Portugal holds presidential elections on Sunday
newsare.net
10 men and 1 woman are vying for the highest state officePortugal holds presidential elections on Sunday
10 men and 1 woman are vying for the highest state office Read more
10 men and 1 woman are vying for the highest state office Read more
काठमाडौं । डिजिटल यात्रा प्लेटफर्म ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै आफ्ना यात्रा सेवाहरू नबिल बैंकको ‘एनबैंक’ मोबाइल एपमार्फत उपलब्ध गराएको छ। यस साझेदारीले बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ग्राहकलाई थप सहज र स्मार्ट अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। साझेदारीसम्बन्धी सम्झौतामा नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाईन र ट्रिप […]
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको संसदीय चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्तामार्फत साढे ३ करोड रुपैयाँ उठाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका मंगलबार भएको उम्मेदवारी दर्तामार्फत आयोगले उक्त रकम संकलन गरेको हो । आयोगले हरेक उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटीवापतको शुल्क तोकेको थियो […]
काठमाडौं । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । ६ वर्षअघि ७० करोड रुपैयाँमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक […]
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा ३६.१५ प्रतिशतले घटेर ४० करोड ९९ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । […]
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपेयाँले कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै […]
काठमाडौं । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् । स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन्। यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण […]
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो […]
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरुमा ४ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने पौने २ खर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । नेपाल बैंकर संघको तथ्यांकअनुसार पुस मसान्तसम्म २० वाणिज्य बैंकमा कुल ६९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ६५ खर्ब ३१ अर्ब […]
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र गैर सञ्चालन […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ […]
काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो। यसरी हेर्दा हाल रहेको सार्वजनिक ऋणलाई नेपालको […]
काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानको लगानीकर्तामाथि ठगी गर्ने धन्दामा अदालतले अंकुश लगाएको छ । अध्यक्ष गोल्यानले पाटन उच्च अदालतमा पियोर इनर्जीलाई एउटा मात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) दिनुपर्ने, यसअघि सिडिएस एण्ड क्यियिरङ लिमिटेड (सीडीएससी) ले बनाएको आइजिनसम्बन्धी निर्देशिका धितोपत्र बोर्डबाट फिर्ता गर्नुपर्ने जस्ता गैरकानूनी माग राख्दै पाटन उच्च अदालतमा अन्तरिम आदेश माग […]
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो। यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले […]
काठमाडौं । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति […]
काठमाडौं । भारत सरकारले नेपाललाई ६० बढी डबल क्याव पिकअप गाडी प्रदान गरेको छ । नेपालमा हुने आगामी निर्वाचनको तयारीका लागि उपलब्ध गराउने सहयोगअन्तर्गत पहिलो चरणको निर्वाचनसम्बन्धी सामग्री भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय कार्यवाहक राजदूत (चार्ज द’अफेयर्स एआई डा राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश […]
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। महान्यायाधिवक्ता कार्यालयले यी दुई गम्भीर अभियोग हटाउने वा संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका […]
काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ । भेटका क्रममा एमच्याम नेपालले वैदेशिक लगानी प्रवद्र्धन, कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रसँग सम्बन्धित आठवटा प्राथमिक नीतिगत विषयमा ठोस सुझाव प्रस्तुत गरेको हो। एमच्याम नेपालले स्वच्छ […]
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) […]
काठमाडौं । राइड हेलिङ प्लेटफर्म यांगोले नेपाली बजारमा काठमाडौंमा ‘यांगो डेलिभरी’ सेवा सुरु गरेको छ । यस सुविधामार्फत काठमाडौंका बासिन्दा र साना व्यवसायीहरूले एउटै एपबाट राइड-हेलिङका साथै सामान ओसारपसार गर्ने डेलिभरी सेवासमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले साना प्याकेज र कागजातका लागि ‘मोटो कुरियर’, मध्यम आकारका सामानका लागि ‘कार कुरियर’ र ठुला तथा गह्रौँ सामानका […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४२.२६ अंकले बढ्दै २७ सय १४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३९ कम्पनीका २ करोड ५१ लाख ५० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाईको लागि पेशी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाई हुने भएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग पुगेको थियो । आयोगले थापाको कार्यसमितिलाई मान्यता दिएको छ […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले चाहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न अनुरोध गरेका हुन् । मनोनयन पत्रसँगै फारम […]
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ जना पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका […]
काठमाडौं । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन् । हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री […]
काठमाडौं । मौलाकाली केवलकार र लुम्बिनी केवलकारका सेवाग्राही ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ । एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा छुट पाउनेगरी उक्त सम्झौता भएको हो । मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एउटा केवलकारको यात्रा […]
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने पक्का भएपछि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन् । रास्वपाले खरेललाई ललितपुर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने तयारी गरेको छ । कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्गा कारोबार संख्या स्थिर देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार मंसिरको तुलनामा पुसमा कारोबार संख्या उल्लेख्य रूपमा नबढे पनि सरकारको राजस्व भने वृद्धि भएको छ। पुस महिनामा देशभर ५१ हजार ८ सय घरजग्गा कारोबार भएका छन्। अघिल्लो महिना मंसिरमा भने ५१ हजार ६ सय घरजग्गा […]
काठमाडौं । अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत जनसङ्ख्या भन्दा बढी रहेको छ, जसले करिब ११ लाख मानिसको जीवनभरको खर्च बराबर हुने देखाइएको अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफ्यामको प्रतिवेदनले जनाएको छ । त्यहीबीच, साधारण नागरिक दैनिक जीवनको खर्च, घर भाडा र महँगाईको समस्यासँग जुधिरहेका छन् । अष्ट्रेलियामा करिब तीन लाख ७० हजार मानिस गरिबीको […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कास्की प्रहरीका अनुसार काठमाडौंबाट प्राप्त पक्राउ अनुमतिअनुसार उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको छ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक पाँच प्रतिशतले विस्तार भएको छ । तर वर्षको अन्तिम त्रैमासिकमा भने आर्थिक वृद्धिदर सुस्तिँदै ४.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । सरकारका अनुसार यो सन् २०२२ को अन्त्ययताकै सबैभन्दा कमजोर त्रैमासिक वृद्धि […]
काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले […]
भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भक्तपुर अस्पताल स्थापना भएको १२१ वर्षपछि प्रदेश सरकारबाट प्राप्त हुने ६२ करोडको लागानीमा नयाँ भवन बन्न लागेको हो । सेवा प्रवाहका हिसावले विगत तीन वर्षदेखि प्रदेशस्तरमा उत्कृष्ट बन्न सफल सो अस्पतालको नयाँ भवन निर्माण भएपछि विशेषगरी काठमाडौँ […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली टुंगो लगाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । नेकपाका सह–संयोजक माधवकुमार नेपाल भने रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा […]
टोकियो । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई अघि बढाउन बलियो जनादेश आवश्यक रहेको भन्दै संसद् विघटन गरी मध्यावधि (स्न्याप) चुनाव आह्वान गर्ने योजना सोमबार औपचारिक रूपमा घोषणा गर्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) लाई पुनः जनसमर्थन दिलाउने विश्वास व्यक्त गर्दै आफ्नो व्यक्तिगत […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा रु ३० […]