काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुलाई उनिहरुको करियर शुरुवातमा सहयोग पुर्याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । आइक्यानले आगामी २० मार्च २०२६ मा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ । नेपाल […]
काठमाडौं । नविल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । बैकको ४१ औ बार्षिक साधारणसभाले निर्वाण चौधरीलाई अध्यक्षमा चयन गरेको हो । उनले राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै पदभार सम्हालेछन । यसैगरी बैंकको संचालकमा अनिलकेशरी शाह नियुक्त भएका छन् । नवनियुक्त संचालक शाहले भने पद तथा गोपनियताको सपथ लिइसकेका छन् […]
काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ । शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो । अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पहल शुरु गरेको छ । भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायतका प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटेर चेम्बरको अगुुवाईमा तयार गरिएको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरिएको छ । नेपाल […]
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरसँग आग्रह गरेका छन् । आज (सोमबार) अपिल जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह गरेका हुन् । ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै […]
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको हो । सधारणसभामा सूचना प्रविधिमा धेरै उपलब्धि भएको सीडीएससीले जनाएको छ । सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएसँगै उनले नेपालको पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउन सूचना प्रविधि क्षेत्रमा ठूलो सुधार गरेकी छिन् […]
क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएका छन् । ग्रोक मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रयोग हुने एउटा टूल हो । वास्तविक मान्छेको अनुमति नै नलिईकन उनीहरूको आपत्तिजनक तस्बिर बनाउन यसको दुरुपयोग गरिएको पाइएको छ । महिला र बालबालिकाको सुरक्षा जोखिममा […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आईतबारको तुलनामा सोमबार प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार भने सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ६’ जारी गर्न लागेको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। […]
काठमाडौं । काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल अनुभव प्रस्तुत गर्ने हेतुले ला आसिएन्दा बार्रा ई कोसिना लाटिना सञ्चालनमा आएको छ। मेक्सिकन आसिएन्दाबाट प्रेरित तर आधुनिक प्रारूपमा तयार गरिएको यस रेस्टुरेन्टले खाना, ककटेल, कला र डिजाइनलाई एकै ठाउँमा समेटेको छ । पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई […]
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिए । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रबाट कार्यविधि […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १०० र प्याज हरियो प्रतिकिलो रु ५० रहेको छ । यस्तै, गाजर […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन […]
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका […]
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि […]
काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम […]
काठमाडौँ । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले जनाएका छन् । इन्टरनेट र फोन सेवा अवरुद्ध गरिएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरका सडकहरू प्रदर्शनकारीले भरिएका छन् । अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग […]
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरे । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल […]
वीरगञ्ज । सरकारले वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलो उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीले माग गरेका छन् । वीरगञ्जमा एक दशकदेखि सुधारिएको चुलो उद्योग सञ्चालनमा हुँदै आइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थाका प्राडा राजेश राईले पनि सरकारले सुधारिएको चुलोे प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताए । “सुधारिएको […]
काठमाडौं । ६० र ७० को दशकका बलिउड र हलिउड फिल्महरूमा तपाईंले अभिनेता र अभिनेत्रीहरूलाई चुरोट पिउने गरेको देख्नुभएको होला । ती दिनहरूमा धुम्रपान केवल बानी मात्र थिएन, यो ग्ल्यामरको प्रतीक पनि थियो । आज पनि धेरै फिल्महरूमा सेलिब्रेटीहरूले धुवाँ फुकेको देख्न सकिन्छ । धेरै गीतहरू चुरोटको बारेमा पनि बनेका छन् । तर, समाजले धुम्रपानको […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू भएको एक वर्ष बितिसक्दा पनि विनियमावली ल्याउन असफल भएको छ । नेपाल धितोपत्र बोर्डले २०८१ माघ ३ गतेदेखि नियमावली लागू गरेर विनियमावली बनाउन नेप्सेलाई निर्देशन दिएको थियो । तर, नियमावली लागू भएको एक वर्षसम्म पनि नेप्सेले विनियमावली बनाउन […]
काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २ […]
काठमाडौं । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह […]
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा आगामी माघ अन्तिम साता […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताएका छन् । उनले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गरे । शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो […]
काठमाडौँ । उज्यालो नेपाल पार्टी ९उनेपा० को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज बसेको सो पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब […]
काठमाडौं । गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यो क्रान्तिकारी इभीको नयाँ ग्रान्उन्ड ब्रेकिंग संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ई०७ले एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब […]
काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमानलाई अध्यक्ष चयन गरिएको पार्टी स्रोतले जानकारी दिएको छ । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने उनले करिब २ हप्ता पहिला रास्वपामा पार्टी विलय गराएका थिए । तर, रास्वपासँग सहमति कार्यान्वयन गर्न अप्ठ्यारो देखेका […]
नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्तित बनेका छन्। चिसो सहन नसकेर घारभित्रै मौरी मर्न थालेपछि मह उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको छ। नेपाल मौरीपालक महासङ्घ बाँकेका अनुसार प्रतिकूल मौसमका कारण कतिपय घारहरू रित्तिने अवस्थामा पुगेका छन्। नेपाल मौरीपालक महासङ्घ बाँकेका अध्यक्ष पुरमल बस्नेतका अनुसार चिसोका कारण […]
काठमाडाैँ । युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिक पुगेको बताएका छन् । शुक्रबार वार्तापछि उनीहरुले साे कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यवस्थालाई हल्लाएका कारण ब्रसेल्सले नयाँ दिल्लीसँग सम्झौताको पहल गरिरहेको छ । इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले ब्रसेल्समा भारतीय समकक्षी पीयूष गोयलसँग भएको दुई दिने […]
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘पर्सनराइज्ड कार्ड सेवा’ को औपचारिक सुरुवात गरेको जानकारी दिएको हो। यो नयाँ सुविधासँगै अब एससिटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी–युनियनपे डेबिट कार्ड […]
पोखरा । गण्डकी प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेका दुई ठूला औद्योगिक क्षेत्र निर्माण कार्य घोषणा भएको आठ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार नपाउँदा निर्माण प्रक्रिया अनिश्चित बनेको हो। प्रदेश सरकार र सङ्घीय सरकारबीच जग्गा प्राप्तिको प्रक्रिया लम्बिएका कारण यी महत्वपूर्ण […]
काठमाडौं । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । […]
काठमाडौं । विश्वभर लगभग ५०% मानिसहरू भिटामिन डीको कमीबाट ग्रस्त छन् । भारत, नेपालजस्ता देशमा यो समस्या अझ गम्भीर छ । भारतमा लगभग ७६% देखि ८०% मानिसहरू भिटामिन डीको कमीबाट ग्रस्त छन् । यसको अर्थ प्रत्येक चार मध्ये तीन जनामा यो आवश्यक भिटामिनको कमी छ । भिटामिन डी हाम्रो शरीरले आफैं बनाउन सक्ने अद्वितीय भिटामिनहरू […]