काठमाडौं । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन […]
काठमाडौं । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार […]
काठमाडौं । केहि दिन अघि ज्योति विकास बैंकका कर्मचारी माथि भएको विभिन्न घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रयासका कारण देशभरका सबै स्थानीय तहसम्म बैंकिङ पहुँच विस्तार भएको र सर्वसाधारणले निक्षेप, कर्जा, विप्रेषण तथा सामाजिक सुरक्षा भत्ताजस्ता वित्तीय सेवा स्थानीयस्तरमै सहज […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन्। कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, […]
काठमाडौं । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक भ्ख् बन्न सफल भएको छ। नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी […]
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी […]
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि पुँजीगत शीर्षकमा […]
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयर भाउ बढेको छ भने ६१ कम्पनीको घटेको छ । यता, आज कारोबार रकम भने घटेको छ । मंगलबार ३ […]
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो । तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईको कोठाबाट रु […]
काठमाडौं । मंगलबार क्रिप्टोकरेन्सी बजार देखिएको उथलपुथल बुधबारपनि जारी रहेको छ । बिटक्वाइन र अन्य प्रमुख मुद्राहरू २४ घण्टामा ४% भन्दा बढीले घटेका छन् । विश्वव्यापी क्रिप्टोकरेन्सी बजार पूँजीकरण २४ घण्टामा ३.७५% ले घटेर ३ ट्रिलियन डलरभन्दा तल झरेको छ । यो अवधिमा बिटक्वाइनको मूल्य पनि ४% भन्दा बढीले घटेर ८६,००० डलरभन्दा कममा झरेको छ […]
काठमाडौं । गएको मंसिर महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले नेपालमा १ अर्ब ९१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो विवरणलाई आधार मान्दा मंसिर महिनामा विदेशी लगानीकर्ताहरुले ५६ परियोजनामार्फत १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बढीको लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । विभागको विवरणलाई आधार […]
काठमाडौं । सुनिल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन् । आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा उठ्नेगरि उनले सो पदबाट राजीनामा दिएका हुन् । उनले आफूले हालै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिए । थापा पूर्वमन्त्री हुन् । उनी धनकुटाबाट ०७० मा निर्वाचित भएका थिए । पछि उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर २९ गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा कम देखिएको छ। वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै सङ्कलन गर्न सकेको छ। यस अनुसार […]
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले इतिहास रचेका छन् । उनी विश्वका पहिलो व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । पछिल्लो २४ घण्टामा उनको कुल सम्पत्ति १६७ अर्ब डलरले बढेको छ । मस्कको कुल सम्पत्तिमा यो अचानक वृद्धि उनको रकेट–निर्माण कम्पनी, स्पेसएक्सको बढ्दो मूल्यको कारण हो । यसले […]
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन पाइने सेवा ‘ई–पोलिसी लोन’ सुरुवात गरेको छ । कम्पनीका सञ्चालकहरु विरेन्द्र जंग पाण्डे, सम्झना […]
काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छभने त्यति नै परिमाणमा बिक्रीवितरणसमेत भइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ […]
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव […]
काठमाडौं । छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार लघुवित्तले १२.५ प्रतिशत बोनस सयर र कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने […]
काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाएसँगै देशभरका लाखौँ मानिसको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ । विगत वर्षमा कम्पनीले जीवनका सुख-दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणमा नेपालीको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत […]
काठमाडौं- सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्ट बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा, टाईगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय […]
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रबार होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारणसभामा ७६% भन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरूको उपस्थित भएको थियो । साधारणसभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले दीप प्रज्वलनसहित उद्घाटन गरेका थिए । सभाको उद्घाटनसँगै […]
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का […]
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा […]
काठमाडौँ । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा ८७ लाख भित्र्याएको हो। विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए। अर्बकुना सुन्तला समूहमा […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति थप चुलिएको छ । बैंक तथा वित्तीय संस्थाले खराब कर्जा घटाउन सकारेको धितो बिक्री गर्न नसक्दा गैरबैंकिङ सम्पत्ति अस्वभाविक रुपमा बढेको हो । एक वर्षमा नै बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति पौने १३ अर्ब रुपैयाँले बढेको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको समग्रमा […]
काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएसंगै निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँले बढाएको हो । डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमले […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् । सोमबार आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य २ खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गरेको जानकारी दिएका हुन् । […]
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार आयोगको सदस्यमा प्राडा सुनीति श्रेष्ठ नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बैठकले प्रचलित कानूनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा […]
काठमाडौं । भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्क र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एण्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथले हस्ताक्षर गरे । उक्त समझदारीअनुसार आइएफसीले नेपालमा जलवायु वित्त विकासको निम्ति राष्ट्र […]
काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको […]
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले २०८३ साउन २६ गते देखि ३१ गते सम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्ने भएको छ । संस्थाको पहिलो वार्षिक साधारणसभाले आउँदो साउन २६ देखि ३१ सम्म एक्स्पो आयोजना गर्ने तालिका पारित गरेको हो । नाइमाले गत साउनमा पहिलोपटक नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गरेको […]
काठमाडौं । सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ । नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिद्वारा चितवनमा आयोजित ‘वार्षिक वितरक भेला २०२५’ मा सम्मानित एवं पुरस्कृत हुने सर्वोत्कृष्ट १० कम्पनीमा क्रमशः अर्किड इन्टरनेसनल प्राइभेट लिमिटेड (काठमाडौं), जे फोर टिच […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे । उनले महानगरको कार्यसम्पादन […]