काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज महानगरको मेयरबाट राजीनामा दिने तयारीमा रहेका छन् । उनले आज मेयरबाट राजीनामा दिएर दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको छ । चमतीस्थित घण्टीघर औपचारिक पार्टी प्रवेशको विशेष तयारी भइरहेको छ । रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको […]
काठमाडौं । अमेरिका र चीनबीचको सम्बन्ध सधैंजसो उथलपुथलबाट गुज्रिरहेको भएपनि पछिल्लो समय सम्बन्ध थप तनावपूर्ण बनिरहेको छ छ । यी अस्थिर सम्बन्धहरूको बीचमा, चीनले एउटा ठूलो कदम चालेको छ । चीनले आफ्नो अमेरिकी ट्रेजरी होल्डिङलाई १७ वर्षकै न्यूनतममा झारेको छ । साथै, चीनले आफ्नो विदेशी मुद्रा भण्डारमा सुन र विदेशी इक्विटी लगानीको हिस्सा बढाएको छ […]
काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रु पाँच हजार ६२५ निर्धारण भएको छ । […]
काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजार पछिल्लो एक वर्षको अवधिमा तीव्र रूपमा परिवर्तन भएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म आइपुग्दा इन्टरनेट बजारमा ग्राहक संख्यामात्र बढेको छैन, प्रतिस्पर्धाको स्वरुपसमेत भिन्न बन्दै गएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म २९ […]
सुनसरी । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लागेका छन । विसं २०७५ मा स्थापना गरेको ‘खत्वे कृषि फार्म’ हाल उनी र उनको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ । प्रहरी सेवाका क्रममा छ महिना शान्ति सेनामा समेत सेवा […]
काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका […]
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त सडकखण्डको आगामी दुई […]
काठमाडौं । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट आजबाट शूरू हुँदैछ । आजबाट हुने छनोटमा १० टोलीले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । छनोटको पहिलो दिन आज चार खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र जिम्माब्वे तथा दोस्रो खेलमा आयरल्याण्ड र पीएनजी भिड्नेछन् । पहिलो खेल किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल मुलपानी […]
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ। शनिबार बसेको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश […]
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् । केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो । माघ १ गते […]
काठमाडौँ । चीनले आगामी पाँच वर्षमा कृषि आधुनिकीकरणलाई तीव्र गतिमा अघि बढाउन विशेष नमूना क्षेत्रहरू स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। यी क्षेत्रहरूमा सुधार र प्रविधि नवप्रवर्तनमार्फत उत्पादन क्षमता, गुणस्तर र कृषि कार्यक्षमता वृद्धि गर्ने लक्ष्य राखिएको छ। कृषि तथा ग्रामीण मामिला मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले हालै सार्वजनिक गरेको कार्ययोजनाअनुसार […]
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ । क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गरेका छन् । सम्झौताले वर्षौँदेखिको कुटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले आवेदन दिएका छन् । विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउनेगरी ती सङ्घसंस्थाले प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिए । गत पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको […]
काठमाडौँ । मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ । यो अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा यो जानकारी दिइएको हो । विभागका अनुसार ५.७ प्रतिशतको यो वृद्धिदर सन् २०२४ को दोस्रो त्रैमासिकपछि यताकै सबैभन्दा उच्च हो । सन् २०२५ […]
काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर सर्वोच्च अदालत जाने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षीय नेताहरुको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर जाने निर्णय गरेको हो । निर्वाचन आयोगले शुक्रबार कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता प्रदान गरेको थियो । देउवा पक्षीय कांग्रेसले उक्त निर्णयको […]
काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले थापा नेतृत्वको कांग्रेसको कार्यसमितिलाई अध्यावधिक गर्ने निर्णय गरेको स्रोतको दाबी छ । योसँगै नेपाली कांग्रेसको चुनाव चिन्ह, चारतारे झण्डासहित आधिकारिक पार्टी सभापति थापा बनेका छन् । योसँगै शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति अब पार्टीविहीन […]
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचान गर्न सहज हुने गरी नक्सासहितको विवरण उक्त पोर्टलमार्फत उपलब्ध गराइएको […]
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ३९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको यही अवधिमा भने […]
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा क्षति पुगेको सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षाजस्तो संवेदनशील निकायको कार्यसम्पादन सहज बनाउन उक्त पुनर्निर्माण कार्य गरेको हो। समयमै पुनर्निर्माण सम्पन्न भएसँगै सम्बन्धित प्रहरी इकाईले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी कायम गर्न नसकेका लघुवित्त वित्तीय संस्थालाई कर प्रयोजनबाहेक नगद लाभांस वितरण गर्न नपाइने स्पष्ट गरेको छ। केन्द्रिय बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण प्रक्रियामा थप कडाइ गरेको हो । राष्ट्र बैंकले खराब कर्जा अनुपात र लाभांश वितरणपछि कायम हुने पूँजीकोष अनुपातलाई आधार […]
काठमाडौं । नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले […]
काठमाडौं । अमेरिका र ताइवानले बिहीबार एक महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न गरेका छन् । दुई देशले सेमिकन्डक्टर शक्तिकेन्द्र ताइवानका धेरै निर्यातमा लाग्ने भन्सार शुल्क घटाउने, अमेरिकी प्रविधि उद्योगमा नयाँ लगानी भित्र्याउने र चीनलाई असन्तुष्ट पार्ने जोखिमसहित नयाँ सम्झौता गरेका हुन् । उक्त सम्झौताले चीनले ताइवानमाथि दबाब बढाइरहेको संवेदनशील समयमा ट्रम्प प्रशासन र ताइपेईबीचको सम्बन्धलाई अझ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ शुक्रबार युवराज पौडेल सफलले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट पेस गरेका हुन् । उनको निवेदन अहिलेसम्म दर्ता भने भएको छैन […]
काठमाडौं । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा […]
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, […]
काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।
काठमाडौँ । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल […]
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति (एनबीए) साढे १० अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ३१.८३ प्रतिशत अर्थात् […]
काठमाडौं । माघ १ गते बिहीबारदेखि नगद कारोबारमा ५ लाख रुपैयाँको सीमा लागू भएको छ । सरकारले मङ्सिर १६ गते गरेको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा धेरै नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । अबदेखि कुनै पनि व्यक्तिले बैंकबाट एक पटकमा […]
काठमाडौं । राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ । प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो […]
काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आषाढ २०८२ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, महालेखापरीक्षकको कार्यालयको […]
काठमाडौँ । पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए […]
काठमाडौं । हप्तामा दश घण्टा भन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा र न्यूट्रिशनमा प्रकाशित अनुसन्धानले देशभरका पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थीहरूको सर्वेक्षण गरेको थियो, जसको औसत उमेर २० वर्षको रहेको कर्टिन युनिभर्सिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको […]
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्यादी जलविद्युतबीच बुधबार लगानी सम्झौता भएको हो। सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्यादी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। एनआरएनको यो लगानी उक्त कम्पनीको कुल पुँजीको ४.३५ प्रतिशत स्वामित्व […]
काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यु दिपल ई०७ – ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक गरेको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका छन् । ‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको […]