काठमाडौं । यस वर्ष धान उत्पादनमा ४ प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई नाफाको अनिश्चितता, युवा जनशक्ति विदेश पलायन हुनुलगायत कारणले धान उत्पादनमा कमी आएको सरकारी अधिकारीले बताएका छन् । सातै प्रदेशका कृषिसम्बन्धी क्षेत्राधिकार […]
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा […]
पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा […]
काठमाडौं । पछिल्लो केही दिनदेखि सेयर बजार सकारात्मक गतिमा अगाडि बढेको छ । यसैबीच साताको पहिलो कारोबारको दिन नेप्सेमा उछाल आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि आकर्षक वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर २ हजार ७ सय ७२ दशमलव १७ को बिन्दुमा आएको छ । यसदिन […]
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३०० जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा […]
काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवद्र्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् । उनले भने, ‘नेपाल आउने करिब ९० […]
काठमाडौं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले नेपालका उदीयमान टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरेका छन्। विश्व वरीयतामा ५२७औँ स्थानमा रहेका महर्जनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुर्याउन आवश्यक सहयोग उपलब्ध गराउँदै नेपाली खेल प्रतिभालाई विश्वमञ्चमा चिनाउने लक्ष्यसहित यो पहल सुरु गरिएको हो। […]
काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित, समाज कल्याण केन्द्र बृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पुरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका […]
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन […]
काठमाडौं । वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रस्थित डोङफेङको १६,००० टन डाइ-कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादन-ब्याट्री केसिङ-सफलतापूर्वक उत्पादन गरेको छ। उक्त कारखानामा विश्वकै सबैभन्दा ठूलो १६,००० टन र १०,००० टन क्षमताका दुई डाइ-कास्टिङ उत्पादन लाइन सञ्चालनमा रहेका छन्। यस कारखानाबाट निर्मित कम्पोनेन्टहरू अप्रिल महिनादेखि सामूहिक उत्पादनमा जाने अपेक्षा गरिएको छ, जसमा डोङफेङ eπ ००७, eπ […]
काठमाडौँ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली […]
चितवन । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ। यसअघि प्रतिक्रेट रु चार सय ६५ […]
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९ अर्ब ८३ करोड २९ लाख ४ हजार ३२५ रुपैयाँ बराबरको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ कम्पनीले हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यी १८ कम्पनीले ९ करोड ८३ लाख २९ हजार ४३ कित्ता हकप्रद सेयर […]
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३० करोड २५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट […]
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह […]
काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुससम्म सो नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको […]
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक भएको उल्लेख गरे । उनले भने, ‘अहिले बैंकिङ क्षेत्रमा र वित्तीय क्षेत्रमा […]
काठमाडौं । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् । रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए […]
काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिकसत्रका लागि काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरस्वती पूजाका दिन काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ११५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका कामपा शिक्षा विभागले शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए । उनका अनुसार गएको वर्षभन्दा यस […]
काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आजपनि चार खेल हुँदैछ । आज हुने खेलमा नेपाल र जिम्बाब्वे भिड्नेछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरू हुनेछ । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाललाई सुपर सिक्सको सम्भावना जीवित राख्न आजको खेलमा जितको विकल्प छैन । नेपाल पहिलो खेलमा […]
काठमाडौं । प्रत्येक पाँच वर्षमा अमेरिकी सरकारले आफ्ना नागरिकहरूको स्वास्थ्य सुधार गर्न अमेरिकीहरूका लागि आफ्नो आहार निर्देशिकाहरू अद्यावधिक गर्दछ । यद्यपि यसपटक, नेपालमा पहिले नै पालना गरिएको ‘फुल फ्याट डेयरी’ उत्पादनहरूलाई जोड दिँदै, एउटा महत्त्वपूर्ण परिवर्तन देखिएको छ । ट्रम्प प्रशासनले यसको लागि एक विशेष कारण पनि दिएको छ । अमेरिकालाई आधुनिक विज्ञान र चिकित्सा […]
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ […]
काठमाडौं । नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर […]
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा […]
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, […]
काठमाडौं । सरकारले विदेशी लगानी आकर्षण गर्न महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै तोकिएका उद्योग तथा व्यवसायिक क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने लगानीको माथिल्लो सीमा हटाएको छ। यसअघि अटोमेटिक रुटबाट हुने विदेशी लगानीका लागि ५० करोड रुपैयाँसम्मको सीमा तोकिएको थियो। माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश […]
काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा ९ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा […]
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार देशभर कुल ३ हजार ४ सय ८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत […]
काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेट–भित्र (अन बजेट) र रातो किताबमा समावेश नभईकन खर्च हुने रकमलाई बजेट–बाहिर (अफ–बजेट) को खर्च मानिन्छ । त्यस्तै, रातो किताबमा समावेश […]
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिएको छ । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘गलत […]
काठमाडौं । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ भरि चामलको मूल्य ६७.५ प्रतिशतले बढेको छ, जुन सन् १९७१ पछि उपलब्ध तुलनात्मक तथ्याङ्कमा सबैभन्दा ठूलो वृद्धि हो । […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण […]
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। निकट नेताहरूसँगको छलफलपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिएका हुन्। सचिवालयका अनुसार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको सहजीकरण आग्रहपछि भट्टराईले यस्तो निर्णय गरेका हुन्। उनले कसलाई […]
काठमाडौं । जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित भएका छन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा, तीन उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित भएका छन् । यस्तै महासचिवमा निर्मल भट्टराई र उपमहासचिवमा सुदीप बराल, सचिवमा छविलाल पौडेल र कोषाध्यक्षमा कुमार न्यौपाने निर्वाचित भएका हुन् […]