थतन्त्रलाई सहारा दिन आक्रामक खर्च बढाउनुपर्ने प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा स्पष्ट रूपमा देखिन्छ । यदि यो बजेट स्वीकृत भयो […]
काठमाडों । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने क्रममा ठगी भएको निष्कर्षसहित मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की तथा थमसेर्कु डेभलपर्सका सञ्चालक […]
काठमाडौं । एनएमबि क्यापिटलले विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मिति २०८२÷०८÷२९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलार्ई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो […]
काठमाडौं । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट-२०८२ मा शिवम् सिमेन्ट लिमिटेड “Powered By” प्रायोजकको रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी २०८२ […]
काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जस अनुसार काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३, २०२५) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । काठमाडौं […]
काठमाडौं । विश्व बैंकले नेपालमा शिक्षा, स्वास्थ्य र पोषणमा पर्याप्त लगानी नहुँदा भावी पुस्ताको उत्पादक क्षमतामा गम्भीर रुपमा प्रभावित हुने चेतावनी दिएको छ । विश्व बैंकले ‘नर्चरिङ नेपाली ट्यालेन्ट टु फोस्टर इकोनोकि ग्रोथ’ प्रतिवेदन सार्वजनिक गर्दै देशभर मानव पूँजीको अवस्था, चुनौती र अवसरको विस्तृत मूल्याङ्कन गरेको हो । प्रतिवेदन अनुसार हाल नेपालमा जन्मिएको एक बच्चाले […]
काठमाडौं । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन […]
काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार […]
काठमाडौं । केहि दिन अघि ज्योति विकास बैंकका कर्मचारी माथि भएको विभिन्न घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रयासका कारण देशभरका सबै स्थानीय तहसम्म बैंकिङ पहुँच विस्तार भएको र सर्वसाधारणले निक्षेप, कर्जा, विप्रेषण तथा सामाजिक सुरक्षा भत्ताजस्ता वित्तीय सेवा स्थानीयस्तरमै सहज […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन्। कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, […]
काठमाडौं । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक भ्ख् बन्न सफल भएको छ। नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी […]
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी […]
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि पुँजीगत शीर्षकमा […]
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयर भाउ बढेको छ भने ६१ कम्पनीको घटेको छ । यता, आज कारोबार रकम भने घटेको छ । मंगलबार ३ […]
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो । तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईको कोठाबाट रु […]
काठमाडौं । मंगलबार क्रिप्टोकरेन्सी बजार देखिएको उथलपुथल बुधबारपनि जारी रहेको छ । बिटक्वाइन र अन्य प्रमुख मुद्राहरू २४ घण्टामा ४% भन्दा बढीले घटेका छन् । विश्वव्यापी क्रिप्टोकरेन्सी बजार पूँजीकरण २४ घण्टामा ३.७५% ले घटेर ३ ट्रिलियन डलरभन्दा तल झरेको छ । यो अवधिमा बिटक्वाइनको मूल्य पनि ४% भन्दा बढीले घटेर ८६,००० डलरभन्दा कममा झरेको छ […]
काठमाडौं । गएको मंसिर महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले नेपालमा १ अर्ब ९१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो विवरणलाई आधार मान्दा मंसिर महिनामा विदेशी लगानीकर्ताहरुले ५६ परियोजनामार्फत १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बढीको लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । विभागको विवरणलाई आधार […]
काठमाडौं । सुनिल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन् । आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा उठ्नेगरि उनले सो पदबाट राजीनामा दिएका हुन् । उनले आफूले हालै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिए । थापा पूर्वमन्त्री हुन् । उनी धनकुटाबाट ०७० मा निर्वाचित भएका थिए । पछि उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर २९ गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखिएको छ। वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको छ। यस अनुसार […]
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले इतिहास रचेका छन् । उनी विश्वका पहिलो व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । पछिल्लो २४ घण्टामा उनको कुल सम्पत्ति १६७ अर्ब डलरले बढेको छ । मस्कको कुल सम्पत्तिमा यो अचानक वृद्धि उनको रकेट–निर्माण कम्पनी, स्पेसएक्सको बढ्दो मूल्यको कारण हो । यसले […]
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन पाइने सेवा ‘ई–पोलिसी लोन’ सुरुवात गरेको छ । कम्पनीका सञ्चालकहरु विरेन्द्र जंग पाण्डे, सम्झना […]