काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम […]
काठमाडौँ । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले जनाएका छन् । इन्टरनेट र फोन सेवा अवरुद्ध गरिएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरका सडकहरू प्रदर्शनकारीले भरिएका छन् । अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग […]
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरे । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल […]
वीरगञ्ज । सरकारले वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलो उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीले माग गरेका छन् । वीरगञ्जमा एक दशकदेखि सुधारिएको चुलो उद्योग सञ्चालनमा हुँदै आइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थाका प्राडा राजेश राईले पनि सरकारले सुधारिएको चुलोे प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । “सुधारिएको […]
काठमाडौं । ६० र ७० को दशकका बलिउड र हलिउड फिल्महरूमा तपाईंले अभिनेता र अभिनेत्रीहरूलाई चुरोट पिउने गरेको देख्नुभएको होला । ती दिनहरूमा धुम्रपान केवल बानी मात्र थिएन, यो ग्ल्यामरको प्रतीक पनि थियो । आज पनि धेरै फिल्महरूमा सेलिब्रेटीहरूले धुवाँ फुकेको देख्न सकिन्छ । धेरै गीतहरू चुरोटको बारेमा पनि बनेका छन् । तर, समाजले धुम्रपानको […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू भएको एक वर्ष बितिसक्दा पनि विनियमावली ल्याउन असफल भएको छ । नेपाल धितोपत्र बोर्डले २०८१ माघ ३ गतेदेखि नियमावली लागू गरेर विनियमावली बनाउन नेप्सेलाई निर्देशन दिएको थियो । तर, नियमावली लागू भएको एक वर्षसम्म पनि नेप्सेले विनियमावली बनाउन […]
काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २ […]
काठमाडौं । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह […]
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा आगामी माघ अन्तिम साता […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताएका छन् । उनले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गरे । शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो […]
काठमाडौँ । उज्यालो नेपाल पार्टी ९उनेपा० को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज बसेको सो पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब […]
काठमाडौं । गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यो क्रान्तिकारी इभीको नयाँ ग्रान्उन्ड ब्रेकिंग संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ई०७ले एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब […]
काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमानलाई अध्यक्ष चयन गरिएको पार्टी स्रोतले जानकारी दिएको छ । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने उनले करिब २ हप्ता पहिला रास्वपामा पार्टी विलय गराएका थिए । तर, रास्वपासँग सहमति कार्यान्वयन गर्न अप्ठ्यारो देखेका […]
नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्तित बनेका छन्। चिसो सहन नसकेर घारभित्रै मौरी मर्न थालेपछि मह उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको छ। नेपाल मौरीपालक महासङ्घ बाँकेका अनुसार प्रतिकूल मौसमका कारण कतिपय घारहरू रित्तिने अवस्थामा पुगेका छन्। नेपाल मौरीपालक महासङ्घ बाँकेका अध्यक्ष पुरमल बस्नेतका अनुसार चिसोका कारण […]
काठमाडाैँ । युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिक पुगेको बताएका छन् । शुक्रबार वार्तापछि उनीहरुले साे कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यवस्थालाई हल्लाएका कारण ब्रसेल्सले नयाँ दिल्लीसँग सम्झौताको पहल गरिरहेको छ । इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले ब्रसेल्समा भारतीय समकक्षी पीयूष गोयलसँग भएको दुई दिने […]
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘पर्सनराइज्ड कार्ड सेवा’ को औपचारिक सुरुवात गरेको जानकारी दिएको हो। यो नयाँ सुविधासँगै अब एससिटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी–युनियनपे डेबिट कार्ड […]
पोखरा । गण्डकी प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेका दुई ठूला औद्योगिक क्षेत्र निर्माण कार्य घोषणा भएको आठ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार नपाउँदा निर्माण प्रक्रिया अनिश्चित बनेको हो। प्रदेश सरकार र सङ्घीय सरकारबीच जग्गा प्राप्तिको प्रक्रिया लम्बिएका कारण यी महत्वपूर्ण […]
काठमाडौं । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । […]
काठमाडौं । विश्वभर लगभग ५०% मानिसहरू भिटामिन डीको कमीबाट ग्रस्त छन् । भारत, नेपालजस्ता देशमा यो समस्या अझ गम्भीर छ । भारतमा लगभग ७६% देखि ८०% मानिसहरू भिटामिन डीको कमीबाट ग्रस्त छन् । यसको अर्थ प्रत्येक चार मध्ये तीन जनामा यो आवश्यक भिटामिनको कमी छ । भिटामिन डी हाम्रो शरीरले आफैं बनाउन सक्ने अद्वितीय भिटामिनहरू […]
काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक, सेयरधनी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। सभामा सहभागी सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, सेवा विस्तार तथा भावी रणनीतिबारे आ–आफ्ना सुझाव र मन्तव्य व्यक्त गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट […]
काठमाडौं । क्यासिनोमा आउने ग्राहकले २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण संकलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ । सम्पत्ति शुद्धीकरण […]
काठमाडौँ । प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ पर्नेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “अनाधिकृत व्यक्तिले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडका नाममा आन्तरिक […]
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त नियुक्ति २०८२ साल पौष २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]
काठमाडौंं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी […]
काठमाडौँ । प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन गर्ने उद्योग, बिक्री वितरण गर्ने फर्ममा स्थलगत अनुमगन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्रीवितरण नगर्न सचेत गराएको छ । सोही क्रममा विभागले शुक्रबार बालकुमारी प्लास्टिक […]
काठमाडौंं । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति, वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व दाहालको उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल लैजाने क्रममा शुक्रबार साँझ निधन भएको हो । वि.सं. २०६१ मा कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यभार सम्हालेका दाहाल नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय […]
काठमाडौं । नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेसलन ट्रान्सफर एकाउन्ट’ प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवन चक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको देखाएको हो । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद […]
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल (एओएन) को अध्यक्षमा प्रतापजंग पाण्डे सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको २५औँ साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा तथा तृतीय उपाध्यक्षमा तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाट्न गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक […]
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ। आधुनिक भुक्तानी समाधानलाई थप विस्तार गर्ने उद्देश्यसहित बैंकले उक्त सेवा सुरु गरेको हो। युनियन–पे कार्ड सेवाको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। नवप्रवर्तनयुक्त सुविधासहित […]
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच नेपालको पूँजी बजार तथा विद्युत् उत्पादनसम्वद्ध क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले संयुक्त बैठक सम्पन्न भएको छ। २०८२ पौष २४ गते बिहीबार खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा सम्पन्न उक्त बैठकमा पूँजी बजारमार्फत विद्युत् उत्पादन परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्यताका विषयमा विस्तृत छलफल भएको हो। बैठकमा […]
काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) करिब ३८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा सेयर कर्जा ३७.८४ प्रतिशतले बढेको छ । यसअवधिमा सेयर कर्जा ४० अर्ब ८४ करोड २९ लाख रुपैयाँले बढेको […]
कामठाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक […]
काठमाडौं । चालु आर्थिक वर्ष को मंसिरमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा झरेको छ । गत आर्थि वर्षको यहि अवधिमा ६.०५ प्रतिशत रहेको यस्तो मुद्रास्फीति चालु आवमो घटेको छ । मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ […]