Nepal



“Always moving closer and closer to the end”

“I guess that if there is an eruption, it will probably be the last one. That’s just my guess,” says volcanologist Þorvaldur Þórðarson about a possible eruption along the Sundhnúkagígar crater row.

चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि, महामारीपछि पुनः उकालो लाग्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो नि
BizKhabar Online » BizKhabar Online

चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि, महामारीपछि पुनः उकालो लाग्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक पाँच प्रतिशतले विस्तार भएको छ । तर वर्षको अन्तिम त्रैमासिकमा भने आर्थिक वृद्धिदर सुस्तिँदै ४.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । सरकारका अनुसार यो सन् २०२२ को अन्त्ययताकै सबैभन्दा कमजोर त्रैमासिक वृद्धि […]

वीर अस्पतालमा सात करोडको लागतमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ । अस्पतालका निर्देशक डा दिलीप शर्म
BizKhabar Online » BizKhabar Online

वीर अस्पतालमा सात करोडको लागतमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले […]

६२ करोडको लागतमा यस्तो बन्दैछ सुविधा सम्पन्न भक्तपुर अस्पतालको नयाँ भवन

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भ
BizKhabar Online » BizKhabar Online

६२ करोडको लागतमा यस्तो बन्दैछ सुविधा सम्पन्न भक्तपुर अस्पतालको नयाँ भवन

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भक्तपुर अस्पताल स्थापना भएको १२१ वर्षपछि प्रदेश सरकारबाट प्राप्त हुने ६२ करोडको लागानीमा नयाँ भवन बन्न लागेको हो । सेवा प्रवाहका हिसावले विगत तीन वर्षदेखि प्रदेशस्तरमा उत्कृष्ट बन्न सफल सो अस्पतालको नयाँ भवन निर्माण भएपछि विशेषगरी काठमाडौँ […]

नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्यायो १६५ वटै क्षेत्रमा उम्मेदवार, प्रचण्ड पूर्वी रुकुमबाट भिड्दै (नामसहित)

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा प्रत्यक्
BizKhabar Online » BizKhabar Online

नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्यायो १६५ वटै क्षेत्रमा उम्मेदवार, प्रचण्ड पूर्वी रुकुमबाट भिड्दै (नामसहित)

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली टुंगो लगाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । नेकपाका सह–संयोजक माधवकुमार नेपाल भने रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा […]

जापानमा प्रधानमन्त्रीले गरिन संसद् विघटन, मध्यावधि चुनावको घोषणा हुने

टोकियो । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई अघि बढा
BizKhabar Online » BizKhabar Online

जापानमा प्रधानमन्त्रीले गरिन संसद् विघटन, मध्यावधि चुनावको घोषणा हुने

टोकियो । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई अघि बढाउन बलियो जनादेश आवश्यक रहेको भन्दै संसद् विघटन गरी मध्यावधि (स्न्याप) चुनाव आह्वान गर्ने योजना सोमबार औपचारिक रूपमा घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) लाई पुनः जनसमर्थन दिलाउने विश्वास व्यक्त गर्दै आफ्नो व्यक्तिगत […]

बागमती प्रदेश सरकारद्वारा ६ महिनामा १७ अर्ब ४३ करोड राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेश सरकारद्वारा ६ महिनामा १७ अर्ब ४३ करोड राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा रु ३० […]

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि निर्वाचन आयोगमा ‘कल सेन्टर’ शुभारम्भ

काठमाडौं । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्व
BizKhabar Online » BizKhabar Online

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि निर्वाचन आयोगमा ‘कल सेन्टर’ शुभारम्भ

काठमाडौं । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उहाँले सुनाउनुभयो […]

रास्वपाबाट टिकट पाउने ४८ जनाको नाम टुंगो लाग्यो, को कहाँबाट लड्दैछन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४८ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । फागुन २
BizKhabar Online » BizKhabar Online

रास्वपाबाट टिकट पाउने ४८ जनाको नाम टुंगो लाग्यो, को कहाँबाट लड्दैछन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४८ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंगो लागेका निर्वाचन क्षेत्रको टिकट वितरण भइरहेको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापलट भएपछि देशभर भोलि ९माघ ६ गते० मनोनयन दर्ता […]

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी २०२६ का लागि लक्ष्य हासिल गर्ने अभ
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटी २०२६ का लागि लक्ष्य हासिल गर्ने अभिकर्ताहरूलाई सम्मान तथा क्षमता विकास गर्ने उद्देश्यसहित एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्व रहेको थियो। अध्यक्ष सिंहले पानसमा […]

चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो, गर्भनिरोधक महँगो बनाइएपनि निस्केन सकारात्मक नतिजा

काठमाडौँ । दशकौँसम्म लागू गरिएको एक–बच्चा नीतिपछि थप सन्तान जन्माउन जनतालाई कसरी विश्वस्त पार्न
BizKhabar Online » BizKhabar Online

चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो, गर्भनिरोधक महँगो बनाइएपनि निस्केन सकारात्मक नतिजा

काठमाडौँ । दशकौँसम्म लागू गरिएको एक–बच्चा नीतिपछि थप सन्तान जन्माउन जनतालाई कसरी विश्वस्त पार्ने ? चीनले यही चुनौती सामना गरिरहेको छ । एक–बच्चा नीति अन्त्य भएको करिब एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि चीनको कुल जनसङ्ख्या पुनः घटेको सरकारी तथ्याङ्कले देखाएको छ । सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विश्वको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको चीनमा […]

टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स, नेपालमा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न

काठमाडौं । दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी टीभीएस मोटर कम्प
BizKhabar Online » BizKhabar Online

टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स, नेपालमा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न

काठमाडौं । दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (ARE GP) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम टीभीएस अपाचे सिरिजको २० वर्षे गौरवपूर्ण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा सम्पन्न भएको हो। नेपालको पहिलो छनोट चरण सातुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना […]

आइएफसीको एसिया–प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सर्वेश सुरी नियुक्त, एसएमईजमा लगानी प्रोत्साहन गर्ने प्रतिवद्धता

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)ले एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपा
BizKhabar Online » BizKhabar Online

आइएफसीको एसिया–प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सर्वेश सुरी नियुक्त, एसएमईजमा लगानी प्रोत्साहन गर्ने प्रतिवद्धता

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)ले एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपाध्यक्षमा सर्वेश सुरीलाई नियुक्त गरेको छ । निजी क्षेत्रमार्फत विकासका जटिल चुनौती समाधान गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सुरीले अब उक्त क्षेत्रमा निगमका सबै लगानी तथा परामर्श कार्यको रणनीतिक नेतृत्व गर्नेछन् । विश्व बैंक समूहको एकीकृत संरचनाअन्तर्गत सुरीले भारतदेखि प्रशान्त टापु राष्ट्रहरूसम्म […]

कसरी रोक्न सकिन्छ डिजिटल फ्रड ?, यस्ता छन् बैंकर मनोज ज्ञवालीका सुझावहरु

काठमाडौं । पछिल्लो समय प्रविधिको प्रयोगसँगै डिजिटल फ्रडहरु बढिरहेका छन् । लगातार सामाजिक संजाल
BizKhabar Online » BizKhabar Online

कसरी रोक्न सकिन्छ डिजिटल फ्रड ?, यस्ता छन् बैंकर मनोज ज्ञवालीका सुझावहरु

काठमाडौं । पछिल्लो समय प्रविधिको प्रयोगसँगै डिजिटल फ्रडहरु बढिरहेका छन् । लगातार सामाजिक संजाल प्लेटफर्म तथा अन्य माध्यमहरुबाट प्रयोगकर्तालाई फिसिङमा पार्ने, ललाईफकाई गर्नेलगायतका क्रियाकलाप गरी रकम ठग्ने प्रचलन बढेको देखिन्छ । यी र यस्तै समस्या समाधानका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्ना केहि सुझावहरु प्रस्तुत गरेका छन् । मोवाईल बैकिङ र इन्टरनेट […]

सार्वजनिक खरिदमा लापरबाही : २० कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्का निषेध

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही गर्दै सम्झौता उल्लङ्घन गरेका २० वटा निर्माण व्यव
BizKhabar Online » BizKhabar Online

सार्वजनिक खरिदमा लापरबाही : २० कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्का निषेध

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही गर्दै सम्झौता उल्लङ्घन गरेका २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम आइतबार उक्त निर्णय गरिएको हो। कालोसूचीमा परेका […]

सुनको मूल्यमा एकैदिन ४२ सयको वृद्धि, नयाँ रेकर्ड बनाउँदै अहिलेसम्मकै महंगाे

काठमाडौं । नेपाली बजारमा सोमकार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ४२ सयको वृद्धि, नयाँ रेकर्ड बनाउँदै अहिलेसम्मकै महंगाे

काठमाडौं । नेपाली बजारमा सोमकार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको हो । नेपाली बजारमा यो हालसम्मकै उच्च […]

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्
BizKhabar Online » BizKhabar Online

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् । पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए । गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन […]

विश्वव्यापी तनाव र इरान संकटको असर ‘कच्चा तेल’ को मूल्यमा, यसकारण नेपाललाई फाइदा

काठमाडौं । कच्चा तेलको मूल्य फेरि ओरालो बाटोमा देखिएको छ । यो गिरावट इरानमाथि सम्भावित अमेरिकी आक
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी तनाव र इरान संकटको असर ‘कच्चा तेल’ को मूल्यमा, यसकारण नेपाललाई फाइदा

काठमाडौं । कच्चा तेलको मूल्य फेरि ओरालो बाटोमा देखिएको छ । यो गिरावट इरानमाथि सम्भावित अमेरिकी आक्रमणको डर हटेको कारणले भएको हो । पहिले, ब्रेन्ट क्रूड र डब्लूटीआई (वेस्ट टेक्सास इन्टरमिडिएट) धेरै महिनाको उच्चतम बिन्दुमा पुगेका थिए । इन्धन व्यापारीहरू भूराजनीति र आधारभूत कुराहरू बीच अलमलिएका थिए । बजार अवस्थाको सन्दर्भमा, धेरैजसो विश्लेषकहरू अब सहमत […]

मेची भन्सारबाट छ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर
BizKhabar Online » BizKhabar Online

मेची भन्सारबाट छ महिनामा सात अर्ब १९ करोडको अलैँची निर्यात

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । गत आव २०८१८२ […]

८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न, निर्वाचनका लागि कति चाहिन्छ मतपत्र ?

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको
BizKhabar Online » BizKhabar Online

८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न, निर्वाचनका लागि कति चाहिन्छ मतपत्र ?

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल दुई करोड आठ लाख […]

एमाले अध्यक्ष ओली आज झापा जाँदै, भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन
BizKhabar Online » BizKhabar Online

एमाले अध्यक्ष ओली आज झापा जाँदै, भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ भद्रपुर जाने कार्यक्रम रहेको छ । झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र […]

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी, ५८८ सहकारी अद्यावधिक

वालिङ । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी, ५८८ सहकारी अद्यावधिक

वालिङ । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक […]

नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलामा नेपालको सहभागिता, नेपालका विविध पर्यटन उत्पादनहरूको प्रवर्द्धन

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ (MATKA 2026) मा आ
BizKhabar Online » BizKhabar Online

नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलामा नेपालको सहभागिता, नेपालका विविध पर्यटन उत्पादनहरूको प्रवर्द्धन

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ (MATKA 2026) मा आफ्नो सहभागिता सफलतापूर्वक सम्पन्न गरेको छ। फिनल्याण्डको हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा १५ देखि १८ जनवरी २०२६ सम्म आयोजना भएको उक्त मेलामा नेपालको सहभागिताले नर्डिक बजारमा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक तथा दिगो पर्यटन गन्तव्यका रूपमा थप सुदृढ रूपमा स्थापित […]

लगानी बोर्डद्वारा ‘एकल विन्दु सेवा केन्द्र’ सञ्चालनको तयारी, १४ सरकारी निकायका फोकल पर्सन तोकिए

काठमाडौं । लगानी बोर्ड नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र झन्झटरहि
BizKhabar Online » BizKhabar Online

लगानी बोर्डद्वारा ‘एकल विन्दु सेवा केन्द्र’ सञ्चालनको तयारी, १४ सरकारी निकायका फोकल पर्सन तोकिए

काठमाडौं । लगानी बोर्ड नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्यले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगानी वृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहित बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने जिम्मेवारी सहसचिव हेमराज तामाङलाई दिएको छ। यससँगै एकल विन्दु सेवा केन्द्रमार्फत हुने […]

निर्वाचन आचारसंहिता आजै मध्यरातदेखि लागू हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आ
BizKhabar Online » BizKhabar Online

निर्वाचन आचारसंहिता आजै मध्यरातदेखि लागू हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा […]

खोला किनाराको थप २० मिटर मापदण्ड खारेज, सर्वोच्चको अघिल्लो फैसला आंशिक उल्टियो

काठमाडौं । सर्वोच्च अदालतले खोला किनारामा थप २० मिटर खाली छाड्नुपर्ने भनी यसअघि दिएको फैसला आंशि
BizKhabar Online » BizKhabar Online

खोला किनाराको थप २० मिटर मापदण्ड खारेज, सर्वोच्चको अघिल्लो फैसला आंशिक उल्टियो

काठमाडौं । सर्वोच्च अदालतले खोला किनारामा थप २० मिटर खाली छाड्नुपर्ने भनी यसअघि दिएको फैसला आंशिक रूपमा उल्टाएको छ। कानुन र न्यायको दृष्टिले उक्त व्यवस्था उपयुक्त नदेखिएको ठहर गर्दै सर्वोच्चले सो हदसम्मको अघिल्लो फैसला खारेज गरेको हो। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०८० पुस ३ मा संयुक्त इजलासबाट भएको फैसलाको […]

कांग्रेसको विवादको असर बालेनको राजीनामासम्म, होल्डमा राखे राजीनामा

काठमाडौं । पछिल्लो समय चर्किएको नेपाली कांग्रेसको विवादले समग्र नेपाली राजनीति प्रभावित बनेको
BizKhabar Online » BizKhabar Online

कांग्रेसको विवादको असर बालेनको राजीनामासम्म, होल्डमा राखे राजीनामा

काठमाडौं । पछिल्लो समय चर्किएको नेपाली कांग्रेसको विवादले समग्र नेपाली राजनीति प्रभावित बनेको छ । कांग्रेसकै विवादका कारण निर्वाचनका लागि मनोनयनको समय प्रभावित हुने भएसँगै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले तत्काल पदबाट राजीनामा नदिने मनस्थिति बनाएका छन् । आइतबार राजीनामाको लागि तयार भएका बालेले चुनावको अनिश्चितताको कारणले अन्तिम समयमा राजीनामा होल्ड गरेको बताइएको छ । […]

“नेपाल लाइफ समृद्धि लगानी योजना” को बिक्री खुला, न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लि
BizKhabar Online » BizKhabar Online

“नेपाल लाइफ समृद्धि लगानी योजना” को बिक्री खुला, न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आइतबार देखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डबाट पुस १३ गते प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड […]

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड, आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड द
BizKhabar Online » BizKhabar Online

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड, आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए । यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पनन गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी […]

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्र
BizKhabar Online » BizKhabar Online

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि मनोनयन दर्ता गर्दा स्वतः पद निलम्बनमा पर्ने भएपछि पदबाट राजीनामा नदिने समाचार आएपनि एकाएक मेयर शाहले राजीनामा बुझाएका हुन् । उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्दैछन् ।

बालेन शाहले आज काठमाडौंको मेयरबाट राजीनामा दिँदै, घण्टीघरमा औपचारिक पार्टी प्रवेशको विशेष तयारी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज महानगरको मेयरबाट राजीनामा दिने
BizKhabar Online » BizKhabar Online

बालेन शाहले आज काठमाडौंको मेयरबाट राजीनामा दिँदै, घण्टीघरमा औपचारिक पार्टी प्रवेशको विशेष तयारी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज महानगरको मेयरबाट राजीनामा दिने तयारीमा रहेका छन् । उनले आज मेयरबाट राजीनामा दिएर दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको छ । चमतीस्थित घण्टीघर औपचारिक पार्टी प्रवेशको विशेष तयारी भइरहेको छ । रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको […]

अमेरिकी सरकारी बन्डमा लगानी घटाउँदै चीन, १७ वर्षयताकै न्यूनतममा झर्यो

काठमाडौं । अमेरिका र चीनबीचको सम्बन्ध सधैंजसो उथलपुथलबाट गुज्रिरहेको भएपनि पछिल्लो समय सम्बन्ध
BizKhabar Online » BizKhabar Online

अमेरिकी सरकारी बन्डमा लगानी घटाउँदै चीन, १७ वर्षयताकै न्यूनतममा झर्यो

काठमाडौं । अमेरिका र चीनबीचको सम्बन्ध सधैंजसो उथलपुथलबाट गुज्रिरहेको भएपनि पछिल्लो समय सम्बन्ध थप तनावपूर्ण बनिरहेको छ छ । यी अस्थिर सम्बन्धहरूको बीचमा, चीनले एउटा ठूलो कदम चालेको छ । चीनले आफ्नो अमेरिकी ट्रेजरी होल्डिङलाई १७ वर्षकै न्यूनतममा झारेको छ । साथै, चीनले आफ्नो विदेशी मुद्रा भण्डारमा सुन र विदेशी इक्विटी लगानीको हिस्सा बढाएको छ […]

सुनको मूल्य तोलाको दुई लाख ७७ हजार नाघ्यो, चाँदीको कति छ ?

काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतार
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य तोलाको दुई लाख ७७ हजार नाघ्यो, चाँदीको कति छ ?

काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रु पाँच हजार ६२५ निर्धारण भएको छ । […]

इन्टरनेट बजारमा तीव्र प्रतिस्पर्धा : भायानेट र डिशहोम आक्रामक, सुविसुसहितका साना आइएसपी दबाबमा

काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजार पछिल्लो एक वर्षको अवधिमा तीव्र रूपमा परिव
BizKhabar Online » BizKhabar Online

इन्टरनेट बजारमा तीव्र प्रतिस्पर्धा : भायानेट र डिशहोम आक्रामक, सुविसुसहितका साना आइएसपी दबाबमा

काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजार पछिल्लो एक वर्षको अवधिमा तीव्र रूपमा परिवर्तन भएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म आइपुग्दा इन्टरनेट बजारमा ग्राहक संख्यामात्र बढेको छैन, प्रतिस्पर्धाको स्वरुपसमेत भिन्न बन्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म २९ […]

खत्वेको लोभलाग्दो कृषि कर्म, विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसाय

सुनसरी । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मध
BizKhabar Online » BizKhabar Online

खत्वेको लोभलाग्दो कृषि कर्म, विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसाय

सुनसरी । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लागेका छन । विसं २०७५ मा स्थापना गरेको ‘खत्वे कृषि फार्म’ हाल उनी र उनको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ । प्रहरी सेवाका क्रममा छ महिना शान्ति सेनामा समेत सेवा […]

राष्ट्रियसभाको अधिवेशन आजदेखि, सबै तयारी पूरा

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभाको अधिवेशन आजदेखि, सबै तयारी पूरा

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका […]

Get more results via ClueGoal