काठमाडौँ । । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको […]
काठमाडौँ । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्राकृतिक स्रोतले धनी यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो । प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेताहरूसँग पहिलो शिखर सम्मेलन आयोजना गरे। […]
काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार […]
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, […]
काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ । यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राहि तथा आन्तरिक एवं बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टरबाट प्रदान गरिने यौन […]
काठमाडौं । सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ । नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवर्द्धन […]
काठमाडौं। बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नम्बर २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्र भएको थियो । बेनी नगरपालिका–२ भकुण्डेका बासिन्दा भीमबहादुर पौडेलले बिटुमिनले […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अग्रवाल पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई बिहीबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो । यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए । पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण र संचालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो पहल नेपाल सरकारले सार्वजनिक–निजी साझेदारी मोडलमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाको अनुकूल भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितिमा सीएनआईका महानिर्देशक डा. घनश्याम ओझा र निफ्राका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाँउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र अन्यौलका कारण आर्थिक गतिविध चलायमान हुन नसकेकोले र निजी क्षेत्रको मनोबलमाथी नउठेसम्म […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार कर्णलाई रिक्त महानिर्देशक पदको कामकाज गर्ने जिम्मेवारी दिइएको हो। निवर्तमान महानिर्देशक ई. प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा १७ मंसिरदेखि निलम्बनमा परेपछि पद रिक्त थियो। प्राधिकरणका वरिष्ठ उपमहानिर्देशक (१२औँ तह) कर्णले शुक्रबार पदभार ग्रहण […]
काठमाडौं । अनौपचारिक च्यानल वा माध्यममार्फत गरिने विप्रेषण कारोबार (हुण्डी) नगर्न अमेरिकास्थित नेपाली दुतावासले त्यहाँका नेपालीलाई आग्रह गरेको छ । सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि नेपालतर्फ र नेपालबाट विदेशतर्फ हुने अनौपचारिक विप्रेषण कारोबार रोक्न भन्दै दूतावासले यस्तो आग्रह गरेको हो । दूतावासले एक सूचना जारी गर्दै अनौपचारिक विप्रेषण कारोबारका कारण मुलुकमा […]
काठमाडौं । अमेरिकाको डिभी लोटरी कार्यक्रम अस्थायी रुपमा रोकिने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने भएको हो। गृहमन्त्री कृष्टी नोयमका अनुसार घटनामा संलग्न व्यक्ति ८ वर्षअघि डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए। नोयमले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै आप्रवासी नीतिमा कडाइ गरिने […]
काठमाडौं । मध्यपहाडी लोकमार्ग ११ वर्षदेखि अधुरै रहेको छ । जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ । लोकमार्गको कुदुदेखि थलहसम्मको भाग अझै निर्माण कार्य पूरा भएको छैन । थलहदेखि सुवायासम्मको सडक निर्माण कार्य पूरा भई निर्माण व्यवसायीले जिम्मासमेत लगाइसकेको अवस्था रहेको छ । झण्डै ३० किलोमिटर काम नहुँदा बर्सेनि […]
काठमाडौं । धितोपत्र बोर्ड संचालक समितिले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नरोक्ने नभएसँगै जेन–जीहरु पुनः सक्रिय भएका छन् । अर्थ मन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयर (आईपीओ) मार्फत लगानीकर्ता ठगिने भन्दै सो सम्बन्धमा छानविन गर्न निर्देशन दिएको थियो । तर, बोर्डले छानविन गर्न समिति गठन गर्ने तर लगानीकर्ता पनि ठगिने गरी आईपीओ […]
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश लगानीकर्ताले भने […]
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ६० प्रतिशत हकप्रद सेयर निष्काशनको लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी […]
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ६० हजार ४ सय रपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घट्दै […]
काठमाडौं । अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उनले नतिजा देखाउन नसकेका बोर्ड, समिति र संस्थान खारेज गरी बजेट बचत […]
काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन गरिएको छ। यो अभियान २०८२ साल पुस महिनाभरि लागू हुनेछ। अभियान अवधिमा रु. २०० वा सोभन्दा बढी रकमको […]
काठमाडौँ । नेपाल बैंकिङ, वित्त तथा बीमा प्रतिष्ठान (बीएफआईएन) र पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अन्तर्गतको भारत–नेपाल केन्द्रको सहकार्यमा ‘नेपाल बीएफएसआई शिखर सम्मेलन २०२५’ यही शुक्रबार, १९ डिसेम्बर २०२५ मा काठमाडौँको र्याडिसन होटलमा आयोजना हुने भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘आकांक्षी नेपालको लागि आर्थिक रूपान्तरणको मार्गचित्र’ तय गरिएको छ । सम्मेलनको सुरुआत ‘नेपालको […]
काठमाडौं । सहकारी ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो । उच्च अदालतले बिगो बराबर धरौटी माग गर्ने आदेश दिएको हो । उच्च अदालतले धरौटी […]
काठमाडौं । सरकारले भदौ २३ र भदौ ३४ गतेको जेनजी आन्दोलनका घट्नासम्बन्धी अनुसन्धान गर्न बनाएको जाँचुबझ आयोगको म्याद एक महिना थपेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थपेको हो । हिजोमात्रै आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर म्याद थपको लागि आग्रह गरेका थिए। त्यसको भोलिपल्टै आज सरकारले एक महिना म्याद […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गरेका छन् । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदाहुँदै पनि ऋण लगानी विस्तार हुन नसकेपछि गभर्नरले बैंक तथा वित्तीय संस्थाका सीईओहरुसँग बुधबार छलफल गरेका हुन् । छलफलका क्रममा गभर्नर पौडेलले धितोमाभन्दा परियोजना बेसमा कर्जा प्रवाह […]
काठमाडौं । भारतको राजधानी दिल्लीमा, मानिसहरू प्रदूषित हावाबाट बच्न नयाँ तरिकाहरू खोजिरहेका छन् । तिनीहरू अब केवल खान वा कफी पिउन बाहिर निस्कँदैनन्, बरु, तिनीहरू त्यस्ता ठाउँहरू खोजिरहेका छन् जहाँ तिनीहरूले स्वतन्त्र रूपमा सास फेर्न सकून् । शहरको व्यस्त छिमेकहरूमा एउटा नयाँ प्रवृत्ति देखा पर्दैछ । दिल्ली र वरपरका क्षेत्रहरूमा ‘ग्रीन क्याफेहरू’ लोकप्रिय हुँदै गइरहेका […]
काठमाडौं । आज पुस ३ गते नेप्सेमा सूचीकृत चार इन्स्योरेन्स कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । बिहीबार लाभांश घोषणा गर्नेमा तीन जीवन बीमा कम्पनी रहेका छन् भने एक निर्जीवन बीमा कम्पनी रहेको छ । आज लाभांश घोषणा गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र […]
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ […]
काठमाडौं । वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ । सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् । सिकार […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए । उनले […]
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]
काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिवापत परेको बीमा दावीमध्ये ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ । बीमा प्राधिकरणले बुधबार एक सूचना सार्वजनिक गर्दै हालसम्म उक्त रकम बराबरका बीमा दावी रकम भुक्तानी भएको बताएको हो । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार […]
काठमाडौं । जुम्लामा यो वर्ष करिब १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको […]