Nepal



आर्क्स फुड र सोमपाल कामीद्वारा टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय यात्रामा सहयोग

काठमाडौं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले नेपालका उदी
BizKhabar Online » BizKhabar Online

आर्क्स फुड र सोमपाल कामीद्वारा टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय यात्रामा सहयोग

काठमाडौं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले नेपालका उदीयमान टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरेका छन्। विश्व वरीयतामा ५२७औँ स्थानमा रहेका महर्जनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुर्‍याउन आवश्यक सहयोग उपलब्ध गराउँदै नेपाली खेल प्रतिभालाई विश्वमञ्चमा चिनाउने लक्ष्यसहित यो पहल सुरु गरिएको हो। […]

नेपाल एसबिआई बैंकद्धारा समाज कल्याण केन्द्र बृद्धाश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थ
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकद्धारा समाज कल्याण केन्द्र बृद्धाश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित, समाज कल्याण केन्द्र बृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पुरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका […]

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न, क्षमता अभिबृद्धिसम्बन्धी तालिम प्रदान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्र
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न, क्षमता अभिबृद्धिसम्बन्धी तालिम प्रदान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन […]

डोङफेङद्वारा विश्वकै सबैभन्दा ठूलो १६,००० टन डाइ-कास्टिङ उत्पादन लाइन सञ्चालनमा

काठमाडौं । वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रस्थित डोङफेङको १६,००० टन डाइ-कास्टिङ कारखानाले
BizKhabar Online » BizKhabar Online

डोङफेङद्वारा विश्वकै सबैभन्दा ठूलो १६,००० टन डाइ-कास्टिङ उत्पादन लाइन सञ्चालनमा

काठमाडौं । वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रस्थित डोङफेङको १६,००० टन डाइ-कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादन-ब्याट्री केसिङ-सफलतापूर्वक उत्पादन गरेको छ। उक्त कारखानामा विश्वकै सबैभन्दा ठूलो १६,००० टन र १०,००० टन क्षमताका दुई डाइ-कास्टिङ उत्पादन लाइन सञ्चालनमा रहेका छन्। यस कारखानाबाट निर्मित कम्पोनेन्टहरू अप्रिल महिनादेखि सामूहिक उत्पादनमा जाने अपेक्षा गरिएको छ, जसमा डोङफेङ eπ ००७, eπ […]

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्व
BizKhabar Online » BizKhabar Online

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली […]

निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च, मूल्य पनि बढ्यो

चितवन । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल
BizKhabar Online » BizKhabar Online

निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च, मूल्य पनि बढ्यो

चितवन । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ। यसअघि प्रतिक्रेट रु चार सय ६५ […]

१८ कम्पनीको नौ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९ अर्ब ८३ करोड २९ लाख ४ हजार ३२५ रुपैयाँ बराबरको हकप्रद स
BizKhabar Online » BizKhabar Online

१८ कम्पनीको नौ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९ अर्ब ८३ करोड २९ लाख ४ हजार ३२५ रुपैयाँ बराबरको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ कम्पनीले हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यी १८ कम्पनीले ९ करोड ८३ लाख २९ हजार ४३ कित्ता हकप्रद सेयर […]

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३० करोड २
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३० करोड २५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट […]

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत, नाफा १ अर्ब ७५ करोड

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको न
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत, नाफा १ अर्ब ७५ करोड

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह […]

माछापुच्छ्रे बैंकको नाफामा वृद्धि, पुससम्म १ अर्ब बढी नाफा आर्जन

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सार
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकको नाफामा वृद्धि, पुससम्म १ अर्ब बढी नाफा आर्जन

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुससम्म सो नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको […]

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसहित दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना
BizKhabar Online » BizKhabar Online

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालसहित दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, […]

बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिएपनि समग्र वित्तीय क्षेत्र त्यति कमजोर छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि स
BizKhabar Online » BizKhabar Online

बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिएपनि समग्र वित्तीय क्षेत्र त्यति कमजोर छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक भएको उल्लेख गरे । उनले भने, ‘अहिले बैंकिङ क्षेत्रमा र वित्तीय क्षेत्रमा […]

हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित, सुदूरपहाडका राजमार्ग र विद्युत् सेवासमेत अवरुद्ध

काठमाडौं । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । ब
BizKhabar Online » BizKhabar Online

हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित, सुदूरपहाडका राजमार्ग र विद्युत् सेवासमेत अवरुद्ध

काठमाडौं । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् । रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए […]

काठमाडौंका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिकसत्रका लागि काठमाडौं महानगरपालिकाको सामुदायिक
BizKhabar Online » BizKhabar Online

काठमाडौंका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिकसत्रका लागि काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरस्वती पूजाका दिन काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ११५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका कामपा शिक्षा विभागले शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए । उनका अनुसार गएको वर्षभन्दा यस […]

टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आज नेपाल र जिम्बाब्वे भिड्दै, यसकारण नेपालले आजको खेल जित्नैपर्ने

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आजपनि चार खेल हुँदैछ । आज हुने खेलमा नेपाल र जि
BizKhabar Online » BizKhabar Online

टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आज नेपाल र जिम्बाब्वे भिड्दै, यसकारण नेपालले आजको खेल जित्नैपर्ने

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटमा आजपनि चार खेल हुँदैछ । आज हुने खेलमा नेपाल र जिम्बाब्वे भिड्नेछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे शुरू हुनेछ । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाललाई सुपर सिक्सको सम्भावना जीवित राख्न आजको खेलमा जितको विकल्प छैन । नेपाल पहिलो खेलमा […]

हाम्रा पूर्वजहरुको खानपानलाई पछ्याउँदै अमेरिका, आहार निर्देशिकामा स्वस्थ्य रहन दियो यस्तो निर्देशन

काठमाडौं । प्रत्येक पाँच वर्षमा अमेरिकी सरकारले आफ्ना नागरिकहरूको स्वास्थ्य सुधार गर्न अमेरिकी
BizKhabar Online » BizKhabar Online

हाम्रा पूर्वजहरुको खानपानलाई पछ्याउँदै अमेरिका, आहार निर्देशिकामा स्वस्थ्य रहन दियो यस्तो निर्देशन

काठमाडौं । प्रत्येक पाँच वर्षमा अमेरिकी सरकारले आफ्ना नागरिकहरूको स्वास्थ्य सुधार गर्न अमेरिकीहरूका लागि आफ्नो आहार निर्देशिकाहरू अद्यावधिक गर्दछ । यद्यपि यसपटक, नेपालमा पहिले नै पालना गरिएको ‘फुल फ्याट डेयरी’ उत्पादनहरूलाई जोड दिँदै, एउटा महत्त्वपूर्ण परिवर्तन देखिएको छ । ट्रम्प प्रशासनले यसको लागि एक विशेष कारण पनि दिएको छ । अमेरिकालाई आधुनिक विज्ञान र चिकित्सा […]

समानुपातिकतर्फ ५० लाख मतपत्र छाप्न बाँकी, प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइस
BizKhabar Online » BizKhabar Online

समानुपातिकतर्फ ५० लाख मतपत्र छाप्न बाँकी, प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ […]

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

काठमाडौं । नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा र
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

काठमाडौं । नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर […]

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षा, किसान हर्षित

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी
BizKhabar Online » BizKhabar Online

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षा, किसान हर्षित

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा […]

सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण, आज कालीमाटीमा कुन तरकारीको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण, आज कालीमाटीमा कुन तरकारीको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, […]

अटोमेटिक रुटबाट विदेशी लगानीको सीमा हटाइयो, ऊर्जा–पूर्वाधारसहित ७ क्षेत्रमा खुला लगानी

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षण गर्न महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै तोकिएका उद्योग त
BizKhabar Online » BizKhabar Online

अटोमेटिक रुटबाट विदेशी लगानीको सीमा हटाइयो, ऊर्जा–पूर्वाधारसहित ७ क्षेत्रमा खुला लगानी

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षण गर्न महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै तोकिएका उद्योग तथा व्यवसायिक क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने लगानीको माथिल्लो सीमा हटाएको छ। यसअघि अटोमेटिक रुटबाट हुने विदेशी लगानीका लागि ५० करोड रुपैयाँसम्मको सीमा तोकिएको थियो। माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश […]

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन, पुसमै १ अर्ब १ अर्ब बढी

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा ९ अर्ब ३४ करोड
BizKhabar Online » BizKhabar Online

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन, पुसमै १ अर्ब १ अर्ब बढी

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा ९ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा […]

देशभर ४९ जना लिए उम्मेदवारी फिर्ता, १ जनाको उम्मेदवारी खारेज

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार देशभर क
BizKhabar Online » BizKhabar Online

देशभर ४९ जना लिए उम्मेदवारी फिर्ता, १ जनाको उम्मेदवारी खारेज

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार देशभर कुल ३ हजार ४ सय ८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत […]

वैदेशिक विकास सहायताको बढ्दाे दूरुपयोग : बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो

काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन
BizKhabar Online » BizKhabar Online

वैदेशिक विकास सहायताको बढ्दाे दूरुपयोग : बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो

काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेट–भित्र (अन बजेट) र रातो किताबमा समावेश नभईकन खर्च हुने रकमलाई बजेट–बाहिर (अफ–बजेट) को खर्च मानिन्छ । त्यस्तै, रातो किताबमा समावेश […]

डिजिटल कन्टेन्टमा निर्वाचन आयोगको कडाई, ९८ कन्टेन्टलाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । श
BizKhabar Online » BizKhabar Online

डिजिटल कन्टेन्टमा निर्वाचन आयोगको कडाई, ९८ कन्टेन्टलाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिएको छ । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘गलत […]

जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव

काठमाडौं । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार
BizKhabar Online » BizKhabar Online

जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव

काठमाडौं । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ भरि चामलको मूल्य ६७.५ प्रतिशतले बढेको छ, जुन सन् १९७१ पछि उपलब्ध तुलनात्मक तथ्याङ्कमा सबैभन्दा ठूलो वृद्धि हो । […]

अमेरिकाको डब्लुएचओबाट फिर्ती, विश्व स्वास्थ्यमा अनिश्चितता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने
BizKhabar Online » BizKhabar Online

अमेरिकाको डब्लुएचओबाट फिर्ती, विश्व स्वास्थ्यमा अनिश्चितता

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण […]

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने नि
BizKhabar Online » BizKhabar Online

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। निकट नेताहरूसँगको छलफलपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिएका हुन्। सचिवालयका अनुसार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको सहजीकरण आग्रहपछि भट्टराईले यस्तो निर्णय गरेका हुन्। उनले कसलाई […]

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

काठमाडौं । जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अ
BizKhabar Online » BizKhabar Online

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

काठमाडौं । जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित भएका छन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा, तीन उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित भएका छन् । यस्तै महासचिवमा निर्मल भट्टराई र उपमहासचिवमा सुदीप बराल, सचिवमा छविलाल पौडेल र कोषाध्यक्षमा कुमार न्यौपाने निर्वाचित भएका हुन् […]

६ ट्रिलियन डलर बराबरको विश्वकै सबैभन्दा ठूलो फलाम खानी पत्ता लाग्यो, विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पर्ने

काठमाडौं । वैज्ञानिकहरूले विश्वकै सबैभन्दा ठूलो फलामको भण्डार पत्ता लगाएको खुलासा गरेका छन् । झ
BizKhabar Online » BizKhabar Online

६ ट्रिलियन डलर बराबरको विश्वकै सबैभन्दा ठूलो फलाम खानी पत्ता लाग्यो, विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पर्ने

काठमाडौं । वैज्ञानिकहरूले विश्वकै सबैभन्दा ठूलो फलामको भण्डार पत्ता लगाएको खुलासा गरेका छन् । झण्डै ६ ट्रिलियन डलर (८ हजार ७ सय ५५ खर्ब रुपैयाँ) बराबर आँकलन गरिएको छ। यो ऐतिहासिक खोज अष्ट्रेलियाको पश्चिमी भागमा रहेको ह्यामर्स्ली क्षेत्र अन्तर्गत पिलबारा क्षेत्रमा भएको हो। अनुसन्धानकर्ताका अनुसार यहाँ करिब ५५ अर्ब मेट्रिक टन फलाम अयस्क रहेको छ, […]

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सूर्यज्योति ला
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूलाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धमा रणनीतिक साझेदारी भएको हो । यस सम्बन्धमा काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र […]

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म, ३ बजेसम्म अन्मि नामावली प्रकाशन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो
BizKhabar Online » BizKhabar Online

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म, ३ बजेसम्म अन्मि नामावली प्रकाशन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने […]

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । आज एकैदिन प्रतितोला ९ हजा
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । आज एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढ्दै नेपाली बजारमा सुनको मूल्य ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै […]

सेयर धितो कर्जा दिन बैंकहरुको तछाडमछाड, कुनले कति प्रतिशतमा दिंदैछन् ऋण ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सेयर घितो कर्जाको ब्याजदरमा प्रतिस्पर्धा गर
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा दिन बैंकहरुको तछाडमछाड, कुनले कति प्रतिशतमा दिंदैछन् ऋण ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सेयर घितो कर्जाको ब्याजदरमा प्रतिस्पर्धा गर्दै आएका छन् । अन्य क्षेत्रको कर्जाको माग ठप्प भएको अवस्थामा सेयर धितो कर्जाको मागमा भने केही सुधार आएसँगै बैंकहरुले ब्याजदरमै प्रतिस्पर्धा गर्न थालेका हुन् । अहिले सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले एकल अंकमा सेयर कर्जाको अफर गर्दै आएका छन् । वाणिज्य […]

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाल
BizKhabar Online » BizKhabar Online

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । […]

Get more results via ClueGoal