काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव […]
काठमाडौं । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार लघुवित्तले १२.५ प्रतिशत बोनस सयर र कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने […]
काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाएसँगै देशभरका लाखौँ मानिसको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । विगत वर्षमा कम्पनीले जीवनका सुख-दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणमा नेपालीको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत […]
काठमाडौं- सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्ट बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा, टाईगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय […]
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रबार होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारणसभामा ७६% भन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरूको उपस्थित भएको थियो । साधारणसभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दीप प्रज्वलनसहित उद्घाटन गरेका थिए । सभाको उद्घाटनसँगै […]
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का […]
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा […]
काठमाडौँ । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा ८७ लाख भित्र्याएको हो। विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए। अर्बकुना सुन्तला समूहमा […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति थप चुलिएको छ । बैंक तथा वित्तीय संस्थाले खराब कर्जा घटाउन सकारेको धितो बिक्री गर्न नसक्दा गैरबैंकिङ सम्पत्ति अस्वभाविक रुपमा बढेको हो । एक वर्षमा नै बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति पौने १३ अर्ब रुपैयाँले बढेको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको समग्रमा […]
काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएसंगै निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँले बढाएको हो । डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमले […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् । सोमबार आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य २ खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गरेको जानकारी दिएका हुन् । […]
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार आयोगको सदस्यमा प्राडा सुनीति श्रेष्ठ नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बैठकले प्रचलित कानूनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा […]
काठमाडौं । भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्क र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरे । उक्त समझदारीअनुसार आइएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र […]
काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको […]
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले २०८३ साउन २६ गते देखि ३१ गते सम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने भएको छ । संस्थाको पहिलो वार्षिक साधारणसभाले आउँदो साउन २६ देखि ३१ सम्म एक्स्पो आयोजना गर्ने तालिका पारित गरेको हो । नाइमाले गत साउनमा पहिलोपटक नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गरेको […]
काठमाडौं । सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ । नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिद्वारा चितवनमा आयोजित ‘वार्षिक वितरक भेला २०२५’ मा सम्मानित एवं पुरस्कृत हुने सर्वोत्कृष्ट १० कम्पनीमा क्रमशः अर्किड इन्टरनेसनल प्राइभेट लिमिटेड (काठमाडौं), जे फोर टिच […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे । उनले महानगरको कार्यसम्पादन […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर […]
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार आयोजना गरेको नयाँ पदाधिकारीहरुको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित […]
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्रदान गरेको हो । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी […]
काठमाडौं । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको छ । भिभो एक्स३०० […]
काठमाडौं । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल एसओ५ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ। यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा […]
काठमाडौँ । देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी कित्तागत विवरण […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ […]
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन् । कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट भएर, असावधानी […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । […]
काठमाडौँ । बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, […]
काठमाडौं । नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् । नेपाल मदिरा नीति सञ्जाल (नापा)को आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको समन्वयमा ‘नेपालमा मदिरा प्रयोगको अवस्थाः नीतिगत चुनौती, लत तथा मानसिक स्वास्थ्य’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले मदिराजन्य […]
काठमाडौं । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ। यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का […]
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । अर्थमन्त्री रामेश्वर खनालले विज्ञ सदस्यका रुपमा भण्डारीलाई सेबोनको सञ्चालक नियुक्त गरेका हुन् । भण्डारी तीन वर्षका लागि विज्ञ सदस्यका रुपमा सेबोनमा नियुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भण्डारीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा दशक लामो काम […]
काठमाडौं । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो । पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे […]
काठमाडौं । पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् । घरबास पुगेका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताए । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार […]
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्यमा भने गिरावट […]