काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचान गर्न सहज हुने गरी नक्सासहितको विवरण उक्त पोर्टलमार्फत उपलब्ध गराइएको […]
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ३९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको यही अवधिमा भने […]
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा क्षति पुगेको सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षाजस्तो संवेदनशील निकायको कार्यसम्पादन सहज बनाउन उक्त पुनर्निर्माण कार्य गरेको हो। समयमै पुनर्निर्माण सम्पन्न भएसँगै सम्बन्धित प्रहरी इकाईले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थालाई कर प्रयोजनबाहेक नगद लाभांस वितरण गर्न नपाइने स्पष्ट गरेको छ। केन्द्रिय बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण प्रक्रियामा थप कडाइ गरेको हो । राष्ट्र बैंकले खराब कर्जा अनुपात र लाभांश वितरणपछि कायम हुने पूँजीकोष अनुपातलाई आधार […]
काठमाडौं । नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले […]
काठमाडौं । अमेरिका र ताइवानले बिहीबार एक महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न गरेका छन् । दुई देशले सेमिकन्डक्टर शक्तिकेन्द्र ताइवानका धेरै निर्यातमा लाग्ने भन्सार शुल्क घटाउने, अमेरिकी प्रविधि उद्योगमा नयाँ लगानी भित्र्याउने र चीनलाई असन्तुष्ट पार्ने जोखिमसहित नयाँ सम्झौता गरेका हुन् । उक्त सम्झौताले चीनले ताइवानमाथि दबाब बढाइरहेको संवेदनशील समयमा ट्रम्प प्रशासन र ताइपेईबीचको सम्बन्धलाई अझ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ शुक्रबार युवराज पौडेल सफलले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट पेस गरेका हुन् । उनको निवेदन अहिलेसम्म दर्ता भने भएको छैन […]
काठमाडौं । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा […]
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, […]
काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।
काठमाडौँ । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल […]
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति (एनबीए) साढे १० अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ३१.८३ प्रतिशत अर्थात् […]
काठमाडौं । माघ १ गते बिहीबारदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा […]
काठमाडौं । राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ । प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो […]
काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आषाढ २०८२ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, महालेखापरीक्षकको कार्यालयको […]
काठमाडौँ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए […]
काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको […]
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्यादी जलविद्युतबीच बुधबार लगानी सम्झौता भएको हो। सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्यादी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। एनआरएनको यो लगानी उक्त कम्पनीको कुल पुँजीको ४.३५ प्रतिशत स्वामित्व […]
काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यु दिपल ई०७ – ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक गरेको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका छन् । ‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि घट्दै ५ हजार ४ सय ८५ […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारी राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुस ३० गतेसम्मको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको करिब ८२ प्रतिशत मात्र राजस्व उठेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमध्ये पुस महिनासम्म […]
काठमाडौं । केही दिनयता इरानमा भइरहेको हिंसा र राजनीतिक उथलपुथलले सम्पूर्ण विश्वलाई त्रसित बनाएको छ । सडकमा प्रदर्शनकारीहरूको भीड घट्ने कुनै संकेत देखाएको छैन, जबकि अस्पतालहरूमा लाशहरूको थुप्रो बढ्दै गइरहेको छ । अवस्था यस्तो छ कि २,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ र हजारौं घाइते भएका छन् । यी ती मानिसहरू हुन् जो कुनै […]
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा आवेदन प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक खर्चमा निर्भर हुनसक्ने आप्रवासीलाई नियन्त्रण गर्ने उद्देश्यले भिसा प्रक्रिया स्थगित गरेको जनाएको हो । यो व्यवस्था माघ ७ गतेदेखि लागू हुने र अर्को निर्णय नआएसम्म जारी रहने बताइएको छ । विदेश मन्त्रालयको आन्तरिक निर्देशनअनुसार […]
काठमाडौं । प्रभु बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारण सभा आज विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ। बिहान ११ बजे बोलाइएको साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको थियो। सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू सर्वसम्मत रूपमा […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा अर्थतन्त्रमा क्रमिक सुधार देखिएको हो । त्रैमासिक राष्ट्रिय लेखा अनुमान गर्ने क्रममा विभिन्न आर्थिक […]
काठमाडौं । पुँजी बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले सरोकारवालासँग छलफल गरेको छ । बैठक धितोपत्र बोर्डको कार्यालय खुमलटार ललितपुरमा पुस ३० गते सम्पन्न भएको हो । बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनको लागि अपनाउनुपर्ने कार्यको समय सीमा सहितको कार्ययोजनालगायतमा केन्द्रीत थियो । छलफलमा नेपाल धितोपत्र […]
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय समेत स्वीकृत गरेको हो। साधारणसभाले सञ्चालक […]
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको ३८औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । लाभांश प्रयोजनका लागि छुट्याइएको करबापतको ०.६६ […]
दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार […]
काठमाडौं। फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा मिलनविन्दु पहिल्याउन कोशिसि जारी छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच हिजोदेखि पटक–पटक वार्ता भइरहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन । यसैबीच नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले वार्तामा बस्नका लागि संस्थापन समूहसँग विभिन्न ८ बुँदे शर्त अगाडि सारेको छ । महाधिवेशन पक्षधरले कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा […]
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु गर्दैछ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै एमालेको संशोसधत विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र चुनावी अभियान आगामी माघ २ गते […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ताको समय सकिएको छ । विश्वस्त स्रोतको जानकारीअनुसार सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । ‘मनोनयन दर्ताको समय सकियो । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ । उहाँले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो,’– निर्वाचन समितिमा रहेका एक सदस्यले भने […]
काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा १०० अर्ब डलरको क्लबबाट बाहिरिएका छन् । ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार, रिलायन्स इन्डस्ट्रिजका अध्यक्षको कुल सम्पत्ति अब ९९.६ अर्ब डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति ८.१२ अर्ब डलरले घटेको छ । यो रिलायन्सको शेयरमा हालै आएको गिरावटका कारण भएको […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय सकिएको छ । महाधिवेशन अन्र्तगतको निर्वाचन समितिका अनुसार महामन्त्रीमा चार जनाको उम्मेदवारी परेको हो । कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयर शमशेर राणा र जगदीशनरसिंह केसीले मनोनयन गर्दा गराएको बताइएको छ । सभापतिमा भने गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ […]
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार, वैदेशिक रोजगारी ठगी, गैरकानुनी कल बाइपास, बलात्कार तथा अवैध हतियारसम्बन्धी अभियोगमा २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। लागूऔषधसहित ८ जना पक्राउ सुनसरी, मकवानपुर, कैलाली र सिराहाबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरापुलबाट ट्रामाडोल ७५ र स्पास्पेन ८५ ट्याब्लेटसहित २ जना पक्राउ […]