काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १.३७ अंकले बढ्दै २५ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय ३४ कम्पनीका ७२ लाख २४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २२ […]
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरेका हुन् । समझदारी पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना […]
काठमाडौं । अघिल्लो वर्ष जस्तै यो यस वर्ष सन् २०२५ मा पनि विश्व राजनीतिको चर्चाको केन्द्रमा संयुक्त राज्य अमेरिका नै रह्यो । अघिल्लो वर्ष अमेरिकाको राष्ट्रपतीय चुनावी दौडमा पुनः पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नै सहभागी हुने चर्चाले विश्वको राजनीतिक बजार ओगटेको थियो भने यस वर्ष उहाँको ह्वाइट हाउस पुनरागमन र ‘अमेरिका फर्स्ट’ नीतिले । तर दोस्रो […]
काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि अनुमति दिएको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७५ लाख कित्ता सेयर निष्काशन गर्नेछ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्टले गर्नेछ ।
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले भक्तपुर, ललितपुर र दार्चुलाबाट ३१ जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा रामेछाप मन्थली नगरपालिका–७ घर भई सूर्यविनायक बस्ने ३२ वर्षीय कुशल मगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ […]
सिरहा । शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो । शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन्भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ । चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले […]
काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउने उद्देश्यले वाइफाई ६ प्रविधिका राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। वाइफाई ६ प्याकेज अन्तर्गत अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिने टेलिकमले जनाएको छ। यसअघि नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै […]
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । आज एक समारोहबीच काठमाडौको डिल्लीबजार उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिटिजन्स […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस ९ गते फेरि पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा […]
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी पुष ९ गते हुने आफ्नो साधारण सभालाई विधान र कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन गर्ने स्पष्ट पारेको छ । केही सञ्चार माध्यममा हालै आएका समाचारका कारण फैलिएको भ्रम पूर्णरूपमा निराधार रहेको एसोसिएसनले जनाएको छ । नाडाले लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति आफ्नो पूर्ण […]
काठमाडौं । नेपालको पुँजी बजार लामो समयदेखिको राजनीतिक अस्थिरताको चपेटामा परेको छ । नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले खुकुलो नीति अवलम्बन गर्दा र सेयर बजार बढ्ने विभिन्न आधार तय हुँदा पनि पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागिरहेको छ । सेयर बजारका जानकार तथा अग्रज लगानीकर्ताहरु सेयर बजारमा देखिएको निरन्तर गिरावटको कारण […]
काठमाडौँ । देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध गरिएको केन्द्रका अधिकृत […]
काठमाडौं । विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो । साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको यस […]
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस ३० गते वार्षिक साधारण […]
काठमाडौं । सन २०२५ भारतीय सेयर बजारमा रिलायन्स इन्डस्ट्रीज (आरआइएल) को लागि ठूलो उपलब्धिको वर्ष भएको छ । यस वर्ष रिलायन्सको सेयरले लगभग २७% को बलियो प्रतिफल दिएको छ, जसले लगानीकर्ताहरूलाई धनी बनाएको छ । यो तीव्र वृद्धिले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीको कुल सम्पत्तिमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारेको छ, जसका कारण उनी फेरि एक […]
काठमाडौं । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस […]
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ । विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई रु १५ हजार, पाककला प्रालिलाई रु १० हजार र इन्द्रेणी फुड वल्र्ड एण्ड व्याङ्केटलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) […]
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ विभागले जनाएको छ । आज दिउसो पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ […]
मुस्ताङ । नेपाल–चीनको सीमा नाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्ने गरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० […]
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२५ (ईन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । बैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो […]
सुनसरी। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा डा अन्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपत्कालीन तथा आपत्कालीन स्वास्थ्य सेवा (इएचएस) सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना […]
काठमाडौं । भाद्र २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले अनुसन्धानको दायरामा रहेका पूर्व उच्च अधिकारीहरूमाथि लगाइएको विदेश भ्रमण तथा काठमाडौं उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गरेको छ। भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ ले पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को प्रतिवेदन सार्वजनिक गरेको छ । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले ६ वटा एजेण्डामा केन्द्रीय बैंकलाई सुझाव दिएको हो । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा एनआरएनलाई पुँजी बजारमा भित्र्याउनेदेखि राष्ट्रिय वाणिज्य बैंकको आइपीओ निष्काशनका लागि पहल गर्नेसम्मका कुराहरु समावेश छन् । नेपाली […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गरेका छन् । उनीहरुबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि […]
काठमाडौं । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले सोमबार जानकारी दिँदै बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा […]
काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। पुस ४ गतेदेखि खुलेको यो इकाईमा निष्कासन बन्द छिटोमा पुस ८ गते हुन पर्नेमा पर्याप्त आवेदन नपरेपछि पुस १८ गतेसम्म लम्बिएको हो। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार एक अर्ब रुपैयाँ […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल […]
गण्डकी । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएको छ । डिटिपिएस नामक कृषि फार्म दर्ता गरी उनीहरुले व्यावसायिक कृषि सुरु गरिएको हो । परिवारमा एक अर्काको साथ […]
काठमाडौं । मंगलबार नेप्से परिसूचक दिनभरको उतारचढाबबीच सामान्य अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव २७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका मध्ये १ सय ३४ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १७ कम्पनीको घटेको छ । यता, […]
काठमाडौं । महोत्तरी गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो । गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । […]
काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने […]
काठमाडौं । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १० लाख ५९ हजार ७०४ आम्दानी गरेको हो । साउनदेखि मङ्सिरसम्म फोहर बिक्री गरी उक्त आम्दानी भएको […]
काठमाडौं । पछिल्लो दुई सातामा नेपालमा सुकेको लसुनको भाउ एकाएक आकाशिएको छ । अघिल्लो हप्ता प्रतिकिलो १ सय ९० रुपैयाँसम्ममा थोक कारोबार भइरहेको लसुनको मूल्य मंगलबारसम्म आइपुग्दा ३ सय ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । गत वर्षदेखि अघिल्लो हप्तासम्मै प्रतिकिलो १ सय ९० रुपैयाँ औसत मूल्यमा किनबेच भइरहेको लसुनको मूल्यमा एकाएक उछाल आउँदा यसले समग्र […]
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक […]
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ।साधारणसभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित)- १९ करोड ५ लाख […]